नेपाल बैंकका पूर्वप्रबन्धक कोईराला पक्राउ

<p>काठमाडौं । नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भुपराज कोईराला पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंले गरेकाे ‘दण्डहिनता विरुद्ध सीआईबीको अभियान’ अन्तर्गत कोईराला बैंकिङ कसुर अभियाेगमा पुस ११ गते पक्राउ परेका हुन् । नेपाल बैंकको बैकिङ प्रधान कार्यालय, मानवश्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरी पछि उनलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भुपराज कोईराला पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंले गरेकाे ‘दण्डहिनता विरुद्ध सीआईबीको अभियान’ अन्तर्गत कोईराला बैंकिङ कसुर अभियाेगमा पुस ११ गते पक्राउ परेका हुन् ।

नेपाल बैंकको बैकिङ प्रधान कार्यालय, मानवश्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेको जाहेरी पछि उनलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जनाएका छन् । उनका अनुसार नेपाल सरकार प्रतिवादी कोईरालाले डिल्लीबजार शाखामा शाखा प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सृजना गराई फाइदा उठाएको बैंकिङ कसुर अनुसन्धानको क्रममा पक्राउ गरिएको हो ।

पुस ११ गते प्रकाउ परेका काईरालालाई बैंकिङ कसुर तथा सजाय ऐन बमोजिम थप अनुसन्धान गर्न उच्च अदालत पाटनले ७ दिनको म्याद थप गरेको छ ।

सोलुखुम्बुमा जन्मेका ४७ वर्षे पूर्वप्रबन्धक कोईराला हाल भक्तपुरको सूर्यबिनायकमा बसोबास गर्दै आएका छन् ।

Share News