जगदम्बा मोटर्सलाई टिभिएस मोटरका दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले दुई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

दुबईमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा विभिन्न देशका टिभिएसका अन्तर्राष्ट्रिय वितरक सहभागी थिए ।

जगदम्बा मोटर्सले ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ र ‘बेस्ट म्यानुफ्याक्चरिङ युनिट–एसिया’ अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।

दुबईको पाम जुमेराहस्थित ताज रिसोर्टमा सम्पन्न सम्मेलनमा टिभिएस मोटरले यी सम्मान प्रदान गरेको हो ।

कम्पनीका अनुसार ‘ओभरअल सर्भिस बेस्ट पर्फर्मेन्स’ अवार्ड विशेष महत्त्वपूर्ण छ । यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवाको स्तरलाई सम्मान गरेको हो ।

कम्पनीले नेपाली टिभिएस प्रयोगकर्ताले नेपालमै विश्वस्तरीय सेवा पाउने प्रमाणका रूपमा यो सम्मानलाई लिएको छ ।

जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले सम्मानलाई ग्राहकको विश्वास र सेवा टोलीको मेहनतको उपलब्धि भएको बताइन् ।

उनले नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेको प्रमाणका रूपमा अवार्डलाई लिन सकिने बताइन् । टिभिएसका ग्राहकले आफू उत्कृष्ट सेवाको पहुँचमा रहेकोमा विश्वस्त हुन सक्ने उनको भनाइ छ ।

जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । शंकर ग्रुप गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धका लागि परिचित रहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सले दक्ष प्राविधिक, वास्तविक स्पेयर पार्ट्स, पारदर्शी सेवा र देशभरको सर्भिस नेटवर्कमार्फत ग्राहक सेवा निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Share News