सानेपास्थित कवाडी राख्ने ठाउँमा आगलागी

<p>काठमाडाैं  । ललितपुरको सानेपास्थित एउटा कवाडी राख्ने स्थानमा आगलागी भएको छ। शनिबार राति करिब ८: ३० बजेतिर आगलागी भएको हो। ललितपुर प्रहरीका अनुसार गाडी ग्यारेज नजिकै रहेको कवाडीमा फैलिएको आगोले भीषण रुप लिँदा नियन्त्रणमा समस्या भएको छ। प्रत्यक्षदर्शी एकजना ट्राफिक प्रहरीका अनुसार कवाडीबाट फैलिएको आगो नियन्त्रणको प्रयास भइरहेको छ। अहिले पाँचवटा दमकलले आगो निभाइरहेका छन् । आगलागीबाट कति [&hellip;]</p>

काठमाडाैं  । ललितपुरको सानेपास्थित एउटा कवाडी राख्ने स्थानमा आगलागी भएको छ। शनिबार राति करिब ८: ३० बजेतिर आगलागी भएको हो। ललितपुर प्रहरीका अनुसार गाडी ग्यारेज नजिकै रहेको कवाडीमा फैलिएको आगोले भीषण रुप लिँदा नियन्त्रणमा समस्या भएको छ।

प्रत्यक्षदर्शी एकजना ट्राफिक प्रहरीका अनुसार कवाडीबाट फैलिएको आगो नियन्त्रणको प्रयास भइरहेको छ। अहिले पाँचवटा दमकलले आगो निभाइरहेका छन् । आगलागीबाट कति क्षति भयाे त्याे भने अहिलेसम्म खुलेकाे छैन ।

Share News