ग्रील तथा स्टील व्यवसाय संघ ललितपुरद्वारा टिटि खोप र रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । ग्रील तथा स्टील व्यवसाय संघले ललितपुरमा टिटि खोप र रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रममा जिल्ला भित्र रहेका ग्रील उद्योगी र उद्योगमा कार्यरत श्रमिकहरुलाई निःशुल्क टिटि खोप लगाएको थियाे । ग्रील उद्योगमा काम गर्ने मजदुरहरुलाई फलाम काट्दा जोड्दा चिल्याउदा चोटपटक लाग्ने खिया लागेको फलामबाट काटेको ठाउँमा टिटानस लाग्ने भएकाले सघले टिटि खोप लगाउने काम गरेको हो । झण्डै ३०० जनालाई टिटि खोप लगाइएको थियो भने सोही अवसरमा ग्रील तथा स्टील व्यवसायी कर्मचारी आश्रित परिवारलाई पनि उपचारको क्रममा रगतको आवश्यकता पर्ने हुदा रक्तसन्चार केन्द्रमा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले रक्तदानको समेत आयोजना गरिएको थियो । ग्रील तथा स्टील। व्यवसाय महासघ नेपालमा आबद्ध ६८ वटै जिल्लामा व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तालिम र शिविरहरु सन्चालन गर्ने महासंघका अध्यक्ष मोहन कटुवालले जानकारी गराएका छन् ।
नेपाल बैंकका पूर्वप्रबन्धक कोईराला पक्राउ
काठमाडौं । नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भुपराज कोईराला पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंले गरेकाे ‘दण्डहिनता विरुद्ध सीआईबीको अभियान’ अन्तर्गत कोईराला बैंकिङ कसुर अभियाेगमा पुस ११ गते पक्राउ परेका हुन् । नेपाल बैंकको बैकिङ प्रधान कार्यालय, मानवश्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरी पछि उनलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनाएका छन् । उनका अनुसार नेपाल सरकार प्रतिवादी कोईरालाले डिल्लीबजार शाखामा शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई फाइदा उठाएको बैंकिङ कसुर अनुसन्धानको क्रममा पक्राउ गरिएको हो । पुस ११ गते प्रकाउ परेका काईरालालाई बैंकिङ कसुर तथा सजाय ऐन बमोजिम थप अनुसन्धान गर्न उच्च अदालत पाटनले ७ दिनको म्याद थप गरेको छ । सोलुखुम्बुमा जन्मेका ४७ वर्षे पूर्वप्रबन्धक कोईराला हाल भक्तपुरको सूर्यबिनायकमा बसोबास गर्दै आएका छन् ।
बाग्लुङमा नयाँ एयरपोर्ट बनाउने तयारी, ८२५ राेपनी जग्गा अधिकरण गर्न सूचना टाँस
काठमाडौं । उद्यमीहरू चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा र मिनबहादुर गुरूङरुले लगानी विस्ताार गर्न उपयुक्त जिल्ला भन्दै केवलकार, हाेटल, सुपरमार्केट खाेल्ने घाेषणा गरेकाे बागलुङमा जिल्लामा नयाँ एयरपोर्ट पनि बनाउने तयारी थालिएकाे छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटमा अर्नाकोट एयरपोर्ट निमार्णकाे तयारी भइरहेकाे निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । एयरपाेर्ट बनाउन ८२५ राेपनी जग्गाकाे रेखाङकन गरिएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । एयरपोर्ट निर्माण हुन लागेको स्थानमा थोरै मात्रै नीजि जग्गा पर्ने र धेरै सरकारी जग्गा पर्ने भएकाेले एयरपाेर्ट बनाउन सहज हुने उनले बताए । पहिलो चरणको सर्वे रिपाेर्ट एयरपोर्ट बनाउन लागि उपयुक्त देखिएकाेले दोस्रो चरणको अध्ययन सुरु भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।यहाँ विमानस्थल बनाउन २०७४ सालमा पहिलो चरणमा गरिएको भौगोलिक सर्वे र डिजाईन गरिएकाे थियो । संघीय सरकारले यस एयरपाेर्टकाे विस्तृत अध्ययन गर्न ३० लाख रूपैयाँ बजेट व्यवस्था गरेकाे उनले जानकारी दिए । अध्ययनका क्रममा हाल हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिकाको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा स्थानीयसँग राय सुझाव माग गरि सूचना टाँस गरिएकाे छ । एयरपाेर्ट बनाउन आवश्यक क्षेत्र निर्धारणा गरी वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर संरचनामा पर्ने प्रभावका स्थानीयबासीसँग रायसुझाव लिन सूचना टाँस गरिएकाे उनले बताए । संविधानमा एयरपाेर्टकाे सञ्चालन र व्यवस्थापन संघीय सरकारकाे मात्र अधिकारकाे क्षेत्रमा राखिएकाे छ । तर संघीय सरकारकाे यस वर्षकाे बजेटमा हवाई पूर्वाधारकाे निर्माण, विकास तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रकाे साझेदारी र सहकार्यलाई प्राेत्साहित गर्ने उल्लेख छ । चालु अार्थिक वर्षकाे नीति तथा कार्यक्रममा सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर स्थानीयत तहकाे एयरपाेर्ट बनाउने नीति लिएकाे छ । साेही नीतिका आधारमा सर्वेक्षण कार्यमा नागरिक उड्यन्न प्राधिकरणसँग सहकार्य भइरहेकाे उनले जानकारी दिए । उद्योग बाणिज्य महासघंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङकाे केन्दमा एउटा एयरपोर्टको आवश्यकता भएकाे बताए । अर्नाकोटमा एयरपोर्ट निर्माण भए पछि जिल्लाको विकास,उद्योग, कृषि, पर्यटन लगाएका लागि अझ राम्रो हुने ढकालले बताए । बागलुङमा यसअघि बलेवा र ढाेरपाटनमा एयर पाेर्ट रहेकाे छ । हुस्सुकाे कारण ढाेरपाटनकाे एयरपाेर्ट वर्षमा ६ महिना पनि चल्ने गाह्राे भएकाे वडा २ का अध्यक्ष कुविर विश्वकर्माले बताए । डाेरपाटनकाे एयर पाेर्ट उत्तरगंगा जलविद्युत आयाेजना निर्माण गर्दा ढुवानमा पर्ने भएकाेले पनि नयाँ एयरपाेर्ट आवश्यक भएकाे स्थानीयकाे भनाइ छ । अर्नाकोट एयरपोर्ट सञ्चालनमा आउँदा डाेल्पा, मुगु, राेल्पा, गुल्मी, म्याग्दी लगायतका जिल्लाकाे लागि दुर्त यातायात सेवाकाे लागि काम लाग्ने उनीहरूले बताए ।
काठमाडौं । ठुला उद्योवगीहरुले उद्योग विस्ताार गर्न उपयुक्त जिल्लाको रुपामा बागलुङ लिन थालेका छन् । गत शुक्रबार सफल उद्यमीहरू शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियोजनामा लगानी गर्ने घोषणा गरेका थिए । ठुला उद्योगीहरुले उद्योग विस्तार गर्न उपयुक्त भनेको बागलुङ जिल्लामा नयाँ एयरपोर्ट बन्ने भएको छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटमा अर्नाकोट एयरपोट निमार्ण हुने भएको हो । अर्नाकोट एयरपोर्टको वातावारणीय अवस्थाको अध्ययन सुरु भएको छ । २०७४ सालमा पहिलो चरणमा गरीएको भौगोलिक सर्वे डिजाईन सफल भएको थियो । उद्योग बाणिज्य महासघंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ‘बागलुङमा केन्दमा एउटा एयरपोर्टको आवश्यता छ ।’ अर्नाकोटमा एयरपोर्ट निर्माण भए पछि जिल्लाको विकास,उद्योग, कृषि, पर्यटन लगाएका लागि अझ राम्रो हुने ढकालले बताए । पहिलो चरणको सर्वे डिजाईन सफल भइसकेको छ । पहिलो चरणको सर्वेले एयरपोर्ट बनका लागि उपयुक्त भएकाले दोस्रो चरणको अध्ययन सुरु भएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । उनले भने अर्नाकोटमा एयरपोर्ट बनाउन सहज छ । एयरपोर्ट निर्माण हुन लागेको स्थानमा थोरै मात्रै नीजि जग्गा पर्ने र धेरै सरकारी जग्गा पर्ने छ । फिल्ड अध्ययनमा वातावणीय मुल्याँकनको सबै प्रकृया पुरा गर्नका निम्ती करिब १ बर्ष समय लाग्ने र प्रकृया पुरा भए पछि धावनमार्गले गति लिने पौडेलले बताए । अध्ययनका क्रममा हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिकाको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा स्थानीयसगँ राय सुझाप मागन सुचना टाँस गरीए छ । स्थानीय बासिसँग धारणा लिईने, वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर सँरचनामा पर्ने प्रभाबका बिषयमा क्षेत्र निर्धारण गरीने छ । नागरीक उड्यन्न प्राधिकिरण र वातावरण अधिकृतको सहभागीतामा अध्ययनको काम अगाडी बढेको हो ।
नेपाल ब्राइडल मेकअप कम्पिटिसनमा विजेता बन्न सफल मनिषा
काठमाडौं। नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा विजयी भएकी छन् । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मी र मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट विजेता बन्न सफल भएकी हुन् । उनले आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता–२०७६ को उपाधि जित्न सफल भइन् । मनिषाले उत्कृष्ट भएपबात १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जितिन् भने रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकी छन् । त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जिते । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ, लक्ष्मी महत र शर्मिला मुनिकार रहेका थिए । मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एक दिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकी संचालिका सौन्दर्यविद ज्ञानी महर्जनले बताइन् । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने उनी बताउँछिन् । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यविद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।
माछापुच्छ्रे बैंकले दुवईबाट एक अर्ब रुपैयाँ ल्याउँदै, नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईबाट एक अर्ब रुपैयाँ भन्दा बढी अर्थात १० मिलियन अमेरिकी डलर नेपाल ल्याउने भएको छ । बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईको माश्रिक बैंकबाट उक्त रकम नेपाल ल्याउन लागेकाे हो । सो सम्बन्धि सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा माश्रिक बैंकको तर्फबाट नेपालका लागि प्रमुख देशीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरेका छन् । १० मिलियन अमेरिकी डलर अर्थात रु. १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउनको लागि नेपाल राष्ट्र बैंकमा समेत स्वीकृतीको लागि निवेदन पेश गरिएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लगत्तै बैंकले उक्त रकम नेपाल भित्र्याउनेछ । नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो । बैंकले दुवईस्थित माश्रिक बैंकबाट लिन लागेको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।
विदेश जादै हुनुहुन्छ, निःशुल्क सिमकार्ड लिन नभुल्नु होस्
काठमाडौं । श्रम स्वीकृति र पासपोर्टकोलाई आधार बनाइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई सिमकार्ड वितरण गरिरहेको छ । हाइल्याण्ड इन्टरनेशनल प्रा.लि., नक्सालले विगत तीन वर्षदेखि विभिन्न देशको टेलिकमसँगको सहकार्यमा तथा नेपाल सरकारको स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई निःशुल्क सिमकार्ड प्रदान गर्दै आएको हो । मलेसिया ओमान र कतारका सिमकार्ड एयरपोट र श्रम कार्यालय ताहचलले दैनिक दुई सय सिमकार्ड वितरण गर्दै आएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको सहजताका लागि ध्यानमा राखेर विगत तीनवर्ष देखि हाइल्याण्ड इन्टरनेशनल प्रा.लि.ले निःशुल्क सिमकार्ड वितरण गर्दै आएको कम्पनीका अप्रेशन म्यानेजर विनोद लामाले बताए । वैदेशिक रोजगारमा जाने श्रमिकको श्रम स्वीकृतिपत्र र पासपोर्टलाई आधार बनाइ सिमकार्ड प्रदान गर्ने जानकारी दिए । नेपाल सरकारको स्वीकृति बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाललाई गत्तव्य स्थलको सिमकार्ड वितरण गर्ने यो नै पहिलो तथा एक्लो कम्पनी हो । हालसम्म कुनै पनि देशका सिमकार्ड विक्री तथा वितरणका लागि नेपाल सरकारले अन्य संस्थालाई स्वीकृति नदिएको श्रम स्वीकृति कार्यालय ताहचलले जानकारी दिएको छ । दैनिक ताहचलबाट मात्र कतार, ओमान, मलेसियाको सिमकार्ड कम्तीमा एक सय वटा वितरण हुँदै आएको श्रम कार्यालय ताहचलमा ३ वर्षदेखि सिमकार्ड वितरण गर्दै आएका माधव पौडेलले जानकारी दिए । उनले भने ‘शुरुवातका समय दैनिक तीन सयसम्म सिमकार्ड वितरण हुन्छ ।’ विशेषगरी कतारको भोडाफोन, क्यूटेल र मलेसियाको सेलकम तथा ओमानको ओमानटेल नाममो सिमकार्डको वितरण गरिरहेको वितरक माधव पौडेलले जानकारी दिए । पछिल्लो समय सबैभन्दा बढीमात्रामा कतारको भोडाफोनको सिमकार्ड वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारका लागि जाने क्रममा गन्तव्य मुलुकको विमानस्थल पुगेपछि सहजता हुन्छ ।
अभिकर्तालाई दक्ष र सीपयुक्त नबनाई कसरी विस्तार हुन्छ बीमा बजार ?
बीमा क्षेत्रको विकास र विस्तार तीब्र गतिमा भइरहेको छ । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएपछि बीमाको दायरा र गतिविधि अझै बढेको आभास हुन्छ । बीमा व्यवसायको मेरुदण्ड भनेकै अभिकर्ता हुन् । अभिकर्ताले नै आम सर्वसाधारणसँग भेटेर बीमाको बारेमा जानकारी गराउने, बीमा गराउने, दाबी भुक्तानीका लागि भूमिका निर्वाह गर्ने जस्ता जिम्मेवारी बहन गर्ने भएकोले पनि अभिकर्ताको महत्व धेरै छ । अभिकर्ता पेशामा आवद्ध हुनेहरुको संख्या बढिरहेको छ । लाइसेन्स लिने अभिकर्ताहरु ५ लाखको हाराहारीमा छन् । यसमध्ये ५–७ हजारले पूर्णरुपमा काम गरिरहेका छन् । करिब १ लाख अभिकर्ता पार्टटाइमरको रुपमा कार्यरत छन् । लाइसेन्स लिएका केही अभिकर्ताको बारेमा खासै जानकारी नभएको अवस्था पनि छ । अभिकर्ताको लागि तालिमको राम्रो अवसर नै छैन । अझ भनौं, तालिम लिएर आफ्नो ज्ञान, सीप र क्षमता बढाउने अवस्था छैन । आफैलाई धेरै जानकारी नभएको अभिकर्ताले सर्वसाधारणलाई बीमाको बारेमा बुझाउन सक्दैन । यस्तो कारणले समग्र बीमाप्रति नै सर्वसाधारणको नकारात्मक धारणा बन्ने जोखिम रहन्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले यसमा केही पहल गर्न आवश्यक छ । जस्तो कि लाइसेन्स लिएका अभिकर्तासँग पनि समितिले सीप परीक्षा लिनुपर्यो । यस्तो परीक्षामा उतिर्ण भएका अभिकर्तालाई लाइसेन्स दिने विधि अपनाउन सकियो भने दक्ष अभिकर्ता निर्माण हुन्छ । दक्ष अभिकर्ताले बीमाको राम्रोसँग प्रचार प्रसार र व्यवहारिक पक्षका बारेमा सर्वसाधारणलाई बुझाउन सक्छ । अन्तराष्ट्रिय बजारमा बीमाका विभिन्न योजना र कार्यक्रमहरु आएका हुन्छन् । विभिन्न प्रकारका जोखिम वहनमा बीमाले कसरी कभरेज गर्ने भन्ने अध्ययन, खोज र अनुसन्धानहरु भइरहेका हुन्छन् । यसको लागि नेपाली अभिकर्ताले अन्तराष्ट्रियस्तरको ज्ञान र सीप हासिल गर्नु आवश्यक हुन्छ । तर, नेपाली अभिकर्ताले अन्र्तराष्ट्रियस्तरको तालिम लिने अवसर खासै पाउँदैन् । यसका पछाडि विभिन्न कारण हुन सक्छन् । समस्या जे जस्ता भएपनि बीमा सम्बन्धि पर्याप्त ज्ञान भएको सीपयुक्त अभिकर्ता निर्माण गर्ने हो भने अन्तराष्ट्रिय ‘एक्सपोज’को लागि नियामक, कम्पनी वा सरकार कसले लगानी गर्ने हो त्यो गर्नुपर्यो । अभिकर्तालाई दक्ष बनाउनु पर्यो । २०६० साल अगाडिसम्म बीमा समितिले नै अभिकर्तालाई तालिम दिने गरेको थियो । समितिबाट तालिम प्राप्त अभिकर्ताले अहिले पनि राम्रोसँग काम गरिरहेका छन् । तर, त्यसपछि कम्पनीहरुले नै अभिकर्ता तालिम दिने व्यवस्था भयो । यस्तो व्यवस्थाले जस्ता पनि अभिकर्ता उत्पादन हुन थाले । कम्पनीहरुले घरघरमा गएर अभिकर्ता लाइसेन्स बाढ्न थाले । यसरी लाइसेन्स बाढ्न थालेपछि समस्या आएको हो । कुनै लहड वा भावनामा बगेर अभिकर्ता बन्न सकिँदैन । पूर्णकालिन अभिकर्ता बन्न दक्षता हाँसिल गरेको हुनुपर्यो । बीमाको ज्ञान हुनुपर्यो । यस्तै, सम्बन्धित नियम, कानुन र व्यवस्थाको बारेमा पनि जानकार हुनुपर्यो । अभिकर्ताको लाइसेन्स बोक्नेहरुसँग पनि आधारभूत तथा सैद्धान्तिक ज्ञानको कमि रहेको पाइन्छ । कुनै कम्पनीको कुनै पोलिसीको बारेमा जानकारी पाएकै भरमा अभिकर्ताको लाइसेन्स बोक्नेहरु पनि छन् । यस्ता अभिकर्ताले बीमा क्षेत्रको विकास र विश्वास बढाउन सक्दैनन् । यस्तै अभिकर्ताको कारण हामीहरुले पनि अभिकर्ता भनेको दलाल हो भन्ने आरोप खेप्न वाध्य हुनुपरेको छ । अभिकर्ता भनेको बीमा दुत हुन् । त्यसैले प्रचार गर्दा अभिकर्ताले करकाप नभइ राम्रोसँग बुझाएर गर्न आवश्यक छ । अभिकर्ताले अनावश्यक तनाव दिने भन्दै सर्वसाधारणले बीमाको बारेमा कुरै सुन्न नचाहेको भन्ने आरोप पनि लाग्छ । यो भने व्यवसायिक अभिकर्ता तयार पार्न गरिएको कन्जुस्याईको परिणति हो । व्यवसायिक र दक्ष अभिकर्ताको कमी भएको अवस्थामा ठगी वा बद्मासी बृद्धि हुन सक्छ । यस्तो बद्मासीले बिमित, विमक, नियामक वा समग्रतामा राज्यलाई नै नकारात्मक परिणाम दिन्छ । त्यसैले अभिकर्ताको क्षमताबृद्धिमा सबैको पहलकदमी आवश्यक छ । बीमा समितिले इन्ष्टिच्युट स्थापना गरेको छ । त्यो इन्ष्टिच्युटले अभिकर्तालाई पनि तामिल दिने व्यवस्था मिलाउनु पर्यो । ३ करोड नेपालीलाई बीमा गराउँन ५ लाख अभिकर्ता आवश्यक पर्दैन । १ लाख अभिकर्तालाई बीमाको राम्रो तालिम दिलाउँन सके मात्रै पनि पर्याप्त हुन्छ । तर, दुःखको कुरा, १ लाख दक्ष अभिकर्ता पनि उत्पादन गर्न सकिएको छैन । (पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष तिवारीसँग विकासन्यूजका लागि नविन पोखरेलले गरेको कुराकानीमा आधारित)