काठमाडौं । ठुला उद्योवगीहरुले उद्योग विस्ताार गर्न उपयुक्त जिल्लाको रुपामा बागलुङ लिन थालेका छन् । गत शुक्रबार सफल उद्यमीहरू शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियोजनामा लगानी गर्ने घोषणा गरेका थिए । ठुला उद्योगीहरुले उद्योग विस्तार गर्न उपयुक्त भनेको बागलुङ जिल्लामा नयाँ एयरपोर्ट बन्ने भएको छ ।
बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोटमा अर्नाकोट एयरपोट निमार्ण हुने भएको हो । अर्नाकोट एयरपोर्टको वातावारणीय अवस्थाको अध्ययन सुरु भएको छ । २०७४ सालमा पहिलो चरणमा गरीएको भौगोलिक सर्वे डिजाईन सफल भएको थियो ।
उद्योग बाणिज्य महासघंका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने ‘बागलुङमा केन्दमा एउटा एयरपोर्टको आवश्यता छ ।’ अर्नाकोटमा एयरपोर्ट निर्माण भए पछि जिल्लाको विकास,उद्योग, कृषि, पर्यटन लगाएका लागि अझ राम्रो हुने ढकालले बताए ।
पहिलो चरणको सर्वे डिजाईन सफल भइसकेको छ । पहिलो चरणको सर्वेले एयरपोर्ट बनका लागि उपयुक्त भएकाले दोस्रो चरणको अध्ययन सुरु भएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । उनले भने अर्नाकोटमा एयरपोर्ट बनाउन सहज छ । एयरपोर्ट निर्माण हुन लागेको स्थानमा थोरै मात्रै नीजि जग्गा पर्ने र धेरै सरकारी जग्गा पर्ने छ ।
फिल्ड अध्ययनमा वातावणीय मुल्याँकनको सबै प्रकृया पुरा गर्नका निम्ती करिब १ बर्ष समय लाग्ने र प्रकृया पुरा भए पछि धावनमार्गले गति लिने पौडेलले बताए ।
अध्ययनका क्रममा हवाई मार्ग बन्ने स्थल निसीखोला गाउँपालिकाको वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकिमा स्थानीयसगँ राय सुझाप मागन सुचना टाँस गरीए छ । स्थानीय बासिसँग धारणा लिईने, वन, वातावरण तथा धावनमार्ग बन्ने स्थल आसपासका घर सँरचनामा पर्ने प्रभाबका बिषयमा क्षेत्र निर्धारण गरीने छ । नागरीक उड्यन्न प्राधिकिरण र वातावरण अधिकृतको सहभागीतामा अध्ययनको काम अगाडी बढेको हो ।