विकासन्युज

परिवर्तनको भावना अनुसार बजेट बनाउन अर्थविद् एवम नेताहरुको जोड

काठमाडौं । पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व.भरतमोहन अधिकारी स्मृती फाउण्डेशनले बजेट सम्बन्धी भर्चुअल सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा पूर्व अर्थमन्त्री, अर्थविद् एवम् नेताहरुको सहभागिता रहेको थियो । जसमा पूर्व अर्थमन्त्रीद्वय डा। प्रकाश चन्द्र लोहनी र जनार्दन शर्मा अर्थविद्हरु डा। गोविन्द बहादुर थापा,स्वर्णिम वाग्ले, विश्व पौडेल, डा.रामकुमार फुँयाल, डा.रमेश पौडेल र महिला नेत्री राम कुमारी झाक्रीले आ -आफनो राय पेश गरेका थिए । सम्मेलनका क्रममा बजेटको आकार, प्राथमिकताको क्षेत्र, विगतका कमीकमजोरी, भावी कार्यदिशा लगायतका बिषयमा सवाल उठान भएको थियो । वत्ताहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, शुसासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका थिए । अर्चुअल अन्तरक्रियामा उनीहरुले राजनीतिक नेतृत्व र नीति निर्माण तहमा रहेका अगुवाहरुले परिवर्तनको भावनाअनुसार काम गर्न नसकेको टिप्पणी गरे । कार्यक्रममा पूर्वअर्थमन्त्री एवं राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारीलाई आर्थिक विकासमा फड्को मार्ने अवसरका उपयोग गर्न सकिने विश्वास व्यक्त गरे । उनले दोश्रो विश्वयुद्धपछि अमेरिकाले सन् १०९० को आर्थिक महासंकट र भारतले गरेको नीतिगत परिवर्तनको उदाहरण पेश गर्दै कसरी उनीहरुले आर्थिक अवस्था अनपेक्षित रुपमा उकास्न पुगे भन्ने फेहरिस्त प्रस्तुत गर्दै नेपालले पनि चुनौती माझ विकास अवसरलाई पकडन सक्नुपर्ने बताए । उनले राजनीतिक प्रणालीमा भएको परिवर्तनले जनताको आकांक्षा सम्बोधन गर्न नसके नेपाल बर्बादीको दिशामा जाने चेतावनी दिए । डा.लोहनीले सरकारी खर्चमा भ्रष्टाचार र कमिशनतन्त्र हाबी रहेको भन्दै रानजनीतिक नेतृत्वमा अनुशासन नआएसम्म आर्थिक विकास नहुने स्पष्ट गरे । ‘राजनीतिक नेतृत्वमा हुनेहरुले आयातबाट आउने राजश्वबाट देश चलेकै छ । रेमिट्यान्स आएकै छ, हेलिकोप्टर र गाडीमा हिंड्न पाइएकै छ भन्ने सोच नत्यागेसम्म आर्थिक विकासमा फड्को मार्न सम्भव छैन’, लोहनीले भने । उनले आगामी बजेट खर्च घटाउने र लगानी बढाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए । कोरोना महामारीका कारण विप्रेषण घटेको र पर्यटनबाट आम्दानी बन्द भएको अवस्थाले अर्थतन्त्रलाई धक्का लाग्ने उनको भनाइ थियो । उनले महामारी अझै लम्बिए मध्यपूर्वी मुलुकहरुमा मजदुरीका लागि गएका लाखौं युवा स्वदेश फर्कने भन्दै उनीहरुलाई नेपालमा रोजगारीको अवसर सिर्जना काममा सरकार अहिल्यैदेखि लाग्नुपर्ने बताए । ती युवालाई कृषि क्षेत्रमा लगाउन सकिए अर्थतन्त्रमा ठूलो परिवर्तन आउने डा.लोहनीको विश्वास छ ।साथै उनले स्व.अर्थमन्त्री भरतमोहन अधिकारीले जसरी जनमुखी बजेट प्रस्तुत गरि बजेट प्रणालीमा नयाँ आयाम थपे उसै गरि अहिलेले परिस्थितीलाई मध्यनजरमा राख्दै सापेक्ष बजेट निती ल्याउन सरकारलाई आग्रह गरे । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले जतिसुकै राम्रो बजेट ल्याए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको औंल्याए । उनले पारदर्शिता र सुशासनको अभावमा जतिसुकै राम्रो बजेट ल्याए पनि आर्थिक विकास र समृद्धि सम्भव नरहेको स्पष्ट पारे । उनले सरकारले ठूला–ठूला कुरा मात्र गर्ने र गर्नैैपर्ने आधारभूत काममा ध्यान नदिएको आरोप लगाए । ‘हाम्रोमा नेतृत्वको संकट छ । व्यवस्था परिवर्तन भए पनि शैली पुरानै छ । भ्रष्टाचार र फजुल खर्च बढेको छ’, शर्माले भने, ‘सरकारको नीति एकातिर, बजेट अर्कोतिर हुने समस्या छ, यसलाई सच्याउनुपर्छ ।’ उनले पूर्वाधार निर्माण र उत्पादन क्षेत्रमा युवा जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिए । नेपालको आफ्नै मौलिक विकास नीति नरहेको चर्चा गर्दै शर्माले अरुको नक्कल नगरी समुदायमा आधारित विकासको मोडलमा जानुपर्ने विचार व्यक्त गरे । आर्थिक विकासका लागि पुँजी पलायन रोक्नुपर्ने र बैंकहरुले सीमित स्वार्थी समूहका लागि मात्र लगानी गर्ने प्रवृत्ति तोड्नुपर्ने स्पष्ट गरे । नेकपा नेतृ एवं प्रतिनिधिसभाको अर्थ समितिकी सदस्य रामकुमारी झाँक्रीले पपटकपटक व्यवस्था परिवर्तन भए पनि पहुँचवालाले आफ्नो क्षेत्रमा विकास बजेट खन्याउने प्रवृत्ति हाबी रहेको बताइन् । उनले शक्तिशाली नेता, मन्त्री र सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भएर विकास बजेट लैजाने प्रतिस्पर्धा रोकिनुपर्ने बताइन् । ‘पहुँचवालाले आफ्नो क्षेत्रमा बजेट अन्याएर विकासको रोल मोडल र हिरो बन्ने प्रवृत्ति छ’, झाँक्रीले भनिन्, ‘यसरी हुँदैन, समग्र मुलुकको विकासको स्पष्ट खाका बनाएर बजेट विनियोजन हुनुपर्छ ।’ उनले कोडिड–१९ महामारीका कारण वैदेशिक दाताहरु ऋाफैं समस्यामा रहेको, विप्रेषण घट्ने अवस्थामा बजेटको आकार थप बढाउने तायरी भइरहेको सूचना आफूले पाएको भन्दै आपत्ति जनाइन् । ‘विकास बजेट खर्च नगर्ने, साधारण खर्च बढाउने कामले आर्थिक अपारदर्शिता बढाउँछ’, उनले भनिन् । झाँक्रीले कोभिड–१९ का कारण लाखौं मजदुर रोजगारी गुमाएर फर्कने तयारीमा रहेको र उनीहर फर्कंदा मुख र पेट पनि सँगै लिएर आउने भएकाले मुलुकलाई थप व्ययभार थपिने उनको भनाइ थियो । झाँक्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, युवा स्वरोजगार, राष्ट्रपति शैक्षिक कार्यक्रमको प्रभावकारितामा प्रश्न उठाउँदै कि बन्द गर्न कि प्रभावकारी बनाउन माग गरिन् । ‘प्रधानमन्त्री कृषि कार्यक्रममा गोरु चराइरहेको, नाली सोहोरिरहेको तस्वीर देखियो’, झाँक्रीले भनिन्, ‘त्यो दुरुपयोग हो ।’ झाँक्रीले ती कार्यक्रम प्रभावकारी बनाउन नसकिए त्यसमा लगानी गर्ने रकम कृषि क्षेत्रमा गर्न माग गरिन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्मिण वाग्लेले विनियोजित बजेट खर्च गर्न नसक्नु नेपाली अर्थतन्त्रको ठूलो रोग भएको बताए । उनले कोभिड–१९ महामारीले सार्वजनिक स्वास्थ्य, शिक्षा, कृषि र सहकारी क्षेत्रमा राज्यको लगानी बढी केन्द्रित हुनुपर्ने विषयलाई थप पुष्टि गरेको धारणा राखे । डा. वाग्लेले कम उपयोगिता देखिएका क्षेत्रको बजेट कटौती गरी बढी उपयोगिता भएका क्षेत्रमा छुट्याउन सुझाव दिए । कोभिड–१९ पछि सबैभन्दा बढी प्रभावित भएका पर्यटन, यातायात र मनोरञ्जन क्षेत्रका लागि राहत हुने गरी बजेट आउनुपर्ने उल्लेख गरे । उनले धेरै मानिस महामारीको त्रासले गाउँ पसेको भन्दै कृषिमा आकर्षित गर्ने उपयुक्त समय यही भएको औंल्याए । डा.वाग्लेले हरेक संकटले अवसर पनि सँगै लिएर आउने भन्दै ती अवसरको सदुपयोग गर्न सरकारलाई सुझाव दिए । अर्थविद एवं अर्थ मन्त्रालयमा विज्ञ सल्लाहकार रहेर काम गरिसकेका डा.गोविन्दबहादुर थापाले पुराना करदातासँग मात्र कर लिने, उनीहरुसँग मात्र जरिवाना मिले प्रवृत्ति परिवर्तन गर्दै नयाँ आएका व्यवसायलाई पनि करको दायरामा ल्याउन सुझाव दिए । डा.थापाले आयातमा आधारित राजश्वले मात्र मुलुकको अर्थ व्यवस्था धान्न नसक्ने उल्लेख गरे । विप्रेषण र आयातमुखी राजश्वको भविष्य राम्रो नरहेको अवस्थामा नीतिगत परिवर्तन जरुरी रहेको औंल्याए । डा.थापाले विप्रेषणबाहेक वैदेशिक मुद्रा भित्र्याउने अरु विकल्पको खोजी गर्नुपर्ने उल्लेख गरे । राजश्व न्यायाधीकरणका क्षेत्रमा रहेका समस्या समाधानका साथै करदाता र करप्रशासनबीको सम्बन्ध सुधारमा केन्द्रित गरेर कार्यक्रम ल्याउन उनले आग्रह गरे । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले मुलुक संघीय ढाँचामा गएका कारण प्रशासनिक संरचना निर्माण गर्नुपरेका कारण चालु आर्थिक वर्षमा साधारण खर्च बढेको बताए । उनले कोभिड–१९ कहिलेसम्म लम्बिने भन्ने अन्योलका कारण आगामी आर्थिक वर्षको बजेटमा कस्ता कार्यक्रम समेट्ने भन्ने निक्र्योल गर्न अप्ठ्यारो रहेको बताए । अर्थविद डा. विश्व पौडेलले बजेटको आकार घटाउन सुझाव दिए । बजेटको आकार ठूलो र खर्च कम गर्ने हुँदा  विगतमा समस्या रहेको औंल्याउँदै बजेटको आकार गत वर्षको भन्दा घटाउनुपर्ने बताए । पौडेलले १० देखि ११ खर्बको बजेट ल्याउँदा ठीक हुने उल्लेख गरे । अर्का अर्थविद एवं त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका सह–प्राध्यापक डा. रमेश पौडेले युवाहरुलाई मुलुकभित्रै मजदुरी गर्न अभिप्ररित गर्नुपर्ने बताए । ‘एउटा मजदुरले नेपालमा कम्तिमा एक हजार आफ्नै परिवारसँग घरमै बसेर सजिलै कमाउन सक्छ’, पौडेलले भने, ‘तर किन दैनिक एक हजारभन्दा कम कमाउनका लागि परिवार छाडेर मलेसियातिर युवाहरु आकर्षित भइरहेका छन् । रानजीतिक नेतृत्व र नीति निर्माण तहमा बस्नेहरुले यसको समीक्षा गर्न जरुरी छ ।’ उनले कोरोना महामारीका कारण विदेशबाट धेरै नेपाली फर्कने र उनीहरुसँगै पैसा पनि आउने भएकाले श्रम र पैसाको लगानी कहाँ र कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि योजना बनाउन जरुरी रहेको औंल्याए । उनले बजेटमा कृषि क्षेत्रलाई सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरे । डा। पौडेलले लकडाउनका कारण महामारी रोक्ने काममा सफलता मिले पनि लामो समय लकडाउनको अवस्थाले अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए । स्व। भरतमोहन अधिकारी स्मृती फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीको अध्यक्षता सम्पन्न उक्त सम्मेलनमा फाउण्डेशनका सल्लाहकार केशव आचार्य र सदस्य लिमा अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औं जन्मजयन्तीको अवसर पारेर उक्त सम्मेलन आयोजना गरेको हो । स्व। अधिकारीलाई जनप्रेमी एवम सफल अर्थमन्त्रीका रुपमा लिईने गरिन्छ

कोरोना संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना

काठमाडौं। कोरोना भाइरस संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना भएका छन् । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवक काेराेना संक्रमणमुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएकोमा उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ। शंकाष्पद लक्षण देखिएपछि उनलाई पुन: नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० वैशाख साँझ घरबाट नारायणी अस्पताल ल्याइएको हो। अस्पतालमा उपचाररत अर्का एक जना भारतीय व्यक्तिसँगै संक्रमणमुक्त भएको भन्दै उनीहरू दुवै जनालाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। १ वैशाखमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलसन वार्डमा उपचाररत रहेका ती व्यक्तिमा १० र १३ वैशाखका परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफन्तसँग बस्दै आएका थिए ।

 आज विश्व प्रेस स्वतन्त्रता दिवसः नेपालमा प्रेस स्वतन्त्रताकाे स्थिति ६ स्थान तल झर्‍यो

काठमाडाैं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाईंदैछ । विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन मनाउन थालिएको हो । यसवर्षको विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस कोरोनाका कारण विगतका जस्तो भौतिकरुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था भने छैन । तैपनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन प्रसारणमार्फत् दिवस मनाइँदैछ । नेपालमा अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताको स्थिति खस्किएको रिपोर्टरस् विथआउट बोर्डर (आरएसएफ)ले जारी गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । आरएसएफले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल प्रेस फ्रिडम इन्डेक्समा सन् २०१९ को तुलनामा ६ स्थानले तल खस्किदै ११२ औँ स्थानमा पुगेको छ । सन् २०१९ मा नेपाल १०६ औँ स्थानमा थियो । सन् २०१३ यता नेपाल सन् २०१७ मा सबैभन्दा उच्च १ सयौँ स्थानसम्म पुगको थियो । पछिल्लो पटक सन् २०१४ मा नेपाल सबैभन्दा खराब १ सय २० औँ स्थानमा थियो ।  

बन्दाबन्दीमा जलविद्युत् निर्माणको काम हुँदै

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–७ मा निर्माणाधीन तिला लघु जलविद्युत्को काम शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनमा सामाजिक दूरी कायम गर्दै एक मेगावाटको जलविद्युत् निर्माणको काम भइरेहको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिने जलविद्युत् गाउँपालिकाको गौरवको अयोजना भएकाले निर्माण थालिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । गाउँपालिकाको समपुरक कोषमा सङ्घीय अर्थ मन्त्रालयको सहयोग अनुदानमा दुर्ई करोड ८९ लाख रूपैयाँ जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यक्रमको १० करोड रूपैयाँमध्ये १२ करोड ५० लाख रूपैयाँ बराबरको रकम यो वर्ष खर्च हुने गाउँपालिका अध्यक्ष योगीले जानकारी दिए । जलविद्युत् निर्माणपछि जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । जलविद्युत् निर्माणको जिम्मा पाएका ठेकेदार साहसी शाहीले चालू आर्थिक वर्षको असार मसान्तसम्म निर्माण गरी निर्धारित समयमा सम्झौताअनुसार गाउँपालिकालाई हस्तान्तरण गरिने बताएका छन् । जलविद्युत्का महत्वपूर्ण मेसिन लकडाउनले गर्दा नाखा सिमानामा रोकिएकाले काममा समस्या आएको ठेकेदार शाहीले भने । सो जलविद्युत् १६ करोड लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । जलविद्युत् निर्माणमा यहाँका स्थानीयवासीले काम पाएपछि भारतलगायत तेस्रो मुलुक जान नपरेको र गाउँमै विकासे निर्माणको काम पाउँदा यहाँका स्थानीयवासीमा खुशी छाएको स्थानीयवासी टोपबहादुर रावतले बताए । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद गजेन्द्रबहादुर महतले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि तिला लघु जलविद्युत् योजना छनोट गरेका हुन् ।  यहाँका जनताको सबैभन्दा ठूलो समस्या भनेकै विद्युत् भएकाले पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि एक मात्र योजनामा तिला जलविद्युत् निर्माणमा राखेको उनले बताए । गत असोजमा जुम्ला सदरमुकाम खलङ्गा बजार एक महिनासम्म अन्धकार भएपछि सदरमुकाम उज्यालोका लागि सांसद महतको सांसद विकास कोषबाट २४ लाख ६० हजार रूपैयाँको लगानीमा २०० केभी ९१६० किलोवाट० डिजेल प्लान्ट मेसिनबाट यहाँका २२ हजार उपभोक्ता र जिल्लाका सरकारी कार्यालयले केही महिनासम्म डिजेट प्लान्टबाट काम चलाएका थिए । सदरमुकाम खलङ्गा बजारले अझै पनि १५ घण्टा लोडसेडिङको मार खेपिरहेको छ ।  रासस

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ । छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण भागेर जिल्ला भित्रिने क्रम नरोकिएपछि बराहपोखरी गाउँपालिका–४ फाक्टाङको कम्पुघाटमा सञ्चालित झोलुङ्गे पुलमा तार जालीको अग्लो बार लगाउने व्यवस्था गरिएको हो । रातको समयमा भित्रिने खोटाङे स्थानीय बासिन्दासँगै कोरोना भाइरसको सङ्क्रमणसमेत भित्रिने खतरा भएकाले हरेक राति झोलुङ्गे पुलमा फलामे तारजालीको छेकाबार लगाउन थालिएको फाक्टाङका वडाध्यक्ष भुबलराज राईले बताए । “दिनमा भित्रिने स्थानीय बासिन्दाको कम्पुघाटमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर स्वस्थ रहेका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी छाड्ने गरिएको छ”, उनले भने, “दिउँसो आउँदा प्रहरीले रोक्ने डरले रातको समयमा प्रहरीलाई छलेर स्थानीय बासिन्दा जिल्ला भित्रिने क्रम नरोकिएपछि पुलमै ताला लगाइएको हो ।” फाक्टाङमा निर्माण गरिएको क्वारेन्टाइनमा उदयपुरबाट घर फर्किएका २३ स्थानीय बासिन्दालाई राखिएको जनाइएको छ । कम्पुघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएका प्रहरी र अहेवसहितको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेपछि मात्र स्थानीय बासिन्दालाई गाउँपालिका प्रवेश गर्न दिने गरिएको छ । उदयपुरमा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित व्यक्ति भेटिएसँगै आफ्नो क्षेत्रमा फैलन नदिन उच्च सतर्कता अपनाइएको गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन्। “उदयपुरसँग हाम्रो गाउँपालिकाका स्थानीय बासिन्दाको नाता सम्बन्धसमेत जोडिएको छ”, उनले भनिन, “विभिन्न बहानामा हुने आवतजावतले फैलिन सक्ने सङ्क्रमणलाई रोक्न सिमानाको झोलुङ्गे पुलमा बेलुका ५ देखि बिहान ७ बजेसम्म मान्छेले नाघ्नै नसक्ने गरी फलामे तारजाली प्रयोग गरेर ताला लगाउने गरिएको छ ।” गाउँपालिकासँगै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीय बासिन्दाको छिमेकी जिल्ला उदयपुरमा व्यवसायसमेत रहेको छ । उदयपुरमा अध्ययन तथा व्यवसाय गर्दै आएका खोटाङेहरु अहिले धमाधम घर फर्कने क्रम जारी छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उदयपुरबाट जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन । जिल्लामा अवश्यक अधिकांश दैनिक उपभोग्य वस्तु उदयपुरबाटै भित्रिने गरेकाले उदयपुरमा कोरोना सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उच्च जोखिममा रहेको भन्दै वैशाख ७ गते बसेको समितिको बैठकले नाका बन्द गर्ने निर्णय गरेको थियो । दश स्थानीय तह रहेको खोटाङमा विदेशबाट घर फर्किएका १ सय १५ स्थानीय बासिन्दाको आरडिटी तथा १५ व्यक्तिमा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैदेशिक रोजगारीको सिलसिलामा गत चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका १ सय १५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसिआर परीक्षण गरिएको थियो । जिल्लाका १० वटै स्थानीय तहमा गरी ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । सबै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिए पनि विदेशबाट फर्किएर क्वारेन्टाइन बस्नेको सङ्ख्या भने न्यून देखिएको छ । रासस

तातोपानी नाकाबाट अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशीका जनप्रतिनिधि आन्दोलित

काठमाडाैं । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ । भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् । स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका–१ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाएका हुन् । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाए । गाउँपालिका–२ का अध्यश्र श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएको बेला नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) मात्रै ल्याइनुपर्ने हो तर केही दिनअघि भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सुरक्षाकर्मीको मिलेमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गरे । नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरी सो वस्तु काठमाडौं लैजाने प्रयास गरिए वडाध्यक्ष र स्थानीयवासीले प्रतिकार गर्ने वडाध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामग्रीबाहेकका सामान नल्याउन पनि वडाध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् । लकडाउनमा स्वास्थ सामग्री र खाद्यान्नबाहेक स्याउ, लसुनलगायतका वस्तु ल्याइएको खण्डमा वडावासी र गाउँपालिकावासी सशक्त प्रतिकार गरेर सो सामान सबैको रोहवरमा नष्ट गर्ने वडाध्यक्षहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान आएको जानकारी दिए । मापदण्ड नपुगेको भन्दै भोटेकोशीको क्वारेन्टाइन बन्द मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको छ । शनिबार अनुगमनका क्रममा १८ श्ययामध्ये आठ श्यया मात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० वटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईँले बताए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाललगायतले बाह्रबिसे क्षेत्रीय क्वारेन्टाइन लामोसाँघुलगायत आसपासका क्वारेन्टाइनको अनुगमन गर्नुभएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिए । उनले अन्य स्थानका क्वारेन्टाइनको पनि अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने बताए । यसैगरी शनिबार बाह्रबिसे आसपासका आठ एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ सेट) वितरण गरिएको छ । चालकका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चश्मासमेत रहेको छ । नेपाली काङ्ग्रेस बाह्रबिसेको ध्यानाकर्षण राहत वितरणमा बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको अवरोध भन्ने समाचारप्रति काँग्रेस बाह्रबिसेले ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसका स्थानीय युवानेता युधीर पौडेलले राहत वितरणमा कतै अवरोध नगरेको बताए । उनले कोरोना भाइरसले अप्ठ्यारोमा परेकालाई पार्टीको तर्फबाट राहत वितरण गरिरहेको पनि जानकारी दिए । विपद्को बेला स्थानीय सरकारसँगै सहयोगी रहने भन्दै हल्लाका पछाडि नलाग्न उहाँले सबैलाई आग्रह गरे । यस्तै बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले राहतको मापदण्ड बनाएर नगरले राहत वितरण गरिरहेको जानकारी दिए । रासस

बैंकिङ क्षेत्रलाई कंगाल बनाइदै

बैंकिङ क्षेत्रलाई कंगाल बनाउन चौतर्फि आक्रमण भएको छ । खराव नियत राखेर बैंकबाट ऋण लिनेहरुको व्यवहार मात्र होइन, सरकारको नीति निर्देशनसमेत वित्तीय क्षेत्रलाई भड्खालोमा हाल्ने खालको आएका छन् । ऋणीहरु गत वर्षदेखि नै बैंकका विरुद्ध सडकमा उत्रिएका थिए । यसवर्ष सरकारले बैंकको नाफा खोसेर ऋणीलाई राहात दिने नीति लिएको छ । परिणामतः बैंकहरुले चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा अर्बौ रुपैयाँ आम्दानी गुमाउँदैछन् । पहिलो चरणमा सरकारले गरेको लकडाउनका कारण ऋणीलाई समस्या परेको भन्दै चैतको व्याजमा १० प्रतिशत छुट दिने घोषणा गर्यो । लगत्तै बैंक तथा वित्तीय संस्थाको संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले ऋणीलाई चैत र बैशाख महिनाको व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । गत माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ३१ खर्ब ८५ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो कर्जाको औसत व्याजदर ११.९४ प्रतिशत छ । सो व्याजदर अनुसार ३१ खर्ब ८५ अर्ब ६२ करोड रुपैयाँको वार्षिक व्याज रकम ३ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ हुन आउँछ भने मासिक व्याज रकम ३१ अर्ब ६९ करोड रुपैयाँ हुन्छ । व्याज रकम ३१ अर्ब ६९ करोडको १० प्रतिशत व्याजका दरले मासिक ३ अर्ब १७ करोड रुपैयाँ हुन्छ । र, २ महिनाको व्याज छुट दिदा करिब ६ अर्ब ३६ करोड रुपैयाँ हुन्छ । फेरि राष्ट्र बैंकले सबै प्रकारका कर्जामा २ प्रतिशत विन्दुले बैशाख, जेठ र असारको व्याज छुट दिन निर्देशन दिएको छ । याे निर्देशन कार्यान्वयन गर्दा कम्तिमा १६ अर्ब रुपैयाँ आम्दानी घट्ने बैंकहरुले जनाएका छन् । लकडाउनसँगै डिजिटल कारोबार सबै निःशुल्क बनाउन निर्देशन दिइएको छ । त्यसले बैंकहरुको करिव ३ अर्ब आम्दानी गुमेको छ । लडकाउनपछि सरकारी निर्णयका कारण बाणिज्य बैंकलाई मात्र कम्तिमा २२ अर्ब नोक्सान हुँदैछ भने क, ख, ग र घ वर्गका सबैले गरी करिव ३२ अर्ब रुपैयाँ गुमाउँदैछन् । औद्योगिक तथा व्यापारिक कम्पनीहरुले २००० प्रतिशतसम्म नाफा कमाउने गरेका छन् । तर त्यस्तो नाफा सार्वजनिक हुँदैन । बैंकहरुले गत बढीमा ३५ प्रतिशत लाभांश वितरण गरेका छन् । औषतमा बैंकहरुले दिने लाभांश १५ प्रतिशतभन्दा कम छ । तर बैंकहरुको नाफा र लाभांश पारदर्शि छ । वाणिज्य बैंककमा लगानीकर्ताको पुँजी कम्तिमा ११ अर्ब पुगिसक्यो । ठूला बैंकमा लगानीकर्ताको पैसा २५ अर्ब नजिक छ । २०/२५ अर्ब रुपैयाँ कोर क्यापिटल भएका बैंकले ३/४ अर्ब नाफा कमाए भनेर सबैको आँखा बैंकमा परेको छ । जबकि १० करोड रुपैयाँ सेयर पुँजी भएको कम्पनीले ३० अर्ब रुपैयाँ खुद नाफा आर्जन गर्ने कम्पनी यहि नेपाली माटोमा चलिरहेका छन् । यस्ता कम्पनीप्रति कसैले चाल पाएका छैनन् । यहि नेपाली माटोमा मासिक करोड रुपैयाँ बराबरको तलव र अन्य सुविधा लिने कर्मचारी पनि छन्, निजी क्षेत्रका कम्पनीमा । मासिक २०/२५ लाख रुपैयाँ कुनै जोखिम लिनु नपर्ने, घुमफिर गर्ने, मिठो भाषामा डिजिटल रिपोर्ट बनाए पुग्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखहरुको तलव हुन्छ । तर ती सबै गोप्य छन् । बैंकका सीईओहरुको तलव सार्वजनिक छन् । मासिक १०/१५ लाख तलव सुविधा हुन्छ । त्यसमा ३६ प्रतिशत आयकर सरकारले लिन्छ । तर, तिनै सीईओहरुमाथि चौतर्फि आक्रमण भएको छ । त्यसभित्रको मिहेनत र जोखिमको पाटोमा कसैले ध्यान दिएको छैन । २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनैतिक हस्तक्षेपका कारण सरकारी बैंकहरु धरासायी भए । करिव ८ अर्ब रुपैयाँ विदेशी ऋण लिएर ती बैंकहरु २०६० को दशकमा सुधार गरियो । २३ वर्षपछि नेपाल बैंकले यस वर्ष सेयरधनीलाई लाभांश दियो । ३० वर्ष पहिले बैंकिङमा छिरेको कांग्रेसी राजनीतिले तीन वटा सरकारी बैंक र नेपाल राष्ट्र बैंकलाई ज्यादै कमजोर बनाएको थियो । अहिले सरकारको नामबाट नेपाल कम्यूनिष्ट पार्टीको राजनीतिक हस्तक्षेप बैंकिङ क्षेत्रमा छिरेको छ । र, यसले सरकारी बैंक मात्र होइन, निजी क्षेत्रको, सर्वसाधारणको लगानी भएको बैंकहरुलाई पनि ध्वस्त बनाइदैछ । तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रचण्डले राजतन्त्र ढाल्न काँधमा चढेर टाउकाेमा प्रहार गर्ने घाेषणा गरेका थिए, र त्यही गरे । त्यतिबेलामा नेपाली काँग्रेस र नेकपा (एमाले) काे ढाडमा टेकेर राजतन्त्रमा प्रहार गरेकाे थिए, १२ बुँदे समझदारी मार्फत । अहिले उनै अध्यक्ष रहेकाे नेपाल कम्यूनिष्ट पार्टीले सरकारकाे नाममा निजी क्षेत्रलाई कमजाेर बनाउन निजी क्षेत्रकै काँधमा चढेर निजी क्षेत्रकै टाउकाेमा प्रहार गरेकाे छ । उद्योग व्यापार पनि निजी क्षेत्रले चलाएको व्यवसाय हो । बैकिङ पनि निजी क्षेत्रले चलाएको व्यवसाय हो । सरकारले गरेको लकडाउनका कारण उद्योग व्यापार गर्ने निजी क्षेत्रलाई परेको नोक्सानी बैकिङ क्षेत्रबाट पूर्ति गराउने सरकारी निर्णय सहि नियतबाट आएकाे छैन । अर्काे कुरा के पनि प्रष्ट भएकाे छ भने २ प्रतिशत विन्दुले व्याज छुट दिने निर्णय नेपाल राष्ट्र बैंककाे हाेइन । याे सरकारकाे ठाडाे हस्तक्षेपमा आएकाे निर्णय हाे । राष्ट्र बैंककाे निर्णयले बैकिङ क्षेत्रमा गम्भिर समस्या आउने भन्दै नेपाल बैंकर्स संघले उक्त निर्णय पुनर्विचार गर्न माग गर्दा गभर्नर महाप्रसाद अधिकारीले व्याज छुट सम्बन्धि निर्णय सरकारकाे भएकाेले आफूले केही गर्न नसक्ने बताएकाे बैंकर्सहरूले बताएका छन् । विकासन्युजसँगकाे अन्तरवार्तामा पनि गभर्नर अधिकारीले  धेरै संघर्ष गरी विकास गरेकाे बैकिङ सिस्टम बिग्रने गरी कुनै पनि निर्णय नहुने बताएका थिए । सरकारको यो नीतिले  तत्कालका लागि उद्याेगी व्यापारीलाई केही राहत हाेला । सरकारको नाममा नेपाल कम्यूनिष्ट पार्टीले गरेको यो राजनीतिक हस्तक्षेपले वित्तीय क्षेत्रलाई कंगाल बनाउँदैछ । सँगसँगै यसले निजी क्षेत्रलाई  नै कमजाेर बनाउने छ । शुलभ अग्रवाल जस्ता व्यवसायीमाथि सम्पत्ति सुद्धिकरणकाे मुद्दा चलाउने याे सरकार कुनै पनि स्वरूप र शैलीमा निजी क्षेत्र बलियाे भएकाे देख्न चाहादैन ।

कोरोना भाइरस: शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्ने सात उपाय

काठमाडाैं । कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेका बेलामा जनस्वास्थ्य तथा पोषणविद्ले शरीरको रोग प्रतिरोधी क्षमता बलियो बनाउन सके धेरै रोगबाट जोगिन सकिने बताएका छन् । सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली भएको विज्ञहरू औँल्याउँछन्। कोरोनाभाइरसविरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन् । स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको जातीय र आनुवंशिक गुण र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने उनीहरू बताउँछन्। शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन सकिने तर एकै दिनमा त्यसो गर्न भने सम्भव नहुने उनीहरूको भनाइ छ। १. सन्तुलित र पोषणयुक्त आहार पछिल्लो समयमा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न मसलायुक्त परिकार, लसुन र कागती खानुपर्छ भन्ने चर्चा चलेको छ। उचित मात्रामा नियमित खाँदा शरीरलाई फाइदा भए पनि तिनले भाइरस मार्ने वैज्ञानिक प्रमाण छैन । अहिले नयाँ-नयाँ परिकार बनाएर नियमितभन्दा धेरै परिमाणमा खाने गरेको देखिएको भन्दै पोषणविद् सुप्रिया भट्टराई त्यसले बेफाइदा हुने बताउँछिन् । हाम्रो शरीरमा रहेका हितकारी ब्याक्टेरिया जोगाउन तथा प्रतिरक्षाका लागि चाहिने भिटामिनयुक्त फलफूल र रेसादार सागसब्जी खानु उत्तम रहेको उनको भनाइ छ । भिटामिन सी घुलनशील हुने भएकाले शरीरमा लामो समयसम्म नटिक्ने हुनाले फलफूल र सागसब्जी नियमित खानुपर्ने विज्ञहरूको सुझाव छ । २. नियमित शारीरिक अभ्यास प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा स्वस्थ रहन निकै आवश्यक हुन्छ। हाम्रो छाला र छालामुनिको तहमा रहेका सूक्ष्मजीवले हानिकारक जीवाणुसँग लड्छन् । हानिकारक जीवाणु यदि हाम्रो शरीरभित्र छिरे भने हाम्रो रगतमा हुने सेता रक्तकोषले तिनको प्रतिकार गर्छन् । सेता रक्तकोषहरू कम चलायमान हुने हुनाले तिनलाई चलायमान बनाउन शारीरिक व्यायाम अत्यावश्यक हुने विज्ञहरू बताउँछन्। जनस्वास्थ्यविज्ञ डा. विश्वनाथ कोइराला भन्छन्, “सेता रक्तकोष शरीरका सैनिकजस्तै हुन् र तिनलाई नियमित रूपमा सक्रिय बनाउँदा प्रतिरक्षा प्रणाली पनि बलियो बन्दै जान्छ ।” शारीरिक अभ्यास गर्दा रक्तचापसँगै सेता रक्तकोषको गति पनि बढ्ने हुँदा रोगको प्रकृति अनुसार तिनीहरुले रोग लाग्नु पहिले नै सम्भावित सङ्क्रमणको पहिचान गर्ने उनले बताए । त्यसका अतिरिक्त शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम पनि केही बढ्ने हुनाले सङ्क्रमणसँग जुध्न तथा हानिकारक जीवाणुको वृद्धिलाई समेत नियन्त्रण गर्न सघाउने चिकित्सकहरूको भनाइ छ । ३. पर्याप्त विश्राम र निद्रा आहार र शारीरिक व्यायाम मात्र प्रतिरक्षा प्रणालीमा सुधार गर्न पर्याप्त हुँदैनन्। शरीर जैविक यन्त्र भएकाले यसलाई विश्राम पनि चाहिन्छ। कम तनाव र पर्याप्त निद्रा भए प्रतिरक्षा प्रणाली पनि चुस्त हुने विज्ञहरू बताउँछन्। डा.कोइरालाले भन्छन्, ‘शरीर सधै एउटै अवस्थामा नरहने र उमेर बढ्दै जाँदा रोगसँग लड्ने क्षमतामा समेत ह्रास आउने हुनाले पर्याप्त आराम वा नियमित सुत्ने बानी बसाले प्रतिरक्षा प्रणाली पनि निकै मजबुत हुन्छ।’ त्यसका अतिरिक्त योगाभ्यास र ध्यानले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने विज्ञहरूको मान्यता छ। अमेरिकाको प्रतिष्ठित योग जर्नलका अनुसार योगले निरासा पैदा गर्ने हार्मोन कम गर्न र शरीरमा पैदा हुने हानिकारक पदार्थलाई बाहिर निकाल्न निकै सहयोग पुग्छ। ४. धूमपान र मद्यपान नगर्ने जनस्वास्थ्यविज्ञ डा। अर्जुन कार्कीका अनुसार मदिरा र चुरोट सेवन गर्ने मानिसको तुलनामा नगर्ने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ। उनी भन्छन्, ‘तपाईँले मदिरा वा चुरोट सेवन गर्नुहुन्छ भने तत्काल छाड्नुहोस् वा कम गर्दै जानुहोस्। त्यसो गर्नुभयो भने आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बन्दै गएको आफैँ अनुभव गर्न सकिन्छ।’ धूमपान र मद्यपान गर्ने मानिस र तीमध्ये पनि प्रौढ व्यक्तिमा धेरै सङ्क्रमक हुने सम्भावना धेरै हुने अध्ययनहरूले देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष संसारभरि चुरोट र सूर्तीजन्य पदार्थको सेवनका कारण सरदर ८० लाख मानिस र रक्सी सेवनका कारणले ३० लाख बढी मानिसको ज्यान जाने गरेको छ। ५. रचनात्मक बन्ने धेरै मानिस फुर्सद नभएकाले रचनात्मक बन्न नसकेको बताउँछन्। तर रचनात्मक वा सिर्जनात्मक बन्न सकेमा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास हुने डा. कोइरालाको भनाइ छ। चिकित्सकहरूका अनुसार सृजनात्मक कृयाकलापमा सहभागि हुँदा प्राप्त हुने खुसीले निराशा र एक्लोपनाको भावना कम गर्दछ ।डा.कोइरालाले भन्छन्, ‘फुर्सदको समय छ भन्दै एकै ठाउँमा बसिरहने गर्दा निराशाजस्ता मानसिक रोगको विकास हुन्छ।’ बगैँचामा काम गर्ने, चित्र वा अन्य कला बनाउने, घर सजाउने वा कथाकविता लेख्ने लगायतका काम गर्न उनको सुझाव छ। ६. उच्च मनोबल डा. कोइरालाका अनुसार धेरै मानिस आफ्नो उच्च मनोबलका कारणले गर्दा रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढङ्गले विकास गरेको उदाहरणहरू प्रशस्त छन्। कोरोनाभाइरसले उमेरका हिसावले तुलनात्मक रूपमा वृद्धवृद्धाहरूको ठूलो सङ्ख्यामा ज्यान लिएको छ। तर केहीले भने उच्च मनोबलका कारण सङ्क्रमण भएरपनि त्यसमाथि विजयी प्राप्त गरेका घटना छन्। तीमध्ये एक बाग्लुङ नगरपालिकाकी मनकुमारी पौडेल हुन् जसले आफूमा उच्च मनोबल रहेका कारण कोरोनाभाइरसलाई पराजित गरेको बताएकी थिइन्। ७. रोग र खोप शरीरमा हुने हितकारी सूक्ष्मजीवले बाह्य आक्रमणकारी जीवाणुसँग सङ्घर्ष गरेर सङक्रमण हुन दिँदैनन्। तर श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, बाथ र मधुमेहजस्ता रोग लागेका व्यक्तिहरूमा भने यस्ता हितकारी जीवाणु तुलनात्मक रूपमा कम हुन्छन्। एन्टीबायोटिक खाएका मानिसमा हितकारी जीव पनि मर्छन्। तसर्थ पाका र दीर्घरोग भएका मानिसमा जोखिम बढी हुने हुनाले प्रतिरक्षा प्रणालीलाई सबल राख्न विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। त्यसका अतिरिक्त नियमित खोप लिँदा केही रोगसँग लड्ने क्षमता बलियो बनाउन सकिने डा. कार्कीको सुझाव छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न वा अपाङ्गताबाट बचाउन र गम्भीर रोग लाग्न नदिन बालबालिकालाई निर्धारित मात्रामा खोप दिने गरिन्छ। हाल नेपालमा भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस ‘बी’,धनुष्टङ्कार, निमोनिया, र दादुरा-रुबेला रोगबाट बचाउन खोप दिने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। (बीबीसी न्यूज नेपालीबाट साभार)