विकासन्युज

सिजीको जुनसुकै सामान किन्दा २० प्रतिशत छुट

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको कुनै पनि घरायसी सामान किन्दा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिजीले पुस १२ गतेदेखि १८ गतेसम्म सीमित अवधिको लागि मात्र सामान खरिद गर्ने ग्राहकलाई सो मात्राको छुट दिने भएको छ । उक्त योजना पोखराको न्यूरोडस्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको छ । साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ । उक्त कार्यक्रममा सहभागि भई ग्राहकले विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकले ल्यायो ‘नयाँ वर्षमा डबल सौगात’ अफर, तीन दिन मात्र लागू हुने

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ वर्ष सन् २०२०को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १०० रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२०  सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशबाट शुरु गर्यो घुम्ती बीमा सेवा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको शुरु गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रमकाबीच उक्त स्थानबाट सो सेवाको शुरु गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने बताएका छन् । साथै, उनले स्थानिय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्धेश्य, महत्व र यसबाट हुने फाईदाहरुको सम्बन्धमा प्रकास पार्दै घुम्ती सेवा मार्फत घर दैलोबाटै बीमा सेवा लिन आग्रह गरेका छन् । समारोह स्थलबाटै केहि बीमालेख समेत जारी गरीएको कम्पनीले जनाएको छ ।

डिएभी कलेजको दोस्राे दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती उच्च माद्यामिक विद्यालयको दोस्राे दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । कलेजका अध्यक्ष केडिया र ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले समाराेहकाे उद्घाटन गरेका हुन् । उक्त समाराेहमा कलेजका बीबीए तर्फका ६४ र बीबीएस तर्फका ३९ जना गरी १०३ जना विद्यार्थी दीक्षित भएका थिए । उक्त समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो कलेजका अध्यक्ष अनिल केडियाको सभापतित्वमा भएको समारोहमा स्याकार कम्पनीका अध्यक्ष एवं ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले अध्ययनकालका आफ्ना अनुभव सुनाउदै विद्यार्थीलाई उत्प्रेरणा दिने मन्तव्य राखेका थिए । साथै, देशमा हरेक क्षेत्रमा सम्भावना भएको र त्यति नै चुनौती समेत भएकाले देशमै केही गर्न विद्यार्थीहरुलाई सुझाव दिएका छन् । उक्त समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो ।

हुन्डाई भेन्यु डिजिटल अभियानका पाँच विजेताको नाम घोषणा, दुईले जिते डोमेस्टिक र इन्टरनेसनल ट्रिपको प्याकेज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानका पाँच भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । जसमध्ये लक्की ड्र मार्फत दुई भाग्यशाली विजेता छानिएका छन् । छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जितेका छन् । त्यस्तै,  बसन्त कुमार श्रेष्ठ,सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । विजेताहरुले आफ्ना जोडिका लागि पोखरा/ चितवन/नगरकोट/धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् । हुन्डाई भेन्युको प्रवर्धनका लागि आयोजना गरिएको अभियानमा ‘ स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरु मध्ये ‘स्पट दि भेन्यु’ मा १ सय ६ प्रतियोगीहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७ सय १६ प्रतियोगीहरुले सहभागिता जनाएका थिए । स्पट भेन्यु खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नुपर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा ह्याज हुन्डाइ, ह्याज इन्टरनेशनल डेस्टिनेशन (सिंगापुर /मलेसिया /थाइल्याण्ड/ दुबई) र ह्याज डोमेस्टिक डेस्टिनेसन मा ( पोखरा /चितवन /नगरकोट /धुलिखेल) उल्लेख गर्नुपर्ने थियो । त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिता अन्तर्गत प्रतियोगीहरुले नेपालभरी रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा विक्री वितरण शुरु गरिएको थियो । अटोमोवईल बजारमा राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आईसीओटि. वाई २०२० को अन्तर्गत भारतीय कार अफ दि ईयर अवार्ड पनि प्राप्त गरेको छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्म छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकले आफ्ना विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने भएको छ । बालुवाटारस्थित उक्त क्लिनिकले बैंकका ग्राहकहरुलाई तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिक, वालुवाटारमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले नक्सालस्थित श्री नन्दी माध्यामिक विद्यालयलाई विभिन्न खेलकुद सामाग्री वितरण गरेको छ । बैंकको दरबारमार्ग शाखाले आइतबार सो विद्यालयका विद्यार्थीका लागि बास्केटबल कोर्ट, टेबल टेनिस बोर्ड लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । यसैगरी, आइतबार नै बैंकको तीनचुली शाखाले काठमाडौ महानगरपालिका –७ मा अवस्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयलाई अपाङ्गता मैत्री फर्निचर हस्तान्तरण गरेको छ । अशक्त विद्यार्थीहरुलाई अध्ययन गर्न सहज वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले अपाङ्गता मैत्री फर्निचर प्रदान गरेको हो ।

रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच इकमर्श सम्झौता

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइलएप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो । सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौता गरेका छन् । सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यवसायिकअभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मकअभियान सञ्चालन गर्नेछ । भ्रमण वर्षलाई प्रवर्दन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ । सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ । सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बीच उक्त अभियानको सुरुवात गर्दैछन् । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामानखरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ । सेवा र किनमेलकालागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसैगरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनिकिन्न सकिन्छ ।