विकासन्युज

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार । निर्माणाधीन  कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ ।   आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले  शतप्रतिशत भौतिक प्रगति गरेको छ । आगामी एक सातामा परीक्षणको सम्पन्न गरी १५ दिनमा विद्युत् प्रवाह गरिने छ ।     

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

पाल्पा ।  आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरुले जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन पत्र दर्ता गराएका हुन् । जिल्लामा राष्ट्रिय जनमोर्चाले मात्र एक मात्र महिला उम्मेदवार अघि सारेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा १४ राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पाल्पा क्षेत्र नं १ बाट ९ दल र ४ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । यहाँ नेकपा (एमाले) बाट नारायणप्रसाद आर्चाय, नेपाली कांग्रेसबाट सन्दिप राना, नेपाली कम्युनिस्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिञ्जालीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए । यस्तै मङ्गोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) बाट पुरन गैरे शर्मा तथा स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाले मनोनयन दर्ता गरेका छन् । यस्तै क्षेत्र नं २ बाट १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेवारले मनोनयन दर्ता गरेका छन् । यहाँ नेकपा (एमाले) बाट ठाकुर गैरे, नेपाली कांग्रेसबाट हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादीबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी स्वतन्त्रबाट मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्यालले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए । रासस

यस्तो छ बुधबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ९० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ २० पैसा र बिक्रीदर ४७७ रुपैयाँ १७ पैसा , बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

सुन्तला किलोको १४० रुपैयाँ, यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ३१, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिबल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ६५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ११०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु ८५, परबर (तराई) प्रतिकिलो रु २४०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ८० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथी प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ५००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १००० र कुरिलो प्रतिकिलो रु १,८५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १३०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २२०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १४०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १२०, किनु प्रतिकिलो रु ११०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २८० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ६५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २५०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।  

एनपीएल घटेसँगै मञ्जुश्री फाइनान्सको नाफा १५.६२ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । मञ्जुश्री फाइनान्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १५.६२ प्रतिशत बढेर १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेर ४५ करोड ३२ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ३९ करोड ८० लाख ५५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद शुल्क तथा कमिशन आम्दानी २.०२ प्रतिशत घटेर ५ करोड ८७ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.६३ प्रतिशत बढेर ५३ करोड ६१ लाख ९२ हजार रुपैयाँ, सञ्चालन नाफा ११.५३ प्रतिशत घटेर १९ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख २० हजार रुपैयाँ रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सको वितरणयोग्य नाफा १५ करोड ९ लाख ४२ हजार रुपैयाँ थियो । १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७८ करोड २० लाख १५ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा कम्पनीको निक्षेप संकलन ६.९१ प्रतिशत बढेर २२ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ र कर्जा लगानी १०.७१ प्रतिशत बढेर १९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा फाइनान्सले २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, कम्पनीको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८४.८४ प्रतिशत रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.७ रुपैयाँ बढेर २०.०३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा फाइनान्स प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८९६ गुणा रहेको छ ।  समीक्षा अवधिमा कम्पनीले खराब कर्जा (एनपीएल) पनि घटाएको छ । गत वर्षको पुसमा ३.८६ प्रतिशत रहेको खराब कर्जा घटेर ३.६४ प्रतिशतमा झारेको छ । 

निफ्राको नाफा ४१ करोड रुपैयाँ, १७.८४ प्रतिशत बढायो कर्जा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ३६.१५ प्रतिशत घटेर ४० करोड ९९ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २९ प्रतिशत घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ४५ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर १ करोड ५१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.६२ प्रतिशत घटेर ७५ करोड ५९ लाख ११ हजार रुपैयाँ, सञ्चालन नाफा ३६ प्रतिशत घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशत घटेर ३४ करोड ७८ लाख रुपैयाँमा झरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा ५२ करोड २१ लाख ११ हजार रुपैयाँ थियो । २१ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १०.८३ प्रतिशत घटेर ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ७.९९ प्रतिशत बढेर ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ र कर्जा लगानी १७.८४ प्रतिशत बढेर २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ७ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब २६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.१५ रुपैयाँ घटेर ३.८० रुपैयाँमा सीमित रहेको छ । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११४.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ ।  गत वर्षको पुसमा ०.३० प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आवमा शून्यमा झारेको छ । 

नेपाल आयल निगमको १० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई १ अर्ब १० करोड रूपैयाँ

काठमाडौं । नेपाल आयल निगमले लाभांश वितरण गर्ने भएको छ । आयल निगमको माघ ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । लाभांश प्रस्ताव पारित गर्न निगमले माघ २८ गते आयल निगमको सभा हल बबरमहल काठमाडौंमा अपरान्ह १ बजे ४४औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । निगमको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक÷एक जना प्रतिनिधि तोक्नेछ । यसअघि निगमले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै गत वर्ष निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको थियो भने राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान पुर्याएको जनाएको छ । निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ । 

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, माघ ८ गते अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म २ हजार ९२५ जनाको उम्मेदवारी परेको छ । उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरे । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गर्नुभएको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले २ हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उम्मेदवार ३३६ र पुरुष २ हजार ५८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।