कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५३६ जना संक्रमित
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा.संजिव सापकोटाले जानकारी दिए । यस्तै, संयोजक डा.सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना संक्रमण मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेको छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानाडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको संघका महासचिव डा। हेम राज शर्माले जानकारी दिएकाे छ । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजार भन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको छ । यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष तथा कोभिड -१९ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तले कोरोना भाइरसका कारण ठूलो संख्यामा गैरआवासीय नेपालीहरुको निधन भएको प्रति गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष पन्तले संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले आफूलाई अझ दुःखी बनाएको बताउँदै सबै गैरआवासीय नेपालीहरुलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गरेका छन्। साथै, विभिन्न देशका सरकारी निकायहरुले जारी गरेका स्वास्थ्य नियमलाई कडाईका साथ पालना गर्न आव्हान गरे । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
बबई सिँचाइ आयोजना पुनः सञ्चालन
राजापुर । बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन् । सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन् । सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप व्यवस्था गर्ने गरी आवश्यकता र प्राथमिकताका आधारमा काम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुमति दिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्ध गरी काम सञ्चालन गर्न सकिने निर्णय गरिएअनुसार जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना, रम्मापुर–गुलरिया–रझना सडक, भादापुल निर्माण, मधुवन र बारबर्दिया नगरपालिका जोड्ने सडकलगायत स्थानीय तहका ठूला साना योजना पुनःसञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । बबई सिँचाइ आयोजनाले पुनः काम शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट काम गर्ने अनुमति लिएर आयोजनाले काम शुरु गरेको हो । जिल्लामा ३८ ठेक्कामार्फत काम सञ्चालन हुँदै आए पनि अहिले १५ वटाले मात्रै अनुमति पाएका छन् । जिल्ला प्रशासन कार्यालय र पालिकाहरुले दिएको निर्देशनानुसार काम गर्ने मजदूरको स्वास्थ्य सुरक्षालाई ध्यान दिई निर्माण कम्पनीले बनाएको शिविरमै खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको निर्माण व्यवसायी रामबाबु सुवेदीले बताए । जिल्लामा बबई सिँचाइ आयोजनासहित ठूला, मझौला र साना गरी झण्डै दुई सय योजना सञ्चालनमा छन् । रासस
ओखलढुङ्गाका छ मजदुर जुम्लामा अलपत्र
ओखलढुङ्गा । ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् । काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन् । कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताए । लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उनको भनाइ छ । “हामी छ जना यहाँ जुम्लामा रोेकिएर बसेका छौँ । खान–बस्न समस्या भइरहेको छ । गाउँ फर्कन चाहन्छौँ तर सम्भावना भएन”, उनले भने, “स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।” अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताए । राजधानी काठमाडौँबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उनको भनाइ छ । खिजीदेम्बाले करिब ७ सय नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ । रासस
ललितपुर महानगरलाई आइडिइएले गर्याे मास्क, पन्जा तथा बुट जुत्ता सहयोग
काठमाडौं । इन्तेरियर डिजाइनरस एशोसियसन् (आइडिइए) ले ललितपुर महानगरपालिकालाई मास्क, बुट जुत्ता र पन्जा सहयोग गरेको छ । विश्वमा कोरोनाको महामारी फैलिएसँगै महानगरमा काम गर्ने कर्मचारीको सुरक्षालाई ध्यान राख्दै आइडिइएले उक्त सामाग्री प्रदान गरेको हो । आइडिइएका अध्यक्ष बिन्द्रा कछिपपि प्रधान, सचिव प्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कार्यालयमै गएर सो सामाग्री हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति आभार व्यक्त गर्दै कोरोनाको महामारीसँग जुध्न ललितपुर महानगरले गरेको काम बारे जानकारी दिए । त्यस्तै आइडिइए नेपालकी अध्यक्ष बिन्द्रा कछिपति प्रधानले आगामी दिनमा सक्ने सहयोगका लागि प्रतिवद्ध रहेको जानकारी दिईन । उक्त संस्था २०६० मंसिर १ गते स्थापित नेपालका इन्टेरियर डिजाइनरहरुको पेशागत संस्था हो ।
जो कोरोना संकटका वेला अर्बपति बने
काठमाडौं । केही हप्ता अघिसम्म मात्रै पनि तपाईंले उनको नाम सुन्नुभएको थिएन होला । हुनसक्छ, अहिले पनि सुन्नुभएको छैन । तर यो लकडाउनको वेला तपाईंले उनकै कारणले आफ्ना धेरै साथीहरुसँग कुरा गर्नुभएको चाहिँ हुनसक्छ । भिडियो कन्फ्रेन्सिंग कम्पनी ‘जूम’ का फाउण्डर एरिक युआन जिन्दगीमै पहिलो पल्ट ‘फोब्र्स’ म्यागजीनको अर्बपतिहरुको लिस्टमा पर्न सफल भएका छन् । उनको जन्म चीनको शानडोंग प्रान्तमा भएको थियो । ‘फोब्र्स’ ले गरेको अनुमान अनुसार एरिक युआनको सम्पत्ति ७.८ अर्ब डलर रहेको छ । एरिक बिल गेट्सबाट प्रभावित थिए । उनी संसारको सबैभन्दा धनी मुलुकमा पुग्न चाहन्थे । ९० को दशकमा क्यालिफोर्निया स्थित टेक्नोलोजी कम्पनीमा उनी सामेल हुन चाहन्थे । अमेरिकामा बस्न र काम गर्ने इजाजत पाउनु अघि आठ पटक सम्म उनको भिसा एप्लिकेशन रद्द भएको थियो ।विभिन्न चुनौतिहरुका बाबजुद पनि सन् १९९७ मा २७ वर्षका एरिक नयाँ जिन्दगी शुरु गर्नका लागि अमेरिकाको सिलिकन भ्याली पुगे । त्यहाँ उनले ‘वेबएक्स’ नामक टेक्नोलोजी फर्ममा प्रोग्रामरका रुपमा काम पाए । केही वर्ष भित्रैमा सो कम्पनीलाई अर्को ठूलो कम्पनी ‘सिस्को सिस्टम्स’ ले किन्यो । त्यहाँ भने उनी इन्जिनियरिंग डिपार्टमेन्टको चिफ बने । सन् २०११मा उनले सो कम्पनीका अधिकारीहरुलाई एउटा त्यस्तो भिडियो कन्फ्रेन्सिंग एप डेभलप गर्ने आइडिया दिए जसलाई डेस्कटप र ट्याब्लेटमा मात्र नभई मोवाइल फोनमा पनि एक्सेस गर्न सकिन्थ्यो । तर कम्पनीले उनको आइडियालाई अस्विकार गरिदियो । एरिक रुकेनन्, उनले आफ्नो बिजनेस ‘जूम’ शुरु गर्नका लागि राजिनामा दिए । राजिनामा त दिए तर आफ्नो प्रोजेक्टका लागि पैसा जुटाउनु सवैभन्दा गाह्रो काम थियो । लगानी गर्न सक्नेहरुले पनि यो किसिमको ब्यापारको अब काम छैन भन्दै पन्छिन थाले । तर एरिकले हार मानेनन् र आफ्नो परिवार तथा साथीहरुसँग केही पैसा ऋण लिए । एरिकका अनुसार यदी कुनै व्यापार शुरु गर्नुछ भने त्यसको टाइमिंग एकदम महत्वपूर्ण हुन्छ । स्मार्टफोन तथा क्लाउड कम्पनीहरुको विस्तारले ‘जूम’ जस्तो प्रोडक्टका लागि अनुकूल परिस्थिती बनाइदिएको थियो । उनी भन्छन्, “यो विजनेशको वारेमा मेरी श्रीमती पनि आश्वस्त थिइनन् तर मैले भनें कि यो एउटा लामो र गाह्रो यात्रा हो । मलाई यसको अन्दाजा पनि छ । तर यदी मैले कोशिस नै गरिनँ भने पछि म पछुताउने छु । गत डिसेम्वरसम्म सामान्य रुपमा उनको कम्पनी चलिरहेको थियो । तब अचानक अप्रत्यासित रुपमा अवस्था बदलियो । संसारका सामू कोरोना भाइरस नामको माहामारी देखापर्यो । जब दुनियाँभरीको वित्तीय बजार डुबिरहेका थिए त्यतिवेला ‘जूम’ को सेयर १४ प्रतिशतका दरले बढिरहेको थियो । डिसेम्वरसम्म दैनिक १ करोड यूजर आउने गरेको ‘जूम’ मा मार्च महिनासम्म आइपुग्दा त्यो संख्या बढेर २० करोड पुग्यो । कम्पनीका अनुसार अप्रिल महिनामा त अझ यो संख्या बढेर ३० करोड पुगिसकेको छ । अनुमान गरिएको छ कि पछिल्लो ३ महिनामा एरिक युआनको सम्पत्ति ४ अर्ब डलर बढ्न गएको छ । किनकी लगभग पूरै दुनियाँ लकडाउनमा छ र मानिसहरुलाई एकअर्कासँग कुरा गर्नका लागि एउटा प्ल्याटफर्मको आवश्यकता परेको छ । (श्रोत बीबीसी)
निअर्सले गर्याे निर्माण क्षेत्रमा कोरोनाको प्रभाववारे छलफल, कार्तिकपछि काम शुरु हुने
काठमाडौं । निअर्सले विकास निर्माणका क्षेत्रमा कोभिड –१९ को प्रभाव र पुनरुत्थान विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल इन्स्टिच्यूट फरअर्बन एण्ड रिजनल स्टडिज (निअर्स), ललितपुरको आयोजनामा श्रमिक दिवसको अवसरमा विद्युतीय माध्यमबाट संचालित उक्त कार्यक्रम संचालन गरिएको थियो । विकास निर्माणको क्षेत्रमा क्रियाशील व्यवसायी, लगानीकर्ता, इन्जिनियर, योजनाकार, विकासविद् र विज्ञहरु गरी करीव ४० जनाको सहभागितामा रहेको सो कार्यक्रमण थियो । निअर्सका क्षेत्रीय योजनाकार डा. सगर प्रसाईले निर्माण क्षेत्रको हालको अवस्था र अबको चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । निर्माणक्षेत्र अर्थतन्त्रमा प्रभाव पार्ने मुख्य क्षेत्र रहेको र कोभिड –१९ को यस क्षेत्रमा परेको प्रभाव चालु आर्थिक बर्षमा मात्र नभई आउँदो आर्थिक बर्षमा पनि देखापर्ने धारणा राखे । उनले बजेट, निर्माण व्यवसायीको आर्थिक अवस्था, निर्माण सामग्रीको आपूर्ति शृंखला लगायतका विभिन्न कारणलेयो क्षेत्रलाई सुचारु गर्न निकै चुनौतिपूर्ण रहेको पनि स्पष्ट पारे । साथै अधिकांश मजदुरहरु गाउँ फर्किएको यो समयमा ग्रामिण रोजगारी र उत्पादनको वृद्धि गर्ने, निर्माण सामग्रीको आपूर्ति रोकिएकाले स्थानीय उत्पादकहरुलाई उत्पादनको वृद्धि गर्ने समेत ठुलो अवसर रहेको धारणा व्यक्त गरे । उनले आर्थिक वर्षको शुरुबाटै खरिद प्रक्रियातथा बजेट सुचारु गर्नसके आउँदो आर्थिक वर्ष एउटा अवसरको वर्ष बनाउन सकिने सम्भावना रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंहले निर्माणको क्षेत्रमा कोरोना संकट सुरु हुनु अघि करीब १५ लाख दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सहित २० लाख मानिस आबद्ध रहेको, झन्डै आठ खर्ब रुपैया बराबरको ५ हजार वटा आयोजनाहरु संचालनमा रहेको जानकारी गराए । हालको संकटले अधिकांश निर्माण आयोजनाहरु अवरुद्ध भएकोले ती सबै मजदुरहरु प्रत्यक्ष रुपमा प्रभावित भएको, विकास निर्माणका कामको मुख्य सिजनका रुपमा रहेको हालको समयमा निर्माण कार्य प्रभावित भएको र अधिकांश मजदुरहरु कृषक रहेकाले कम्तिमा कार्तिक २०७७ अगाडी निर्माण कार्य सुचारु गर्न नसकिने समेत जानकारी गराए । निर्माण क्षेत्रमा भारतीय र चिनिया कामदारहरु ठुलो संख्यामा प्रयोग हुदै आएकामा अब नेपाली कामदारबाट विदेशी कामदारहरु प्रतिस्थापन गर्न समेत सकिने बताए । उक्त कार्यक्रममा इन्जिनियरिंग अध्ययन संस्थानका सहायक प्राध्यापक डा. अजय चन्द्र लालले मजदुरको पारिवारिक आर्थिक कारण लगायतका कारणले भने कामदारहरु छिटै काममा फर्किन सक्ने झिनो सम्भावना पनि रहेको धारणा राख्नु भयो । नेपाल सरकारका पुर्व सचिव सुरेश प्रकाश आचार्यले ेको अवस्थामा सरकारले आन्तरिक राजश्व तथा निर्माण सामग्रीको भन्सारमा केही सहुलियत प्रदानगरी समस्या समाधान गर्नतर्फ जानु पर्ने बताए । कार्यक्रममा अर्का सहभागी नेपाल इन्जिनियर्स एसोसियसनकापुर्व अध्यक्ष किशोर शाक्यले यस्तो अवस्थामाकुन सरकारी संयन्त्रले नेतृत्वदायी भूमिका खेल्ने र निर्माणको क्षेत्रका समस्या हेर्ने प्रस्ट नभएको र यस्तो संस्था बनाउन पर्ने सुझाब दिए । उक्त कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले यस कठिन घडीमा सरकार एक्लैले सबै कामगर्न सक्ने अवस्था नरहेकाले सबैले यसमा सकारात्मक भूमिका खेलाउँदै आफ्नो क्षेत्रको उचित योजनाबनाई अघि बढ्नुपर्ने बताए । जुम प्रविधि प्रयोग गरी संचालन भएको सो कार्यक्रममा अन्य सहभागीहरुले कोरोनाले उत्पन्न गरेका अवसरहरुबारे छलफल गरी , आमनागरिक र पेशाकर्मीहरुले यी अवसरहरुलाई बुझ्ने र प्रयोग गर्नुपर्ने सुझाब दिनु भएको थियो । निअर्सका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले कोभिडको संक्रमणको यस अवस्था र लकडाउन पछिका अवस्थामा विभिन्न क्षेत्रमा पर्न सक्ने प्रभावका विभिन्न पक्षमा छलफल गर्दै तयारी गर्नु पर्ने देखिएको जानकारी दिए ।
विहान ६ बजेसम्मको अपडेटः निको भए ११ लाख भन्दा बढि कोरोना संक्रमित
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३४ लाख ७९ हजार ८ सय ७५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ४४ हजार ५ सय ९६ जनाको मृत्यु भइसकेको छ भने ११ लाख ८ हजार ६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६७ हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ५९ हजार ५ सय ६४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ भने अहिलेसम्म १ हजार ३ सय २३ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५९ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
मानव जातिको घमण्ड र अभिमान माथि प्रहार
कोरोना नामको महामारी सारा विश्वभरमा फैलियो । बल्ल प्रकृतिले मानव जातिको सामर्थ्यलाई तौलियो ।। शक्तिको घमण्ड गर्ने देशको पनि होसहवासै उडी गयो । कालका लागि सबै श्रेणीका मानिस समान भएर गयो ।। आणविक शक्ति भएका देशको पनि केही जोर लागेन । धनको धाक देखाउनेबाट पनि ऊ डराई कदापि भागेन ।। दियो ठाडै चुनौती यस संसारमा मै हुँ भन्ने सबैलाई । बल्ल हार मान्ने बनाईदियो सबै वैज्ञानिक उपलब्धिलाई ।। सारा मानव जातिलाई दियो यसले अति नै धेरै कष्ट । मानव अस्तित्वमा नै ल्यायो यसले नसोचेको संकट ।। ठप्पै बनायो सबैको यसले त संसारभरको जनजीवन । आफ्नो शत्रुझै ठान्यो यसले सारा मानव जीवन ।। सारा मानव जातिलाई दियो यसले अति नै धेरै कष्ट । मानव अस्तित्वमा नै ल्यायो यसले नसोचेको संकट ।। ठप्पै बनायो सबैको यसले त संसारभरको जनजीवन । आफ्नो शत्रुझै ठान्यो यसले सारा मानव जीवन ।। एउटा सिक्काको दुईवटा पाटा सँधै अवश्य हुन्छ । सुन्दर कमलको फूल सँधै हिलोमा नै फूल्दछ ।। ढुङ्गाको काँप फोरेर नै पीपल सँधै फस्टाएर उम्रन्छ । मानिस चुप लागि घरमा बस्दा नै बाहिर प्रकृति रमाउँछ ।। आज पनि फूलहरु हिजो झैँ ढकमक्क फूल्न फूलेका छन् । टुडिँँखेलको चउरमा चीलहरुले रमाई बस्न पाएका छन् ।। वसन्त ऋतुमा कोईलीले वनमा सुमधुर गीत गाएका छन् । वनमा जीवजन्तु सबै निस्फिक्रीसँग रमाएका छन् ।। भेला भई घरमा सबैजना बात मार्न पाएका छन् मस्त । सन्तानसबै नजिकहुँदा भुलेका छन् पहिलोपुस्ताले सबै चिन्ताकष्ट ।। यन्त्रझै चलेको यो जीवनले केहीदिन बल्ल विश्राम पायो । चारैतिर वनमा फूल फूल्दा रमाईलो वसन्त ऋतु आयो ।। यही हो समय साथी हो हामी सबै प्रकृति तिर फर्कने । हाम्रो पालक प्रकृतिलाई सदैब स्याहार संरक्षण गर्ने ।। सबै जीवजन्तु वनस्पतिको महत्व र योगदानलाई बुझ्ने । वसुधैब कटुम्बकमको मन्त्रलाई संसारमा फिँजाउने ।। लेखक चीनबाट सुरु भएको कोरोना भाइरसले वर्तमान समयमा सारा विश्वलाई आक्रान्त र पीडित बनाएको छ । संसारका हरेक देश र समाज समयको विभिन्न कालखण्डमा महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको पाईन्छ । कृषि अर्थतन्त्रसँगै स्थायी तथा घना बस्तीको विकास तथा जनावरहरुलाई घरपालुवा बनाउने चलनको थालनीसँगै महामारी अस्तित्वमा आएको पाईन्छ । बिफर, क्षयरोग, औलो, प्लेग, दादुरा, हैजा, फ्लु , एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका हुन् । पछिल्लो समय चीनको बुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताईन्छ । कोरोना महामारीको विश्वव्यापी अवस्था भयावह रहेको पाईन्छ । दैनिक हजारौ व्यक्तिहरु यसको शिकार भई मृत्युवरण गरिरहेको समाचार निरन्तर रुपमा आईरहेको छ । युरोपीय देशहरु तथा अमेरिकालाई यसले बढी प्रताडित गरिरहेको पाईन्छ । विगतमा पनि यी देशहरुमा महामारीले विकराल रुप लिएको इतिहास रहेको हुँदा वर्तमान समयमा पनि यस कोरोना महामारीले पिरोलेको पाईन्छ । इतिहासमा विभिन्न समयमा फैलिएको प्लेग , इन्फ्लुऐन्जा तथा अन्य महमारीहरुले यस क्षेत्रमा बढी नै प्रभावित गरेको पाईन्छ । औषधीको आविष्कार तथा निर्माण अझै नभएको हुँदा यसको प्रभाव बढ्दै गईरहेको छ । मानिसहरुमा मनोवैज्ञानिक भय र त्रास दिनानुदिन वृद्धि भईरहेको छ । भय र भ्रम सिर्जना गर्ने मानिसहरुले मनोवैज्ञानिक त्रास फैलाउन खोजेको पनि पाईन्छ । संसारभरिको महामारी नियाल्ने हो भने यसले गाउँभन्दा बढ्ता सहरलाई तारो बनाउने गरेको पाईन्छ । पछिल्लो समय राज्य तथा जनता सबैको ध्यान शहरीकरणतर्फ केन्द्रित छ । महामारीको यस समयमा भौतिक पूर्वाधार लगायत सेवा सुविधा र अवसरको समुचित विकेन्द्रिकरण मार्फत गाँउलाई सुविधासम्पन्न तुल्याएर सहरको विकल्पको रुपमा प्रस्तुत गर्ने विकासको वैकल्पिक ढाँचाबारे बहस आरम्भ गर्नु पनि आवश्यक छ । नेपालमा विगतमा विफर, हैजा, लुतो, पिलो आदि तथा अन्य विभिन्न रोगहरुको महामारी फैलिई हजारौ मानिसहरुको ज्यान जाने गरेको इतिहास रहेको पाईन्छ । वर्तमान समयमा विभिन्न रोगहरुको औषधी पत्ता लागेर महामारी तथा मृत्युमा कमी आएता पनि विभिन्न समयमा रुघाखोकी तथा झाडापखालाको महामारी फैलिई मानिसहरुले ज्यान गुमाउन परेको समाचार विभिन्न समयमा आइ नै रहेको हुन्छ । महामारीसँग हामी पनि इतिहासदेखि नै परिचित रहँदै आएका छौँ । इतिहासमा हामीले महामरीको त्रासदीलाई बारम्बार बेहोर्यौ, जसको प्रभाव ऐतिहासिक दस्तावेज र हाम्रो सामाजिक मनोविज्ञानमा यत्रतत्र अभिलिखित छन् । विभिन्न ग्रहहरुको खोज तथा अनुसन्धान गरेपनि, अन्तरीक्षमा सयर गरेपनि,आखिर बस्ने त यस पृथ्वीमा नै हो । त्यसैले अन्तलोकको धेरै खोजबिन गर्नुभन्दा यस पृथ्वीको संरक्षण गर्नु र सम्पूर्ण मानव जातिको स्वास्थ्यका लागि लागीपर्नु आजको आवश्यकता र मुख्य चुनौती हो । यस महामारीले विश्व समुदायमा ल्याएको मुख्य चुनौती भनेकै विज्ञानको उपलब्धी भन्दा प्रकृतिको शक्ति तथा न्याय ठूलो भएकाले वैज्ञानिकहरुले आफूले आँफैलाई प्रमाणित गर्ने समय आएको छ । यस महामारीले नेपालको सामु पनि प्रशस्त चुनौतीहरु पेश गरेको छ । विप्रेषणमा आधारित रहेको नेपालको अर्थतन्त्र परनिर्भरतामा गईसकेको अवस्थामा अब केही सोच्नैपर्ने समय आएको छ । विभिन्न प्रकारका राजनैतिक चुनौती, सामाजिक चुनौति तथा आर्थिक चुनातीहरु यस महामारी सिर्जना गर्ने भएकाले त्यस विरुद्ध लड्न सारा विश्व एकजुट हुन आवश्यक रहेको छ । विभिन्न ग्रहहरुको खोज तथा अनुसन्धान गरेपनि, अन्तरीक्षमा सयर गरेपनि,आखिर बस्ने त यस पृथ्वीमा नै हो । त्यसैले अन्तलोकको धेरै खोजबिन गर्नुभन्दा यस पृथ्वीको संरक्षण गर्नु र सम्पूर्ण मानव जातिको स्वास्थ्यका लागि लागीपर्नु आजको आवश्यकता र मुख्य चुनौती हो । ठूलाठूला वैज्ञानिक उपलब्धिहरुको घमण्डमा मत्त भएको समग्र मानव जातिको निम्ति यो महामारी चुनौतीको रुपमा रहेको छ । साँढेको जुँधाई बाच्छालाई मिचाँई भनेझै ठूला तथा शक्तिसम्पन्न देशहरुको गल्तीको परिणाम आज सारा विश्वले भोग्नुपरेको छ । आज मानव अस्तित्व नै खतरामा परेको छ । प्रकृति भन्दा ठूलो र विद्वान यस विश्वमा कोही पनि छैन भनेर सबैले बुझ्न आवश्यक रहेको छ । आणविक शक्तिको प्रतिस्पर्धा र अत्याधुनिक हातहतियार निर्माणमा मात्र ध्यान दिदा शक्ति राष्ट्रहरु स्वास्थ्यको क्षेत्रमा पूर्णरुपले चुकेको देखिन्छ । यस महामारीले सारा विश्वमा आर्थिक हानी गरी आर्थिक मन्दी ल्याउने निश्चित रहेको छ । यसले नेपाली अर्थतन्त्रमा नराम्राे असर पार्ने निश्चित रहेको छ । विप्रेषणमा आधारित रहेको नेपाली समाज तथा अर्थतन्त्रमा यसले नराम्ररी प्रहार गर्ने निश्चित रहेको छ । विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग नगरी उपभोग क्षेत्रमा प्रयोग गर्ने प्रवृतिले गम्भिर असर पार्ने देखिन्छ । कुनैपनि देशको लागि विप्रेषण दिगो स्रोत होईन भनी बुझ्नुपर्ने समय आएको छ । यसको राम्रो उदाहरणको रुपमा हामीले दक्षिण कोरियालाई लिन सक्दछौ । दक्षिण कोरियाका जनता सन् १९६० को दशकसम्म खाडी देशमा काम गर्न जान्थे । तर पछि उनीहरुलाई विप्रेषणका बेफाईदाका बारेमा बोध भएपछि आफ्नो देशको आन्तरिक स्रोतहरुलाई परिचालन गरेर देशको विकास गरे । वर्तमान विश्वमा संसारका कुनै पनि देश सबै कुरामा आँफैमा आत्मनिर्भर छैन । अब सबै देशहरुले आआफ्नो आन्तरिक स्रोत साधनहरुको परिचालन गरेर सकेसम्म आत्मनिर्भर हुने समय आएको छ । विभिन्न कालखण्डमा देखापर्ने विभिन्न प्रकारका महामारीहरुले मानव सभ्यता र संस्कृतिमा अलग अलग असरहरु पार्दछन् । वर्तमान समयमा देखा परेको कोरोना महामारीले मानव अस्तित्व माथि नै प्रहार गरेको पाईन्छ । आणविक शक्ति तथा अत्याधुनिक हातहतियारमा प्रतिस्पर्धा गर्ने देशहरुलाई कोरोनाले गतिलो पाठ सिकाएको छ । यस महामारीले मानव जातिको भविष्य तथा अस्तित्व माथि नै चुनौती तथा प्रश्न चिह्न खडा गरेको छ । मानव जातिको घमण्ड र अभिमान माथि प्रहार गरेको छ । आणविक शक्ति र अत्याधुनिक हातहतियारको धाक दिने मानिसलाई एउटा भाइरसले फतक्कै गलाएको छ । सम्पूर्ण मानव सभ्यताको निम्ति यस महामारीको निर्मूल आवश्यक रहेको छ । मानव जातिको भविष्यमा पनि चुनौती थपिएको छ । वर्तमान पुस्ता स्वस्थ्य भएमात्रै भविष्यका पुस्ता स्वस्थ्य हुन्छ भाि आजै बुझ्न आवश्यक रहेको छ । हरेक सिक्काको दुईवटा पाटाहरु भएजस्तै यस कोरोना महामारीको नकारात्मक पाटा मात्र छैन । यसका धेरै सकारात्मक पाटाहरु पनि छन् । जसकाबारे चर्चा गर्नु आवश्यक रहेको छ । वातावरण कोलाहल मुक्त भएको छ । हावापानी स्वच्छ भएका छन् । काठमाण्डौँ सहरको मध्य भागमा अवस्थित टुँडिखेलमा चील आएर बस्नु सुखद लक्षण हो । अन्धाधुन्ध सहर विस्तारका क्रममा हामीले जीवजन्तुहरुको वासस्थान नाश कुन हदसम्म गरेका रहेछौँ भन्ने कुरा आज जीवजन्तुहरु खाली सडकमा आएर डुलेपछि थाहा पायौँ । सबै उद्योगधन्दा तथा कलकारखाना बन्द भएका कारण प्रदूषण पनि बन्द भएको छ । यो विश्व भनेको केवल मानव जातिको मात्र होईन । सम्पूर्ण प्राणी तथा वनस्पतिको पनि हो । विकासका नाममा हामीले नाश गरेका वनजंगललाई फेरी ब्युँताउने समय यही नै हो । हामी नाशेका वरपीपलका चौतारीलाई फेरी स्याहार्ने समय यही नै हो । मानिसहरु सबै घरभित्र बस्न बाध्य भएको यस समयमा बाहिर प्रकृति रमाएको छ । वायु प्रदूषण बन्द भएपछि हावा, पानी, माटो, आकाश सबै स्वच्छ र सफा भएको हामीले देख्न र भोग्न पाएका छौँ । यसबाट हामी सबैले यो अवश्य थाहा पायौ कि हामीले प्रकृतिको कति दोहन गरेर अत्याचार गरेका रहेछौ । जीवजन्तु, पशुपंक्षी आदिको बासस्थानको विनाश गरेर आफ्ना लागि मानवले जुन भौतिक निर्माणको कार्य गरेको छ त्यसमा मानवको उपस्थिति नभएपछि पुन उनीहरुले विचरण गर्नु स्वाभाविक नै हो । भारतको पञ्जावबाट दुईसय पचास किलोमिटर टाढा रहेको हिमाञ्चल प्रदेशमा अवस्थित हिमाल देखिन छाडेको ३० वर्ष भईसकेको रहेछ । कोरोनाको महामारीका कारण लकडाउन सुरु भएपछी प्रदूषण पनि बन्द भयो । जसका कारणले हिमाल प्रष्ट देखिन थाल्यो । यो कोराना महामारीको सकरात्मक पाटो हो । यो सूचना प्रविधि र हतारको युगमा कसैले कसैलाई दिने समय हुदैँनथ्यो । यो कोरोना महामारीले सबैलाई घरमै बस्न बाध्य बनाएपछी परिवारका सबै सदस्य घरमै हुने समय हो । एक अर्कालाई बुझ्ने र मायाप्रेम बाँड्ने समयको रुपमा यसलाई सदुपयोग गर्न सकिन्छ । एक पुस्ता र अर्को पुस्ता बिच हुने मत र विचार भेदलाई मेटाउन सकिन्छ । यान्त्रिकीकरण भईसकेको हाम्रो जीवनमा फेरी मानवीय मूल्य मान्यतालाई जगाँउन सकिन्छ । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा ज्ञान र जीवनउपयोगी सिप सार्ने समय पनि यही नै हो । अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै प्राकृतिक जीवनशैली तिर फर्कनु हो । धुम्रपान , मध्यपान आदि जस्ता कुलतहरुलाई त्यागेर शाकाहार तथा सात्विक भोजन गर्नु नै उत्तम उपाय हो । वनजंगल तथा वातावरणको संरक्षण गर्नु आजको आवश्यकता हो । शुद्ध सात्विक भोजन , नियमित व्यायाम , योगाभ्यास , प्राणायाम , ध्यान आदिलै नै स्वस्थ्य जीवन जीउन सहयोग पुग्दछ । यसका साथै पारिवारिक तथा सामुदायिक सरसफाईमा पनि आवश्यक ध्यान पुर्याएमा कुनै पनि रोगव्याधिले मानिसहरुलाई सजिलै आक्रमण गर्न सक्दैन । जङ्क फुड (तयारी खाना)लाई आजैदेखि त्यागेर अघि बढ्न सक्नुपर्दछ । स्वस्थ खानपान तथा स्वस्थ रहनसहनले नै शरीरलाई स्वस्थ बनाउन सहयोग पुर्याउँदछ । ढिँडो, गुन्द्रुक, भुटेको मकै, भट्मास, सिस्नोको साग, गहत आदि जस्ता खाद्यपदार्थलाई विगतमा हेय दृष्टिले हेरिन्थ्यो । यसलाई विपन्न वर्गको भोजनको रुपमा लिईन्थ्यो । तर आज अवस्था फेरिएको छ । यी खाद्यपदार्थहरुको महत्व बुझेपछि सम्पन्नहरुको भान्सा तथा भोजनमा यिनीहरुले प्रवेश पाएका छन् । ढिँडो, गुन्द्रुक, भुटेको मकै, भट्मास, सिस्नोको साग, गहत आदि जस्ता खाद्यपदार्थलाई विगतमा हेय दृष्टिले हेरिन्थ्यो । यसलाई विपन्न वर्गको भोजनको रुपमा लिईन्थ्यो । तर आज अवस्था फेरिएको छ । यी खाद्यपदार्थहरुको महत्व बुझेपछि सम्पन्नहरुको भान्सा तथा भोजनमा यिनीहरुले प्रवेश पाएका छन् । घरमा मकै भुटेर खाँदा लज्जाको अनुभव गर्ने तर बाहिर भुटेको मकै पप्कर्नको नाममा किनेर खाने प्रवृति भएका व्यक्ति पनि छन् हाम्रो समाजमा । परिश्रम के्ही नगर्नाले मानिसहरुमा रोग प्रतिरोधको क्षमता दिनानुदिन घटिरहेको छ । विषादी मिश्रित दूषित खाद्यपदार्थले मानिसहरुको शरीर कमजोर बनाईरहेको छ । यही समय हो प्राकृतिक भोजन मात्र खान सुरु गर्ने । हामीले महाभारत महाकाव्यका पात्रहरुमध्ये एक पात्र अश्वत्थामाका बारेमा सुनेकै छौ । आफ्नो शक्तिको उन्मादमा उनले अभिमन्युकी पत्नी उत्तराको गर्भमा रहेको सन्तानको हत्या गर्न ब्रम्हास्त्र प्रहार गरे । जुन घोर पाप थियो । जसको परिणामस्वरुप उनको निधारमा रहेको दिव्य मणि छिनियो र अमर भए पनि सँधै पिप जमिरहने घाऊ सहित उनले जीवन बिताउनु पर्यो । यसप्रकारको अश्वत्थामा प्रवृति वर्तमान समयमा हाबी भएकाले नै कोरोना महामारीबाट सारा विश्व प्रताडित हुनुपरेको छ । आणविक शक्ति तथा अत्याधुनिक हतियारको फूर्ति गर्ने र धम्की दिने तर मानव स्वास्थ्यबारे अध्ययन अनुसन्धान नगर्ने शक्तिसम्पन्न देशहरुको गल्ती सारा संसारले भोग्नुपरेको छ । प्रकृति माथिको हस्तक्षेप र आक्रमण अब बन्द गरौँ यो पृथ्वी हामी मानव जातिको मात्र नभई सारा जीवजन्तु , चराचुरुङ्गी , कीटपतङ्ग आदिकोको साझा सम्पत्ति हो । जलचर , थलचर, नभचर सबैको । जबसम्म हामी मानव जातिले आफ्नो कर्तव्यबोध गरेर यस पृथ्वीको संरक्षण गर्ने कार्यमा लाग्दैनौ तबसम्म हामीलाई आफूले आफैँलाई विवेकशील र सर्वश्रेष्ठ प्राणी भन्ने कुनै अधिकार पनि राख्दैनौ । आणविक शक्ति प्रदर्शन र घमण्ड गरेर मात्र भोक र रोगबाट मुक्ति कदापि पाईदैन भनेर बुझ्न आवश्यक रहेको छ । आजैदेखि प्रकृति संरक्षणमा नजुटे सबैको भविष्य अन्धकार रहेको छ । आफ्नो विभिन्न आविष्कार माथि घमण्ड गर्ने मानवमाथि प्रकृतिले व्यङ्ग गरेको छ । प्राकृतिक जीवनयापन गर्ने र प्रकृतिकोे सम्मान र संरक्षण गर्नु नै आजको आवश्यकता हो । अनावश्यक डर र त्रासलाई त्यागेर उच्च मनोबलको साथ रोग र महामारी विरुद्ध सबै एकजुट भई लड्नु वर्तमान समयको माग पनि हो । प्रकृतिलाई प्राथमिकतामा राखेर विकास निर्माण गर्नु नै आजको आवश्यकता हो । यो पृथ्वी सबै प्राणीको साझा यो भनि बुझ्न आवश्यक रहेको छ । यस महामारीले एकता र भाइचाराको सन्देश पनि दिएको छ । वसुधैव कुटुम्बकमको । प्रकृतिको शक्ति र न्याय भन्दा ठूलो केही छैन भनि सन्देश दिएको छ । वैश्विक एकता नै वर्तमान समयको आवश्यकता हो । स्वस्थ भावी सन्तति हुन स्वस्थ वर्तमान पुस्ता हुन अत्यावश्यक छ भन्ने सन्देश यस महामारीले दिएको छ । यस्ता महामारी त समयसमयमा आउछन् जान्छन् तर हाम्रो आत्मविश्वास र मनोबललाई सदैब बलियो र अडिग राख्न सक्नुपर्दछ । समयको विभिन्न कालखण्डमा विभिन्न प्राकृतिक प्रकोप तथा युद्धहरुले मानिसको विनाश गरेकै हो तर पनि यसबाट नडराई मानव जाति अघि बढेकै हुन् । त्यसैले सँधै जीत मानव जातिकै हुनेछ । हामीले महामारी समय समयमा आउँछ र गुज्रिएर जान्छ भनि बुझ्नुपर्दछ । महामारीले मानवीय क्षति गराए पनि मानव जातिको समग्र अस्तित्व माथि नै धावा बोल्न चाँही सक्दैन भनेर बुझ्नुपर्दछ । महामारीको अन्त्यपछि सुनौलो भविष्य हाम्रो अगाडी अवश्य खडा हुनेछ । बालकोट, भक्तपुर [email protected]