१९ अर्बको ठेक्का हुवावेलाई, १ वर्षमै ४ जी विस्तार गरिसक्ने
काठमाडौं । सरकारले नेपाल टेलिकमको ४ जी सेवा विस्तार गर्न चिनियाँ कम्पनी हुवावेलाई दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट हुवावेलाई ठेक्का दिएको हो । यसअघि टेण्डर प्रक्रियामा घोटला हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोकेको थियो । आयोगले फाइल रोक्का फुकुवा गरेसँगै सरकारलाई ठेक्का जिम्मा लगाउने बाटो खुलेको हो ।
एलजीले ल्यायो एक्सचेन्ज अफर, सिमित अवधिका लागि देशभरी खुल्ला
काठमाडौं । च्यानल होइन, टिभि बदल्नुस नाराका साथै एलजीले आफ्ना एक्चेन्ज अफर योजना एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुरानो टिभिलाई एलजीको टेलिभिजनसँग साट्न सकिन्छ । भने, एक्सचेन्ज मार्फत पुरानो टिभिको उचित मूल्याङ्कनका साथै रु ४१ हजार सम्मको नगद छुट पाईनेछ । उक्त योजनाबाट ग्राहकहरुले नयाँ एलजीका टिभि आर्कषक छुटमा साथसाथै पुरानो टिभिबाट आउने समस्याबाट छुट्काराको फाईदा पाउने छन्, यस योजना देशभरी सिमित अवधिका लागी मात्र हुने भएको छ ।
प्राधिकरणको निमित्त अध्यक्ष खनाल, सिजी कम्यूनिकेशनबारे के हुँदैछ निर्णय ?
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणमा निमित्त अध्यक्षको जिम्मेवारी पुरुषोत्तम खनालले पाएका छन् । अध्यक्ष दिगम्बर झाले पुस १२ गते पदबाट राजीनामा दिएपछि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले खनाललाई निमित्त अध्यक्षको जिम्मेवारी तोकेको हो । झाको राजीनामा स्वीकृत नभएकोले खनाललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी नतोकि निमित्तको जिम्मेवारी मात्र तोकिएको बुझिएको छ । खनाल प्राधिकरणका वरिष्ठ निर्देशक हुन् । निमित्त अध्यक्षलाई आर्थिक तथा प्रशासनिक काम गर्न र प्राधिकरण विरुद्ध अदालतमा परेको मुद्दाहरुको प्रतिरक्षा गर्ने अधिकार ताेकिएकाे छ। प्राधिकरणको वार्षिक बजेट, योजना, कार्यक्रमअनुसारका प्राधिकरणका नियमित अगाडि बढाउने खनालले बताए । राजीनामा दिनुपूर्व झाले सर्तअनुसार सेवा सञ्चालन नगर्ने यूटीएल, सिजी कम्यूनिकेशन, नेपाल स्याटलाईट लगायत कम्पनीलाई कारवाही गर्ने बताएका थिए । यी सबै काम नियम, कानुनअनुसार हुने खनालले बताए । झाले राजीनामा दिएकै दिन सर्वोच्च अदालतले सिजी कम्यूनिकेशनलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको उक्त आदेश कार्यान्वयनमा लैजाने वा प्रतिरक्षा गर्ने भन्ने विषयमा अध्ययन भइरहेकाे निमित्त अध्यक्ष खनालले बताए । ‘सिजी कम्यूनिकेशनबारे अध्ययन भईरहेको छ । अदालतको निर्णय कानुनको रुपमा पालना गर्नुपर्ने पनि हुन्छ । त्यसमा पुनरावलोकनको माग गर्न पनि सकिन्छ । यसबारे मैले अहिले यहि हुन्छ भन्न सकिदैन’ खनालले भने । प्राधिकरण स्रोतका अनुसार निमित्त अध्यक्षलाई सञ्चालक समितिको बैठक राख्ने अधिकार दिईको छैन । ‘सञ्चालक समितिको बैठक बोलाउने वा राख्ने अधिकार निमित्त अध्यक्षलाई दिईएको छैन । त्यसैले सञ्चालक समितिबाट निर्णय गर्नु पर्ने सबै काम नयाँ अध्यक्ष नियुक्त नभएसम्मलाई रोकिने भएको छ’ स्रोतले भन्यो ।
बैंकहरुले ५१ प्रतिशतभन्दा बढी संस्थापक शेयरलाई साधारण बनाउन पाउने
काठमाडौं । सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले संस्थापक तथा साधारण शेयरको अनुसातलाई ५१ः४९ बनाउन बढी अनुपातमा रहेको संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्न बाटो खुल्ला गरको छ । राष्ट्र बैंकले बिहीबार सबै बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको एकीकृत निर्देशन २०७५ को इ.प्रा. निर्देशन नम्बर १० को बुँदा नम्बर १५ लाई संशोधन गरी त्यस्तो व्यवस्था ष्रेको जनाएको छ जसअनुसार १० वर्षदेखि सञ्चालनरत कम्पनीहरुलाई संस्थापक शेयरको हिस्सा ५१ प्रतिशतबाट नघटाई बाँकी शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतबाट बढी हुने शेयर हिस्सा संस्थापक शेयरधनीले साधारण शेयरमा रुपान्तरण गर्न नचाहेको अवस्थामा बाहेक समानुपातिक रुपमा साधारण शेयरमा रुपान्तरुण गर्नुपर्ने समेत स्पष्ठ पारेको छ । तर एकपटक साधारण शेयरमा रुपान्तरण भएको शेयर पुनः संस्थापक शेयरमा रुपान्तरण गर्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । तर कुनै पनि बैंकले एकैपटक कुल चुक्ता पुँजीको १० प्रतिशत भन्दा बढी शेयर एकैपटक साधारण शेयरमा रुपान्तरण गर्न नसकिने समेत राष्ट्र बैंकले जनाएको छ । शेयर बजारमा आउनसक्ने प्रभावलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले प्रष्टीकरण दिएको छ । यस्ताे अवस्थामा बैंकहरुले बढीमा २ पटकमा शेयर रुपान्तरण गर्न सकिने जनाएकाे छ ।
माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा भोलि, यस्तो छ कम्पनी विवरण
काठमाडौं । माछापुच्छ्रे बैंकको २०औँ वार्षिक साधारणसभा यही पुस २० गते(भोलि) बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । सभाले बैंक संचालक समितिको १० प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । बैंकले गत आर्थिक वर्ष (आव) २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत नगद लाभांश बढाएको छ । नगद लाभांशको दर बढाएको बैंकले सेयरधनीलाई यस वर्ष बोनस सेयर भने वितरण नगर्ने भएको छ । कम्पनीले अघिल्लो वर्ष (आव २०७३/७४) चुक्ता पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांशसहित १५ प्रतिशत लाभांश दिएको थियो । नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको निर्देशन अनुसार बैंकले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याईसकेको छ । बैंकले ८ अर्ब बढी चुक्ता पुँजी पुर्याईसकेकाले यस वर्ष सेयरधनीलाई बोनस सेयरको प्रस्ताव नगरेको हो । सभाले संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्दै छ । सञ्चालक समितिमा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा एक जना महिला सञ्चालक रहने व्यवस्था कायम गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । त्यस्तै, उक्त सभाले सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता क्रमशः १५ हजार र १२ हजार रुपैयाँ कायम गर्ने कम्पनीको विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । यस्तो छ कम्पनीको विवरण बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३८ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त रकम गत आवको तुलनामा १० करोड रुपैयाँले बढी हो । बैंकले गत आवको सोही अवधिमा २८ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिको वर्षको असोज मसान्तसम्म बैंकको जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा उक्त रकम एक अर्ब ३९ करोड रुपैयाँ बढी हो । कम्पनीले गत आवको असोजमसान्तसम्म एक अर्ब ३० करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको थियो । गत वर्षको प्रथम त्रैमासमा ५६ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा ८४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन रकम २७ करोड रुपैयाँले बढी हो । चालु आवको प्रथम त्रैमासिकमा बैंकले ७१ अर्ब ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ अर्ब ८८ रुपैयाँ बढी हो । त्यस्तै, निष्क्रिय कर्जा(एनपीएल) ०.४७, कुल लागत ७.९९ प्रतिशत र कर्जा अनुपात निक्षेप ७८.९२ प्रतिशत रहेको छ । आधार दर ११.२१ प्रतिशत रहेको बैंकको प्रतिसेयर आम्दानी बढेर १८ रुपैयाँ ४६ पैसा पुगेको छ । गत आवको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ रहेको थियो । बैंकले गत आर्थिक वर्षमा १९ लाख ७० हजार ४०० रुपैयाँ बैठक खर्च गरेको छ । जुन अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो बर्ष बैंकले २८ लाख ५० हजार ८०० रुपैयाँ बैठक खर्च गरेको थियो । त्यस्तै, बैंकका अध्यक्षले प्रतिबैठक १० हजार र अन्य संचालकहरुले ८ हजार रुपैयाँ भत्ता लिने गरेको कम्पनीको प्रतिवेदनमा उल्लेख रहेको छ । हाल बैंकको अध्यक्षमा रोशन केशी तथा संचालकमा गोपीकृष्ण न्यौपाने, जय मुकुन्द खनाल, राममान श्रेष्ठ, विश्वप्रकाश गौतम र ओमेसलाल श्रेष्ठ रहेका छन् ।
नेपाल बङ्गलादेश बैंकको ८१ औं शाखा काठमाडौंको मैतिदेवीमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ८१ औं शाखा काठमाडौंको मैतिदेवीमा विस्तार गरेको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० मैतिदेवीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरिएका हुन् । उक्त कार्यक्रमा बैंकका संचालकहरु मुकुन्दनाथ ढुङ्गेल , दिपक कार्कीका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बैंकका अन्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । नेपाल सरकार कृषि मन्त्रालयका सचिव डा. युवक ध्वज जोशी, महानगरीय प्रहरीवृत कमलपोखरीका डि. एस. पी रविन्द्र पौडेल तथा पूर्व न्यायधिश हरीबहादुर बस्नेतद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थिए । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी प्रदान गरेका थिए । मैतिदेवी शाखा सहित बैंकले ८१ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएका छन् ।
ग्लोबल आइएमई बैंक र काठमाण्डाैं भ्याली हस्पिटलबीच १५ प्रतिशत छुट सम्झौता
काठमाडाैं । ग्लोबल आइएमई बैंक र काठमाण्डाैं भ्याली हस्पिटलबीच १५ प्रतिशत छुट सम्झौता भएकाे छ । ग्लोबल आइएमई बैंक र काठमाण्डौ भ्याली हस्पिटलबीच गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । उक्त सम्झौतापत्रमा काठमाण्डौ भ्याली हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात काठमाण्डौ भ्याली हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५प्रतिशत सम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्यारउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेप्से परिसूचक साताकै न्युनतम बिन्दुमा, कारोबार रकममा ८५ करोड गिरावट
काठमाडौं । बिहीबारको नेप्से परिसूचक यस साताकै न्युनतम विन्दुमा झरेको छ । साताको पहिलो दिन १२१५ अंकबाट शुरु भएको बजार अन्तिम दिन ११७८ अंकमा झरेको छ । साताभरिमा नेप्से परिसूचक ३७ अंकले घटेको छ । समग्रमा बिहीबारको नेप्से अघिल्लो दिनको तुलनामा १.५६ अंकले घटेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट भएको छ । बिहीबारको कारोबार रकम २७ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । जुन गत बिहीबारको तुलनामा ८५ करोड ३० लाख रुपैयाँ घटी हो । गत बिहीबारको बजारमा एक अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा नेपाल बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर र एनसीसी बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । साताको अन्तिम कारोबारमा तीन समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् । विकास बैंक, जलविद्युत र होटल समूह क्रमशः ६.१८, ६.३७ र ४.३६ अंकले घटेको छ । सो दिन जीवन बीमा समूह ६८ अंकले उकालो लागेको छ । सबैभन्दा बढी यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बिहीबार ६.९७ प्रतिशत गुमाएका छन् ।