काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालको संयुक्त आयोजनामा प्रिन्ट मेकिङ कार्यशालाको समापन भएको छ । १० दिन देखि संचालनमा रहेको उक्त कार्यशालाको समापन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गरेका हुन् । ।
कार्यक्रममा कुलपतिको साथै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे,प्राज्ञ सुषमा राजभण्डारी,प्राज्ञ बुद्धि गुरुङ्ग,प्राज्ञ मिथिलादेवि यादव,प्रिन्ट मेकिङ नेपालका अध्यक्ष उमाशंकर शाह,वरिष्ठ कलाकार डा.सिमा शाह र वरिष्ठ कलाकार विजय थापा तथा अन्य गन्य मान्य व्यक्तिहरुको समेत उपस्थित थिए ।
नेपाल ललितकला प्रज्ञा–प्रष्ठिानकी प्राज्ञ तथा चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले १० दिन सम्म निरन्तर वरिष्ठ कलाकारहरु देखि युवा कलाकारहरु एकै थलोमा बसेर काम गरेको परिणाम स्वरुप हो र कार्यशालामा बनेका कृतिहरुको प्रदर्शनी गर्ने र चाडै नै दस्तावेदको रुपमा रहने गरी बृहत गोष्ठीको आयोजना चित्रकला विभागले गर्ने बताएकी छन् । साथै, उनले कलाको जुन सुकै विधामा लागे पनि जस्तो सुकै अवरोधको सामना गर्न हामी कलाकारहरु एकत्रित हुन समेत आवहन गरेकी छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले यो विधालाई माथि लान प्रष्ठिानले सग्दो सहयोग गर्ने बाचा गर्दै सहभागी कलाकारहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।