काठमाडौं । इन्तेरियर डिजाइनरस एशोसियसन् (आइडिइए) ले ललितपुर महानगरपालिकालाई मास्क, बुट जुत्ता र पन्जा सहयोग गरेको छ । विश्वमा कोरोनाको महामारी फैलिएसँगै महानगरमा काम गर्ने कर्मचारीको सुरक्षालाई ध्यान राख्दै आइडिइएले उक्त सामाग्री प्रदान गरेको हो ।
आइडिइएका अध्यक्ष बिन्द्रा कछिपपि प्रधान, सचिव प्रार्थना भट्टराई र सदस्य सुशील सिवाकोटीले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कार्यालयमै गएर सो सामाग्री हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति आभार व्यक्त गर्दै कोरोनाको महामारीसँग जुध्न ललितपुर महानगरले गरेको काम बारे जानकारी दिए ।
त्यस्तै आइडिइए नेपालकी अध्यक्ष बिन्द्रा कछिपति प्रधानले आगामी दिनमा सक्ने सहयोगका लागि प्रतिवद्ध रहेको जानकारी दिईन । उक्त संस्था २०६० मंसिर १ गते स्थापित नेपालका इन्टेरियर डिजाइनरहरुको पेशागत संस्था हो ।