दक्ष कामदारका लागि अब एपबाटै जागिर, विदेशिने दिनकाे अन्त्य
काठमाण्डौँ । ‘अरबान्स नेपाल’ ले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रबार काठमाण्डौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उक्त एप लन्च गरिएको हो । विशेषगरी दैनिक जीवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दे यो एप लन्च गरिएको हो । अरबान्स नेपाल एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागि दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टीका साथ सेवासुविधा उपलब्ध गराउनेछ । आफूले खोजेको बेला समाधान गर्ने ब्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै, अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स नेपाल बजारमा पाइला चालेको दाबी आयोजकले गरेको छ । कार्यक्रममा अरबान्स नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफूहरुले यो एप लन्च गरेको जानकारी दिए । खानले भने दैनिक १ हजार २ सय भन्दा बढी युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढी नेपाली रातो बाकसमा मुत्युकको रुपमा फर्कन्छन् । जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटिबाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ । उनले भने किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ? अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको छ । टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ । जसले गर्दा विचौली तथा दलालहरुले कुनै पनि मौका पाउने छैनन् , खानले भने । उनले अन्तिममा भने सरकारलाई दोष दिन छाडौ, हामी युवाले हाम्रै युवाहरुको लागी सोचौं, कसैको भरमा नबसौं ।उक्त कार्यक्रमको पूर्व सन्ध्यामा अरबान्स नेपालले युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपाल विषयक प्यानल डिसकसन पनि गरेको थियो । उक्त प्यानल डिसकसनमा चौधरी ग्रुपका एक्जुकिटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्ट सँगै प्रोप्रटि ३६० डिग्रिका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गरेका थिए भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बनेकी थिइन् । साथै, अरबान्स नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर नेपालीले नेपालकै लागी गर्छु भन्ने नारा लिएको युट्यूबमा क्याम्पेन गर्न लागेको जानकारी पनि उक्त अवसरमा दिइयो ।
रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार र राेशन
काठमाडौं – शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । २ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे । पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरे । काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको थियो । मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए । प्रतियोगितामा विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिएको थियो । च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका थिए । यस पटक लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी भएका थिए । मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को समेत सहयोग रहेको थियो ।
अपराधमा विदेशी नागरिकको संलग्नता बढ्दो, वर्कपर्मिटमा काम गर्नेको तथ्यांक छैन राज्यसँग
सांकेतिक फोटो काठमाडौं । पछिल्लो समय अपराधिक क्रियाकलापमा विदेशी नागरिकको संलग्नता बढ्दो क्रममा छ । नेपालमा पर्यटक भीसामा आउने र यहीँ बसेर गैरकानुनी कार्यमा संलग्न विदेशी नागरिकको संख्या बढ्दो क्रममा देखिएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष गैरकानुनी कार्यमा संलग्न ८ सय ५७ जना विदेशी नागरिक पक्राउ परेका छन् । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३७ जना र आर्थिक वर्ष २०७३/७४ मा ५ सय ५५ जना विदेशी नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले नेपालमा आएर गैरकानुनी कार्य गर्ने गरेपनि आधिकारिक रुपमा कति विदेशीले नेपालमा लामो समय बस्छन् भन्ने यकिन तथ्यांक राज्यको कुनै पनि निकायसँग छैन । केही विदेशी नागरिक नेपालमा लुकेर काम गर्ने तथा गैरकानुनी काममा समेत संलग्न हुने गरेको पाइएको छ । विदेशी नागरिकले वर्क पर्मिट नलिई नेपालमा कुनै पनि प्रकारको काम वा पेशा व्यवसाय गर्न पाउदैनन् । नेपालमा काम गर्नको लागि वर्क पर्मिट दिने जिम्मेवारी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पाएको छ । तर, विभागसँग पनि अहिले कति विदेशी नागरिकले वर्क पर्मिट पाएर काम गरिरहेका छन् भन्ने छैन । कसैले श्रम स्वीकृति माग्न आए दिने गरेको विभाग अहिले कति विदेशी नागरिक काम गरिरहेका छन् भन्ने तथ्यांक दिन भने सक्दैन । विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्याय कुन वर्ष कति विदेशीले श्रम स्वीकृति (वर्क पर्मिट) पाए भन्ने तथ्यांक मात्रै रहेको बताउँछन् । ‘कुन वर्ष कति विदेशीले वर्क पर्मिट प्रश्नमा सूचना अधिकारी उपाध्यायले भने । विभागका अनुसार गत मंसिर मसान्तसम्ममा १ हजार ६० जना विदेशी नागरिकले वर्क पर्मिट लिएका छन् । यो संख्या नयाँ वर्क पर्मिट लिने र नवीकरण गराउने सम्मको हो । गत साउनमा नयाँ र नवीकरण गरी वर्क पर्मिट लिने विदेशीको संख्या २ सय ४१ छ । यस्तै भदौमा ३ सय ४२ जना, असोजमा १ सय ५८ जना, कात्तिकमा १ सय ७१ जना र मंसिरमा १ सय ४८ जना विदेशीले नयाँ वर्क पर्मिट तथा नवीकरण गराएका छन् । अहिले नेपालमा कार्यरत विदेशी नागरिकको संख्या यति नै हो त भन्ने प्रश्नमा विभागका अधिकारीहरु जवाफ दिन सक्दैनन् । उनीहरु आफै ‘वर्क पर्मिटट लिएकाहरु केही उनीहरुकै देश गइसके होलान्, केही काम गर्दै होलान्, वा अन्य अवस्था पनि हुन सक्छ’ भन्ने विभागका अधिकारीहरुको भनाइ छ । बढ्दै अपराधको ग्राफ नेपालमा पर्यटक भीसामा आउने र गैरकानुनी कार्यमा संलग्न हुने विदेशीको संख्या बढ्दो छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापाका अनुसार विदेशी नागरिकहरु अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसार जस्ता गैरकानुनी कार्यमा संलग्नता बढ्दो छ । यस्तो गैरकानुनी कार्यमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिकालगायत देशका नागरिकको संलग्नता बढी देखिएको प्रहरीको भनाइ छ । प्रहरीले अघिल्लो साता मात्रै शंकास्पद गतिविधि गरेको अभियोगमा एकैपटक १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भीसामा नेपाल आएर लुकेर बस्ने तथा वर्क पर्मिट लिएर बसेकाहरु पनि गैरकानुनी क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।
ग्याँस उद्योगले ९० दिनभित्र पीडीओ नलिए लाइसेन्स खारेज, निगमलाई नै थाहा छैन उद्योगको संख्या
काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति नै रद्द गर्ने भएको हो । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगहरुको अनुमति नै रद्द गर्ने चेतावनी दिएको छ। दर्ता भएका ग्यास उद्योगले नेपाल आयल निगमबाट पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । २०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ र शाखा उद्योग खोल्न निगमबाट अनुमति लिए पनि पीडीओ लिएका छैनन् । नेपाल आयल निगमलाई नै नयाँ र शाख उद्योग कति छन भन्ने थाहा छैन । उद्योग विभागबाट पनि नयाँ र शाख उद्योग दर्ता गर्न सकिन्छ । त्यसैकारण पनि नयाँ तथा शाखा उद्योग कति छ भनेर निगमलाई थाहा नभएको निगमका एक कर्मचारी बताउँछन् । निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स मात्रै लिएर बसेका उद्योगले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगको लाइसेन्स खारेज गर्न सूचना निकालिएको बताए । दर्तापछि पीडीओ नलिएका उद्योगलाई पीडीओ लिनका लागि ९० दिनको समय दिइएको गाेइतले बताए । सो समयमा उद्योगहरूले पीडीओ नलिए अनुमति खारेज हुनेछ ।
गीतकार प्रसाईंको “कथा मृत्युको” गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतकाे भिडियोसहित सार्वजनिक भयाे । गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाई आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाई फिचर्ड गरिएको छ । भिडियाे हेर्न क्लिक गर्नुहाेस् ।
अरुण तेस्रो जलविद्युतकाे मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण कार्य शुरु
खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपछि निर्माण कार्य सञ्चालन भएको हो । स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच चाँडै विवाद समाधान गर्ने सहमति भएको छ । सहमतिपछि सडक अवरुद्ध र सुरुङ निर्माणको काम शनिबारदेखि सञ्चालन भएको हो । अरुण तेस्रोको काम करिब ३० प्रतिशत भइसक्दा पनि मुआब्जा नपाएपछि स्थानीयले बिहीबारदेखि आन्दोलन शुरु गरेका थिए । विरोधमा उत्रिएका स्थानीयले अरुण तेस्रो आयोजनाको दिदिङमा निर्माणाधीन पावरहाउसको सुरुङमार्गको काम बन्द गराएका थिए । सुरुङ निर्माणको काम ठप्प भएपछि दुई हजार कामदार अलपत्र परेका थिए । अरुण तेस्रो निर्माण शुरु भएको तीन वर्ष बिते पनि छ्याङकुटीबाट पावरहाउस स्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिलेको छैन । यो सडक खण्डमा नेपाल सरकारले मुआब्जा निर्धारण गरेर सरकारी मूल्यअनुसार स्थानीयलाई रकम दिनुपर्छ । यस क्षेत्रका २०० परिवारले मुआब्जा पाएका छैनन् । छ्याङकुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडक खण्डमा मुआब्जा नपाएको स्थानीयवासी हर्कसिंह राइले बताए । पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको स्थानीयको भनाइ छ । तर, अरुण तेस्रो निर्माणको जिम्मा पाएको भारतीय सतलज कम्पनीलाई भने ३० मिटर जग्गा आवश्यक नपर्ने जनाएको छ । १५ मिटरको सडकमा उपकरण ल्याएको सवारी साधन गुड्ने जनाएको छ । अरुण तेस्रोका लागि अहिले पनि १५ मिटरमात्रै सडक प्रयोग भइरहेको सतलजका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले बताए । रासस
कृषि विकास बैंकद्वारा ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण
काठमाडौं । कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)लाई सो मात्रामा डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वातावरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको जानकारी गराए । समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)ले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताएका छन् । वि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा व्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो । करिब ३२० रोपनी जग्गामा फैलिएको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।
एलजीको ‘रोड शो’ देशभरी
काठमाडौं । एलजीले नेपाल अधिराज्यभरी ‘रोड शो’ शुरु गरेको छ । यस रोड शोमा एलजीका इनोभेटिभ प्रोडकहरूले डिस्प्लेका साथै डेमो पनि गरिरहेको छ । ‘रोड शो’ को मूल्य आकर्षण वासिङ्ग मेसिन, टि.भी. र ए.सि. रहेको छ । भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काकडभिट्टा सम्म हुनेछ । यस ‘रोड शो’ को मुख्य उद्देश्य एलजी. को वासिङ्ग मेसिनको डेमो रहेको छ । जसमा एल.जी.को ८ के.जी.को वासर ड्रायर वासिङ्ग मेसिनबाट डेमो दिने कम्पनीले जनाएको हाे ।