विकासन्युज

प्रिन्ट मेकिङ कार्यशालाकाे समापन

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालको संयुक्त आयोजनामा प्रिन्ट मेकिङ कार्यशालाको समापन भएको छ । १० दिन देखि संचालनमा रहेको उक्त कार्यशालाको समापन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गरेका हुन् । । कार्यक्रममा कुलपतिको साथै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे,प्राज्ञ सुषमा राजभण्डारी,प्राज्ञ बुद्धि गुरुङ्ग,प्राज्ञ मिथिलादेवि यादव,प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमाशंकर शाह,वरिष्ठ कलाकार डा.सिमा शाह र वरिष्ठ कलाकार विजय थापा तथा अन्य गन्य मान्य व्यक्तिहरुको समेत उपस्थित थिए । नेपाल ललितकला प्रज्ञा–प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले १० दिन सम्म निरन्तर वरिष्ठ कलाकारहरु देखि युवा कलाकारहरु एकै थलोमा बसेर काम गरेको परिणाम स्वरुप हो र कार्यशालामा बनेका कृतिहरुको प्रदर्शनी गर्ने र चाडै नै दस्तावेदको रुपमा रहने गरी बृहत गोष्ठीको आयोजना चित्रकला विभागले गर्ने बताएकी छन् । साथै, उनले कलाको जुन सुकै विधामा लागे पनि जस्तो सुकै अवरोधको सामना गर्न हामी कलाकारहरु एकत्रित हुन समेत आवहन गरेकी छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले यो विधालाई माथि लान प्रष्ठिानले सग्दो सहयोग गर्ने बाचा गर्दै सहभागी कलाकारहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।

सानेपास्थित कवाडी राख्ने ठाउँमा आगलागी

काठमाडाैं  । ललितपुरको सानेपास्थित एउटा कवाडी राख्ने स्थानमा आगलागी भएको छ। शनिबार राति करिब ८: ३० बजेतिर आगलागी भएको हो। ललितपुर प्रहरीका अनुसार गाडी ग्यारेज नजिकै रहेको कवाडीमा फैलिएको आगोले भीषण रुप लिँदा नियन्त्रणमा समस्या भएको छ। प्रत्यक्षदर्शी एकजना ट्राफिक प्रहरीका अनुसार कवाडीबाट फैलिएको आगो नियन्त्रणको प्रयास भइरहेको छ। अहिले पाँचवटा दमकलले आगो निभाइरहेका छन् । आगलागीबाट कति क्षति भयाे त्याे भने अहिलेसम्म खुलेकाे छैन ।

नेपाल एग्रो लघुवित्तको चौंथो साधारण सभा सम्पन्न, १५ प्रतिशतको दरले वोनश शेयर वितरण

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाकोे चौंथो वार्षिक साधारणसभा कास्कीको पोखरामा सम्पन्न भएको छ । साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । साथै ३ लाख९३ हजार २ सय ४५ रुपैयाँ नगद लाभांश (बोनश शेयरको कर प्रयोजनका लागि) प्रदान गर्न स्वीकृत गरेको अध्यक्ष रमेश कुमार कर्माचार्यले बताए । उक्तसभाबाट नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाबीच मर्जरको प्रकृया शुरु भएको र राष्ट्र बैंकबाट दुवै लघुवित्त संस्थालाई गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि सैद्धान्तिक सहमति समेत प्राप्त भएको जानकारी सभालाई प्रमुख कार्यकारी अधिकृत लम्सालले दिए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको नियमावली बमोजिम सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था अनुसार साधारणसभाबाट कास्की जिल्ला काँहु गा.वि.स.को वडा नंं. १ नागरिकताको ठेगाना भएका शेयरधनी नवराज घिमिरे र लम्जुङ जिल्ला भुलभुले गा.वि.स. को वडा नंं. ८ नागरिकताको ठेगाना भएका शेयरधनी गंगाप्रसाद तामाङ निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्रराज घिमिरेले जानकारी दिए । सो समारोहमा नवनिर्वाचित सञ्चालकहरु नवराज घिमिरे र गंगाप्रसाद तामाङले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यबाट सञ्चालकको सपथ ग्रहण गरेका थिए ।

लेप्रोसी मिसनलाई नेपाली करण गर्न नदिन भारतले २० लाख दिने प्रस्ताव गरेको खुलासा

काठमाडौं । लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालका अध्यक्ष अशोक अधिकारीले भारतको प्रभाव अस्वीकार गरेको दावी गरेका छन् । भारतबाट संचालित लेप्रोसी मिसनलाई नेपाली करण गर्न भएको छलफलमा भारतले व्यक्तिगत परियोजना दिएर नेपालमा काम गर्न दिन गरेको प्रस्ताव अस्वीकार गरेको अधिकारीले दावी गरेका हुन् । एसोसिएसन फर आइडिया नेपालले सात वटै प्रदेशका केष्ठ प्रभावित व्यक्तिका लागि गरेको पहिलो राष्ट्रिय भेलामा अध्यक्ष अधिकारीले २० लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव स्वीकार गरेको भए देशकै लागि सबैभन्दा ठूलो घात हुने स्मरण गरे । उनले ५ करोडबाट सुरु भएको द लेप्रोसी मिसन नेपालको बार्षिक बजेट अहिले ७५ देखि ८० करोड रुपैयाँको हाराहारीमा रहेको जानकारी दिए । घर दैलोमा गएर कुष्ठ प्रभावितको खोजी गर्दा पनि उपचारमा नआउने गरेको बताउँदै उनले रोग लुकाएर बस्न नहुने चेतना घर घरमा पुर्याउनु पर्नेमा जोड दिए । नेपाल जापान मैत्री समाजका अध्यक्ष दिलमान गौचनले सहयोग लिएर मात्र नहुने भन्दै उपलव्धी मुलक काम गरेर देखाउन सुझाव दिए । उनले वर्तमान आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनालाई सबैको साथ रहेकोमा खुशी व्यक्त गरे । शिक्षक राजकुमार घिमिरेले सेवा धन सम्पत्तीको मात्रै नहुने भन्दै मिठो मुस्कान नै सहयोग हुने बताए । आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठ प्रभावितलाई हेर्ने दृष्टिकोणमा पहिले भन्दा अहिले धेरै परिवर्तन भएको सुनाए । उनले कुष्ठ प्रभावितहरुलाई एक जुट भएर नेपालबाट कुष्ठ रोग शुन्यमा झार्ने अभियानमा खटिन आग्रह समेत गरे । आइडिया नेपालका कानूनी सल्लाहकार प्रह्लाद महतले संस्थामा बसेर कर्तव्य नभुली काम गर्न सल्लाह दिए । द लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालमा आइडिया नेपालका सात वटै प्रदेशका कुष्ठ प्रभावितहरु भेला भएर भावी रणनीति निर्माणमा जुटेको आइडिया नेपालले जनाएको छ । आइडिया नेपालले सात वटै प्रदेशमा भरखरै गठन भएको प्रदेश समितिका पदाधिकारीलाई पहिलो पटक भेला गराएर रणनीति बनाउन लागेको हो । भिडियाे क्लिक गर्नुहाेस् ।     

साधना लघुबित्तको तेश्रो बार्षिक साधारण सभा, आईपिओ निस्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । साधना लघुबित्त बित्तीय संस्थालि.ले तेश्रो बार्षिक साधरण सभाबित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा होटल बिसौनी गोरखामा सम्पन्न भएकाे छ । उक्त साधारण सभाले सञ्चालक समितीको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिबेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रबाहको विवरण र आर्थिक २०७६/०७७ को बाह्य लेखा परिक्षण गर्ने कार्यका लागी ए.के.जी.एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । पुँजी संरचना सम्बन्धी व्यवस्था संसोधन गरी सञ्चालक समितीले प्रस्ताव गरे । बमोजिमको जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्वसाधारणका लागीजारी गर्ने , आईपिआ प्रश्चात बित्तीय संस्थाको चुक्तापुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुग्नुको साथै कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताब समेत पारित गरेको छ । भविष्यमा अन्यकुनै लघुबित्त बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्तिमा जान आवश्यक सहमति सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बित्तीय संस्थाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । यहि मिति २०७६/०८/११ गतेबाट राष्ट्रियस्तरमा स्तोरन्तीभएको यस बित्तीय संस्थाले सरल, सहज तथा उत्कृष्ठ बित्तीय सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए । हाल यस बित्तीय संस्थाले ४७ वटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई बित्तीय सेवाप्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

महिन्द्राका ‘एक्सयूभी–तीन सय’ अबप्रदेश–५को बुटवलमा

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर सवारी साधनको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक गरेको छ । छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–तीन सय’ काठमाडौं र गण्डकी प्रदेश पश्चात बुटवलमा पनि बिक्रिवितरण शुरु गरेको हो । ‘एक्सयूभी–तीन सय’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रूपमा सार्वजनिक गरेको छ । समारोहमा बोल्दै अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा भने– हामी एक्स यूभी तीन सय प्रदेश–५, बुटवलमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षा गरे झैं नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरू युक्त एक्स यूभी तीन सय ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।अग्नि ग्रुपका स्थानीय विक्रेता लोक शुशिला अटो कन्र्शन प्रा.लि.बुटवलका प्रबन्ध निर्देशक लोकहरि श्रेष्ठका अनुसार, महिन्द्राको लेटेस्ट एस यूभी महिन्द्रा एक्स यूभी–तीन सय नेपालीबजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एस यूभी हो । महिन्द्राको नयाँ एक्स यूभी–सय तीनको डिजाइन निकै आक्रमक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजता पूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले प्रदेश–५, बुटवलमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सन्रुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्स यूभी तीन सयको मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रुपैयाँ त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ डब्लु ६वर्गका लागि ४५ लाख रुपैयाँ डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ र यी सवारीसाधन नेपाल भरिरहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ । यो एस यूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भरमा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमामात्र उपलब्ध छ । एक्स यूभी तीन सयमा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयर ब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएस जस्ता अत्याधुनिक विशेषताले एक्स यूभी–तीन सय निकै सुरक्षीत गाडी बनेको छ । नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा एक सय १० पीएस पावरका साथै ३५ सय आरपीएममा २ सय एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३ तीन ७ सय ५० आरपीएममा १ सय १५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा तीन सय एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास रहेको जनाएको छ ।

चिनी मिल बन्द गर्ने किसानकाे चेतावनी

काठमाडौं । ऊखुको बक्यौता रकम नपाएको भन्दै सर्लाहीका किसान शनिबारबाट काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसेका छन् । सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई बक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन् । यसअघि गतजेठ ६ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेल, राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री राकेश मिश्र, ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रामेश्वारथ राय र सचिव हरिश्याम रायको समस्या समाधान समितिले २०७६ साल भदौ मसान्त भित्रमा किसानको बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको थियो । सङ्घर्ष समितिका पदाधिकारीले पुस मसान्तसम्म पनि बक्यौता रकम भुक्तानीको व्यवस्था नगरेमा सर्लाहीका दुवै चिनी मिल्स बन्द गर्ने चेतावनी दिएका छन् । सर्लाही जिल्लामा झन्डै ३० हजार बिघा क्षेत्रफलमा ऊखु खेती गरिन्छ । ऊखु खेतीमा करिब २० हजार किसान आबद्ध रहेको ‘ऊखु किसान सङ्घर्ष समिति’ अध्यक्ष रायले राससलाई जानकारी दिए । सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग ५० करोड रुपैयाँ र महालक्ष्मीसँग २१ करोड रुपैयाँ गरी कूल ७१ करोड रुपैयाँ बक्यौता रहेको समितिका सचिव हरिश्याम रायले बताए । सरकारले सालाखाला ऊखुको मूल्य प्रतिकेजी ५.३६ पैसा तोकेको भए पनि ऊखु मिल्सले किसानलाई ४.३५ पैसा मात्र भुक्तानी दिँदै आएका छन् । किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम बक्यौता रहेको बताइन्छ । रासस

निर्माणाधीन पोखरा विमानस्थल निरीक्षण, ५४ प्रतिशत काम सम्पन्न

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १ सय ४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिए । विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु लागेर ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरणमा सहयोग गर्नका लागि जग्गा अधिग्रहण गरिन लागिएको तथा स्थानीयलाई मर्कामा नपर्ने गरी मुआब्जा वितरण गरिने बताए । हालसम्मको विमानस्थलको मुआब्जा वितरण तथा काममा आइपरेका समस्याहरुका बारेमा जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री भट्टराईलाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ५४ प्रतिशत काम सम्पन्न भएको जानकारी दिँदै तोकिएको मितिभन्दा छ महिनाअघि नै आयोजना सम्पन्न हुने जानकारी दिए । सन् २०२१ जुलाई १० सम्म निर्माण कार्य सक्ने अन्तिम मिति रहेपनि सन् २०२० को डिसेम्बरमा सबै काम सम्पन्न गरेर परीक्षण उडान शुरु गर्ने र जुलाइबाट व्यावसायिक उडान शुरु हुने परियोजनाले जनाएको छ । रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भईरहेको परियोजना प्रमुख मुनाकर्मीले भने । सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र चीनको सिएएमसी इञ्जिनीयरिङ कम्पनीका बीचमा विमानस्थल निर्माणका लागि सम्झौता भएकोमा सन् २०१७ को जुलाई ११ बाट निर्माण कार्य शुरु भएको थियो । पोखरा विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको छ । रासस