सानिमा बैंकले ल्यायो ‘नयाँ वर्षमा डबल सौगात’ अफर, तीन दिन मात्र लागू हुने

<p>काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ वर्ष सन् २०२०को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ वर्ष सन् २०२०को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १०० रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२०  सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।

Share News