वाइडबडी प्रकरणको छानविन गर्न समिति गठन
काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ । संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा छन । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ । संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो । उक्त समितिले ठहर गरेको दोषीलाई कारवाहीको सिफारिश गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको छ । निगमले वाइडबडी जहाज खरीद गर्दा चार अर्ब ३५ करोड अनियमितता भएको सो उपसमितिले जनाएको थियो ।
एप्पलले एकै दिनमा ७५ अर्ब डलर गुमायाे, व्यापार युद्ध मुख्य कारण
काठमाडाैं । प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने जानकारी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्किएकाे छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन्। सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो। अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ। वर्षभर मध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ। तर यसपालि त्यस्तो हुन सकेन। एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ। पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने वितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे। कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो। बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, “अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौँ। त्यसमाथि आइफोनका नयाँ संस्करणको मूल्यै नै एक हजार डलर पुगिसक्यो।” एप्पल अब चौथो ठूलो कम्पनी चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको जानकारी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो। अमेरिकाले चिनियाँ सामानमा कर वृद्धिसहित प्रतिराेधात्मक कदम चालेपछि चीनका उपभाेक्ताले अमेरिकी सामान नकारात्मक सूचिमा राखेका छन् केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो। तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके। अब एप्पल भन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन्। तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो। त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ। अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ। त्यसैले डेव ली भन्छन्, “यसो भन्नु गलत हुनेछ कि एप्पल मुस्किलमा परेको छ।” बीबीसीमा अाधारित
बिराटनगर-इटहरीको मोनो रेललाई जुट्यो ३० अर्ब लगानी
काठमाडौं । बिराटनगर–इटहरी मोनोरेल निर्माणका लागि ३० अर्ब लगानी जुटेको कम्पनीले दावी गरेको छ । बिराट मोनोरेल इन्टरनेशनलका प्रबन्ध निर्देशक काजीमान आत्रेयका अनुसार मोनोरेल निर्माणका लागि नव नियुक्त उपाध्यक्ष अजय कुमार सत्यालको नेतृत्वमा जापानी र भारतीय लगानी भित्रिन लागेको हो । मोनोरेलमा विदेशी लगानी भित्र्याउने सम्बन्धमा प्रारम्भिक चरणको समझदारी पत्रमा हस्ताक्षर समेत भैसकेको उनले जानकारी दिए । कम्पनीले जापानी प्रबिधीको मोनोरेलको निर्माण गर्नेछ । कम्पनीमा नव नियुक्त उपाध्यक्ष सत्यालले ७० प्रतिशत विदेशी लगानी ३० प्रतिशत स्वदेशी लगानीमा आगामी ३ बर्षभित्रै मोनोरेलको निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको बताए । बिराटनगर इटहरी सडकमै निर्माण हुने मोनोरेलका लागि बिराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेका छन् । मोनोरेलमा १ नम्बर प्रदेश सरकार र मार्गाधिकार भित्र पर्ने स्थानीय तहरुहरुले समेत लगानीका लागि इच्छा देखाएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए । कम्पनीले आगामी २ हप्ताभित्रै मोनोरेलको डीपीआर निर्माण आरम्भ गर्ने जनाएको छ । करिब ३० किलोमिटर लामो मोनोरेलले अधिकतम १० बर्षभित्र लगानी उठाई सक्नेछ । मोनोरेलको एक तर्फी भाडा दर ५० रुपैंयाँ प्रस्ताव गरिएको छ । डीपीआरका लागि उपाध्यक्ष सत्याल र इञ्जिनियर सिर्जु दहाललको नेतृत्वमा प्रबिधी तथा वैदेशिक समन्वय समिति बनेको छ । त्यसमा भारतका राकेश पुजारी पनि सहभागी छन् । नेपालमै पहिलो पटक मोनोरेलमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिन लागेको र त्यो बुट मोडलमा हुने पनि प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए । सो मोनोरेलले एक पटकमा ५ सय जना यात्रु बोक्ने क्षमता राख्नेछ । बिहान ५ बजेदेखि राती ९ बजेसम्म सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको पनि आत्रेयले सुनाए । ७ जना व्यवसायीले खडा गरेको बिराट मोनोरेल इन्टरनेशनल प्रालीमा हाल नयाँ लगानीकर्ता थपिएपछि कामले गति लिन लागेको हो ।
स्पाइनल इन्जुरी नेटवर्कलाई सवा लाख सहयोग
काठमाडौैं । राजधानीको रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनका समन्वयमा जम्मा भएको रू १ लाख २५ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ । बाैद्ध, माकलवारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ । उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए । सहयोग रकम अन्तरराष्ट्रिय म्युजिएम एसोसियसन, नेपाल च्याप्टरका अध्यक्ष, पूर्व सहायक रथी विजयकुमार थापा र डिसाबिलिटी मिडिया फाउन्डेसन नेपालका संस्थापक गजेन्द्र बुढाथोकीद्वारा संयुक्त रूपमा हस्तान्तरण गरियो । नेपाल म्युजिएम एसोसियसनका संयोजक पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले स्वावलम्बन जीवन पद्धतिमा आधारित भइ सक्रिय जीवन बाँचिरहेका स्पाइनल इन्जुरी भएका युवा भाइबहिनीका लागि सानो भए पनि सहयोग गर्न सकिएकोमा सन्तोष व्यक्त गर्दै सामाजिक कार्यमा सहभागिता बढाउन समाजका सबै तप्काका नागरिकहरूसँग अपील गरे। स्पाइनल कर्ड इन्जुरी नेटवर्कका उपाध्यक्ष बाबुराम मिश्रले स्पाइनल कर्ड इन्जुरीपछि अध्ययन, जीविकोपार्जन लगायतका विषयमा यावत समस्या हुने बताउँदै कम्तिमा प्लस टु तहसम्म अध्ययन गर्नका लागि सहज होस भनेर होस्टल सञ्चालन गरिएको भए पनि लागतका कारण सञ्चालनमा समस्या भइरहेको बताए । “हामीले नगरपालिकासँग पनि स्थान उपलब्ध गराइदिन माग गरेका छाैं । मुखले धेरैले सहयोगका बचन दिन्छन, तर फेरि फर्केर आउँदैनन,” भन्दै उनले म्युजिएम एसोसियनका तर्फबाट सहयोग उपलब्ध गराउन पहल गरिदिएकाे भएकोमा डा. बस्न्यातप्रति आभार व्यक्त गरे। अपांगता अधिकारकर्मी एवं सञ्चारकर्मी बुढाथोकीले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूका लागि राज्यले सातै प्रदेशमा जीविकोपार्जनका कार्यक्रमसहितका पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने माग गरिन् ।
आरती स्ट्रिप्सले ल्यायो भूकम्प प्रतिरोधी नयाँ टिएमटी बार
विराटनगर । नेपालको स्टील कम्पनी आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले भूकम्प प्रतिरोधी, स्केल फ्रि, उच्चतम लचकता, क्रस रिब्स टिएमटी बार नेपालमा लन्च गरेको छ । कम्पनीका अनुसार पहिलो ट्रक-लोड भूकम्प प्रतिरोधीको लागि पठाइएको छ । यो टंकी, जिल्ला मोरब, नेपाल उद्योग सिन्वारीबाट यूरोपी प्रविधिको मेशिन टिएमटी बारहरु हो । आरती पर्फेक्ट र आरती टाइगर ब्रान्ड टिएमटी बार यो आरती स्ट्रिप्सले नेपालका घरहरु सुरक्षित गर्नेछन् । आरती स्ट्रिप्सले इटालीकोएम एस ड्यानेलिईलेयो उपकरण प्रदान गरेको छ , जुन नेपालको विश्व-व्यापी स्तरका भूकम्प प्रतिरोधी टिएमटी बारहरु आपूर्ति हुन्छ । आरती स्ट्रिप्सकाे नयाँ उत्पादनको मुख्य विशेषताहरुको बारेमा कम्पनीका अध्यक्ष सन्जिब शर्माले भने, “यी बारहरु ५५० लचकपनका साथै भूकम्प प्रतिरोधी बनाइएको छ, स्क्रेबको प्रयोग हुदैंन र केवल राम्रो गुणस्तरको बिलेटको उपयोग गरेर उत्पादनहरु लगातार उच्चत्तम प्रविधिको सुनिश्चित गर्दछ ।” कम्पनीका अनुसार क्रस–रिबले निर्माणको दिर्घायुमा परिणामस्वरुप कंक्रीटसंग मजबूत पकड राख्दछ, उच्च झुकाव निर्माण र एन्टि-क्रसिव लामो समयसम्मको लागि निर्माणमा सहज र उच्च संक्षारक हुन्छ । बारले ५५० (लचकता) प्रदान गर्दछ जस्ले भूकम्प प्रतिरोधकोलागि बनाइएको छ । आरती पर्फेक्ट टिएमटी बारहरु क्रस-रिबले कंक्रीटको साथ राम्रो पकडले गर्दा यसको लम्बाई र वजनमा यसको यूरोपेली प्रविधिको कारण एकै खालको प्रविधिले टिएमटी बारहरुलाई स्केल फ्री बनाउने कम्पनीले जनाएको छ ।
बागमतीको स्वरुप फेर्न तीन ठाउँमा फोहोरो पानी प्रशोधन केन्द्र बन्दै, कँहा कँहा ?
ललितपुर। ललितपुरको बालकुमारीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको बिहीबार शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गरेका हुन् । बालकुमारीको कोड्कुमा निर्माण हुने प्रशोधन केन्द्रको कुल लागत ६० करोड ७५ लाख रुपैंया रहेको छ । दैनिक १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता रहेको उक्त आयोजनाको निर्माण कार्य चीनको साफबोन वाटर सर्भिस होल्डिङ कम्पनीले गरिरहेको छ । अबको साढे २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) र साफबोन कम्पनीबीच सम्झौता भईसकेको छ । सम्झौता अनुसार यस प्रशोधन केन्द्रको सञ्चालन तथा मर्मत कम्पनीले निर्माण सकिएपछि ५ वर्षसम्म गर्नेछ । यस प्रशोधन केन्द्रले ५ हजार ८४ हेक्टर क्षेत्रफलमा फैलिएको गठ्ठाघर, मनोहरा र बालकुमारी लगायतका क्षेत्रहरुमा बसोबास गर्ने करिब ३ लाख ८० हजार जनसंख्यालाई लाभ पुर्याउने लक्ष्य राखेको छ । साथै यस प्रशोधन केन्द्रमा दैनिक ३ दशमलब २ टन मलका साथै बायो ग्यास समेत उत्पादन हुनेछ । कुनै किसिमको गन्ध नआउने गरी अत्याधुनिक प्रविधि मार्फत ढल तथा फोहोर पानीको प्रशोधन गरिने आयोजनाका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले जानकारी दिए । निर्देशक खत्रीका अनुसार प्रशोधन गरिसकेको पानीलाई सफाई तथा सिंचाई लगायत विभिन्न कार्यहरुमा प्रयोग गर्न सकिनेछ । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा बालकुमारीसँगै सल्लाघारी र धोविघाटमा समेत फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको छ । गुह्येश्वरीमा भने ७५ प्रतिशत भन्दा बढी काम सकिएको निर्देशनालयले जनाएको छ । सल्लाघारीमा दैनिक १ करोड ४२ लाख लिटर र धोबिघाटमा दैनिक ७ करोड ४० लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमतीमा खसाल्ने लक्ष्य राखिएको छ । यी तीन वटै फोहोर पानी प्रशोधन केन्द्र निर्माण भईसकेपछि काठमाडौं उपत्यकामा रहेका कुल जनसंख्या मध्ये करिब ३० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । सिंगो बागमतीको स्वरुप फेर्न प्रशोधन केन्द्रहरु निर्माण गर्न लागिएको आयोजना निर्देशक खत्रीको भनाई छ । काठमाडौं रहेका यी तीन वटै प्रशोधन केन्द्रको कुल निर्माण लागत करीब ४ अर्ब रहेको छ । प्रशोधन केन्द्रबाट प्रतिघण्टा ३०५ किलोवाट विद्युत उत्पादन हुनेछ । साथै प्रशोधनबाट दैनिक १७.८ टन मल उत्पादन र केही मात्रामा बायोग्यास समेत उत्पादन हुनेछ । काठमाडौं उपत्यकाका यी तिनैवटा प्रशोधन केन्द्रबाट प्रशोधित भईसकेको पानी सिंचाई, सडक सरसफाई, औद्योगिक चिस्यान र पार्क लगायतका काममा प्रयोग गर्न सकिने आयोजना निर्देशनालयले जनाएको छ ।
आइएमई सेवाग्राही झागडले जिते २० लाख रुपैयाँ, ८५६ जना पुरस्कृत
काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सेवाग्राही धिरेन्द्रकुमार झागडले २० लाख रुपैयाँ जितेका छन् । कम्पनीले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको उक्त योजना अन्तर्गत मलेशियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही झागडले उक्त रकम पाएका हुन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कम्पनीले बिहीबार भाग्यशाली विजेता छनोट कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष ढकालले आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस योजना अवधिका करिव तीन महिनामा लक्ष्य अनुरुपको व्यापार अभिवृद्धि भएको बताएका छन् । ब्राण्ड एम्बासडर दीपकराज गिरि र दीपाश्री निरौलाले विजेता सम्पूर्ण सेवाग्राहीलाई बधाई ब्यक्त गरेका थिए । यो योजना गत असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागू भएको थियो । जसअन्तर्गत दैनिक लक्कीड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्कीड्र’ मा १२, मासिक ‘लक्कीड्र’ मा ३ र बम्पर ‘लक्कीड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको कम्पनीले जनाएको छ ।
अब सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा
काठमाडौं । अब सहारा विकास बैंक पनि विद्युतीय चेक क्लियरिङ्ग प्रणाली(एनसीएचएल–इसीसी) सेवामा आवद्ध भएको छ । उक्त सेवाको लागि बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच बिहीबार एनसीएचएल-इसीसी र अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सहारा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनयकुमार शाहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै बैंकले आवद्ध भएका भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोबारहरुलाई राफसाफ गराउने उदेश्यका साथ आजबाट विद्युतीय एनसीएचएल–इसीसको सेवा शुरु गरेको छ ।