शिक्षामन्त्री पोखरेलद्वारा महोत्तरी जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण
महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जिल्लाका स्वास्थ्य केन्द्रका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । क्षेत्र नं १ बाट निर्वाचित रहनुभएका मन्त्री पोखरेलले जिल्लाका पाँच प्राथमिक स्वास्थ्य केन्द्रका लागि कोभिड–१९ जाँचमा आवश्यकपर्ने स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई हस्तान्तरण गरेका हुन् । बर्दिवास नगरपालिका–३ स्थित आधारशीलामा मन्त्री पोखरेलले हस्तान्तरण गर्नुभएका सामग्री जिल्लाका गौशाला, रामगोपालपुर, पिपरा, लोहारपट्टी र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि भएको स्पष्ट पारे । दक्ष चिकित्सक रहने प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेका प्राप्त सामग्री निकै उपयोगी हुने उनको भनाइ छ । प्रदान गरिएका सामग्रीमा मास्क, पञ्जा, पिपिई, थर्मलगन, थर्मोमिटर, सुजकभर, फेसलाइट, स्यानिटाइजर, पञ्जासहितका सामग्री छन् । त्यसैगरी मन्त्री पोखरेलले १५ श्ययाको अस्पताल सञ्चालनका लागि बर्दिवास अस्पताल भेन्टिलेटरसहितका उपकरण र अन्य स्वास्थ्य सामग्री बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र कोभिड–१९ सँगसम्बन्धित सुरक्षा प्रबन्धका सामग्री गौशाला तथा भङ्गाह नगरपालिकाका नगरप्रमुख शिवनाथ महतो र सञ्जिवकुमार साहलाई हस्तान्तरण गरेका छन् । वितरण गरिएका सामग्रीमा पञ्जा १० हजार थान, सर्जिकल मास्क १८ हजार थान, पञ्जा १० हजार थान, पिपिई ७५ थान, थर्मलगन छ थान, लाइफब्वाय साबुन २५२ वटा, थर्मोमिटर १५ थान, सुजकभर ५० थान, फेसलाइट ५० थान र स्यानिटाइजर १०० लिटर रहेको सो अवसरमा जानकारी दिइएको थियो । बर्दिवास अस्पताललाई यसबाहेकका उपकरण प्रदान गरिएको छ । हस्तान्तरण गरिएका सामग्री स्वास्थ्य सेवा विभाग र वेभ ट्रेण्ड कन्सर्न, निक साइमन, साझा सहकारी संस्थासहितका सामाजिक सङ्घसंस्था र व्यक्तिगत तवरले सन्तोष दाहालसहितबाट प्राप्त भएका मन्त्री पोखरेलले जानकारी दिए । प्राप्त सामग्रीबाट अहिलेको कोभिड–१९ सम्बन्धित जाँच, सुरक्षा प्रबन्ध र तयारीमा सहयोग हुने जिल्लाका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । प्राप्त सामग्री आवश्यकताका आधारमा स्वास्थ्य केन्द्र र क्वारेन्टाइन केन्द्रमा पु¥याइने खत्रीको भनाइ छ । रासस
७० प्रतिशत उद्योगले चैत महिनाको पारिश्रमिक नदिएकाे ट्रेड यूनियनकाे दावी
काठमाडौं । सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई उद्योगीले चैत महिनाको पूरा पारिश्रमिक दिनुपर्ने निर्णय गरे पनि ७० प्रतिशत उद्योगले सरकारी निर्णयको उपेक्षा गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) आबद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले औद्योगिक घनत्व रहेका पाँच प्रदेशका २१९ उद्योगमा लकडाउन अवधिको पारिश्रमिक वितरण, लकडाउनमा उद्योग सञ्चालनको अवस्था र सामाजिक सुरक्षा कोषमा सूचीकरणसम्बन्धी प्रारम्भिक सर्वेक्षणमा ३० प्रतिशत उद्योगले मात्र चैत महिनाको पूरा पारिश्रमिक दिएको पाइएको हो । प्रदेश नं १ मा ८७ प्रतिशत, प्रदेश नं २ मा ५८, बागमती प्रदेशमा ६८, गण्डकी प्रदेशमा ६८ र प्रदेश नं ५ मा शतप्रतिशत श्रमिकले नियमित पारिश्रमिक नपाएको अवस्था देखिएको छ । केही उद्योगले भने नियमित पारिश्रमिक पाइरहेको पाइएको छ । नियमित पारिश्रमिक दिने उद्योगमा बहुराष्ट्रिय कम्पनी, हाइड्रोपावर, खाद्य र औषधीजन्य रहेका छन् । यी उद्योग लकडाउन अवधिमा पनि सञ्चालित थिए । सरकारले औपचारिक क्षेत्रका उद्योग/कलकारखानामा काम गर्ने श्रमिकलाई चैत महिनाको पूरा पारिश्रमिक प्रदान गर्नू भनी राजपत्रमा सूचना प्रकाशित गरेपनि व्यवसायीले सरकारको निर्णय कार्यान्वयन गर्न गम्भीरता नदेखाएको ह्वीनका अध्यक्ष आनन्द थामीले बताए । श्रमिकको पारिश्रमिक दिलाउन सरकारले गम्भीर कदम चाल्नुपर्नेमा जोड दिँदै उहाँले श्रमिकको पारिश्रमिक नदिने व्यवसायी वा रोजगारदातालाई राज्यले दिने सुविधा रोक्नुपर्ने बताए । लकडाउनको अवधिमा २४.६५ प्रतिशत उद्योगहरु नियमितरुपमा सञ्चालनमा रहेको पाइएको छ । आंशिक रुपमा १५ प्रतिशत उद्योग सुचारु भए पनि करिव ६० प्रतिशत उद्योगले पूर्ण रुपमा लकडाउनको पालना गरेको सर्वेक्षणमा पाइएको थियो । सरकारले औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध र इन्धन उत्पादन गर्ने उद्योगबाहेक नीजि क्षेत्रबाट सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सर्वेक्षणअनुसार ५२.९६ प्रतिशत उद्योग सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको र जसमध्ये १५.५२ प्रतिशतले मात्र उद्योगमा कार्यरत श्रमिक मात्र कोषमा सूचीकरण भएको पाइएको छ । कोषमा सूचीकरण नभएका उद्योग तथा श्रमिकले सरकारले ल्याएको प्याकेजबाट वञ्जित भएका छन् । कोषमा आबद्ध भएका उद्योग र श्रमिकले व्यहोर्नुपर्ने चैत महिनाका योगदान रकम सरकार आफैँले तिरिदिएको छ । त्यसका लागि सरकारले करिब रु १९ करोड कोषलाई निकासा गरिसकेको छ । उद्योग/प्रतिष्ठानले समयमै आफ्ना श्रमिकलाई कोषमा सूचीकृत नगर्दा ८५ प्रतिशत श्रमिक राज्यबाट वितरण राहतबाट वञ्जित हुनु परेको ह्वीनका अध्यक्ष थामीले बताए ।
कारुणिक अवस्थामा मानव सभ्यता
पाटन दरवार क्षेत्र समय आफ्नै गति अघि बढिरहेको थियो । मानिसहरु आ-आपनो काममा दौडधुप गरिरहेका थिए । सन् २०१९ लाई विदाइ गर्दै सन् २०२० को आगमनमा नयाँ वर्ष मनाउन आफ्नो विदाको योजना बनाउदै थिए मानिसहरु । त्यति नै बेला चीनको वुहान शहरका केही मानिसहरुमा रुघा, खोकी, ज्वरो आउन थाल्यो । त्यहाँका मानिसहरुले अघि पनि यस्तो भईरहने गरेकोले सामान्य रुपमा लिईरहेका थिए र उनीहरु स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर औषधी सेवन गर्न थाले तर यस पटक निको भएन । उनीहरु झन् झन् थला पर्न थाले । केही मानिसहरुमा बिस्तार बिस्तार श्वास फेर्न पनि गाहृो हुन थाल्यो र केही मानिसहरु यहि कारणले मृत्युवरण पनि गर्न थाले । यसबाट स्वास्थ्य सेवा प्रदायक निकायहरु त्रसित र चिन्तित हुन थाले र यसको बारेमा अध्ययन गर्न थाले । मानिसहरुमा नयाँ कोरोना भाइरसको कारणले त्यस्ता लक्ष्यणहरु देखा परेका र यस भाइरसलाई सखापपारी निको बनाउन रोग लागेको ब्यक्तिको रोग प्रतिरोधी क्षमतामा भर पर्ने र हालसम्म औषधी नरहेको बिषय अध्ययनले पत्ता लाग्यो । साथै यस कोरोना भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिल्यै सर्न सक्ने देखियो र जीवाणु पनि वाहिरी वातावरणमा पनि धेरै समय बाच्न सक्ने र साथै संक्रमित ब्यक्तिमा भाइरस प्रवेश भई लक्षण नदेखिदा नै अरुमा सार्न सक्ने अवस्था देखियो । यिनै कारणहरुले गर्दा तीन महिना भित्र यस भाइरस विश्वभर फैलिएको छ । यस आलेख तयार पारिरहदा सम्म विश्वका २१ औं लाख मानिसहरु संक्रमित भएका छन् । एक लाख २५ हजार भन्दा बढी मानिसहरु मृत्युवरण गरिसकेका छन् । यहि अवस्था रहेमा करोडौं संक्रमित हुने र लाखौं लाख मानिसहरु मर्नु पर्ने अवस्था देखिन्छ । यसबाट जोगिन संक्रमित ब्यक्तिले प्रयोग गरेका चिज बस्तु नछुनु, संक्रमित ब्यक्तिसँग टाढा रहनु नै उत्तम उपाय हो । त्यसैले मानिसहरु एक अर्काको सम्पर्क तथा सम्सर्गबाट टाढा रहन थाले । यदि कहि कतै छोएको छ भने सुरक्षित रहन साबुन पानीले पटक पटक मिचिमिची राम्रोसँग हात धुन, सेनीटाइजर प्रयोग गर्न, पटक पटक तातोपानी पिउन र मास्क लगाएर मात्र बाहिर हिडडुल गर्न थाले । यतिले मात्र यसको संक्रमण रोकिएन । त्यसैले संक्रमण फैलनबाट जोगिन अहिले विश्वभरका मानिसहरु घरघरमा बन्दी भएका छन् । आज विश्वमा यस कोरोना भाइरस नसुन्ने सायदै होलान् । यसले विश्वका सबै भूगोल र त्यहाँका सबै मानिसहरुलाई एकै पटक भयभित बनाएको छ । मानव विकास क्रममा यो नै पहिलो घटना होला कि विश्वभरका मानिसहरु सबै एकै पटक त्रसित र भयभित भएको । अहिले यसबाट सुरक्षित हुनका लागि मानिसहरुले आफ्नो उद्योग, व्यवसाय, पेशा, काम रोकेर सुरक्षाका उपायहरु अपनाएर घरघरमा सुरक्षित बसिरहेका छन् । यस कोरोना भाइरस बिश्वभर भयंकर महामारीका रुपमा फैलिरहेको छ । आज मानव जीवन बन्दी भएको छ । यसमा मानिसका दुःखहरु पोखिन थालेका छन् । कति मानिसहरु घरपरिवारसम्म पुग्न नपाउदा लामो बन्दीले निराश र हतास भएका छन् । परिणामतः केहि मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको अवस्था छ । केही मानिसहरु खानेकुरा सकिएर आफ्नो घर पुग्न लामो पैदल यात्रा गरिरहेका छन् अनि भोक र प्यासले रोइरहेका छन् । कति त नाङ्गो खुट्टा पैदल यात्रा अनी खुल्ला आकासमुनी जंगल तथा बाटोमा जमिनलाई ओछ्यान र आफ्नो पाखुरीलाई सिरानी बनाएर निदाइ रहेका छन् स–साना आफ्ना लालाबालाहरुको साथमा । कति मानवहरु ती अप्ठ्यारामा परेकाहरुलाई सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर सहयोग गरिरहेका पनि छन् । लेखक आज विश्व यस भाइरससँग त्राईमान भएको छ । विश्वका शक्तिशाली कहलिएका, स्वास्थ्य सेवा प्रणाली बजबुत भएका, मानव विकास सूचाङ्क उच्च रहेका, सम्मृद्धशाली कहलिएका देशहरुमा समेत दिनानु दिन हजारौ हजारको संख्यामा मानिसहरु मृत्यु पछ्याई रहेछन् । लाग्छ आज इटलीको रोम रोइरहेको छ, संसारको परी फ्रान्सको पेरिस उजाड देखिदै गएको छ, धेरैको सपना अमेरिकाको न्यूयोर्क शहर मशाटघाट झै भएको छ । यस महामारीमा सबभन्दा बढी जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले मोलिरहेका छन् । यस्तो कठिन अवस्थामा स्वास्थकर्मीहरु सुरक्षा उपाय अपनाई, सचेत भई दिनरात खटिरहेछन् । कतिलाई त संक्रमणले भेटेको र मृत्युवरण समेत गरेका समाचारहरु आईरहेका छन् । सलाम गर्न मन लागिरहेछ ती हातहरुलाई, जो उच्च जोखिम मोलेर सेवा गरिरहेका छन् । विश्वका प्राय मानिसहरुको मन क्षतबिक्षत भएको छ यतिबेला । विश्वका मानवहरु कल्पना नै नगरेको महामारीसँग जुधिरहेका छन् । यस महामारीले मानव जीवनमा पार्ने असर तथा चुनौतीका बारेमा सोच्दा र घोत्लिदा यो अन्य महामारी तथा अरु बेलामा भएका महामारीहरुसँग तुलना गर्न नै कठिन लाग्यो । किनकी यस महामारीले प्रभाव नपारेको कुनै मानव नै छैन । कुनै न कुनै रुपमा प्रभाव परेको छ । अनि यति चाडो यसको संक्रमण/फैलावट भयो की तीन महिनाको अवधिमा संसारभर गाँज्यो । अति नै तिब्र गतिमा रहेको विकास एक्कासी टक्क रोकिदा सबैतिर एकै पटक ठूला ठूला अप्ठ्याराहरु सामाना गर्नु पर्ने देखियो । यदि यसको औषधी र खोप बन्यो भने पनि त्यो बन्नु भन्दा अगाडि नै विश्व मानव समुदायले ठूलो मूल्य चुकाउनु पर्ने भयो । यस महामारीले कतै मानव सभ्यता नै त सकिने होइन ? मानवका मनमा प्रश्नहरु उब्जिरहेका छन् । भाइरस संक्रमित भएका सबैले मृत्युवरण गरेका छैनन् । धेरै यस भाइरससँग जुधेर तथा भाइरसलाई जितेर बाचिरहेका छन्, त्यो संख्या पनि यस आलेख तयार पार्दासम्म पाच लाख माथि रहेको छ भने धेरै मानिसहरु सुरक्षित भई जोगिईरहेका छन् । यसरी यसले अहिले नै मानव सभ्यता सखाप बनाउदैछ भन्ने अवस्था छैन तर यसले मानव विकास, अर्थतन्त्र, मानव सभ्यता तथा संस्कृति, वातावरण र जीव जगतमा गम्भिर प्रभाव पार्ने देखिन्छ र धेरै चुनौतीहरु सामाना गर्नु पर्ने अवस्था देखिन्छ । अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ । विश्व अर्थतन्त्रमा बारेमा के सोचौ र ? यसले अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ । उत्पादित सामाग्रीहरु एक ठाँउमा थन्काउनु परेको छ । यहि अवधिमा धेरै सामाग्रीहरु उपभोग मिति समाप्त भई खान अयोग्य भएका छन् । विश्व यातायात सडक भनौ,आकास भनौ, जल भनौ ठप्प छ । उद्योग ब्यावसायहरु टाट पल्टीने भएका छन् । होटल/पर्यटन सेवा क्षेत्र तथा वित्तिय सुनसान भएका छन् । जसले गर्दा प्रति घण्टा खर्वौ खर्व घाटा भई रहेको छ । यसले विश्व मानव जीवनलाई गम्भिर गरिवीतीर धकेलिएकाे छ । यस अवस्थाले विश्व अर्थतन्त्रमा गम्भिर संकट पैदा गरेको छ । समाजमा गरिवी, भोकमारी र अभाव सृजना गर्ने भएको छ । यसले विश्वका गरिव अविकसित र विकासोन्मुख देशहरु र त्यहाँका नागरिकहरु झनै जोखिममा पर्ने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रमा पनि यस माहामारीले गम्भिर असर पार्ने देखिन्छ । विश्व बैंकले हालै गरेको प्रक्ष्येपणमा नेपालको आर्थिक वृद्धिदर दर १.५ देखी २.८ प्रतिशत मात्र हुने देखाएको छ र अझ यस भन्दा पनि कम हुने भनेको छ । यहाँ पनि विश्व समुदायमा झै सबै ठप्प छन् । जसका कारणले धेरै मानिसहरुले रोजगारी गुमाईरहेका छन् । आफ्ना उत्पादनहरु बजारमा बेच्न पाईरहेका छैनन् । गरीबहरु झनै गरिबीमा भासिने र मध्यम तथा उच्च वर्ग समेत गरिवीमा परिणत हुने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रका आधारहरु बैदेशिक रोजगारी उच्च जोखिममा परेको छ । त्यसै गरि पर्यटन, व्यापार व्यवसाय धरासायी भएको छ । कृषि फर्महरुको अवस्था त्यत्तिकै नाजुक छ । नेपालमा त अन्तत्वगत्वा राजश्व संकलनमा असर परि राज्य सञ्चालनमा नै कठिनाई हुने अवस्था देखिन्छ । नेपाली समाजमा भोकमारी, अभाव, बेरोजगारी बढ्ने जसले गर्दा हिंशा, अपराध बढ्ने अवस्था रहेको छ । पेरिसकाे कलात्मक दरवार मानवहरुका ठाँउ, परिवेश र सोच अनुसार बिभिन्न सभ्यता र संस्कृतिहरु निर्माण भएका छन् । ती सभ्यता र संस्कृतिहरु डगमगाएका छन् यतिबेला । एक मानव अर्को मानवसँग सम्पर्कसँग भाग्नु परेको छ । जसले सभ्यता र संस्कृति धान्न कठिन भएको छ । मानिसहरुमा निरासा छाएको छ । आस्था, विश्वास र भरोसामा चोट लागेको छ । बेचैन भएका छन् मानिसहरु, आफ्नु बाबु तथा बाजे अनि परम्परा देखि गर्दै आएको कार्य गर्न नपाउँदा । उसलाई लागि रहेको छ उसको देवता रिसाउने हो कि ? कतै अर्को अनिष्ट पो हुने हो कि ? हामीलाई पनि त्यस्तै भएको छ बिस्केट अनि मछिन्द्रनाथको जात्रा गर्न नपाउदा । साच्चै बिरत्तिएका छन् मनहरु । यसले कतै हाम्रा परम्पराहरु, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु मासिने त होइनन् । चुनौती खडा भएको छ । कतै हाम्रा मौलिकता, हाम्रा आस्था/विश्वास, हाम्रा सम्पदा जससँग हाम्रो पहिचान जोडएको छ । तीनहरु कतै नासिने त होइनन् । मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ । मन बलियो बनाएर फेरी कलम दौडाउन प्रयास गर्छु । खै के पो हुने हो ? ती दुर्घदित लासहरुले अनि समुन्द्रि तटमा बिर्सजन गरिएका मानव लास तथा कंकालहरुले वातावरण र जीव जगतको जीवन प्रकृयामा कस्तो असर पार्ने हो ? साहृै कारुणिक छन् कथाहरु । अनी मानवका व्यथाहरु । मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ । यस महामारीले विश्वभरका मानवको मन चस्काएको छ । महामारीबाट बाँचेका सबैलाई झस्काएको छ । प्रविधि र सूचना सञ्चारको विकासले सबै मानवलाई खबर सुनेर मर्माहात बनाएको छ । आफ्ना प्रियसी गुमेका कथाले मानव मन रसाएको छ । मानव जातीमा आउन सक्ने निराशाले तर्साएको छ । साच्चै भावविहल भएका छौ हामी विश्व मानव समुदाय यतिबेला । महामारी पहिला पहिला पनि भएका रहेछन् । पढ्दा थाहा भयो । तर ती महामारीहरु मानव समुदायले बिर्सिएका थिए । पढे पनि त्यस युग र अहिलेको विज्ञानले गरेको चमात्कार हेरेर केही हुन्न सब समाधान छ मानवसँग भन्ने बलियो भ्रम थियो । अहिले त्यो भ्रम चकनाचुर भएको छ । मानव सभ्यता कुनै दिन कतै बिलय भएर जाने त हैन ? शंका उब्जाएको छ मानव मनहरुमा । यस महामारीले मानव जातीलाई अत्यन्त ठूलो कष्ट दिएको छ । मानिसहरुले प्रियसी गुमाएका छन् । आफ्ना प्यारा अभिभावक बाबा-आमा, हजुरवावा-हजुरआमा गुमाएका छन् । आफ्ना छोरा-छोरी गुमाएका छन् । आफन्त-साथीभाई तथा असल पथ प्रदर्शक गुमाएका छन् । भावनात्मक रुपमा भन्दा साहृै कारुणीक कथा दिएको छ यस महामारीले । मानवलाई सम्हालिन कठिन बनाएको छ । मानिसहरुको मन क्षतबिक्षत बनाएको छ । केवल याद र सम्झनाहरु मात्र रहने बनाएको छ । यति हुदा हुदै पनि, दुख कष्ट र पिडाहरुको बीचमा पनि नयाँ आशाको किरण अनुमान गर्न सकिन्छ । म त आशावादी मान्छे । जस्तो प्रकृतिले हिलो बीचमा कमलको फुल फुल्ने गराएको छ । यसले मानव जातीमा नयाँ सकल्प, कठोर त्याग र उत्कृष्ट इच्छा शक्ति पनि निर्माण गर्दछ । हामीले संसारमा हेर्यौ भने सबैले शुन्यबाट नै उचाई बढाउदै लाने हो । हामी नेपालीहरु चालिस वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियौं । आज भन्दा तीस वर्ष अघि म विद्यालय शिक्षा लिदै गर्दा हाम्रो खेतबारीबाट हुने उत्पादनले खान पुग्थ्यो र बाबा आमाले केही अन्न बेच्ने पनि गर्नु भएको थियो । त्यस समयमा प्रायः आफ्नो उत्पादन मात्र खाने गरेका थियौ । अहिले हामीले खाने खाद्यान्न उत्पादन नै गर्न छोडेका छौं । विहान र बेलुका पाक्नको लागि सम्पूर्ण रुपमा अरुकोमा भर परेका छौं । उत्पादन गर्नेहरुले पनि ठूलो संख्यामा उत्पादन गरेका छैनन् । हामीसँग प्रसस्त जमिन छ अनी हामीले मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ । चाहेमा सिंचाईको व्यवस्था पनि गर्न सक्छौ । त्यसैले यस महामारीले हामी नेपालीहरुलाई खाद्यान्न, फलफुल, तरकारी, दुध तथा दुध जन्य पदार्थ र माछामासुमा आत्मनिर्भर हुन सिकाउने भएको छ । नेपाली उत्पादन जसलाई हामी प्रयोग गर्दैनौ । अव बाहिरबाट नआउने भए पछि आफ्नो उत्पादन प्रयोग गर्ने हुनेछौ । हामी नेपाली आफ्नो घर मातृभूमी छाडेर प्रवासी हुन मरिहत्ते गरिरहेका हुन्थ्याैं । आफ्नो घर आगन बिर्सिएर पराइकोमा रमाउन थालेका थियौ । अब मातृभुमी फर्किएर यहाँ नै कर्म गर्न थाल्ने भएका छौ । यसले नविनतम, सुन्दर, सम्मृद्ध नेपाल निर्माणमा अवसर हुने देखिन्छ । यसले विश्व मानव जातीलाई गम्भिर सन्देश दिएर जाने भएको छ । मानवमा हुर्किरहेको अर्कमण्यता/घमण्ड घटाउने भएको छ । विज्ञानले सबै जित्न सकिन्छ भन्ने सोचाई तोडिदिएको छ । सबैलाई बिर्सिएर कुदिरहने मात्र दौडि रहने मानवलाई सोच्ने र अरुलाई हेर्ने बनाएको छ । सुविधा र सम्पन्नता हुदैमा मृत्युलाई पर सार्न नसकिने रहेछ भनिरहेको छ । मानव जातीको अन्त्य पो कुनै दिन छ कि भनेर झस्काएको छ । जती बाँचिन्छ खुशीले बाच्न, प्राप्त उपलब्धीमा रमाउन, एक आपसमा मिलिजुली रहन, एक मानवले अर्को मानवलाई सहृदय प्रेम गर्न, मिहिनेत र कर्ममा विश्वास गर्न, हिंशा अनियमितता नगर्न सन्देश दिएको छ । बेथानचोककाे एक दृय । तस्वीर gumante.com बाट आशाको किरण बनेर मानवमा मानवता फर्काईदिने भएको छ । सुविधा र सम्पन्नता सबथोक हो भन्ने मानव हैन रहेछ भन्न थाल्नेछ । माया, प्रेम, मिलिजुली भाव, आत्मियता फर्कने भएको छ । जती जीवित हुन्छन् उनीहरुको लागि नयाँ सोच जन्माएको छ । यसले नयाँ, भिन्न र भाबुक विहानी दिने भएको छ । यसले आफन्त र प्याराहरुको सम्झनामा केही गर्न प्रेरित गर्ने भएको छ । कतै प्रियसीको सम्झनामा स्तम्भ बन्नेछन् , कतै राम्रा कृति, कथा अनि संस्मरण आलेखहरु निर्माण हुनेछन्, कतै शिक्षालय, कतै खुशी बाढ्ने र सम्हालिने पार्कहरु, कतै मनमोहक पोखरी तथा जलकुण्डीहरु, कतै मानव आस्थाका धरोहरहरु यस्तै यस्तै हुनेछ कोरोना महामारी पछि । मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ । फेरी नयाँ विहानी हुनेछ । आशा भरोसा र खुशीका किरणहरु लाग्ने छन । बेथानचोक गाँउपालिका -२, काभ्रेपलाञ्चोक [email protected]
अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स
काठमाडौं । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान गर्यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ । निगमले क्रमशः अष्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चार्टर्ड उडान गर्दैछ । निगमले अष्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । आगामी वैशाख २४ गते ९६ मे २०२० मा निगमले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्ने निश्चित भएको जानकारी दिए। निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडान गरेको थियो । उक्त उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । जुन निगमको वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्यको उडान भरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कदा सिधै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौँ–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ । काठमाडौंबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कँदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडानको तालिका रहेको छ । वाइडबडी जहाज काठमाडौँबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौंस्थित अष्ट्रेलियाली दूतावासको पहलमा सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको हो । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले ट्वीटरमा सन्देश पोष्ट गर्दै अष्ट्रेलिया जहाज जान लागेकाले टिकटका लागि नेपाल एयरलाइन्समा सम्पर्क गर्न आग्रह गर्नुभएको थियो । निगमले वैशाख २४ गते नै चीनको बेइजिङमा कार्गो उडान गर्ने भएको छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ । निगमको जहाज काठमाडौँबाट साँझ ५ः३० बजे बेइजिङ उडेर भोलिपल्ट फर्कनेछ । त्यसैगरी निगमले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चार्टर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो । दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भए पनि कुन मितिमा गर्ने भन्ने यकिन भइनसकेको निगमले उल्लेख गरेको छ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ । मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयानुसार इपीएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो । यसरी लकडाउन अवधिमा कतार एयरपछि सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सले आठ उडान गरेको छ । कतार एयरले १० उडान गरेको थियो । निगमको पहिलोपटक चैत १६, २० र २४ गते निगमका वाइडबडी जहाजले चीनको ग्वान्जाओबाट स्वास्थ्यसामग्री ल्याएका थिए । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो । हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत १० देखि वैशाख १९ सम्म ४० अन्तर्राष्ट्रिय उडान भएका छन् । रासस
आफू बचौं र अरुलाई पनि बचाऔं
विपत्ती कहिल्यै न बाजा बजाएर आउछ न कुनै पूर्व सूचना दिएर आउँछ । यसले नत कुनै धर्म चिन्छ, न कुनै जात, न कुनै धनीलाई चिन्छ न कुनै गरीब यो जति बेलानि आउन सक्छ । सबैभन्दा सचेत प्राणी मानिस भएकाले पनि बरु पूर्व तयारी गरी हामी बच्न सक्छौँ । यो विपत्ती पनि पहिलो पटक हो भन्न मिल्दैन । बरु यस्ता धेरै विपत्तीको सामना गदै विश्व अगाडि बढिसकेको छ । यति बेला बिश्व जगत नै बिषम परिस्थितिमा अर्थात संकटको घडिमा छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीले आक्रान्त छ । आमनागरिकहरु त्रसित बनेका छन । करिब डेढ अर्ब जनसङ्ख्या रहेको, आर्थिक हिसाबले दु्त गतिमा दौडिरहेको राष्ट्र चीनलाई नै पहिलो पटक यस माहामारीले आफ्नो पकट क्षेत्र बनायो । चीनको पूर्वी वुहान प्रान्तबाट सुरु भएको कोरोना भाईरस गत पुस (२०१९ डिसेम्बरमा) सबैभन्दा पहिला पत्ता लगाएको यस भाइरसबाट बिश्वभरी बैशाख ५ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १ लाख ४१ हजार १ सय ८८ रहेका छन् । कोरोना भाइरस (कोभिड –१९) को माहामारीमा आफ्नो ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । यस माहामारीले विश्वलाई नै चुनौति दिएको छ । विश्वका शक्तिशालि मानिने राष्ट्रहरु तनाब अनि चुनौतिबाट गुज्रिरहेका छन् । कोरोना विरुद्ध लड्न हर सम्भब कसरत गरिरहेका छन् । सुरुवाति चरणमा चीनको मात्रै समस्याका रुपमा हेरिको यस माहामारी अहिले विश्वब्यापि रुपमा आतङ्क मच्चाइरहेको छ । सबै भन्दा घातक मानिएको यो रोग अझै फैलदै छ । यसले झन ठूलो माहामारी भयावह मृत्युको रुप लिइरहेको छ । विश्वका शक्तिशाली मानिने राष्ट्रहरु देखि विकासोन्मुख सम्मका राष्ट्रहरु यस माहामारीबाट ग्रसित भएका छन । आज कुनै पनि मुलु विश्वव्यापिकरणले गर्दा कुनै न कुनै हिसाबमा हरेक मुलुकसँग जोडिएर परिपूरक बन्दै आएका छन । एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गर्नुको सट्टा चीनलाई ब्यङ्ग्य गर्ने राष्ट्रहरुले आफ्नो राष्ट्रमा तयारी गरेको भय यस माहामारीले भयावह संकटबाट लड्ने प्रेरणा प्रदान गरेको भए आज बिश्व जगतनै यो त्रासमा बच्नुपर्ने थिएन कि ? लेखक भारतमा समेत संक्रमणको दर निकै नै फैलिदै गएको देखिन्छ । २१ औँ शताब्दिको यो माहामारी कहाली लाग्दो छ । मानिसले प्रकृतिलाई जित्न सबै थोक बनायो । तर अझै पनि मानिस प्रकृतिभन्दा तलनै छ । प्रकृतिलाई जित्न अझै सकेको छैन । कोरोना भाइरस (कोभिड –१९) को माहामारी बाट बच्न अहिले मानिसहरु यस भाइरस सँग युद्ध लडिरहेका छन । यस युद्धसँग लड्न नियन्त्रण गर्न विश्व फाईटर बनिरहेको छ । तर प्नि यसलाई उत्कर्षमा पुर्याउन सकिरहेका छैनन । अहिले विश्वका शक्तिशाली भनिएका देशहरूलाई समेत आफ्नो पकडमा पार्न सफल भएको छ । यो कोरोनाभाइरस कस्तो जीव होला जो मृत्युलाई यती सस्तो अनि सहज बनाइ रहेको छ ? कोरोना भाइरसले सामान्य मानिसलाई मात्र होइन ठूला ठूला शासकहरूलाई पनि छोडेको छैन वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई समेत संक्रमण पाइएको छ । विश्वलाईनै अहिले यो माहामारीले चुनौति थपेको छ । ठूला–ठूला यन्त्र र वन्दुकको आडमा आफूलाई शक्तिसालिको दम्भ देखाउने देशहरुमा समेत कोरोनाले चकनाचुर बनाईदिएको छ । यो भाइरसले गर्दा विश्वभरनै मानव मानवबीचको दूरीलाई टाडा बनाएको छ । संसारभरि २०० भन्दा बढि देशमा लकडाउनको कारण अरबौ जनसंख्या घरमै बस्न बाध्य भएका छन । विश्वमानव जगत कोलाहलबाट शान्त भएको छ । तर यसले गर्दा संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुरावस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जिने प्रष्टै देखिन्छ । संयुक्त राष्ट्र संघले जनाए अनुसार कोरोना भाइरस महामारीको कारण विश्वभर ५० करोड मानिसहरु गरीवीमा धकेलिने र लाखौ लाख व्यक्तिहरु बेरोजगार बन्ने आंकलन गरेको छ । इन्र्फमेसन सुपर जोनमा मानिसले पाएको विज्ञानको सफलता देखि अन्तरिक्ष माथिको विजयमा पनि आज उयाय बिहिन मनोेदशामा गुज्रिरहेको छ । विश्वले नै यस महामारीले लाखौंको मृत्यु र खर्बौ आर्थिक क्षति व्यहोर्नु परेको छ । लाखौले ज्यान गुमाउनु परेको छ । समस्याको तात्कालिन नियन्त्रण गर्न र दीर्घकालिन समाधानका लागि पनि विश्वलाई नै चुनौति थपिएको छ । संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुराबस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जीने प्रष्टै देखिन्छ । भारत र चीन नेपालका एकदम नजिकका छिमेकी राष्ट्र हुन । छिमेकी राष्ट्रमा भएका राम्रा तथा नराम्रा गुणहरु नेपालमा सर्नु स्वभाबिक नै हो । नेपाल पनि कोरोना भाइरसको अछुतोबाट बच्न सकेन । नेपाल पनि यस माहारीको उच्च जोखिममा रहेको छ । माघ १० गते नेपालमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमण तुलनात्मक रुपमा न्युन नै छ । विदेश तथा छिमेकी देशहरुबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर उनीहरुलाई परिक्षण गरी घर समेत पठाएको छ । अझै धेरै व्यक्ति क्वारेन्टाइनमा छन् । सबै सीमा नाकाहरु शिल गरेको भएता पनि अझै थुप्रै व्यक्तिहरु लुकिछिपि नेपाल भित्रिने गरेका छन । ती मानिसहरु धेरै त कोरोना संक्रमित मुलुकहरुबाट नै आएका छन । विकसित देशहरुको तुलनामा नेपालमा यो संख्या निकै कम हुनुमा नेपाल सरकारले समयमै देश पूर्णरुपमा लकडाउन, अन्र्तराष्ट्रिय विमानस्थल बन्द, सीमा नाका शिलबन्द जस्ता निकै सरहानिय प्रयासहरु हुन् । अरु देशहरुबाट नेपाली जनताले पनि धेरै ठूलो पाठहरु सिकि संक्रमण फैलिन नदिन पूर्णरुपमा जनताले इमान्दारीताका साथ लकडाउनको पनि पालना गरिरहेका छन । आम जनाताको केहि यस्तो पनि बुझाई छ कि नेपालीहरुको रोगसँग लड्ने क्षमता छ र कोरोना भाइरस फैलनका लागि नेपालको वाताबरण हावापानी पनि रोक्न मद्दत गर्छ । सरसर्ती हेर्दा विश्वास पनि लाग्दछ । सामान्यतया सरुवा रोगका भाइरसहरु मौसम परिवर्तन हुने समयमा बढी क्रियाशील हुने बैज्ञानिक आधारहरुले पुष्टि गरेको छ । मौसम परिवर्तन हुने समयमै वा गर्मियाममा यस्ता माहामाहारीहरुको जोखिम आफैमा बढि हुन्छ । कोरोना भाईरस कम तापक्रम भएका ठाउँहरुमा व्यापक फैलिएको देखिन्छ कोरोना भाइरस माहामारीको असर नेपालमा पनि आर्थिक, सामाजिक, र सास्कृतिकमा क्षेत्रमा गम्भीर रुपमा असर पर्ने देखिन्छ । र, परिरहेको पनि छ । नेपालको प्रमुख आर्थिक स्रोत पर्यटन, कृषि र रेमिटयान्स भएको हुँदा पनि यो निकै प्रभाबित बनेको देखिन्छ । जसले गर्दा विदेशी मुद्रा आर्जनमा प्रभाव पार्ने देखिन्छ । लाखौँ नेपालीहरु वैदेशिक रोजगारका निमित्त विभिन्न देशहरमा जाने गरेका छन । यो महामारीको कारण सबै देशहरुमा रहेका नेपालीहरु ईमान्दारिपुर्वक आफनै कोठामा लकडाउनमा छन । उनिहरुले खाफ्नो दैनिकि जिबनमा समेत समस्या भोगिरहेका छन भने नेपालमा रेमिटयान्स नपठाउन पाएपछि रेमिट्यान्सले धानेको देशको अर्थतन्त्रमा घाटाको हिसाब किताब गर्न सकिने अवस्था नै छैन । देशले चौतर्फी घाटा बेहोर्दै छ । नेपालमा गम्भीर आर्थिक संकट देखिन्छ । यस्तै नेपालमा रहेका विभिन्न कम्पनी, संघ, संस्था बन्द हुने अबस्थामा पुगेका छन । धेरै व्यक्तिहरु बेरोजगारको चपेटामा पर्ने पनि देखिन्छ । अर्थतन्त्रलाई मजबुत बनाउन र बेरोजगारीको अन्त्य गर्ने उद्देश्यले सरकारले निकै तामझामका साथ उद्घाटन गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्रयाउने लक्ष्य लिएको पर्यटन व्यबसाय पनि नराम्ररि प्रभावित भइरहेको छ । नेपाल बहुजाति, बहुसस्कृतिक, बहुभाषिकले धनी राष्ट भएको हुदा पनि विभिन्न ठाँउहरु भ्रमण तथा अबलोकन गर्नका निमित्त पुग्ने आन्तरिक पर्यटनमा देश भित्र कै अनेक स्थानहरूमा देशबासीहरू तथा बिभिन्न ठाँउबाट आएका बाह्य पर्यटक तथा आन्तिरक पर्यटकहरु आ-आफ्नो देशमा फर्किएका छन् । मनोरञ्जनात्मक एवं अन्य उद्देश्यका साथ भ्रमणका लागि पुगेका पर्यटकहरु विभिन्न स्थानहरूमा पुग्दा उनीहरूले यातायातका साधन, होटल, रेष्टुरेन्ट, पसल, सिनेमा हल आदिको प्रयोग मार्ग गर्छन । यी सुविधाहरू स्थानीयले आन्तरिक पर्यटकहरूलाई उपलब्ध गराउँदा विभिन्न किसिमका कार्यहरू गर्नुपर्छ र यसरी विभिन्न किसिमका कार्यहरू गर्दा धेरै जनाले रोजगारी पाएका थिए । देशमा लकडाउन भए सँगै सबै चक्नाचुर भएको छ । देशका राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परेका छन । तीव्र रुपमा भईरहेका पूर्वाधार विकास निमार्णहरु एकाएक रोकिएका छन । ठूला कम्पनीहरु, उद्योग, व्यापार, उत्पादन, विद्यालय, शिक्षालयहरु बन्द छन । देशको सेयर बजार ओरालो लागिसकेको छ । हवाई उडानहरु बन्द छन् । गरीव, मुलुकको सूचीमा रहेको नेपालको अर्थतन्त्रमा निकै ठूलो धक्का परेको छ । नेपालको मुख्य पेसा कृषि भएको र धेरे कृषि पेशामा नै आश्रित रहेको हुदा पनि यतिबेला कृषकहरुले आफ्नो उत्पादित सामानलाई बजारसम् पुर्याउन नपायर ठूलो घाटा बेहोरिरहेका छन । यस माहामारीको डरले कृषकहरुले आफ्नो लगाएको अन्न बालि पनि भित्रयाउन पाएका छैनन । जसले गर्दा बैंकबाट लिएको ऋण र ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भैरहेकोछ । डडेलधुरामा काेराेना जाँच हुँदै कोरोनाभाइरसले जनमानसमा डर त्रास फैलाएको र यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह समयमा नै पाएमा यो रोगले भयानक रूप समेत लिन पाउँदैन । हालसम्म उपचारको उपाय फेला नपरेको कोरोनाको संक्रमण एकबाट अर्को व्यक्तिमा द्रूत गतिमा फैलिइरहेको छ । रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगाउनुपर्छ । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने, जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने, अण्डा तथा मासु राम्रोसँग पकाएर मात्र खाने लगायतका जनचेतनालाई व्यापक बनाउनुपर्छ । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने, स्कुल, कलेज बन्द गर्ने, एक र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गर्न सकिन्छ । रोगको उत्तम उपचार नै अनावश्यक मानव संसर्गमा नियन्त्रण र नियमित व्यक्तिगत सरसफाई हो । यसको रोकथामका लागि भनेर अहिले विश्वभरिनै मानिसको आवागमन र जमघटमा नियन्त्रण गरिएको छ । यो रोगबाट बच्न मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्न ुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ । पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ । सरकारको प्रमुख दायित्वनै आफ्ना नागरीकको जीवन रक्षा गर्नु हो । घातक सरूवा रोगको महामारीको आपतकालिन समयमा संक्रमितलाई बचाउनु र संक्रमण फैलिन नदिनु नै पहिलो र सबैभन्दा महत्वपूर्ण कार्य हुन्छ । तत्काललाई कोभिड–१९ रोगीको उपचार रोगको रोकथाममा केन्द्रित हुनु स्वभाविक भएपनि दीर्घकालमा यो र यस्ता खाले रोगबाट मानव जीवनको रक्षा गर्न यस्ता रोगका मूल कारण र स्रोतहरुको बारेमा विशेष ध्यान दिनु बढी आवश्यक देखिन्छ । पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ । वन जंगलको जथाभावी विनास रोक्न जनावर विषेश गरेर जंगली जनावरको मासुको उपभोग तथा ओसारपसारमा नियन्त्रण गर्न जरुरी छ । व्यवस्थित शहरको विकास गर्न सके विभिन्न किसिमका सरूवा रोगको महामारीबाट मानव समुदायलाई सजिलै बचाउन सकिने देखिन्छ । तर, हालको मानव समाजमा प्रकृति माथिको जीत नै मानवको हीत भन्ने सोच हाबी भएको पाइन्छ । मानव जीवनशैली अझ बढी अप्राकृतिक हुँदै गएको देखिन्छ । आफू प्रकृतिको एउटा अंश मात्र हो भन्ने वास्तविकतालाई भुलेर आजको मानव आफ्नै धुनमा पृथ्वीको अधिकांश क्षेत्रको सबैजसो स्रोतको अन्धाघुन्ध दोहन बढेको छ । मानव र प्रकृतिको स्वस्थ सम्बन्धबाट मात्र स्वस्थ्य, सभ्य र संबृद्ध समाजको निरन्तरता सम्बभ छ । त्यसैले मानव जाति र सभ्यताको निरन्तर प्रगतिका लागि प्रकृतिमाथिको हालको मानव सोच र व्यवहारमा परिवर्तन हुनु जरूरी छ । सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ । सर्वसाधारण नागरिकले पनि आ–आफ्नो ठाँउबाट यो कोरोना माहामारी रोकथाम र नियन्त्रणका लागि सरकारका निर्णयहरुको सहिरुपले पालना गरौं । घरमैं बसौं, स्वस्थ्य रहौं । यो महामारी बेलामा जनताको जीउधनको सुरक्षा गर्न सरकारलाई सबैको साथ र सहयोग चाहिन्छ । हालसम्म सरकारको कदमलाई जनसमुदायबाट सहयोग प्राप्त भएकोनै देखिन्छ । अहिलेको सन्त्रासपूर्ण रोगको कारक तत्व कोरोना भाइरस कोभिड–१९ बाट बच्न, रोग छिटो छिटो पत्ता लगाउन र उपचार गर्न सबैले केहि संकल्प लिनुपर्ने देखिन्छ । सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ । रोगको शीघ्र रोकथामको अभियानमा सम्पूर्ण व्यक्तिहरुलाई सहभागी गराउनेछौँ । हामीले हाम्रा परिवार, साथी र समुदायलाई कोरोनासम्बन्धी सही सूचना र स्वास्थ्य शिक्षा दिनेछौँ । प्राकृति स्रोत, साधन र मानव श्रमको दोहन र शोषण गरेर कुनै पनि मुलुक समृद्ध र सुरक्षित हुन सकिन्छ भन्ने विश्व प्रभुत्ववादी सोचलाई कोरोनाभाइरस कोभिड–१९ले पराजित गरेको छ । तसर्थ चाइनिज भाइरस मात्र नभनी सबै शक्तिराष्ट्रका शासकहरू एकठाउँमा उभिई मानव जातिको रक्षको निम्ति यस भाइरसको भ्याक्सीन पत्ता लगाई शताब्दिकै ठूलो महामारीलाई जित्नु पर्ने देखिन्छ । बैशाख ५, डडेल्धुरा [email protected]
कोरोना मिथ्या र सत्यताः ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ
काठमाडौं । हिजोआज कोरोना भाइरसलाई लिएर विभिन्न प्रकारका मिथ्याहरु चलिरहेका छन् । यसले सर्वसाधारणमा भ्रमको स्थिती सृजना गरेको छ । ती मिथ्याहरु के हुन् र त्यसको वास्तविकता के हो भन्ने वारेमा यहाँ केही उदाहरण प्रस्तुत गरिएको छ । बच्चाहरुका लागि भिटामीन–सी सप्लिमेन्ट प्रयोग गर्न होइन, त्यस्तो पटक्कै होइन । शरीरलाई जति भिटामिन–सी को आवश्यकता पर्छ, त्यसको पूर्ति हरेक दिनको सन्तुलित आहारबाटै प्राप्त हुन्छ । यदी शरीरमा भिटामीन–सी को कमी छ भने डक्टरले बताए अनुसार मात्र गर्नुहोस् । धेरै मात्रामा गरिएको भिटमीन–सी को प्रयोगले पाचनतन्त्र तथा किडनीमा नराम्रो असर पुर्याउन सक्छ । बच्चाहरुलाई कोरोना संक्रमण हुँदैन त्यसैले स्कुल खोल्दा यो कुरामा दुईमत छैन कि कोरोना भाइरसको असर बढि उमेरका मानिसहरुको तुलनामा बच्चालाई कम हुन्छ । तर, बच्चामा कोरोना भाइरसको संक्रमण देखिन सक्ने कुरालाई भने नकार्न चाहिँ सकिँदैन । बच्चाहरुले पनि सावधानी अपनाउन त्यतिनै जरुरी छ जति बढि उमेरका मानिसहरुले अपनाइरहेका छन् । त्यसैगरी, यदी कुनै एकजना बच्चामा यस्तो संक्रमण भयो भने पूरै स्कुलभरी फैलिनसक्ने भएकोले पनि अहिले स्कुल खोल्नु उपयुक्त हुँदैन । ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ यो सही हो कि दम, मधुमेह तथा फोक्सोसँग सम्बन्धित विरामीहरुलाई ल्वांगको तेलले राहत महसुस गराउँछ । यसमा म्यागनिज, फाइवर, भिटामीन–सी लगायतका करा प्रचूर मात्रामा पाइन्छ । यसले श्वास नलीलाई खोल्ने तथा व्याक्टेरियाका कारण हुने फोक्सोको संक्रमणमा फाइदा पुर्याउँछ । तर कोरोनाको सन्दर्भमा पनि ल्वांगको तेलले सकारात्मक नतिजा दिन्छ भन्ने कुराको हालसम्म पनि कुनै प्रमाण फेला परेको छैन । (हिन्दुस्तानडटकम बाट साभार)
अनुदानमा पाउने नुन प्रतिकिलो ६० रुपैयाँमा विक्री
जाजरकाेट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य ६० रूपैयाँमा विक्री भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड नगरपालिकाको कालिमाटी हुँदै बारेकोट दुवै ठाउँबाट खच्चड निर्वाधरूपमा चलिरहेका छन् । अहिले त्यही खच्चडमा ल्याएको स्थानीय बजारमा पाइने खाद्यान्नदेखि आयोडिनयुक्त नुनको मूल्य छोइनसक्नु भएको स्थानीयवासी बताउँछन् । बारेकोट गाउँपालिकाले सदरमुकामस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडकोे डिपोबाट २ सय क्विन्टलभन्दा बढी नुन खरिदका लागि चिठी पठाए पनि मुस्किलले १ सय क्विन्टल मात्र पाएको छ । स्थानीय सरकारले भनेजति नुन खरिद गर्न खोजे पनि साल्ट ट्रेडिङ कम्पनी जाजरकोटले स्थानीय सरकारलाई मागअनुसारको नुन उपलव्ध गराएको छैन । यता खच्चडमा नुन ल्याएर बजारमा लुकीछिपी बिक्री गर्ने नुनको मूल्य बारेकोटमा प्रतिकेजी ६०रूपैयाँ रहेको पाइएको छ । सदरमुकाममा प्रतिकेजी नौमा पाइने आयोडिनयुक्त नुन बारेकोटमा ६० रूपैयाँमा किनबेच भइरहेको छ । जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिँदै आएको छ । ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी रु नौमा पाइन्छ । व्यापारीले अनुदानकै नुन मिलेमतोमा खरिद गरेर दुर्गममा चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । लकडाउनका कारण गाडी चल्दैनन्, प्रहरीका आँखा छल्दै आधा बाटोसम्म ट्र्याक्टरमा र त्यसपछि घोडा तथा खच्चडमा ल्याएको नुन व्यापारीले मनोमानीरूपमा बिक्री गर्दा पनि स्थानीय प्रशासन मुकदर्शक बनिरहेको छ । दुर्गममा प्रशासनले कहिल्यै अनुगमन नगर्दा व्यापारीले मनोमानी गर्ने गरेको स्थानीयवासीको गुनासो छ । बारेकोटमा व्यापारीले निजी लगानीमा खरिद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० रूपैयाँ र माथिल्लो भेगतिर ६० रूपैयाँमा बिक्री गर्ने गरिएको बारेकोट गाउँपालिकाले समेत स्वीकार गरेको छ । सदरमुकाममा नौ रूपैयाँमा एक पोका पाइने नुन, बारेकोटमा सात गुणा बढी मूल्यमा किन्नुपर्ने बाध्यता रहेको बारेकोट–५ पाखाका प्रेम शाहीले बताए । नुनको समस्या वर्षेनी हुने बारेकोटमा गत वर्ष सरकारसँग डिपो स्थापनाका लागि माग गर्दा पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट ट्रेडिङको सदरमुकामस्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको जानकारी दिए । केही समयअघि छेडागाड नगरपालिकाको दशेरामा समेत चर्को मूल्यमा नुन बिक्री गरेको फेला परेको थियो । रासस
बैंकिङ क्षेत्र जागिर खाने ? तपाईमा यी क्षमता हुनैपर्छ
चिटिक्क परेको लुगा, टाइ सुट, कोट टलक्क जुत्ता, हसिलो मुहार अनि आत्मबिश्वास साथ ठाटिएर कार्यालय गएको आजको बैंकिङ युवा वर्ग देख्दा जो कोहिलाई पनि लोभलाग्दो हो । आहाँ कति राम्रो नोकरी कति सुन्दर जागिर म पनि खान पाए हुंथ्यो । आजको बड्दो महँगी, बेरोजगारीबाट अक्रान्त युवा वर्ग जो विदेश जान चाहदैनन् र आफनै देशमा नोकरी पेशा गरेर मान सम्मान र सुरक्षित जीवन यापन गर्न चाहने जो कोहिको लागि पनि बैंकिङ क्षेत्र रोज्न खोज्नु आजका युवा वर्ग मात्रको होइन, अभिभाबक को पनि सपना हो । विगत दुई दशकमा नेपालमा सबैभन्दा धेरै र चाडो फड्को मारेको क्षेत्र नै बैंकिङ क्षेत्र र नाफा मुखी शहर केिन्द्रतबाट आज आफूलाई केहि परिवर्तन गर्दै सामाजिक उत्तर दायित्व साथ घाटाको प्रवाह नगरी बिकट गाउँ गाउँमा पनि शाखा विस्तार गर्नाले आम सर्वसधारण मानिसमा वित्तीय साक्षरता र बैंकिङ पहुच मात्र होइन, देशमै केहि गर्न चाहने आजको युवा वर्गको लागि पनि बैंकिङ क्षेत्र ठूलो अवसर हो । लोभलाग्दो पक्कै छ तर बैकिंग क्षेत्र बाहिर देखिए जस्तो आफूले सोचेजस्तो सजिलो चाहि छैन । देखासिकि लहलहैमा वा जहाँ भएपनि नोकरी भए भो, काम गन हो तलव पाकी हाल्छ, जागिर न हो कहिले जाला घाम भन्नेको लागि बैंकिङ क्षेत्र पक्कै सुहाउने क्षेत्र होइन । त्यसो भए कस्ताको क्षेत्र हो त ? कस्ता कस्ता व्यक्तिले यो क्षेत्र रोज्ने ? कस्ता युवा आउँदा यो क्षेत्रको र स्यंमको उन्नति हुन्छ त ? हो, हचुवाको भरमा बैकिंङ क्षेत्र रोजेको र केहि वर्ष नोकरी गरेर नसकेको, बीचैमा छोडेको वा खाइरहे पनि काम गर्न नसक्ने वडुवा पनि नहुने, छोडन् पनि नसक्ने आत्मग्लानी भएका कयाैं उदाहरणहरु पनि छन् । त्यसैले हतारिएर बैकिंङ क्षेत्रमा नोकरी गर्नु र फुर्सद मा जीवन भरि पश्ताउनु भन्दा यो क्षेत्रमा आउनु भन्दा अगाडि निम्न कुराहरु विचार गर्नु जरुरी छ । लेखक पहिलो, बैंकिङ क्षेत्र एउटा लामो रेस हो । यो क्षेत्रमा आउने हो भने तपाई त्यो रेसको नथाक्ने घोडा बन्न सक्नुपर्छ । तपाई आफूलाई घोडा मान्न तयार हुनुहुन्छ । दोस्रो, बैंकमा समयको अत्यन्त महत्व छ । बैंकले तपाईलाई दिइएका जिम्मेवारी समयमै पूरा गर्नैपर्छ । कामको सिलसिलामा तपाईले कार्यालय समयभन्दा बढि समय बैंकमा काम गर्नुपर्ने हुनसक्छ । विकसित देशमा विवाहपूर्व बैंकमा जागिर खाने केटासँग केटीले विवाह गर्न मान्दैन् । केटीसँग केटाले विवाह गर्न मान्दैनन् । किनकी बैंकमा जागिर खानेले मेसिन झै काम गर्नुपर्छ र अतिरिक्त काम गर्नुपर्छ भन्ने सर्वसाधारण जो कोहीलाई पनि जानकारी हुन्छ । तेस्रो, बैंकमा विभिन्न थरिका सेवाग्राही आउने भएकाले तपाई उनीहरुसँग नर्झकी हसिलो पाराले कार्यालय समयसम्म दिनभरि काम गर्न तयार हुनुपर्छ । त्यो लेवलको सहनसिलता तपाईमा हुनु जरुरी छ । कहिलेकाही काम गर्दैजाँदा तपाईमा दबाबको सृजना, आथिक प्रलोभन वा विभिन्न झमेला आइपर्न सक्ने हुनाले नपाइ निस्ठापूर्वक खरो उत्रन तयार हुनुहुन्छ । बैंकमा तपाईको इमान्दारिता क्षण क्षणमा परिक्षण भईरहेको हुन्छ । चौथो, यो क्षेत्र गोपनियताको क्षेत्र पनि भएकोले ग्राहकको गोपनियता कामय गर्न सक्नुपर्छ । प्यारप्यार बोल्ने, गोप्य कुराहरु खुस्काउने, व्यक्तिगत लाभका लागि ग्राहकको सूचना चुहाउने व्यक्ति बैकिङ क्षेत्रमा घातक हुन्छ । त्यस्तो व्यक्ति बैकिङ क्षेत्रमा टिक्न पनि सक्दैन । अन्तिममा ऊ दण्डित हुनपुग्छ । पाँचौ, समय समयमा बैंकले आफनो संस्थागत सञ्चालन विधि, प्रणाली, प्रविधि परिर्वतन गरिरहन्छ । बैंकहरुको लागि यो वाध्यता र आवश्यकता दुबै हो । त्यसो हुनाले के तपाई समयअनुसार ढाल्न तयार तयार हुनुहुन्छ । आफूलाई सूसुचित र परिस्कृत बनाउन सक्नुपर्छ । नेपाल रास्ट बैंकको नीति–निर्देशन, बैंकको सर्कुलर थाहा नपाएर वा नजानेर धेरै बैंकिङ कसुरमा परेका पनि छन् । सम्बन्धित बैंकले पनि तपाईसँग बेलाबेलामा परिक्षा लिने भएकोले सो तपाइ आफूलाई निरन्तर अध्यनसिल बनाईराख्नु अनिवार्य छ । छैटौं, तपाईले बैंकलाई जति प्रगति गराउनु हुन्छ त्यै अनुसारनै बैंकले तपाइलाई हेर्ने हुनाले के तपाई संस्थाको प्रगतिलाइ नै आफनो प्रगति मान्नु हुन्छ । बैंकले तपाईसँग तपाईको ब्यक्तिगत समस्या भन्दापनि संस्थाका समस्या र हित विचार गर्ने भएकोले र जुन सुकै वेला पनि फाँट परिवर्तन, सरुवा वा नेतूत्व भूमिका दिने भएकोले के तपाई ती अवसर र चुनौतिको सामना गर्न जहिले पनि तयार हुनुहुन्छ । उल्लेखित विषयलाई आत्मसाथ गर्ने र पालना गर्नेको लागि बैकिङ क्षेत्रमा राम्रो हुन्छ । बैंकिङ क्षेत्रलाई सरकारले अति आवश्यक सेवामा भनेको छ । नियामकले यो क्षेत्रलाई विश्वसनिय, मर्यादित, सम्मानित, बनाउन प्रयास गरिरहेको छ । यद्यपी, बैकिङ क्षेत्रमा जोखिम व्यापक बढ्दै गएको छ । जोखिम लिने पनि तयार हुने, कर्मठ, प्रगतिशिल र समयको महत्व बुभ्ने जो कोहि आजका युवा वर्गको लागि बैंकिङ क्षेत्र जागिरको लागि राम्रो क्षेत्र हो । तिनीहरुको लागि बैंकको ढोका सदा खुल्ला हुने छ र यसैमा बैंक र बैंकिङ क्षेत्रका कर्मचारिको भविष्य जोडिएको छ । (लेखक एक वाणिज्य बैंकमा कार्यरत छन्)