बैंकिङ क्षेत्र जागिर खाने ? तपाईमा यी क्षमता हुनैपर्छ

<p>चिटिक्क परेको लुगा, टाइ सुट, कोट टलक्क जुत्ता, हसिलो मुहार अनि आत्मबिश्वास साथ ठाटिएर कार्यालय गएको आजको बैंकिङ युवा वर्ग देख्दा जो कोहिलाई पनि लोभलाग्दो हो । आहाँ कति राम्रो नोकरी कति सुन्दर जागिर म पनि खान पाए हुंथ्यो । आजको बड्दो महँगी, बेरोजगारीबाट अक्रान्त युवा वर्ग जो विदेश जान चाहदैनन् र आफनै देशमा नोकरी [&hellip;]</p>

चिटिक्क परेको लुगा, टाइ सुट, कोट टलक्क जुत्ता, हसिलो मुहार अनि आत्मबिश्वास साथ ठाटिएर कार्यालय गएको आजको बैंकिङ युवा वर्ग देख्दा जो कोहिलाई पनि लोभलाग्दो हो । आहाँ कति राम्रो नोकरी कति सुन्दर जागिर म पनि खान पाए हुंथ्यो । आजको बड्दो महँगी, बेरोजगारीबाट अक्रान्त युवा वर्ग जो विदेश जान चाहदैनन् र आफनै देशमा नोकरी पेशा गरेर मान सम्मान र सुरक्षित जीवन यापन गर्न चाहने जो कोहिको लागि पनि बैंकिङ क्षेत्र रोज्न खोज्नु आजका युवा वर्ग मात्रको होइन, अभिभाबक को पनि सपना हो ।

विगत दुई दशकमा नेपालमा सबैभन्दा धेरै र चाडो फड्को मारेको क्षेत्र नै बैंकिङ क्षेत्र र नाफा मुखी शहर केिन्द्रतबाट आज आफूलाई केहि परिवर्तन गर्दै सामाजिक उत्तर दायित्व साथ घाटाको प्रवाह नगरी बिकट गाउँ गाउँमा पनि शाखा विस्तार गर्नाले आम सर्वसधारण मानिसमा वित्तीय साक्षरता र बैंकिङ पहुच मात्र होइन, देशमै केहि गर्न चाहने आजको युवा वर्गको लागि पनि बैंकिङ क्षेत्र ठूलो अवसर हो ।

लोभलाग्दो पक्कै छ तर बैकिंग क्षेत्र बाहिर देखिए जस्तो आफूले सोचेजस्तो सजिलो चाहि छैन । देखासिकि लहलहैमा वा जहाँ भएपनि नोकरी भए भो, काम गन हो तलव पाकी हाल्छ, जागिर न हो कहिले जाला घाम भन्नेको लागि बैंकिङ क्षेत्र पक्कै सुहाउने क्षेत्र होइन । त्यसो भए कस्ताको क्षेत्र हो त ? कस्ता कस्ता व्यक्तिले यो क्षेत्र रोज्ने ? कस्ता युवा आउँदा यो क्षेत्रको र स्यंमको उन्नति हुन्छ त ? हो, हचुवाको भरमा बैकिंङ क्षेत्र रोजेको र केहि वर्ष नोकरी गरेर नसकेको, बीचैमा छोडेको वा खाइरहे पनि काम गर्न नसक्ने वडुवा पनि नहुने, छोडन् पनि नसक्ने आत्मग्लानी भएका कयाैं उदाहरणहरु पनि छन् । त्यसैले हतारिएर बैकिंङ क्षेत्रमा नोकरी गर्नु र फुर्सद मा जीवन भरि पश्ताउनु भन्दा यो क्षेत्रमा आउनु भन्दा अगाडि निम्न कुराहरु विचार गर्नु जरुरी छ ।

लेखक

पहिलो, बैंकिङ क्षेत्र एउटा लामो रेस हो । यो क्षेत्रमा आउने हो भने तपाई त्यो रेसको नथाक्ने घोडा बन्न सक्नुपर्छ । तपाई आफूलाई घोडा मान्न तयार हुनुहुन्छ ।  दोस्रो, बैंकमा समयको अत्यन्त महत्व छ । बैंकले तपाईलाई दिइएका जिम्मेवारी समयमै पूरा गर्नैपर्छ । कामको सिलसिलामा तपाईले कार्यालय समयभन्दा बढि समय बैंकमा काम गर्नुपर्ने हुनसक्छ । विकसित देशमा विवाहपूर्व बैंकमा जागिर खाने केटासँग केटीले विवाह गर्न मान्दैन् । केटीसँग केटाले विवाह गर्न मान्दैनन् । किनकी बैंकमा जागिर खानेले मेसिन झै काम गर्नुपर्छ र अतिरिक्त काम गर्नुपर्छ भन्ने सर्वसाधारण जो कोहीलाई पनि जानकारी हुन्छ ।

तेस्रो, बैंकमा विभिन्न थरिका सेवाग्राही आउने भएकाले तपाई उनीहरुसँग नर्झकी हसिलो पाराले कार्यालय समयसम्म दिनभरि काम गर्न तयार हुनुपर्छ । त्यो लेवलको सहनसिलता तपाईमा हुनु जरुरी छ । कहिलेकाही काम गर्दैजाँदा तपाईमा दबाबको सृजना, आथिक प्रलोभन वा विभिन्न झमेला आइपर्न सक्ने हुनाले नपाइ निस्ठापूर्वक खरो उत्रन तयार हुनुहुन्छ । बैंकमा तपाईको इमान्दारिता क्षण क्षणमा परिक्षण भईरहेको हुन्छ ।

चौथो, यो क्षेत्र गोपनियताको क्षेत्र पनि भएकोले ग्राहकको गोपनियता कामय गर्न सक्नुपर्छ । प्यारप्यार बोल्ने, गोप्य कुराहरु खुस्काउने, व्यक्तिगत लाभका लागि ग्राहकको सूचना चुहाउने व्यक्ति बैकिङ क्षेत्रमा घातक हुन्छ । त्यस्तो व्यक्ति बैकिङ क्षेत्रमा टिक्न पनि सक्दैन । अन्तिममा ऊ दण्डित हुनपुग्छ ।

पाँचौ, समय समयमा बैंकले आफनो संस्थागत सञ्चालन विधि, प्रणाली, प्रविधि परिर्वतन गरिरहन्छ । बैंकहरुको लागि यो वाध्यता र आवश्यकता दुबै हो । त्यसो हुनाले के तपाई समयअनुसार ढाल्न तयार तयार हुनुहुन्छ । आफूलाई सूसुचित र परिस्कृत बनाउन सक्नुपर्छ । नेपाल रास्ट बैंकको नीति–निर्देशन, बैंकको सर्कुलर थाहा नपाएर वा नजानेर धेरै बैंकिङ कसुरमा परेका पनि छन् । सम्बन्धित बैंकले पनि तपाईसँग बेलाबेलामा परिक्षा लिने भएकोले सो तपाइ आफूलाई निरन्तर अध्यनसिल बनाईराख्नु अनिवार्य छ ।

छैटौं, तपाईले बैंकलाई जति प्रगति गराउनु हुन्छ त्यै अनुसारनै बैंकले तपाइलाई हेर्ने हुनाले के तपाई संस्थाको प्रगतिलाइ नै आफनो प्रगति मान्नु हुन्छ । बैंकले तपाईसँग तपाईको ब्यक्तिगत समस्या भन्दापनि संस्थाका समस्या र हित विचार गर्ने भएकोले र जुन सुकै वेला पनि फाँट परिवर्तन, सरुवा वा नेतूत्व भूमिका दिने भएकोले के तपाई ती अवसर र चुनौतिको सामना गर्न जहिले पनि तयार हुनुहुन्छ ।

उल्लेखित विषयलाई आत्मसाथ गर्ने र पालना गर्नेको लागि बैकिङ क्षेत्रमा राम्रो हुन्छ । बैंकिङ क्षेत्रलाई सरकारले अति आवश्यक सेवामा भनेको छ । नियामकले यो क्षेत्रलाई विश्वसनिय, मर्यादित, सम्मानित, बनाउन प्रयास गरिरहेको छ । यद्यपी, बैकिङ क्षेत्रमा जोखिम व्यापक बढ्दै गएको छ । जोखिम लिने पनि तयार हुने, कर्मठ, प्रगतिशिल र समयको महत्व बुभ्ने जो कोहि आजका युवा वर्गको लागि बैंकिङ क्षेत्र जागिरको लागि राम्रो क्षेत्र हो । तिनीहरुको लागि बैंकको ढोका सदा खुल्ला हुने छ र यसैमा बैंक र बैंकिङ क्षेत्रका कर्मचारिको भविष्य जोडिएको छ ।

(लेखक एक वाणिज्य बैंकमा कार्यरत छन्)

Share News