युद्ध हारेर कोठाभित्र थुनिएकाे मान्छे
सुरक्षित तबरबाट सर्वसाधारणाकाे लागि वितरित राहात विगतमा हैजा, ज्वरो, झाडापखाला, औंलो रोग आदि विभिन्न महामारीको सामना गरेका नेपाली जनतादेखि स्वाइनफ्लु, इबोला भाइरस, जिका भाइरस आदि विभिन्न विश्वमहामारी रोगसँग सामना गरि जित्दै आएको विश्व मानव जाति अहिले आएर विश्वमहामारी कोरोनो भाइरससँग लडरिहेको छ। कोरोना महामारीले विश्वमानव जातिलाई शारीरिक, सामाजिक, आर्थिक, मानसिक तथा दैनिक जीवन निर्वाहमा प्रत्येक्ष प्रभाव पारेको छ। प्रकृति मानवजातिको निम्ति बरदान हुँदाहुँदै हामी मानवजाती हर जीवदेखि, व्यक्ति- व्यक्ति, समाज- समाज, राष्ट्र- राष्ट्र बीच कृतिमाताको प्रतिस्पर्धा गर्दैँ जाँदा, विश्वमा मानवजातिले नै प्रकृतिमाथि कृतिमाताले जित्न खोजिरहन लाग्दा, मानवले मानवजातिको स्वास्थ्य माथी हेलच्क्रयाँई गर्दा, २१ औँ शताब्दी अर्थात विज्ञान तथा प्रविधिको युगमा कोरोना भाइरस मानवजातिको अस्तित्वसंग युद्ध गरिरहेको छ। जसका कारण आज विश्व भयानक संकटमा परेको छ। ३० डिसेम्बर २०१९ मा चिनको वुहान बाट देखापरेको कोरोना भाइरस (कोभिड १९) विश्व महामारीको रुपमा विश्वभर हालसम्म २१३ देशमा देखापरी सकेको छ। विश्व स्वास्थ संगठनले कोरोना भाइरसलाई विश्वमहामारीको रूपमा ११ मार्च २०२० मा घोषणा गरिसकेको छ। विश्व स्वास्थ संगठनको पछिल्लो तथ्यांकअनुसार लेख लेख्दा सम्म विश्वमा २०,७४,५२९ लाई संक्रमण भएको र १,३९,३७८ जना कोरोना विरुद्धको लडाइमा हारेर मृत्युवरण गरिसकेका छ्न। कोरोना भाइरस हावा,पानी, बस्तु,व्यक्ति बीचको समवन्यता र सम्पर्कले सर्ने गर्दछ। कोभिड १९ एकपछि अर्को हुँदै सर्ने क्रममा नेपालमा देखापरिसकेको छ। दैनिक जसाे काेराेना संक्रमितकाे संख्या नेपालमा पनि बढ्दै गएकाे छ । नेपाल सरकारले २०७६ सालको फागुन अन्तिम हप्ता र चैतको पहिलो हप्तामा भारत तथा हवाई सेवा मार्फत बिदेशबाट आउने नागरिकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न नसक्दा भाइरस संक्रमण तथा महामारीको लक्षण देखापरेको हो। कोरोना भाइरसले विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स लगायत युरोपेली देशहरूमा भयावह रुप लिएको छ। प्रत्येक दिन हजारौँ मान्छेको ज्यान गएको छ। नेपालको उतर छिमेकी राष्ट्र चिनले महामारी नियन्त्रणमा केही सफलता हासिल गरेपनि भारतमा भाइरस संक्रमण बढिरहँदा र नेपालमा पनि एक पछि अर्कोमा संक्रमण हुने अवस्था देखापर्दा नेपाललाई कोरोना महामारीबाट बचाउन नेपाल सरकारले २०७६ चैत ११ गते देखि चैत २५ गतेसम्म पहिलो पटक र द्रोसो पटक २०७७ बैशाख ३ गतेसम्म लकडाउन घोषणा गर्यो तर संक्रमण तथा संक्रमित संख्या बढिरहँदा पटक पटक लकडाउन बढाउँदै लगेकाे छ । कोरोना भाइरस नियन्त्रणको लागि सबैभन्दा उपयुक्त कदम भनेकै लकडाउन घोषणा गरेर एकान्तमा सुरक्षित भएर बस्नु हो। हालसम्म कोरोना रोकथामका लागी कुनै औषधि तथा खोप पत्ता लाग्न सकेको छैन। छुट्टै ग्रहको बसाई, अर्कै संसारको जिवनलाई साकार पारिरहन लागेको बिज्ञान तथा प्रबिधिको युगलाई कोरोना भाइरसले महामारी विरुद्धको खोप तथा औषधि बनाउनको निम्ति ठुलो चुनौती दिईरहेको छ। बैज्ञानिकहरु महामारी नियन्त्रणको निम्ति औषधि तथा खोपको खोजी र प्रक्षेपण गरिरहेका छ्न। कोरोना भाइरसको संक्रमण हुँदा १०४ डिग्री भन्दा उच्च ज्वरो आउने, निरन्तर हाँच्छ्यु तथा सुख्खा खोकी लाग्ने, स्वासप्रश्वास फेर्न ग्राहो हुने जस्ता लक्षणहरु देखापर्दछ्न। यो रोगको लक्षण देखापर्न संक्रमणको १४ दिन अथवा १४ दिनभन्दा बढी समय लाग्ने गरेको पाइन्छ। रोगको परिक्षण र्यापिड टेस्ट भन्दा पनि पि सि आर टेस्टबाट संक्रमित भए नभएको आधिकारिक रूपमा पत्ता लगाउन सकिन्छ। नेपालमा विभिन्न जिल्लामा पिसिआर टेस्ट लेखक अहिलेसम्म संचालन गरिएको छ। कोरोना लागेका सबैको मृत्यु नहुने तर दीर्घरोगि, बृदबृदालाई, बालबच्चालाई भने बढी प्रभाव पार्ने डाक्टरहरु बताउने गर्दछ्न। अहिलेसम्म कोरोना भाइरसले वर्ग, वण, लिंग,भूगोल फरकफरक भएका कसैलाई छोडेको छैन । जो रोगिहरुको सम्पर्कबाट टाढा हुन्छ, रोगिको लसपसबाट टाढा हुन्छ रोगबाट बच्न उपयुक्त स्वास्थ्य उपायहरु साबुन पानीले मिचिमिची पटक पटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मान्छेको भिडभाडबाट टाढा रहने, लामाे यात्रापछि क्वारेन्टाइनमा तथा घरमै बस्ने, बाहिर निस्किदाँ मास्क प्रयोग गर्ने, व्यक्ति बीचको १ मिटरको दूरि कायम गर्ने जस्ता रोगबाट बच्ने उपाय जसले अपनाउछ, उ सुरक्षीत रहन सक्छ। रोगसँगको लडाइँमा जससँग रोगप्रतिरोधात्मक शक्ति बढी हुन्छ, दीर्घरोगहरुबाट सुरक्षीत हुन्छ र स्वास्थ्य उपचार समयमै प्राप्त गर्छ उसले कोरोनालाई भने जित्न सक्छ। कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन विश्वका विभिन्न राष्ट्रहरु, विश्व स्वास्थ्य संगठन तथा विभिन्न निकाय लागिपरेका छन। अहिले विश्वका अधिकांश राष्ट्रहरुमा लकडाउन र कर्फ्यु घोषणा गरिएको छ। विकसित, विकासोन्मुख, अविकसित सबै राष्ट्रमा महामारी फैलिदा र लकडाउन घोषणा गर्दा विश्व स्वास्थ्य, सामाजिकसंगै आर्थिक संकटमा परेको छ। जसको प्रत्येक्ष प्रभाव हामीले नेपाल भित्रै भोगिरहेका छौँ। नेपालको अर्थतन्त्रको आधारहरु बस्तुको आयात र निर्यात व्यपार,वैदेशिक रोजगार, देशका विभिन्न सरकारी कामकार्य मार्फत आउने राजस्व, पर्यटन व्यवसाय, कृषि उत्पादन र बजारीकरण, यातायात, संचारका स्रोतसाधनको प्रयोग आदि आर्थिक संकलनका क्षेत्र चौपट्टै हुँदा अर्थतन्त्र धराशयी हुन पुगेको छ । एक तथ्यांकका अनुसार नेपालमा प्रति दिन साढे २ अर्बको आर्थिक घाटा हुनेगरेको पाइन्छ र यो दर अझै बढदै जाने अवस्था छ। अन्तराष्ट्रिय मुद्रा कोष (आएमएफी) का अनुसार विश्व अर्थतन्त्रमा तीन प्रतिशतले गिरावट आउने र सन १९३० भन्दा यताकै सबैभन्दा बढी गिरावट हुने जनाएको छ। नेपालको अर्थतन्त्रमा चरम संकट देखा पर्दैछ। चालू रकम अत्याधिक बढी खर्च हुने र पुँजी खर्च अत्याधिक कम खर्च हुने परिपाटीले गर्दा पुजीगत बजेट वर्षै पिच्छे फिंज भैरहन्छ। उक्त रकमलाई यतिबेला भाइरस रोकथाम र नियन्त्रणको निम्ति प्रयोग गर्नुपर्छ। लकडाउनका कारण श्रम गरि खाने, काम गरि दैनिकी टार्नेहरु भोकमरीको उच्च जोखिममा परेका छन्। त्यस्तै सहरमा अध्ययनलाई आएका विद्यार्थीहरु सँगै सम्पूर्ण नेपालीहरुको दैनिकी जोखिममा परेको छ। उनीहरुलाई राहत वितरण,खाद्यान्न, रोग नियन्त्रणलाई स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको व्यवस्थापन, क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापनको खर्चमा बजेट प्रयोग गर्नुपरेको हुँदा र देशको राजस्व, महशुल, ब्याजहरुमा केहि छुट र ढिलो जम्मा हुने हुँदा आर्थिक बचत कम र खर्च बढी हुँदा आर्थिक संकट देखापर्ने अवस्था छ। विश्वका सर्वहारा वर्गहरु बिचल्लीमा परेको छन् । नेपाल भित्र रहेका मजदूर, बिपन्न वर्गलाई राहत वितरण गरिरहँदा पनि केही ठाउँमा स्थानीय सरकारले घोटाला गरेका, वास्तविक मजदूरको पहिचान नगरी आफन्तजनहरुलाई बाँडने, पार्टीकार्यकर्तालाई बाँडने, मजदुरलाई राहत वितरण गर्दापनी निर्वाचनको भोट र राजनीतिक पार्टीको इशु जोडने गरेको देखिन्छ। त्यस्तो गैरजिम्मेवार काम गर्नेलाई कारबाही गरिनुपर्छ। केन्द्रिय सरकारले चालेका कदम राम्रो छ थप पारदर्शी तथा प्रभावकारी बनाउनुपर्छ। देशभित्र मात्रै नभएर देश बाहिर रहेका नागरिकको जीवन निर्वाह र उनीहरुलाई बचाउनको निम्ति सरकारले अन्य राष्ट्रहरुसँग पहली कदम चाल्नुपर्ने नै हुन्छ। कोरोना महामारीबाट बच्ने र बचाउने हामी सबैको लक्ष्य हो। यस संक्रमणको समयमा विश्वका सम्पूर्ण राष्ट्रहरु कोरोना महामारी नियन्त्रणको निम्ति एक्यवद्धता भएर एकाअर्कालाई सावधानिक पूर्वक सहयोग गर्नुपर्ने समय हो। विश्व स्वास्थ्य संगठन कोरोना महामारी नियन्त्रणको लागि विश्वभर लागिपरेको छ। यस समयमा अमेरिका जस्तो पुँजीपति राष्ट्रले विश्व स्वास्थ्य संगठनलाई दिने आर्थिक सहयोग कटौती गर्ने निर्णय कोरोना विरुद्धको विश्व मानवजगतको लडाइँलाई कमजोर पार्न खोज्नु हो। जसले गर्दा विश्व स्वास्थ्य संगठनले मानवजातिको जीवन बचाउनलाई चालेको कदम माथि धक्का हो। जसले मजदूर वर्गको संख्या बढी भएको हाम्रो जस्तो देशलाई प्रत्येक्ष असर पर्नजान्छ। जतिबेला चीनमा कोरोना संक्रमण देखापरेर फैलियो त्यतिबेला विश्वका धेरैजसो राष्ट्रले कुनै मतलब राखेन्न, विश्व स्वास्थ्य संगठनले विश्व जोखिममा छ भन्दा पनि व्यवास्ता गरे, बरु भाइरसको नाममा चिनियाँ भाइरसको संज्ञा दिए । अमेरिका जस्तो राष्ट्र गम्भीर हुन नसक्दा आज विश्वमा कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको छ। आजको अवस्थामा रहेको इटली, अमेरिका, तथा युरोपेली मुलुकहरु जस्तो भयावह रुप कुनै पनि बेला नेपालमा देखापर्न सक्छ। जतिसक्दो बढी भन्दा बढी संयमित हुनुपर्छ। नेपाली जनताहरुले सरकारले घोषणा गरेको लकडाउनलाई कार्यनयन गरि शान्त भएर बसिरहेका छ्न् तरपनि नागरिकहरुमा अत्यावश्यक सेवा र खाद्यान्नको जोखो सरकारले गरिदिनुपर्ने हुन्छ। रोगको संकट नियन्त्रणको मैदानमा भोगको संकट पैदा हुन दिनुहुँदैन। महामारी नियन्त्रणलाई दिनरात घाम, पानी, भोग, प्यास नमानी लागिपरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा स्वयंसेवकहरुलाई भने हामी सबैले सम्मान गर्नुपर्ने हुन्छ। यतिबेला विभिन्न व्यक्तिहरुले सरकारी क्षेत्रबाट लिएका विभिन्न सेवाहरु कटौती गर्दै आर्थिक मजबुतिका साथ महामारी नियन्त्रणमा केन्द्रित गर्नुपर्छ। यतिबेला मजदूर वर्ग काम गर्ने र खाने अवस्थामा नहुँदा कसले देला र खाउँला भनी मुख ताकेर बसिरहेकाछ्न। रोग नियन्त्रण कहिले हुन्छ आकलन गरेर भन्न सक्ने अवस्था छैन। खोपहरु परिक्षण जारी नै हुँदा कोरोना महामारीले आजको यो स्थितिमा भोलि कसलाई कुन अवस्थामा पुर्याउने हो भनेर सबैमा तरंग पैदा भैइरहेको छ। विश्वमा शक्तिशाली राष्ट्र को देखिन्छ ? चीनमा फेरि कोरोना महामारी फैलिन सक्ला कि नसक्ला ? अमेरिका कुन अवस्थामा पुग्ला ? चीनको अबको कदम के होला ? युरोपेली राष्ट्रहरुको आधुनिकता कुन मार्गमा पुग्ला ? मानवजातिको जीवनमा यो भन्दा थप चुनौती झेल्नुपर्ने हो कि ? मानव अस्तित्व कुन अव्यवस्थामा पुग्ला ? जस्ता जिज्ञासाहरु विश्व राजनीतिक चेतना भएका मान्छेहरुमा उठेको छ। देशमा लकडाउन्नको समय अवधि बढिरहँदा,संक्रमितहरु फेला परिरहँदा, विश्वमा हजारौंको मृत्यु र हजारौंलाई संक्रमण बढिरहँदा विश्व मानवजाती त्रसित छ भोलि के हुने हो ? हाम्रो भविष्य के हुँदैछ ? भनेर चिन्तित छ्न्। विश्वमा रहेका श्रमजीवीहरु कहिले श्रम गरेर खान मिल्ला, स्वास्थ्यकर्मीहरु कहिले महामारी नियन्त्रणमा आउँला र दिनरातको संघर्षको मैदानबाट आराम पाउँला, सुरक्षाकर्मीहरु कहिले यो त्रसित वातावरणबाट मुक्ति मिल्ला, सञ्चारकर्मीहरु कहिले जनमानसमा गएर सूचना, सञ्चार सम्प्रेषण गर्न मिल्ला, राजनीतिकर्मिहरु कहिले जनताको बीच सभा र भेलामा गएर बोल्न मिल्ला, चालकहरू कहिले खुल्सत रुपमा सवारी साधन चलाउन मिल्ला, व्यपारिहरु कहिले निर्धक्क रुपमा व्यपार गर्न मिल्ला, बालबालिकाहरु कहिले साथिहरुसँग मिलेर खेल्न मिल्ला, विद्यार्थीहरु कहिले बिद्यालय जान मिल्ला ? अन्य समूहरु आफ्नो जिम्मेवारी सन्तुष्टिका साथ कहिले पूरा गर्न मिल्ला भनेर भोलिलाई कुरेर बसिरेहेका छन। त्योभन्दा पनि के हामी कोरोनाबाट त जोगिन सक्छौँ ? हामी बाँचछौँ ? भनेर चिन्ता गरिरहेका छन। यही कुरा यतिबेला नेपालि जनतासँगै विश्वभरका जनतामा खुल्दुली चलिरहेको छ। दैनिकी टार्न सहर, बजार तथा परदेश पुगेको मजदुरहरु भने अलपत्रमा छ्न्। सपनाका भारी बोकेर सहर पढ्न पुगेका गाउँका विद्यार्थीहरु पनि अलपत्रमै छ्न्। तिनहरुलाई उद्दार र राहत प्रदान स्वच्छ रूपमा गरिनुपर्छ। नेपालमा संक्रमित संख्या बढीरहँदा, हालसम्म भाइरस विरुद्धको लडाइँमा कसैले हार स्वीकार्नु परेको छैन तर कतै कुनै कमि कम्जोरिले हारिने हो कि ! भनेर विभिन्न व्यक्तिहरुले आकलन गरिरहेका छ्न। आफू पनि बचौँ अरुलाई नि बचाउ भन्ने हेतुले नेपाल सरकारले गरेको लकडाउनले भाइरस नियन्त्रणमा अत्यधिक सहयोग पुगेको छ। तर पनि दैनिकी टार्न सहर, बजार तथा परदेश पुगेको मजदुरहरु भने अलपत्रमा छ्न्। सपनाका भारी बोकेर सहर पढ्न पुगेका गाउँका विद्यार्थीहरु पनि अलपत्रमै छ्न्। तिनहरुलाई उद्दार र राहत प्रदान स्वच्छ रूपमा गरिनुपर्छ। तर कोरोना महामारीबाट बच्न र बचाउन गरेको लकडाउनका कारण भने अधिकांश मान्छे गाउँपुगे, अझै पनि गाउँजान प्रयत्न गरिरहेका छ्न। दिनहुुँ दिन हिडेर पनि गाउँ पुग्दा, गाउँ कोरोनाको जोखिममा पुगेपनि, कोरोना नियन्त्र पछि यस्तै तवरले अब मान्छे कतै सहरमुखीबाट गाउँमुखी त हुनेहैन ? अन्तिम आशा र जीवन सुरक्षाको बिन्दु गाउँ कसरी बन्न सक्यो मानवजातिको निम्ति ? के महामारी नियन्त्रणपछि मान्छे आफ्नो गाउँ बनाउन लाग्ला ? अहिले यो कुरा सान्दर्भिक बहस बनेको छ। गाउँ सहर देखी आत्मनिर्भर देखिएको छ। जेनतेन आफ्नो सानोतिनो खेती किसानीले रोगको संकटमा भोगभोगै मर्नुपर्ने शोकबाट सन्तोष रहन सक्ने बिम्बले गाउँ सहरभन्दा आत्मनिर्भर रहेकोे पुष्टि गरेको छ जसका कारण मान्छे गाउँतिर आकर्षित भएका छन। यसले भविष्यमा नेपाल सरकारले गाउँको उत्थान र दिगो बिकासलाई जोड दिनुपर्छ, कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउनुपर्छ भन्ने सुझाव पनि दिएको छ। यतिबेला महामारीले बिश्व संस्कृत र परम्परालाई प्रत्येक्ष प्रभाव पारेको छ। भाइरस संक्रमणले गर्दा चाड, पर्व, उत्सवमा एक्लै हुँदा मान्छेलाई न्यार्सो लागेको छ। बिबाह, पुजा, जन्मउत्सव सबै चौपट्टै छ भने दु:खद घडी मृत्युमा पनि मान्छेको बिचमा पीडा व्यक्त गर्न र दुखिलाई सम्माल्ने कोहि नहुँदा मानवजातिलाई कोरोनाले बिश्व सामाजिक जीवन बाट एकल बनाएको छ। मान्छेले मान्छे सामु दुख र खुशी साटन नपाउँदा सामाजिकसंगै मानसिक र संवेगात्मक रूपमा ठूलो प्रभाव पारेको छ। मान्छेले मान्दै आएको धर्म संस्कार र परम्परा बन्द कोठा भित्र सीमित छ। हिजो धर्मको बादप्रतिबाद गर्नेहरू कोरोना सामुमौन छ्न। भाइरसले हिन्दुले पुजा गर्ने मठ मन्दिर, बौद्धले पूजा गर्ने गुम्बा, स्तुपा, क्रिश्चियनले पूजा गर्ने चर्च, मुस्लिमले पुजा गर्ने मस्जिद जस्ता विभिन्न धर्मले पूजाआज र प्रथाना गर्ने स्थलहरुलाई बन्द र शान्त बनाइदिएको छ। यसले गर्दा सबै धर्ममान्नेहरु बाँच्न चाहान्छ्न भन्ने आभास हुन्छ। संस्कृतिको क्षेत्रमा मात्रै नभएर शैक्षिक क्षेत्रमा पनि कोरोना महामारीले प्रभाव पारेको छ। जसका कारण भविष्यमा ठुलो मान्छे बन्ने सपना राखेका बालबालिकाहरु तथा विद्यार्थीहरुको पठपाठन बन्द भएको छ। नेपालमा यसको ठूलो प्रभाव परेको छ। नयाँ बर्ष, नयाँ जोशका साथ नयाँ कक्षामा पढने सपना सजाएका माध्यमिक तथा आधरभूत तहका विद्यार्थीहरु अहिले निराशामय छ्न। माध्यमिक शिक्षा परिक्षा एस.इ.इ दिन एक बेलुका मात्रै कुरेर परिक्षा दिन परिक्षा स्थल आसपास पुगिसकेका विद्यार्थीहरु परिक्षा दिन नपाएर फर्किदा उनीहरु अन्यौलमा परेका छ्न। कहिले परिक्षा हुन्छ मिति सुनाईको प्रखाईमा छ्न। कक्षा ११,१२ का विद्यार्थीहरु पनि अन्यौल र त्रासमय छ्न। कलेज र विश्वबिद्यालमा पढने विद्यार्थीहरु पाठयक्रम अनुसार क्रोस पूरा नहुँदा र परिक्षा सर्दा अलमलमै परेका छ्न जसले शैक्षिक श्रेणीपास क्रममा र शैक्षिकसत्र पूर्ण अवधिमा धक्का लागेको छ। विज्ञान प्रविधिको समयमा पनि सञ्चार नेट इनटरनेट सेवा देशभरी एकैनास नहुँदा अन्लाईन कक्षा संचालन असम्भव रहेको छ। यस्तो समस्या नेपालमा मात्रै नभएर विश्वभरका देशहरूमा देशको विकास अनुसार प्रभाव परिरहेको छ। विश्वसामु देखिएका हरेक समस्या समाधानको आधार भनेकै रोग नियन्त्रण हो। काेरोना भाइरस भन्दा पहिले इबोला, जिका भाइरस आदिले बिश्वमहामारी रुप लगेकै हुन तर किन विश्व जगत सचेत हुनसकेन? किन आधुनिकतामा दौडिरहयो ? मानव-मानवबीच बम र बारुदले युद्ध गर्न तातिरहँदा भाइरसको विरुद्धमा लडन तमतयार किन हुनसकेन? हिजो, आज हुँदै संक्रमण बढिरहेको बेला अब सरकारले थप कस्तो रणनीति ल्याउछ भनेर जनताहरु आशामा छन। विश्वमहामारी कोरोनालाई नियन्त्रणको निम्ति विश्व संयन्त्र चाल्नुपर्छ। महामारी विरुद्ध विज्ञान क्षेत्र तल्लीन हुनुपर्छ। जतिसक्यो भयानक संकटबाट विश्वलाई जोगाउनु पर्छ। विश्वमहामारी कोरोना विरुद्ध खोप तथा औषधि कतिबेला आउँछ र नियन्त्रण हुन्छ भनेर भन्न सकिने अवस्था नभएता पनि कोरोना महामारी नियन्त्रणमा ल्याउनुपर्छ तर कोरोना विरुद्ध खोप बनेपनी पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने छैन। यदि कोरोना महामारीबाट विश्वलाई बचाए पनि भविष्यमा मानवजातिको दैनिकी र व्यवहार परिवर्तन हुनसकेन भने यस्तो भाइरस संक्रमण यथावत रहनसक्छ। कोरोना भाइरस भन्दा पहिले इबोला, जिका भाइरस आदिले बिश्वमहामारी रुप लगेकै हुन तर किन विश्व जगत सचेत हुनसकेन ? किन आधुनिकतामा दौडिरहयो ? मानव-मानवबीच बम र बारुदले युद्ध गर्न तातिरहँदा भाइरसको विरुद्धमा लडन तमतयार किन हुनसकेन ? जस्ता आवज भाइरसले बिश्व समाजको सामु उठाए जस्तो भान हुन्छ। मान्छे अनुशासित नहुँदा एचआईभी भाइरस नियन्त्रणमा आउन नसक्के यो विश्वमा के मान्छेको जीवन शैली परिवर्तन गरेर, प्रकृतिमाथिको दमन छोडेर के कोरोना जस्ता भाइरस आगामी दिनमा नियन्त्रणमा आउन सक्छन होला ? यसको नतिजा प्रतीक्षामा नै छौँ। कोरोना महामारीले कुन देश आफू भित्र कतिसम्म विकसित भन्ने कुराको संकेत गरेको पाइन्छ। बम र बारुदको प्रयोग गरि युद्ध जित्न सकिन्छ, शक्तिशाली भैइन्छ, हातहतियारको बिक्री वितरणले आर्थिक आम्दानी हुन्छ भन्नेहरुलाई यस कोरोना महामारीले तेर्सो विश्वयुद्धमा जसले यस्ता भाइरस उत्पादन र नियन्त्रण आफ्नो कब्जामा लिन्छ त्यसले युद्ध जित्न सक्छ, जसले भाइरस विरुद्ध खोप र औषधि बनाइ नियन्त्रणमा ल्याउँछ उ शक्तिशाली हुनसक्छ, जसले हातहतियार भन्दा औषाधीकाे व्यापार गर्छ उ आर्थिक आम्दानी उच्च गर्नसक्छ भन्ने संकेत देखापरेका छ्न। यदी तेस्राे विश्वयुद्ध भयो भने अब बम, बारुद, बिमानले मात्र नभई भाइरस, जीनले पनि युद्ध हुन सकने आकलन गर्न सकिन्छ। कोरोना महामारीले पैसा भन्दा स्वास्थय अर्थात जीवन ठूलो रहेछ भन्ने पाठ पनि सिकाएको छ। इटलिमा संक्रमणबाट बच्न सडकमा पैसा फाल्दा पनि कसैले उठाएनकाे सन्देश भाइरल भयाे । घमण्ड र अहमता कसैमा हुनुहँदैन । विश्वमा धनी रहेको अमेरिका आफ्नै घमण्ड र अहमताले आज कोरोना महामारीले सबैभन्दा बढी पीडित भएको छ। यतिबेला समाजवादी यात्रा तयार गरेका विश्वका केहि राष्ट्रहरू कम्युनिष्ट पार्टीहरू पुँजीवादी व्यवस्था भन्दा समाजवादी व्यवस्था उपयुक्त रहेको प्रमाणको खोजीमा लागेका छ्न। मानवजातिको भविष्य कोरोनाले बन्द कोठा भित्र थुनेर राखेको छ। कोरोना महामारीको अन्धकारमा उज्यालो खोपको आशामा विश्व जगतको भविष्य कुनठित भएको छ। बालबालिका, बृदाबृद, युवायुवती, विद्यार्थी, शिक्षक, नेता कार्यकर्ता, पत्रकार , लेखक, कवि, सेना, प्रहरी , डाक्टर, पाइलट, किसान, व्यपारी, विभिन्न पेसा, उमेर, लिंग आदि समूहका विश्वका आम मान्छेहरु विगतको जस्तै स्वतन्त्रता, स्वस्थता, सुन्दरता, सामाजिकता, र मनोरञ्जनको आशा सहित आफ्नो भविष्यको चिन्तन गरिरहेका छ्न। हिजो सामाजिक जीवन, स्वस्थ्य र स्वतन्त्रतामा समाजको गन्यमान्य व्यक्ति बन्ने भविष्यको सपना बोकेकाहरु आज कोरोनाको त्रासमा कोरोनाबाट बच्ने मात्रै सपना देखेका छन। यो बालबालिका तथा मानिसमा परेको मनोबैज्ञानिक प्रभावको ठोस प्रमाण हो। अहिले व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्वनै कोरोनाबाट बच्न चाहान्छ। मानवजगतमा महामारीले पारेको सामाजिक,आर्थिक, सांस्कृतिक, मानसिक ,शारीरिक प्रभावलाई कम गर्न रोग नियन्त्रणमा ल्याउनु नै पर्छ। अहिले सम्पूर्ण राष्ट्र मिलेर महामारीको विरुद्ध शान्तमनले, त्रासविहिन भएर लडनु उपयुक्त हुन्छ। जब हामीले कोरोना महामारीलाई जित्ने छौँ तब हामी कोरोना महामारीबाट धेरै कुराको सिको गर्दै भोलि आउने दिनमा हाम्रा दैनिकी र व्यवहारलाई हरेक भाइरसलाई जित्न सक्ने कदम चाल्दै हाम्रो भविष्यलाई प्रकृतितर्फ केन्द्रित गर्ने प्रतिज्ञाको वाेध विश्वमानव जातिले ग्रहण गर्नुपर्ने हुन्छ। जसले गर्दा भविष्यमा हाम्रो माझ्मा कोरोना भाइरस जस्ता विभिन्न भाइरस र रोगहरु विश्वमहामरिको रूपमा यसरी फैलिन पाउँनेछैन्न। हाम्रो भविष्यमा महामारी संकट आउनदिने छैनौँ यदि महामारी संकट देखापरे त्यसका विरुद्ध जित्न सफल हुनेछौँ भन्ने सिकाई कोरोना महामारीले मानवजातिलाई पक्कै हुनेछ। गुराँस गाउँपालिका- ७ लालिकाँडा दैलेख [email protected]
युरोपमा लकडाउन खुकुलो बनाउन पहल शुरु
म्याड्रिड । कोरोनाभाइरसको महामारीको खतरा केही मत्थर भएको जनाउँदै युरोपेली मुलुकहरुले हाल जारी गरिएका कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने योजना आइतबार अघि सारेका छन् । सरकारले प्रतिबन्धलाई खुकुलो बनाउने जनाएलगत्तै ४८ दिनदेखि कैदीझैं घरभित्र बस्न बाध्य स्पेनी नागरिकहरु पहिलोपल्ट जगिङ गर्न, साइकल कुदाउन र रोलरस्केटमा हुँइकिन सडकमा देखिएका छन् । विश्वभर कोरोनाभाइरसबाट २ लाख ४२ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यहीबीच युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । कोरोनाभाइरसको संक्रमण रोक्न विश्वको आधाभन्दा बढी जनसंख्यालाई लकडाउनमा राखिएको छ भने विश्व अर्थतन्त्रमा व्यापक मन्दी छाएको छ । संक्रमणको फैलावट नियन्त्रणमा आएको संकेत देखिएसँगै युरोप र संयुक्तराज्य अमेरिकामा केही सातादेखि बन्द रहेका उद्योग व्यवसाय खोल्न थालिएको छ । लकडाउनमा बन्धकझैं जीवन बिताउनु परेका मानिसले जनजीवन खुकुलो बनाउन दिनहुँ दबाब दिएपछि सरकारहरुले पनि बैकल्पिक सोच अघि सारेका छन् । विश्वमै कोरोनाभाइरसका कारण ठूलो संख्यामा नागरिक गुमाएको इटालीमा दुई महिनाको लकडाउनपछि सोमबार मानिसहरूलाई पार्कमा घुम्न र आफन्तहरूलाई भेट्न अनुमति दिइने छ । रेस्टुरेन्टबाट खानेकुरा किनेर लैजान पाइने छ भने ठूला होलसेल स्टोरहरूले व्यवसाय पुनः सुरु गर्न सक्नेछन् । हंगेरीमा केही स्टोरहरू र संग्रहालयहरू, रेस्टुरेन्ट र होटलहरूको बाहिरी ठाउँ, समुद्र तट र नुहाउने ठाउँ सोमबारदेखि पुनः खोल्न पाइने छ । तर राजधानी बुडापेस्टमा प्रतिबन्धहरु यथावत रहनेछ किनभने यहाँ देशभित्र कोरोना संक्रमितको कूल संख्याको झण्डै ७० प्रतिशत घटनाहरू रेकर्ड गरिएको छ । जर्मनीमा पनि यस साताको शुरुदेखि नै लकडाउनलाई अझ खुकुलो पारिँदैछ । केही क्षेत्रका स्कूलहरू फेरि खोल्ने अपेक्षा गरिएको छ भने स्लोभेनिया र पोल्याण्डमा केही व्यवसाय र सार्वजनिक ठाउँहरूमा मानिसलाई जमघट हुन दिइने छ । फ्रान्सले आगामी मे ११ पछि आंशिक रूपमा आफ्नो लकडाउन खुकुलो बनाउने जनाएको छ । स्वास्थ्य विशेषज्ञहरूले सामान्य लापरवाहीले पनि यो रोग पुनः फैलिने खतरा औंल्याएसँगै युरोपेली सरकारहरुले सामाजिक दूरीलाई कडाईका साथ पालना गर्ने, मास्कको प्रयोग अनिवार्य गर्ने तथा बढीभन्दा बढी परीक्षण गर्नेमा जोड दिएका छन् । इटालीका आपतकालीन सेवाका कर्मचारी डोमेनिको आर्कुरीले ‘हामीले सामाजिक दूरी कायम गर्नुपर्छ, स्वच्छताको स्तर कायम गर्नुपर्छ, र मास्कको प्रयोग बढाउनु पर्छ’ भने । चिन्ताका बाबजुद शनिबार स्पेनमा लकडाउन खुकुलो पारिएसँगै मानिसहरुमा खुशी छाएको थियो । सात हप्तादेखि सरकारले लगाएको कडा प्रतिबन्धका कारण घरभित्रै बस्न बाध्य नागरिकहरु व्यायाम गर्न र स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउँदा खुशीले रमाएका थिए । कोरोनाभाइरसकै कारण स्पेनमा २५ हजारभन्दा बढी नागरिकको ज्यान गएको थियो । उता, संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसका कारण लकडाउनमा बस्न विवश नागरिकहरुले नेताहरुमाथि जनजीवनलाई सहज तुल्याउन दबाब दिइरहेका छन् । अमेरिकामा उद्योग व्यवसाय बन्द हुँदा करोडौं मानिस बेरोजगार भएका छन् भने लकडाउनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । हतियार सहितका केही प्रदर्शनकारीको भीडले न्यु ह्याम्पशायर र केन्टकीमा लकडाउन विरुद्ध चर्काे विरोध प्रदर्शन गरेको छ जबकि क्यालिफोर्नियाको हन्टिङ्टनको समुद्री बीचमा केही सर्फरहरूले स्थानीय सुरक्षाकर्मीको आदेशको समेत बेवास्ता गरेका थिए । ‘सर्फिङ यहाँको अत्यावश्यक व्यवसाय हो’ २५ वर्षे टोडले एएफपीलाई बताए । संयुक्तराज्य अमेरिकामा विश्वमा सबैभन्दा बढी कोरोनाभाइरसका कारण मानिसको मृत्यु भएको छ र राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक पीडा कम गर्न निकै उत्सुक देखिनु भएको छ । अमेरिकाका कतिपय क्षेत्रमा महामारीको असर कम हुँदै गएको देखिएको छ । न्यूयोर्कस्थित सेन्ट्रल पार्कमा निर्माण गरिएको आपतकालीन फिल्ड (अस्थायी) अस्पताल बन्द गर्न लागिएको छ । अमेरिकाका जेलमा संक्रमणको ठूलो लहर देखा परेको अधिकारीहरुले बताएका छन् । अमेरिकी कारागारमा हाल २३ लाख कैदीबन्दी छन् । रासस
नागरिकले टेर्न छोडे लकडाउनको आदेश, प्रधानमन्त्री भन्छन्ः अझै कडा पार्नु
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु बढेका छन् । लकडाउन घोषणा गरिएको ४१ दिनसम्म पनि नेपालमा संक्रमितको संख्या कम हुनु, काठमाडौं उपत्यकामा संक्रमण फैलिएको पुष्टी नहुनु र लामो समयसम्म लकडाउनको कारण सर्वसाधारणको दैनिकीमै गम्भीर असर परेर हातमुख जोड्नै कठिन हुन थालेपछि काठमाडौं उपत्यकामा उल्लंघन गर्नेको संख्या बढेको हो । सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेको छ । केही दिन अघिसम्म अत्यावश्यक कामका बाहेक घरबाहिर ननिस्कने सर्वसाधारण केही दिनयता निस्कन थालेका छन् । अहिले सडकमा पनि अघिल्ला दिनहरुभन्दा बढी चहलपहल बढेको छ । सडकमा गाडी र मोटर साइकलको संख्या पहिलेको भन्दा निकै बढेको छ । विहान १० बजेभित्रमा बन्द गर्नुपर्र्ने खाद्यान्न पसल दिउँसो पनि खुल्न थालेका छन् । प्रहरी प्रशासनको आखा छलेर बाहिर निस्कने, पसल खोल्ने तथा हिडडुल गर्नेहरुको संख्या निकै बढेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको म्याद सकिन अझै ४ दिन बाँकी रहेपनि सडकमा गाडीको चाप बढ्न थालेको छ । सडकमा सुरुको समयको लकडाउनको भन्दा बढी नै गाडी देखिन थालेका छन् । लकडाउनले नागरिकका दैनिक गतिविधिदेखि मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको छ । सरकार पनि लकडाउनलाई खुकुलो पार्दै लैजाने तयारीमा छ । शनिवार राष्ट्रियसभाको विधायन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि लकडाउन खुकुलो पार्न रणनीति बनाइदै गरेको जानकारी दिएका थिए । यस्तै, सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एक समिति गठन गरी लकडाउनलाई अवका दिनमा कसरी व्यवस्थित गर्ने भनेर प्रतिवेदन बुझाउन भनेको छ । मुख्यसचिव रेग्मी संयोजकत्वको समितिले विभिन्न क्षेत्र पहिचान गरी सो अतिसंवेदन र सम्बेदनशील बाहेकको क्षेत्रमा लकडाउन केही सहज बनाउदै जानुपर्ने विषयमा छलफल गरिरहेका समाचारहरु सार्वजनिक भएका थिए । स्वास्थ्यमन्त्री ढकालको सार्वजनिक अभिव्यक्ति तथा मुख्यसचिव रेग्मी संयोजकत्वको समितिले पनि अहिलेको प्रारुपको लकडाउनमा केही परिवर्तन गर्नुपर्ने गरी छलफल अघि बढाएको समाचार सार्वजनिक भएपछि सर्वसाधारणले पनि लकडाउन उल्लंघन गर्न थालेका हुन् । काठमाडौंको भित्री सहरमा चिया, खाजा, किराना, फलफूल, तरकारी, डेरी जस्ता पसल गर्नेहरु लकडाउन घोषणासँगै आआफ्नो घर गएका थिए । तर, पछिल्लो समय उपत्यका नजिकका धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर जस्ता जिल्लाका त्यस्ता व्यापारीहरु पानी, दुध, तरकारी तथा अन्य यस्तै अत्यावश्यक बस्तु काठमाडौं उपत्यकाभित्र ढुवानी गर्ने सवारी साधानमा आएर काठमाडौं उपत्यकाको भित्री सहरमा पसल खोल्न थालेका छन् । यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्ययोजना तयार पारेको समाचार सार्वजनिक भएको छ । उक्त कार्ययोजना अनुसार देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेंलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरेर लकडाउनलाई व्यवस्थित पार्ने तयारी गरेको थियो । ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला गर्ने तयारी सरकारको छ । संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ । संक्रमण नियन्त्रण बाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषि तथा अन्य अत्यावश्यक कार्यबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी, लामो समयसम्म लकडाउन जारी राखिने रेड क्षेत्रमा अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने तथा राहत आवश्यक पर्ने परिवारका लागि राहत दिने व्यवस्था सरकारले मिलाउने गरी कार्ययोजना बनाएको छ । कडा बनाउन प्रधानमन्त्रीको निर्देशन सडकमा सर्वसाधारणको उपस्थिति बाक्लिन थालेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताएका एक मन्त्रीले जानकारी दिए । जारी लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको बताउँदै उनले अझै कडा गर्न निर्देशन दिएका हुन् । सीमा र आवतजावतमा कडाइ गरेर शून्यमा झार्न उनले निर्देशन दिइएको बताइएको छ ।
मौसममा सुधार आउन अझै दुई साता लाग्ने
काठमाडौं । पछिल्लो केही दिनयता मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाइएको छ । प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । “अहिले यो अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्ने छ”, उनले भने । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । उनका अनुसार दिनहुँ वर्षा भइरहेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको हो । आज काठमाडौं उपत्यको अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गत वर्ष आजकै दिन उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियस थियो । हाल मुलुकको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार देशको पूर्वी तथा मध्य भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव चार डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस
ताप्लेजुङका आगलागीपीडितको पुनःस्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरे । बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरे । आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनःस्थापना गर्ने आश्वासन दिए । “तपाईको पुनःस्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकार छ साथै स्थानीय समुदाय सबै छन्, सबैको साथ सहयोग मिल्नेछ”, उनले भने । ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उनले जोड दिए । मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गरे । यता छलफलका क्रममा आगलागीपीडितको प्रतिनिधित्व गर्दै आगलागीपीडित यिगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरे । यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुःखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागीको घटना हुनेमा अग्रस्थानमा रहेको बताए । छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागीबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको बताएका छन् । शुक्रबार भएको आगलागीले यहाँका साना ठूला गरी १० घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन् । यस्तै सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । रासस सम्बन्धित समाचार : ताप्लेजुङमा आगलागी हुँदा सात घर जलेर नष्ट
सोमबारदेखि ‘कथा खरर, मन हरर……’ सुरु
काठमाडौं । थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रित कार्यक्रम ‘कथा खरर, मन हरर…’ सुरु गर्दैछ । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेको यी नाट्य संस्थाले ‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावमा उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो । बालबालिकाहरु कथा पढ्न, सुन्न र सुनाउन साह्रै मन पराउने भएकोले लकडाउनमा बालबालिकाको समय सिर्जनशील र उर्जावान बनाउन ‘कथा खरर, मन हरर’ आयोजना गर्न लागिएको हो । ‘कथा खरर, मन हरर’ बालकोसेली नानीबाबुको युट्युव च्यानलमा वैशाख २२, सोमबारदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुँदैछन् । ‘‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबा–हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’’ थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौ ।’’ त्यस्तै कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियले बालबालिकाले कता सुनाएको भिडियो [email protected] मा पठाउन पनि अनुरोध गरेका छन् । साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने उनले जनाए ।
जाेखिम व्यवस्थापन गर्ने भएकाेले मर्चेन्ट बैंकरलाई असर कम छ
विश्वभर कोराना भाइरस (कोभिड-१९) को महामारी फैलिएको छ । यो प्रकोप रोकथामको लागि देशभर लकडाउन जारी गरिएको छ । लकडाउन सुरु भएसँगै सेयर बजार पनि पूर्णरुपमा बन्द भएको छ । बजार बन्द भएको डेढ महिना हुन लागेको छ । यो अवधिमा पुँजी बजार अन्तर्गतको शाखा मानिने मर्चेन्ट बैंकरहरु पनि बन्द नै छन् । यस्तो परिस्थितिमा अन्य व्यवसायहरुलाई जे जस्तो असर परेको छ, मर्चेन्ट बैकिङ्हरुलाई पनि त्यस्तै असर परिरहेको छ । अहिले सञ्चालनमा रहेको सबै (३१ वटा) मर्चेन्ट बैंकरहरुले बन्दको गम्भीर असर व्यहोरिरहेका छन् । आम्दानीका प्रमुख श्रोतहरु प्रायः बन्द नै छन् । डिम्याट अकाउन्टहरु खुलिरहेका छैनन् । प्राथमिक निष्काशन (आईपीओ), हकप्रद सेयर तथा डिबेन्चरहरु बिक्री गर्न पाइरहेका छैनन् । तर केही मर्चेन्ट बैंकरहरुले भने म्युचअल फण्ड सञ्चालन गरिरहेका छन् । उनीहरुलाई त्यस वापतको आम्दानी आउँछ । त्यस्तै, सेयर रजिष्टार (आरटीएस) गरे बापतको आम्दानी पनि प्रायः सबै मर्चेन्ट बैंकहरुको आईहाल्छ, जुन उनीहरुले वार्षिक सम्झौतामा गरेका हुन्छन् । र, व्याज आम्दानी पनि आउँछ । जसले संस्थाको स्थिर खर्च धान्नलाई केही हदसम्म सहयोग गरेको छ । त्यसकारणले मर्चेन्ट बैंकरहरुलाई हाल त्यति अफ्ठ्यारो परेको स्थिति भने छैन । जाेखिम व्यवस्थापन गर्ने भएकाेले मर्चेन्ट बैंकरलाई असर कम छ । यसको मतलब मर्चेन्ट बैंकरहरुलाई अफ्ठ्यारो परेको नै छैन भन्ने होइन । आम्दानीमा केही कमी आएको छ । हाम्रो ठूलो आम्दानीको स्रोत भनेको पोर्टफोलियो म्यानेजमेन्ट हो । त्यो अहिले गुमेको छ । हामीले हाम्रो ग्राहकको लगानी सेयर मार्केटमा व्यवस्थापन गरेका हुन्छौं । उक्त लगानी व्यवस्थापन गरे वापतको अधिकांश आम्दानी कार्य कुसलतामा आधारित हुन्छ । सेयर मार्केटले राम्रो गर्यो, त्यसबाट हाम्रा ग्राहकले नाफा कमाए भने त्यसको १० देखि २० प्रतिशत हेरेर हामीले लिईरहेका हुन्छौं । त्यसलाई कार्यकुसलता शुल्क भनिन्छ । यस्तो शुल्क ठ्याक्कै कति लिने भन्ने चाहिँ अगाडी भएको सम्झौता अनुसार हुन्छ । पोर्टफोलियो म्यानेजमेन्टको प्रमुख आय भनेकै यस्तो शुल्क पनि हो । जुन ठप्प छ । अहिले त बजार बन्द नै छ । खुलिसकेपछि पनि मार्केट घट्ने सम्भावना एकदमै प्रवल छ । यसले गर्दा यो आर्थिक वर्षमा हामीले कार्यकुसलता शुल्क (प्रफरमेन्स फी) आर्जन गर्ने अवस्था कम छ । जसजसले ग्राहकहरुलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिईराख्नु भएको छ, उहाँहरुको ग्राहकको प्रोर्टफोलियो नै नाफामा छैन वा लगानीले प्रतिफल दिन सकेन भने हामीले पर्फरमेन्स फी लिन सक्दैनौं । यसले गर्दा अधिकांश मर्चेन्ट बैंकहरुको प्रमुख आम्दानीको स्रोत गुम्छ । यस्तो अवस्थामा नियामक निकायहरुले केही सेवा सुविधा उपलब्ध गराई दिनु भएमा धेरै राम्रो हुन्थ्यो । सरकारको अब आउने आर्थिक नीति के कस्तो हुन्छ, त्यसले हामीलाई प्रभाव पार्छ । आशा गरौं, केही सहुलियत पाउन सक्छौं । बजार बन्द भएपनि हामी पुरै छुट्टीमा बसेका छैनौं । घरबाटै गर्न सकिने कामहरु सकेसम्म सञ्चालन गरिरहेका छौं । कोर अपरेशन चाहिँ गर्न सकेका छैनौं । तर पनि ग्राहकको आग्रह अनुसार फोन तथा इमेल मार्फत हामीले हाम्रो तर्फबाट दिन सकिने सेवाहरु दिईरहेका छौं । त्यस्तै, धितोपत्र बोर्डहरुलाई बुझाउनु पर्ने रिपोर्टहरु बनाईरहेका छौं । घर बसेरै गर्न सकिने कामहरु गरिरहेका छौं । तर बजार खुलेको जस्तो प्रडक्टिभ काम भने भएको छैन । मेगा मर्चेन्टमा अहिले कूल १६ जना कर्मचारीहरु हुनुहुन्छ । जसमध्ये केही उपत्यका बाहिर जानुभएको छ । बाँकीले घरबाटै गर्न मिल्ने कामहरु गरिरहनु भएको छ । उहाँहरुसँग नियमित अनलाइन कम्युनिकेसन तथा मिटिङहरु भइरहेको छ । हरेक डिपार्टमेन्ट प्रमुखहरुले पनि आ–आफ्नो कर्मचारीहरुसँग समन्वय गरिरहनु भएको छ । लकडाउन हुनुभन्दा अगाडि गाउ जानुभएका कर्मचारीहरुसँग ल्यापटप तथा इन्टरनेटको पहुँच नभएकोले उहाँहरुले फोनबाट गर्न सकिने कामहरु जस्तै, ग्राहकलाई फोन गर्ने, अपडेट गराईदिने जस्ता कामहरु गरिरहनु भएको छ । यसका साथै, हामीले हरेक दिन हाम्रा स्टाफहरुलाई केही न केही अनलाइन तालिमहरु दिईरहेका छौं । त्यसको लागि केही सिनियर स्टाफहरुलाई बाहिरबाट रिक्वेष्ट गरेर हुन्छ कि वा कोही व्यवस्थापकीय विज्ञहरुलाई भनेर हुन्छ हाम्रा स्टाफहरुलाई दैनिक एक घण्टा जस्तो तालिम दिएका नै हुन्छौं । सबैभन्दा बढी क्यापासिटी डेभलपमेन्ट तथा लर्निङ् एण्ड डेभलपमेन्टमा फोकस गरिरहेका छौं । जसले गर्दा उहाँहरुको पनि कार्य क्षमता बढ्ने र दीर्घकालिमा कम्पनीको ग्रोथको लागि सहयोग गर्छ भन्ने हाम्रो उद्देश्य हो । हामी पब्लिक लिमिटेड कम्पनी भयौं । हाम्रो आम्दानी पनि पुरै बन्द भईसकेको छैन । केही आम्दानीका श्रोतहरु छन् । त्यसबाट जे जति आम्दानी भइरहेको छ, त्यहीबाट कर्मचारीहरुलाई पुरा तलब प्रदान गरेका छौं । यस्तो अवस्थामा कोही कसैलाई पनि अफ्ठेरोमा पारेका छैनौं । यो अवस्थामा कर्मचारीहरुलाई पुरा समय काम लगाउन पाएनौं भन्ने मात्र हो । तर पनि तलब कटौती गरेका छैनौं । अब यो लकडाउनको अवधि ३/४ महिनै लम्बियो भने त हामीलाई पनि गाह्रो हुन्छ । त्यस्तो बेला के गर्ने, कसरी गर्ने भन्ने अर्काे समस्या आउँला । तर, पूरा तलब खुवाउन अहिले नै सायद कुनै पनि कम्पनीलाई गाह्रो नहोला । किनभने सबैले रिक्स म्यानेजमेन्टको तयारी गरेकै हुन्छन् । अहिले मार्केट खुलिरहेको भए अनलाइन कारोबार गर्नेको संख्या बढी हुन्थ्यो । यसअघि अनलाइनबाट कारोबार नगर्नेहरु अनलाइन कारोबारमा जान्थे । यसले गर्दा हामी अनलाइन कारोबारतिर पुरै सिफ्ट हुन्थ्यौैं होला । यो महामारीबाट बच्न सरकारलाई सहयोग गर्ने उद्देश्यले बजार खुल्न नसकेको हो । यद्यपि, यो परिस्थिति लम्बियो भने नेप्सेले पनि केही कदम चाल्छ होला, र चाल्नै पर्छ । अन्ततः लगानीकर्तालाई नआत्तिन आग्रह गर्दछु । बजार खुलेपछि केही समय मार्केट तल गएपनि यसले छिट्टै रिकभर लिने सम्भावना छ । विश्वको सेयर बजार नै तल गइरहेको छ । आर्थिक मन्दीले गर्दा पब्लिक लिमिटेड कम्पनीहरु, जो जो नेप्सेमा सूचीकृत छन्, उनीहरुको आम्दानी घट्ने सम्भावना प्रवल छ । नेपाल राष्ट्र बैंकले हालै गरेको २ प्रतिशत व्याज छुट भन्ने व्यवस्थाले वाणिज्य बैंकहरुको पनि लाभांश तथा नाफाहरुमा केही असर पर्छ नै । त्यसैले छोटो समय मार्केट तल जान सक्नेछ । तर कोभिड–१९ को यो महामारी सकिएपछि, सबै कुरा सामान्य भईसकेपछि मार्केटले छिटै नै पिकअप लिन्छ भन्ने आशा छ । (मेगा क्यापिटल मार्केटसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झासँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)
वैशाख २६ गते बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडाैं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले आउँदो वैशाख २६ गते दिउँसो ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हाे । संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने संवैधानिक प्रवाधान छ । बजेट अधिवेशन भएकाले बैशाख अन्तिम साताभित्र संसद बैठक डाक्नुपर्ने अवस्था थियो । बजेट अघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ ।