विकासन्युज

दशैँअघि सौराहाका होटल नखुल्ने, साढे १९ अर्बबढी ऋण लागेकाे व्यवसायीकाे गुनासाे

काठमाडाैं । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिए । चितवन र नवलपरासीमा १ सय ५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ । होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उनले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए । भट्टराईले कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको जानकारी दिए । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताए । उहाँका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ । दुई/चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरेकाे भनाइ । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । यता मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताएका छन् । लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । रासस

६ महिना भित्र कोरोना भाइरसको औषधि तयार हुन्छः प्राध्यापक डा. दास

काठमाडौं । कोरोना भाइरसको औषधी ६ महिना भित्र तयार हुन बताएका छन् ।  यसअघि पनि जडीबुटीबाट नै हर्वल सेनेटाइजर बनाएको जानकारी दिदै कोरोना भाइरस रोक्न विश्वभर औषधिको खोजी भइरहेको थियो । नेपालमा पनि केहि गर्नुपर्छ भन्ने सोच सहित अभियानमा लागेको र अब ६ महिना भित्र कोरोना नियन्त्रणको औषधी तयार गर्ने प्राध्यापक एवंम बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत रहेका डा. दासले जानकारी दिएका छन् । उनले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी गरेका थिए । विभिन्न जडीबुटी खोजि गरेर संस्थानको प्रयोगशालामा औषधी बनाउने काम भैरहेको दासले बताए । विश्वभरि फैलिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि विभिन्न जडीबुटीहरुको प्रयोग गरेर औषधी बनाउने काम भइरहेको छ । औषधि निर्माण गर्न सरोकारवालाहरुसँग समेत कुराकानी गरेर विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेकोले ६ महिना भित्र सफल हुने दासले विश्वास व्यक्त गरे ।

भारतमा ४० हजार काेराेना संक्रमित, मृत्यु हुनेकाे संख्या १ हजार ३ सय २३

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट एक सय जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ४४ जना संक्रमित भेटिएका छन् । भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९ सय ८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६ सय ३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् । भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २ सय ९६ पुगेको छ भने ५ सय २१ जनाको मृत्यु भएको छ । गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २ सय ६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १ सय २२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २ सय ५६ जनाको उपचार गरिएको छ । त्यसैगरी मध्यप्रदेशमा २ हजार ८ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६ सय २४ जना ठीक भएका र १ सय ५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४ सय ८७ जनामा कोरोना देखिएकामा ६ सय ८९ जना निको भएका छन् । भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ । तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।  रासस–एएनआई

कोरोनासँगै ध्वस्त सेयर बजार, यस्ता छन् उकास्ने उपायहरु

कोरोनाको कहरसँगै सबै देशको सेयर बजार ओरालो लाग्यो। क‍ोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम बिकल्प भए पछि संसारले नचाहेर पनि लकडाउनमा जानू पर्यो। वस्तु ओसार पसार र मानिसको आवागमन ठप्प भए पछि सेयर बजार पनि बन्द हुने नै भयो । नेपालमा चैत १० गतेबाट बन्द भएको सेयर बजार क्रमश थपिदै बैशाख २५ गते सम्म पुगिसकेको छ । ४५ दिन लगातार सेयर बजार बन्द हुँदै गर्दा लगानिकर्तामा छटपटि बढदै गईरहेको छ । लकडाउनमा गएका कतिपय देशका सेयर बजार खुल्दै गएका छन् । नेपालको बन्द सेयर बजार प्रति अन्तराष्ट्रिय चासो पनि बढन थाले पछि लगानिकर्ता, ब्रोकर, नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन् र सबै जसो सेयर बजार खोल्नु पर्छ भनी लबिंगमा लागेको पाईन्छ । लगानीकर्ताको मानसिकता: सेयर बजारमा करिब करिब १८ लाख भन्दा बढि शेयरधनीको लगानी छ । संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढि साना लगानिकर्ताहरु छन् । सानो सानो पुँजी सेयरमा लगानि गरि नाफा कमाउने र खाचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानिकर्ता बढि छन् । पटक पटकको लकडाउन थपिए संगै तीनमा छटपटाहट बढदै गएको छ। उद्याेग व्यवसाय सबै बन्द छ, अधिकान्स व्यवसायीको केही न केही शेयरमा लगानी छ । नगद प्रवाह नभएको अवस्थामा स‍ोहि शेयर बिक्रि गरि काम चलाउन खोज्नेको पनि हात बाधिएको छ । त्यसैले सबैको ध्यान शेयर बजार तिर छ । अहिले सेयर बजार खोल्ने र नखोल्ने बिचको बहस व्यापक हुँदै गएको छ। शेयर बजारका पंडितहरु,ब्रोकरहरु, ठुला लगानिकर्ताहरु कसै गरि पनि बजार खोल्नु पर्छ भन्ने लबिङंमा छन्। फागुनमा ईण्डेक्स १६३२ हुदा सेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउमा छन् । कोरोनाको त्रासमा बजार लकडाउन अघि १२५१ पुगेको र खुलेपछि पुन: घटने अनुमान गरेकाहरु जसरि नि बजार खोलाउन मरिहत्ते गरिरहेका छन् । ठुला लगानिकर्ता जो उद्याेगी व्यवसायी पनि छन् ती चाहिँ बजार खुलेपछि शेयर बाक्रि गरि आफ्नो खर्च धान्न र व्यवसायको चालू पुँजी जोहो गर्ने शुरमा छन् । खरिद बिक्रि दुबैमा कमिशन कमाउने ब्रोकरहरुको आम्दानी शून्य भएकोले उनीहरुलाई निन्द्रा लाग्न छोडेको छ। उनीहरु पनि कसैगरि बजार खोल्ने लबिङमा लाग्नु स्वभाविकै ह‍ो । ठुला लगानिकर्ता, सेयर पंडित, ब्रोकर तथा अन्तराष्ट्रिय दबावको अगाडि नेप्से र नियामक निकाय सरकारको स्पष्ट निर्देशन नआएको कारण असहाय देखिन्छन्।तर पनि फेस सेभिङको लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन् । तर अर्को तिर रहेका लाखौ साना लगानीकर्ता जो जहिले पनि बढ्दो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन ती सबै एकदम त्रासमा छन् । देशको समग्र अर्थ ब्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढने सम्भावना प्रति बिस्वस्त नभएका ती साना लगानीकर्ता कहि बजार क्र्यास भएर आफ्नो पुँजी नै डुब्ने त हैन भनी भयभित छन् । तेसैले केही ठोस संकेत नआई लकडाउन भरि बजार खुल्नु हुँदैन भन्ने मनासिकतामा छन् । बजार खोल्नु पर्छ पछाडिको तर्कहरु: ठुला लगानिकर्ता, ब्रोकर, नेप्से, नियामक निकाय समेत बैशाख २५ पछि लकडाउन होस् या नहोस् जुन अवस्थामा भए पनि निम्न कारणले सेयर बजार खोल्नु पर्छ भनिरहेका छन् । एक, बजार खुलेपछि संक्रमण अवस्थामा पनि लगानी गर्ने उपयुक्त स्थान सेयर बजार नै भएकोले लगानीकर्ता उच्च मनोबलका साथ खरिद बिक्रिमा लाग्ने छन् । दाेश्राे, विश्व परिवेशमा लकडाउन पछि खुलेका अधिकांश देशका सेयर बजार बढेको छ, नेपालको बजार नि बढ्ने छ। तेश्राे, नेपालको सेयर कारोबारको ८० प्रतिशत भन्दा बढि हिस्सा बैंक, विकास बैंक, लघुवित्त कम्पनी, बीमा कम्पनीहरुको रहेको छ। यी सबै नाफामा रहने भएकोले बजार घटने संभावना रहेकाे छैन । चाैथाे, कोरोनाको प्रारम्भसँगै फागुनको मध्य तिर रहेको सेयर ईण्डेक्स १६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थिय‍ो ।कोरोना असर बढ्दै जाँदा घटेर १२५१ र रकम १९ करोड ४६ लाख भैसकेकोले कोर‍ोना करेक्सन पहिले नै भैसक्यो । अब पुन: घट्ने संभावना नरहेको उनीहरूकाे बुझाइ छ । पाँचाैं, लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैंकहरुमा तरलता बढने र र बढेको फण्ड सजिलो, छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र सेयर नै भएकोले थप कर्जा प्रवाह हुने छ । छैटाैं, बिगतको ईतिहास हेर्दा पनि बियरिस ट्रेण्ड पछि बुलिस ट्रेण्ड आउने भएकोले अब बजार बढने सम्भावना रहेको छ । साताैं, अर्थतन्त्र सोचनीय अवस्थामा भएकोले सेयर बजारप्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानीकर्ता नि प्रवेश गरि बजारलाई तल आउन नदिने रहेकाे छ । बजार खोल्न हुन्न पछाडिका तर्कहरु: कोरोना समस्याको प्रभावकारी र ठोस व्यवस्थापन नगरि बजार ख‍ोल्दा क्रयास हुने सम्भावना र यसबाट लाखौं स‍ोझा साझा लगानिकर्ताको लगानी डुब्ने डरलाई नि बिचार पुर्याउनु जरुरी छ। एक, भारत लगायत विकसित देशको सेयर बजार पुर्णत स्वचालित भई सकेकोले घर घरबाट कारोबार गर्न सक्ने भएकोले लकडाउनमा पनि कार‍ोबार संचालन गरे। हामी कहाँ सेयर अर्डर र ईडिआईएसबाट सेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले सम्बन्धित कार्यालयमा गएर गर्नु पर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन सम्भव नै छैन । दाेश्राे, अमेरिका भारत लगायत धेरै देशले क‍रोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई पुनरोत्थान गर्न राज्यको ढुकुटीबाट अर्बौ खर्बौ स्टिमुलस(नगद) लगानी गर्ने घोषणा गरे । लकडाउन पछि बजार खोल्दा ईण्डेक्स बढेको देखियो । भारतीय रिजर्भ बैंकले ५० हजार करोड, अमेरिकाले १ खर्ब डलर, मलेशियाले ४.६ अर्ब डलर, टर्किले १५.४ अर्ब डलर,  ईटलीले २७.३ अर्ब डलर जस्तै प्राय:धेरै देशले उद्याेग व्यवसाय र बेरोजगारलाई राहत दिने भए । हामी कहाँ लकडाउन भएको ४० दिन भईसक्दा पनि सरकार र केन्द्रिय बैंक उद्याेग व्यवसाय र पीडित बर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानीको घोषणा गर्न सकेका छैनन् । अनि के आशामा बजार खुले पछि बढने हो, क्रयास नै हुने धेरै सम्भावना रहेको छ। चाैथाे, सेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैंक, विकास बैंक, फाईनान्स कम्पनी, लघुवित्त, र बीमा कम्पनीक‍ो छ । अहिलेसम्म हेर्दा सुरक्षित देखिन्छन् । सबैको अनुमान बजार खुल्दा यी कम्पनीको सेयर मूल्य घट्दैन । ११ चैतबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको बैलेन्सिट राम्रो आउला । तर ऋणको ब्याज दर कटौती, शून्य सावा ब्याज असुली, अन्य जिरो आम्दानी र लकडाउन पछिको चेन असरले २०७७ आसारमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको वित्तीय अवस्था नाजुक हुने निश्चित छ । त्यसैले, २०७६ चैतको बासलात हेरि सेयर खरिद गर्ने सबै फस्ने पक्का छ । अनि खुलेको बजारमा टाठा बाठा बिक्री गरि निस्कने र फस्ने चाहिँ उही स‍ोझो साना लगानिकर्ता नै हुने छन् । बजार खुलाउने र टिकाउने उपायहरु: सेयर बजारमा माग र आपूर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो । माग राम्रो हुनलाई कम्पनीकाे परफरमेन्स, ईमेज र प्रतिफल राम्र‍ो हुनु जरुरी छ । पुँजीबजार प्रति नियामक र सरकारको सकारात्मक सोच र सोही अनुसार नीति र कार्यक्रम आउनु पर्छ। अनि समग्रमा देशको अर्थतन्त्रको भविष्य राम्रो देखिनु पर्छ। विकसित मुलुक जस्तो सेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन । नियामक निकाय र मन्त्रीहरुले न सोचेर जे पनि बोलिदिने, कम्पनीहरुको भित्री सूचनाको गलत तरिकाले प्रयोग हुने, सेयर खेलाडीहरु नै सञ्चार माध्यममा बनावटी समाचार निकाल्न लगाई सेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ । त्यसैले यी सबै कुराहरुलाई बिचार गरि लकडाउन खुले पछि मात्र निम्नानुसार वातावरण नि बनाउँदै जाने र सुरुमा सिमित कारोबार गर्दै लगानिकर्ताक‍ो मन‍ोबल बढाउँदै कारोबार वृद्धि तर्फ लाग्नुमा नै सबैको हित छ। एक, केन्द्रीय तथ्यांक बिभागले हालै मात्र ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गम्भिर संकटमा पर्ने देखिन्छ। कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जीडीपीको १४ प्रतिशतसम्मको स्टिमुलस लगानी गरेका छन् । नेपालले पनि कुल जीडीपी ३२ खर्ब ९ अर्ब रूपैयाँको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज बैंक, उद्याेग व्यवसाय, बेरोजगार ब्यक्ति, कृषक र श्रमिकको लागि घोषणा गर्नु पर्छ। यसले लकडाउन पछि खुल्ने सेयर बजारलाई उकास्न मदत गर्छ । दाेश्राे, सेयर कारोबार पुर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो । अब निश्चित समय तोकेर बैंक, ब्रोकर, लगानीकर्ता, डीपी, सिडिएससि र क्लियरिङ बैंक खातासंगको ईन्टिग्रेशन छिटो गर्ने र आईपीएस भुक्तानीको सिमा बढाउन प्रयास गर्नु पर्ने छ । तेश्राे, सबै लगानीकर्ताक‍ो मेरो सेयरमा खाता खोल्न लगाउने र खाता हुनेको १०० रूपैयाँ लिएर गरिने नविकरण यो पटकलाई स्वतःगर्ने वा आसार भित्र शुल्क लिने गरि गर्न सकिन्छ । चाैथाे, सेयर कारोबार बढाउन बैंक कर्जाको ठूलो भूमिका हुन्छ । ६५ प्रतिशतसम्म कर्जा र २० प्रतिशत घटदासम्म मार्जिन कल नगर्ने  व्यवस्था रहेको छ । सेयर कर्जाको जोखिममा बैंकलाई पनि सुरक्षित राख्ने गरि हालको सेयर मूल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नविकरणको सुबिधा दिनु पर्नेछ । थप सेयर कर्जा दिन नेपाल राष्ट्र  बैंकले सरल प्रक्रियाको निर्देशन जारि गर्नु पर्ने छ । पाँचाै, विकसित देशमा नगद लाभांशले सेयर मूल्य बढ्छ भने हामी कहाँ बोनस सेयरले बजार बढाउँछ । क‍ोरोनाको असरबाट बैंकिङ क्षेत्रको वित्तीय सन्तुलन कायम राख्न तथा तरलताको कमी हुन नदिन भारतको केन्द्रीय बैंकले नगद लाभांशमा र‍ोक लगाई सक्यो । नेपाल राष्ट्र बैंकले बैकिङ क्षेत्रमा, बीमा समितिले बीमा कम्पनीमा र सरकारले दुरसञ्चार, नागरिक लगानि कोष लगायतमा नगद लाभांश वितरणमा रोक लगाउनु पर्छ । बोनस सेयरको आशामा बजार घटन पाउँदैन । छैटाैं, लकडाउन पछि सेयर बजार पूर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्रयास हुने ठूलो सम्भावना छ । संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ । अत: पहिलो हप्ता १ घण्टा कारोबार समय र एक व्यक्तिले प्रतिकम्पनी ५०० कित्ता खरिद बिक्रि गर्ने, दोश्रो हप्ता २ घण्टा १००० कित्ता, तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्ता देखि पूर्णकालिन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्रयासलाई र‍ोक्न नि सकिन्छ । १० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने छ । साताैं, सेयर बजारमा लगानीकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर,  मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कम्पनी, सञ्चयकोष लगायतलाई लगानी गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैंकले नीति नियम बनाउँदा सेयर बजारलाई सप‍ोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्बजनिक धारणाहरु राख्नु पर्ने देखिन्छ । आठाैं, सरकारक‍ो राजस्वको श्रोत कम हुँदै गएको छ । पुँजीगत लाभ कर घटाउन न सकिए पनि व्यक्तिगत लगानीकर्ताको अग्रिम काटिएक‍ो करलाई अन्तिम मानिने ग्यारेन्टी गर्दा पनि लगानीकर्ताक‍ो मनोबल बढ्ने देखिन्छ । यसरी समग्रमा भन्नु पर्दा देशको ढुकुटीबाट उद्याेग व्यवसाय, बैंक र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरि शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरि क्रमश: बढाउँदै लग्दा क्रयास हुनबाट ज‍ोगाउँछ र लगानीकर्ताको मनोबल पनि बढि सबैको हित हुने देखिन्छ ।

अबको आर्थिक नीतिको जोडः स्वास्थ्य पूर्वाधार निर्माण र स्थानीयस्तरमा रोजगारी सिर्जना

कोरोना भाइरसको कारण देशभर लागू भइरहेको लकडाउनले अर्थतन्त्र ठप्प छ । उद्योग व्यवसायदेखि भौतिक पूर्वाधार विकासका कामहरु अहिले सुस्त मात्र होइन, बन्द समेत भइसकेका छन् । यही बिचमा सरकार आर्थिक वर्ष २०७७/०७८ मो नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेको छ । कोरोना भाइरसले धरासायी बनेको देशको अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनका लागि अब सरकारले नयाँ ढंगबाट अगाडि बढ्न आवश्यक छ । अहिले सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यो महामारीबाट सबैले बच्ने उपाय अवलम्बन गर्नु हो । त्यसका साथसाथै पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि र आर्थिक नोक्सान धेरै नव्यहोर्नका लागि नयाँ रणनीति र योजनाका साथ सरकारले अगाडि बढ्नु पर्ने आवश्यकता पनि उत्तिकै अपरिहार्य छ । पहिलो, स्वास्थ्य क्षेत्रका पूर्वाधारहरु र स्वास्थ्य प्रणालीलाई सुदृढ र बलियो बनाएर लैजानु आजको प्रमुख आवश्यकता हो । दाेस्रो, धेरै श्रमिकहरु खान नपाई भोकभोकै मर्नुपर्ने अवस्था पनि सिर्जना भएको छ । खासगरी श्रम गर्ने मानिसहरु छन्, उनीहरूलाई हातमुख जोर्ने गर्ने गरी रोजगारी र सामाजिक सुरक्षाको व्यवस्था गर्नु पनि उत्तिकै जरुरी छ । त्यसमा पनि धेरै नेपालीहरु विदेशबाट फर्किरहेका छन् । उनीहरुले पनि रोजगारी पाउने वातावरण सिर्जना हुनुपर्छ । तेस्रो, महत्वपूर्ण कुरा स्वास्थ्यमा काम गर्दा पनि जनताको राहत र सामाजिक सुरक्षाको कुरालाई पनि अर्थतन्त्रलाई उकास्ने वातावरण बनाउनु भएन भने पैसा कहाँबाट ल्याउने ? त्यसैले रणनीतिक हिसाबले संक्रमण फैलिन नदिने सम्भावनालाई पनि न्युन गर्दै जुन क्षेत्र तथा व्यवसाय सबैभन्दा बढी धरासायी बनेका छन्, ती व्यवसायलाई थप उकास्ने गरी काम गर्नुपर्ने छ, जसले हाम्रो आपूर्ति प्रणाली ठप्प भएको छ, त्यसलाई क्रमिक सुधार गर्ने र अझ साना उद्योग व्यवसायहरुलाई पनि उकास्ने गरी क्षेत्रगत रणनीति बनाउन आवश्यक छ । त्यो भनेको नेपालको सन्दर्भमा हाम्रो ग्रामीण क्षेत्र, कृषि र साना उद्योग व्यवसायलाई जोड दिनुपर्यो । त्यसमा वित्त र मौद्रिक नीतिलाई एकाकार गर्दै जोड दिने र केही ठूला परियोजनाहरु, जसले धरासायी भएको अर्थतन्त्रलाई उकास्न मद्दत गर्न सक्छन्, रोजगारी सिर्जना गर्न सक्छन्, त्यसलाई सरकारले र निजी क्षेत्रलाई उकास्ने गरी र वैदेशिक लगानी पनि आउने गरी सुनिश्चि गरी बजेट आउनु पर्यो । वैदेशिक लगानी आउँदा संघीयताको जुन गति छ, त्यो गतिअनुसार प्रदेश र स्थानीय तहका हक अधिकारहरु अघि सारेर स्थानीय तहमा रोजगारीदेखि लिएर कृषि र ग्रामीण अर्थतन्त्रका कुराहरुमा स्थानीय तहबाटै रोजगारी सिर्जना, व्यवसायिक काम, विकास निर्माणका काम, पेशाहरुलाई ठोस गरेर जाने निश्चितताका साथ नयाँ ढंगले काम गर्नुपर्छ । परम्परागत नीति तथा हाम्रा काम गर्ने परिपाटीहरुको तथा स्रोत साधनहरुको दुरुपयोग हुने परियोजना नआउने जुन किसिमको हाम्रो प्रवृति छ । त्यसलाई यो संकटको बेलामा सुधार गर्ने सच्याउने गरेर अगाडि बढ्नु पर्छ । थोरै लगानीबाट बढी प्रतिफल आउने कुरालाई ध्यानमा राखेर काम गर्नु पर्छ । भ्रष्टाचार र स्रोतसाधानको दुरुपयोग गर्ने कोणबाट मात्रै हुने गरेकाे अहिलेकाे परिपाटीलाई ठोस र एकदमै सुधार गरेर असाधारण प्रकृतिबाट असाधारण कदमहरु चालेर अगाडि बढ्नु पर्ने खाँचो र आवश्यकता छ । यसले असर कति पर्न सक्छ। देशको अर्थतन्त्रबारे तथ्याकं विभागले पनि क्षेत्रगत रुपमा पनि विश्लेषण निकालेको छ, जुन हाम्रा लागि त्यति सुखद छैन । जेठपछि अर्थतन्त्रमा सुधार हुन्छ भन्ने प्रक्षेपण गरिएकाे छ । पहिलो कुरा त लकडाउन कहिलेसम्म जान्छ भन्ने अनिश्चित छ । सरकारी क्षेत्रबाट पनि २५/२६ प्रतिशत मात्र विकास खर्च भएको छ । निजी क्षेत्र बन्द छ । आर्थिक गतिविधिहरु ठप्प छन् । पर्यटन क्षेत्र धरासायी बनेको छ । लकडाउन सकिएपनि सामान्य अवस्थामा जान धेरै समय लाग्छ । अर्थतन्त्रका गतिविधिहरु, उद्योगधन्दाका गतिविधिहरु सञ्चालन गरेपनि सुरक्षालाई बढी प्राथमिकता दिएर काम गर्नुपर्छ । त्यसका लागि बढी लागत लाग्छ । पहिले जस्तै मानिसहरु एक ठाउँमा जम्मा हुने अवस्था छैन । राहतले उकास्नु पर्ने क्षेत्रकाे लागि ढिलो भइरहेको छ । ढिलाे हुँदा त्यसको लागत र समय बढी लाग्ने हुन्छ । धेरै क्षेत्रमा वित्तीय उत्प्रेणा गर्नुपर्छ । बजेटमा ल्याउँदा धेरै ढिलो हुन्छ, जति ढिलाे हुन्छ, त्यसले त्यति नै देशको समग्र अर्थतन्त्रमा असर पर्छ । अर्को, स्रोत र साधन नभएकोले धेरै परियोजना पछाडि धकेल्ने कुरा पनि छ । अब विदेशी सहायतालाई जोड दिएर त्यसलाई परिचालन गरेर असाधारण तरिकारले कदम चाल्नु पर्ने देखिन्छ । थुप्रै क्षेत्रहरुमा जेठपछि सामान्य अवस्था  देखिन्छ भन्ने अनुमान गरिएको छ । तर, त्यो आफैमा भन्न सकिने अवस्था छैन । कोरोना कतिसम्म रहन्छ भन्न सकिन्न । यो एउटा अनुमान मात्र हो । योभन्दा अझ बढी असर पनि पर्न सक्छ । सबैभन्दा बढी स्थानीय तहलाई स्रोत साधन दिएर जोड दिएर काम गर्नुपर्छ । साना तथा मझौला उद्यम व्यवसायहरुलाई पनि जोड दिन आवश्यक छ । वृहत योजना अगाडि ल्याउनु पर्छ । युवालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोच्नु पर्ने समय आएको छ । कतिलाई रोजगारी दिन सकिन्छ भन्ने कार्ययोजना बनाई अगाडि बढ्नु पर्छ । कुन क्षेत्रमा उनीहरुलाई व्यवस्थापन गर्न सकिने हाे भन्ने हिसाले अगाडि जानु पर्छ । यसकारण खर्चको दाेस्रो प्राथमिकता ग्रामीण तथा स्थानीयस्तरमा तत्कालै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता हो । त्यहीकारण बजेटले स्थानीय पूर्वाधारमा बढी केन्द्रित गरी रोजगारी सिर्जना गर्नुपर्छ । विद्यालय भवन, स्वास्थ्य भवन आदि निर्माण गरिनुपर्छ । सबैले सहरलाई कमाउने ठाउँ भनेका छन् । सहरको विकल्प गाउँलाई नै बनाउन सकियो भने स्वभाविक रुपमा रोजगारी सिर्जना हुन्छ । यसो गर्दा सहर आइरहनुपर्ने बाध्यताको अन्त्य पनि हुन्छ । गाउँमै राम्रो पूर्वाधार भयो भने उत्पादनको आधार सुदृढ हुन्छ र त्यसको उपभाेग तथा आपूर्ति पनि सहज हुन्छ । त्यसका निमित्त हाल सञ्चालनमा रहेका रोजगारीसम्बन्धी कोषहरूको प्रभावकारिता बढाउनुपर्ने हुन्छ । पहिलो, स्वास्थ्यमा ठूलो प्याकेज आवश्यक छ । हामीले बृहत प्याकेज बनाएर तत्कालिन, मध्यकालिन र दिर्घकालिन प्याकेज बनाएर अगाडि बढ्नुपर्छ । सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ । कृषि ,उद्योग लगायतका क्षेत्रमा बढी प्राथमिकता दिएर अगाडि बढ्नु पर्छ । अर्थतन्त्रका ड्राइभर के हुन् भनेर पहिचान गरेर लगानी गर्नुपर्छ । विशेष गरेर व्यापार, कृषि, यातायात लगायतका क्षेत्रलाई कसरी रिभाइब गर्न सकिन्छ भनेर सोच्नु पर्ने हुन्छ । अहिलेकाे संकटले व्यापारिक सम्बन्ध, पर्यटन क्षेत्र र रेमिट्यान्समा पनि प्रभाव पर्छ । अहिले आत्मनिर्भर हुने हिसावले बजेट ल्याउन आवश्यक र खाँचो छ । (अर्थविद् खनालसँग विकासन्युजका लागि सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित)

उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान

काठमाडौं । उत्तर र दक्षिण कोरियाको सेनाबीच सिमानामा आइतबार बिहान गोली हानाहान भएको छ । दक्षिण कोरियाले समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको थियाे । साे गाेलीकाे जवाफमा दक्षिण कोरियाले पनि गोली नै हानेको जानकारी बाहिर आएको छ । दुई देशबीचको गोली हानाहानमा कोही पनि घाइते भने भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ । सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ। करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ-अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहानको घटना भएको हो। दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए। प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन्

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता

काठमाडौं । सेञ्चुरी बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टिभि, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ । यसैगरी सेञ्चुरी पे मा आफ्नो मोबाईल मार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ । देशकै कान्छो वाणिज्य बैंकको रुपमा स्थापित सेञ्चुरी बैंकले अत्याधुनिक किसिमको बैंकिङ सेवा दिँदै आएको छ । बैंकले १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।

अहिले मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनबारे निर्णय र समीक्षा हुने

काठमाडौं । अहिले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि डाकिएको भएपनि अहिले सम्म बैठक सुरू भएकाे छैन । बैठकका लागि मन्त्रीहरू बालुवाटारमा जाने त्रफम जारी नै रहेकाे छ । आज  बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा हुने बुझिएको छ। सरकारले चैत ११ गते देखि लकडाउन घाेषणा गरेकाे थियाे । बैशाख २५ गतेसम्म लकडाउन जारी नै छ ।