मानिसमा सिधै किटनाशक छर्नु घातक हाे: डा. विकास देवकोटा
काठमाडौं । मानिसमा सिधै किटनाशक छर्नु घातक हुने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा देवकोटाले मानिसमा सिधै किटनाशक छर्नु घातक हुने बताएका हुन् । कोरोनाभाईरसको संक्रमणलाई कम गर्ने भन्दै केही दिनएता मानिसहरुमा पनि किटनाशक झोल केमिकल प्रयोग गरिएको देखिएको थियो । यसरी जथाभावी किटनाशक छर्दा मानिसको आँखा, नाक, छालामा असर पर्ने देवकोटा बताउँछन् । शरीरमा यस्ताे केमिकल छर्दा भाइरस नमर्ने तर भुई र सतहहरुलाई निसंक्रमण गराउन मद्धत गर्ने उनले बताए । देवकाेटा भन्छन्, ‘यसकाे सही प्रयोग नगर्दा श्वास प्रश्वासमा समेत गम्भिर समस्या आउने गर्दछ । ‘
धेरैपछि पसल खाेलेपछि रक्सि खरिद गर्नेकाे भिड लाग्याे
काठमाडाैं । भारतमा पछिल्लो समय रक्सी पसलहरु खुल्न थालेका छन्। कोरोनाले कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउन थालिएको छ। यस्तोमा खाद्य सामग्री पाइने पसल, केही उद्योगहरु खुल्न थालेका छन्। यसबीचमा भारतका सबै क्षेत्रका मदिरा पसलहरु भने खोल्न दिइएको भारतीय संचारमाध्यमले जनाएको छ। मदिराजन्य पदार्थ खरिद गर्न पाइने भएपछि विभिन्न क्षेत्रमा रक्सी खरिद गर्नेको भीड नै लागेको छ। भारतीय संचारमाध्यममा दिल्ली, आन्ध्रप्रदेश, मध्यप्रदेश लगायतका क्षेत्रको तस्बिरहरु सार्वजनिक गरेको छ जहाँ मदिरा किन्नेहरुको भीड देखिएको छ। समाचार संस्था एएनआईका अनुसार सोमबार दिल्लीमा रक्सी किन्न जानेको भीड अत्यधिक थियो। उनीहरुले शारीरिक दुरीको नियम पालना गरेका थिएनन्। त्यसकारण भीडलाई व्यवस्थित बनाउन प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो। एएनआईले आन्ध्रप्रदेशको एक भिडियो नै सार्वजनिक गरेको छ। जहाँ रक्सी खरिद गर्न एक किलोमिटरसम्म मानिसहरु लाइनमा बसेको देखिएको छ।
प्रशासनकाे सहजीकरणमा खुल्न थाले उद्योगहरु, उद्याेगी भन्छन्ः सरकारले सहयाेग गरिरहेकाे छ
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बन्द उद्योगहरूलाई सञ्चालन गर्ने अनुमति दिनका लागि विभिन्न निर्णय गरेर लागू गर्ने निर्णय पनि गरेको थियो । चरण अनुसार विभिन्न उत्पादनमूलक उद्योगहरू खुल्न थालेका छन् । उद्योग मन्त्रालयका अनुसार पछिल्लो समयमा सञ्चालित उद्योगहरुको संख्या बढ्न थालेको छ । लकडाउनका कारणले बन्द रहेका उद्योग सञ्चालनको वातावारण बनाउन गृह मन्त्रालय र उद्योग मन्त्रालयले समन्वय गरेर काम गरिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले खाद्यान्न, औषधी र निर्माण सामग्री उत्पादन गर्ने उद्योग खुल्ने क्रम बढेको बताए । ‘उच्चस्तरीय समन्वय समिति, गृह मन्त्रालय र उद्योग मन्त्रालयले समन्वयमा उद्योग सञ्चालनमा वृद्धि भएको छ, निजी क्षेत्रलाई छलफलमा बोलाएर समस्याहरु बुझेर समाधान गर्ने काम उद्योग मन्त्रालयले गरिरहेको छ,’ भट्टले भने । अहिले सबै प्रकारका उद्योग खुल्न थाले पनि उद्योग मन्त्रालय र उद्योगीहरुले पहिलाे प्राथमिकता दैनिक उपभोग्य वस्तु तथा निर्माण सामाग्री उत्पादन गर्ने उद्याेगलाई दिएका छन् । उद्योग मन्त्रालयका अनुसार अहिले विभिन्न औद्योगिक क्षेत्रमा रहेका ४९.३० प्रतिशत उद्योग सञ्चालन भइरहेका छन् । त्यस्तै, खाद्यान्न उत्पादन गर्ने ४० प्रतिशत उद्योग पनि करिब ५० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उद्योग सञ्चालनका लागि विभिन्न चरणहरु बनाएको र त्यही चरण अनुसार सुरक्षाका उपाए अनाएर उद्योग चलाउन सहजीकरण गरिरहेको बताए । ‘लकडाउनको कारणले उद्योगमा आउन नसकेका मजदुर र कर्मचारी काममा आउन अहिले गृह मन्त्रालयले नै सहजीकरण गरिरहेको छ, खर्चको समस्या पर्न थालेपछि मजदुर पनि काममा आउन थालेका छन्,’ न्यौपानेले भने । उद्योग विभागका महानिर्देशक जिवन प्रकाश सिटौलाले खाद्यान्न उत्पादन गर्ने उद्योग र निर्माण सामग्री उत्पादन गर्ने उद्योग पनि खुल्न सुरु गरेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश मोरले पनि केही मात्रामा उद्योग सञ्चालन हुन थालेको बताए । ‘जिल्ला प्रशासन कार्यालयहरूले उद्योग सञ्चालनमा सहयोग गरिरहेको छन्, लकडाउनको समयमा सरकारले उद्योग खोल्न दिएपछि निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु खुल्न थालेका छन, सरकारले पनि सहयोग गरिरहेको छ,’ मोरले भने । नेपाल सिमेन्ट उत्पादक उद्योग संघका अध्यक्ष धुव्र थापाले पनि पछिल्लो समय उद्योगीका लागि लकडाउन केही सहज भएको बताए । ‘सिमेन्ट उद्योगहरूले कच्चा पदार्थ चुनढुंगा संकलन र उद्योग सञ्चालन दुवैका लागि पहल गरिरहेका छौं, केही सिमेन्ट उद्योगहरु सानो भोलुमा सञ्चालन भएका छन्, सरकारले चुनढुंगा उत्खनन समयमा नै दिएन भने समस्या हुने छ, वर्षायाम शुरू भएपछि चुनढुंगा संकलनमा कठिनाइ हुन्छ, उद्योग, उर्जा, गृह लगायतका मन्त्रालयसगँ हामीले छलफल गरिरहेका छौं,’ थापाले भने । चरण अनुसार कर्मचारीबीचको भौतिक दूरी कायम गर्ने, उद्योगमा अनिवार्य रुपले स्यानिटाइजर, मास्क, खाना तथा बास बस्ने व्यवस्था गरिनुपर्छ । उद्योगहरुलाई आवश्यक सहजीकरणका लागि सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकिएको पनि न्यौपाने बताए । उद्योग मन्त्रालयका अनुसार ग्यास र पानी उद्योग भने लकडाउनका क्रममा निरन्तर सञ्चालित छन् । अत्यावश्यक औषधी उत्पादन गर्ने उद्योग पनि यसबीचमा बन्द भएनन् । तर लकडाउनको कारणले बन्द भएका अन्य उद्योग पनि खुल्न थालेका छन् ।
कोरोना भाइरस बीमामा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि
काठमाडौं । कोरोना भाइरस सम्बन्धि बीमा कार्यान्वयनमा बीमा कम्पनीहरुकाे संक्रियता राम्रो देखिएको छ । आइतबार सम्ममा १९ वटा निर्जीवन बीमा कम्पनीले ३० हजार ५ जनाको कोरोना भाइरस बीमा गरेका छन् । त्यसबाट कम्पनीहरुले १ करोड ६१ लाख ६० हजार ५६० रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा पोलिसी जारी गरेको छ । यस कम्पनीले आइतबारसम्ममा ५४८ पोलिसी जारी गरी ७ हजार ४९१ जनाको बीमा गरेको छ । त्यसबाट कम्पनीले ३९ लाख ७३ हजार ४२० रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल बीमित संख्यामा शिखर इन्स्योरेन्सको हिस्सा २४.९५ प्रतिशत रहेको छ । त्यस्तै कुल बीमा शुल्कमा शिखरको हिस्सा २४.५८ प्रतिशत रहेको छ । अहिलेसम्म २१६५ वटा पोलिसी जारी भएकोमा शिखरले ५४८ वटा पोलिसी जारी गरी कुल बजारमा २५.३१ प्रतिशत हिस्सा लिएको छ । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये व्यवसाय, नाफा लगायत धेरै कोणमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ । पोलिसी संख्या, बीमितको संख्या र बीमा शुल्कका आधारमा दोस्रो हुने कम्पनीहरु फरक फरक छन् । बीमा शुल्कका आधारमा १६ लाख ९७ हजार रुपैयाँ संकलन गरी नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा छ । १४ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरी एनएलजी इन्स्योरेन्स तेस्रो स्थानमा छ । बीमित संख्याको आधारमा एनएलजी दोस्रो र नेपाल इन्स्योरेन्स तेस्रो स्थानमा छन् । बीमा पोलिसीको आधारमा दोस्रो स्थानमा हिमालयन र तेस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेका छन् । कोरोना भाइरस सम्बन्धि बीमा नाफा गर्ने उदेश्यले नभई सामाजिक उत्तरदायित्वको हिसावले बीमा कम्पनीहरुले गरिरहेको नेपाल बीमक संघका अध्यक्ष तथा शिखर इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए । कोरोना भाइरस बीमा गराउँदा सर्वसाधारणमा बीमा बारे थोरै जानकारी पनि हुने र अप्ठ्यारो अवस्थामा बीमाले राह्रत दिन्छ भन्ने सन्देश पनि जाने भएकोले यसको कार्यान्वयनमा सबै कम्पनीहरु सक्रिय भएको उनले बताए ।
अब घरबाटै सिटिजन्स बैंकको अनलाईन खाता खोल्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवाको स्तरोन्नत्ती गरेको छ । यससँगै बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृत रुपमा आफ्नो ग्राहकसामु प्रस्तुत गरेको छ । यससँगै, ग्राहकले घरमै बसीबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाईन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस(कोभिड १९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै, यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
महसुल उठाउन विधुत प्राधिकरणले ल्यायो आचारसंहिता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ । प्राधिकरणको मिटर रिडिङ एवं आय सङ्कलनसम्बन्धी कार्य प्रभावित हुँदा ठूलोमात्रामा राजश्व गुमाउनु परेकाले आचारसंहिता नै तयार पारेको हो । लकडाउन केहीमात्रामा खुकुलो हुँदै गएको उल्लेख गर्दै प्राधिकरणले ग्राहकको सुविधाका लागि पनि मिटर रिडिङलगायत आय सङ्कलनको काम सञ्चालन गर्न लागेको जनाएको छ । प्राधिरकणले तयार पारेको आचारसंहितामा मिटर रिडरले मास्क र पञ्जा अनिवार्यरुपले लगाउने र आधा घण्टाको अन्तरालामा स्यानीटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । मिटर रिडिङ गर्दा अन्य व्यक्तिको सम्पर्कमा नआउने र आउनै परेको अवस्थामा न्यूनतम एक मिटरको दूरी कायम गर्नुपर्ने र आफ्नो शरीरको नियमित तपक्रम मापन गर्नुपर्ने व्यवस्था गरेको छ । ज्वरो, खोकी लागेका मिटर रिडरले मिटर रिडिङ नगर्ने र तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, राज्यले कोरोना सङ्क्रमति टोल वा क्षेत्र भनी ताकेको ठाँउमा मिटर रिडिङ नगर्ने, त्यस्तो क्षेत्रको ग्राहकको औसत खपतको आधारमा रिडिङ अङ्क समावेश गरी बिल पठाउने व्यवस्था गर्न प्राधिकरणले भनेको छ । लकडाउनका कारण विद्युत् खपतसमेत घटेको र प्राधिकरणको राजश्व सङ्कलनमा समेत ठूलो मार परेको छ । मासिक रु छ अर्ब बराबरको महसुल उठाउँदै आएको भए पनि लकडाउनका कारण मासिक रु ६० लाखको हाराहारीमा मात्रै महसुल उठिरहेको छ । कोरोनाको सङ्क्रमण फैलने डरले प्राधिकरणले महसुल सङ्कलन काउण्टर खोलेको छैन । विद्युतीय प्रणालीबाट भुक्तानी हुने महसुलको मात्रा कम भएकाले महसुल सङ्कलन काउण्टर नै खोल्नुपर्ने बाध्यता रहेको छ । मासिक ठूलोमात्रामा महसुल सङ्कलन हुँदा मात्रै प्राधिकरणको समग्र आर्थिक अवस्था सहज रहने गरेको थियो । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण अत्यावश्यक सेवामा रहेका कर्मचारीबाहेक अन्य कर्मचारी भने कार्यालयमा उपस्थित छैनन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल सङ्कलनमा देखिएको अप्ठ्यारोका कारण संस्थाको आर्थिक अवस्थामा सङ्कट देखिने अवस्था पैदा भएको जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले लकडाउनको अवस्था अझै कायम रहेको खण्डमा प्राधिकरणमा ठूलो आर्थिक नोक्सानी भोग्नुपर्ने बताP । महसुल सङ्कलनमा समस्या भएकाले प्राधिकरणले विद्युतीय भुक्तानी प्रणालीमार्फत महसुल तिर्न आग्रह गरे पनि प्रविधिको पहुँच र प्रविधिमा जानकार नहुँदा ग्राहकलाई समेत समस्या परेको छ । प्राधिकरणका ३८ लाख घरायसी ग्राहक छन् । त्यस्तै झण्डै दुई लाख मध्यम तथा ठूला व्यावसायिक ग्राहक छन् । घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत र वैशाख महिनाभरको महसुलमा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यस्तै महसुल सङ्कलन काउण्टरमा बस्ने कर्मचारीले मास्क, पञ्जा र चस्मा वा प्लास्टिकको हेल्मेट अनिवार्यरुपमा प्रयोग गर्ने र स्यानीटाइजर हरेक आधा घण्टामा प्रयोग गर्ने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । काउण्टरमा बस्ने सबैको हरेक दिनको तापक्रम मापन गर्ने, काउण्टर क्षेत्रमा हरेक दिन स्यानीटाइज गर्ने, ग्राहकलाई एकआपसमा कम्तीमा एक मिटरको दूरी कायम गरी लाइन बस्न लगाउने, हरेक ग्राहकलाई काउन्टरभित्र छिर्दा प्रवेशद्वारमा हात धोइ स्यानिटाइजर लगाउने व्यवस्था गर्ने, थर्मल गन प्रयोग गरी शरिरको तापक्रम मापन गर्ने र साबुन पानीले हात धुने तथा व्यक्तिगत सुरक्षा उपकरण अनिवार्यरुपमा लगाएर कर्मचारी बस्ने व्यवस्था मिलाइने भएको छ । ग्राहकले महसुल बुझाइसकेपछि जाने बेलामा पनि स्यानिटाइजर लगाएर पठाउने व्यवस्था गरिएको छ । सङ्कलन भएको नोट वा सिक्कालाई स्यानिटाइज गरी विशेष सावधानीपूर्वक राख्ने, सङ्कलन भएको महसुल सोही दिन बैंकमा जम्मा गर्ने, मास्क लगाएको ग्राहकलाई मात्र कम्पाउण्डमा छिर्न दिने व्यवस्था गर्नसमेत प्राधिकरणको आचारसंहितामा उल्लेख छ । यस्तै आयोजनाको काम र अन्य पूँजीगत कार्य सञ्चालनका लागि पनि नयाँ व्यवस्था गरिएको छ । जटिल प्राविधिक कार्य र सुपरिवेक्षणका कार्यबाहेक अन्य सबै काममा सकभर स्थानीय कामदार प्रयोग गर्ने, काममा खटिने व्यक्तिले मास्क र पञ्जाको अनिवार्य प्रयोग गर्ने र स्यानिटाइजरको आवश्यकताअनुसार व्यवस्था गर्न भनिएको छ । रासस
एक वर्ष ढिलाे भए हाइड्रो क्षेत्रले ९ हजार करोड रुपैयाँ आम्दानी गुमाउने निश्चित
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले सबै क्षेत्रहरु समस्यामा परेका छन् । यो भाइरसका कारण प्रायः सबै निर्माणाधीन जलविद्युतका आयोजनाहरुलाई पनि प्रभापवत बनाएको छ । आयोजना निर्माणको काम सम्पन्न भएर विद्युत उत्पादनको चरणमा गएका आयोजनाहरु निरन्तर रुपमा काम गरिरहेकै भएपनि निर्माणाधनि आयोजनाहरुलाई निकै असर परेको छ । कोरोनाक्रै कारण देशमा भएको लकडाउनका कारण ती आयोजनाहरुलाई असर परेको हो । ती आयोजनाहरुमा विभिन्न कारणले समस्या भइरहेको छ । कपितय आयोजनाका लागि सामान पुर्याउन नसकेर बन्द छन् भने कतिपय सामान भएर पनि कर्मचारीहरु नभएर सुस्त बनेका छन् । लकडाउनले सीमा नाका पनि बन्द भएकोले भारत वा अन्य देशबाट आउने सामानहरु पनि आयात गर्न सकिएको छैन । अहिले अधिकतम २० प्रतिशत आयोजनाहरुको मात्र काम भइरहेको छ भने ८० प्रतिशतका आयोजनाहरु बन्द अवस्थामा नै छन् । सरकारले पहिलो पटक चैत ११ गते लकडाउनको घोषणा गर्ने बित्तिकै धेरै कर्मचारीहरु घर फर्किसकेका छन् । उनीहरु घरबाट अहिले नै फर्कि आउने वातावरण पनि अहिले छैन । त्यसकारण पनि निर्माणाधीन आयोजनाहरु प्रभावित भएका हुन् । दोस्रो, जुन आयोजनामा सुरुङ बनाउनु पर्थ्र्यो । ती आयोजनाहरुमा सुरुङ बनाउनका लागि चाहिने बिष्फोटक सामग्रीहरु नहुँदा पनि काम रोककिएको हो भने त्यो बिष्फोटक पदार्थ विष्फोट गर्ने सेनाहरु पनि अहिले आयोजना निर्माणाधीन स्थलमा जान सक्ने अवस्थाा छैन । भएसम्म स्थानीय स्तरमै राखेको सामान प्रयोग गर्यौं । तर, अहिले त्यो सामान सकिए पछि काम पनि रोकियो । अन्य ठाउँबाट सामान लिनको लागि हामी सँग पास पनि भएन । सामान ढुवानी गर्नको लागि समस्या भयो । अर्को समस्या भनेको काम गर्दा गर्दै धेरै सामान बिग्रिसकेको छ । ती बिग्रिसकेका सामानहरु पुनर्निर्माण गर्ने अवस्था रहेन । लकडाउनको कारण धेरै पसल बन्दा हुँदा ती सामानहरुलाई पनि सुधार्न सकिएन । त्यसले पनि काम रोकियो । धेरै आयोजनाहरु निर्माण कार्य सकेर विद्युत उतपादनको चरणमा थिए । ती आयोजनाका लागि पनि अनुगमन गर्न जाने मानिस नहुँदा र प्राधिकरणका मानिस गएर प्रमाणिकरण नगरिदिदा पनि रोकिएका छन् । यी विभिन्न कारणले जलविद्युतका आयोजनाहरु आयोजना ठप्प बनेका छन् । आर्थिक नोक्सान यो बन्दले जलविद्युत क्षेत्रलाई पनि धेरै असर पर्ने देखिन्छ । अहिलेको एक दुई महिनाले जलविद्युत क्षेत्रका आयोजनाले एक अब बर्खायाम पनि सुरु हुन थालेको छ । वर्खायामको मुखमा बन्द हुनु भनेको मंसिरसम्म बन्द हुनु जस्तै हो । यो बन्दले जलविद्युत क्षेत्रमा आठ नौ महिना नै असर पर्छ । आउँदो मंसिरमा पनि सबै फिल्डमा गएर काम गर्नु पर्ने अवस्था रहँदैन । त्यतिखेर पनि धेरै व्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यो व्यवस्थापन गर्न पनि एक दुई महिना समय लाग्छ । दुई महिना बन्द गरेर मंसिरमा चालु गरेपनि ८/९ महिना काम ढिलो हुन्छ । धेरै चिजको बन्दोवस्त गर्नु पर्ने हुन्छ । विभिन्न सामान र जनशक्तिको आवश्यकता पर्छ । त्यसैले अहिलेको बन्दले एक वर्ष ढिलो हुने निश्चित छ । आोजना एक वर्ष ढिलो हुँदा झण्डै साढे २ अर्ब व्याजमा फरक पर्छ । हामी एक मेगावाटले वार्षिक ३ करोड रुपैयाँ जतिको विद्युत बेच्छ भन्छौं । तीन हजार मेगावाटको ३ करोड भनेपछि ९ हजार करोड हुन्छ । यदि यी परियोजनाहरु एक वर्ष ढिलो भयो भने ९ हजार कारोडको आम्दानी यी आयोजनाहरुले गुमाउने छन् । सरकारी राहत सञ्चालन भएका आयोजनाहरु पनि पहिले देखि नै समस्याग्रस्त छन् । तिनीहरुलाई कोरोना भाइरसको असर नभएपनि केही राहत दिनुपर्छ भनेर हामीले पहिले देखि नै आवाज उठाउँदै आएका छौं । पीपीए दरमा पुनरावलोकन गर्ने पर्ने, व्याजदरमा सहुलियत दिनु पर्छ भनेर हामीले सरकारलाई भन्दै आएका छौं । कोरोना भाइरसको सन्दर्भमा हामी केही भनिरहेका छैनौं । तर, जो असरमा परेका छन् तिनीहरुले त राहत पाउनु नै पर्छ । तर, अहिले मुख्य राहत दिनु पर्ने भनेको सञ्चालनमा रहेका आयोजनालाई हो । सञ्चालनमा आएका आयोजनालाई सहुलियत दिनु पर्छ । व्याज सहुलियत दिन सकिएन भने पनि केही वर्षका लागि पीपीए दर पुनरावलोकन गर्नुपर्छ । त्यसमा राहत ल्याइदिनु पर्छ । अर्को राहत भनेको सबै आयोजनाहरुलाई नीतिगत रुपमा नै आयोजनाको समयावधि थपिदिनु पर्छ । यिनीहरुले समयमै आयोजना निर्माण गर्न सक्दैनन् । उनीहरुले फेरि जरिवाना हुनु पर्ने अवस्था आउँछ । ती आयोजनाहरुको समयावधि थपि दिनु पर्छ । यो नर्मल भएपछि हामी एउटा कार्यदल बनाएर यो समस्याको लागि कार्यदल बनाएर समस्याको समाधान गर्न तर्फ लाग्छौं । लकडाउन खुल्ने बित्तीकै आयोजना सहज रुपमा अगाडि बढाउने स्थिती पनि छैन । त्यसकारण सरकारले यसतर्फ ध्यान दिन पनि जरुरी छ । धेरै आयोजनाहरु निर्माणको आयोजनामा प्रवेश हुँदै गरेका छन् । जो पीपीए गर्दैछन् फाइनान्स क्लोज गर्दै छन् ती पनि ३ हजार मेगावाटका छन् । ती आयोजनाहरु आउने वातावरण सरकारले सिर्जना गर्नु पर्छ । बजेटमा विद्यत अहिले सरकारले अर्कै तर्फ बढी प्राथमिकता दिइरहेको अवस्था छ । हामी चाहन्छौं, त्यस्तो नहोस् । एकथरिले जलविद्युतमा अब पुग्यो भन्ने पनि गरेका छन् । हामीले तीन हजार मेगावाटका आयोजनाहरु आउन दिने वातावरण सरकारले गर्नु पर्छ । यदि सरकारले यसतर्फ ध्यान दिएन भने दुई तीन वर्ष पछाडि आउने आयोजना एउटा पनि हुँदैनन् । हामी केही वर्ष पछि फेरि भिषण लोडसेडिङमा पर्छौं । हाम्रा आयोजना हुँदैनन् । भारतबाट कहिल्यै आउँछ कहिले आउँदैन । ती तीन हजार मेगावाटका आयोजनालाई चाहिने ऋण सहयोग पनि सरकारले उपलब्ध गराइदिनु पर्छ । त्यो रकम पनि सहुलियत व्याजदरमा हुनु पर्छ । राष्ट् बैंकले पहिले गरेजस्तै त्यो नीति ल्याउनु पर्छ । बैंकर्सले जलविद्युतमा १५ प्रतिशत लगानी गर्नै पर्ने बाध्यकारी नीति ल्याउनु पर्छ । हामीले पहिलेदेखि नै धेरै कुराहरुको माग गरिरहेका छौं । अब त्यसको सम्बोधन आउने बजेटबाट हुनुपर्छ । त्यो आशा हामीले राखेका छौं । त्यसमा जलविद्युत पनि समेट्नु पर्छ । व्याजदर सहुलियत, केही आयोजना सस्तो बनाउनको लागि पनि सरकारले सहयोग गर्नु पर्छ । विद्युत ऐन अहिले विद्युत ऐन नै विवादित र एकतर्फि छ । सर्वप्रथम विद्युत ऐन कसका लागि र किन ल्याएको हो भन्ने कुरा सरकारले राम्रो सँग बुझ्नु पर्छ । अहिलेको यो ऐनबाट निजी क्षेत्र त्रसित छ । यो आयोजना महँगो ऐन आएर लक्षितवर्गलाई नै फाइदा नहुने एनेको के काम ? यसले निजी क्षेत्रका कुनै पनि समस्याहरु समेटेको छैन । अहिले कार्यान्वन भएको ऐनमा जुन कुरा हामीलाई समस्या थिए ती समस्याको समाधान र कार्यान्वयन यो ऐनले बोलेको छैन । विदेशी लगानी ल्याउन यसले पहल गरेको देखिदैन । यो ऐन जलविद्युतमा मात्र केन्द्रित छ । अन्य उर्जाका आयोजनाहरुलाई पनि यसले समेट्दैन । अहिले ४० वर्ष सम्मको मात्र लाइसेन्स भनेको छ । भएको व्यवस्था पनि कटौती गरेको छ । विद्यमान समस्या समाधान गर्न पनि कुनै पहल भएन । विदेशी लगानी र सरकारी आयोजनामा प्रतिस्पर्धा देखिँदैन । यसले स्वदेशी साना आयोजनालाई हतोत्साहित बनाउने खालको मात्र छ । यसको पनि पुनरावलोकन गर्नु पर्छ भन्ने मलाई लाग्छ । (स्वतन्त्र उर्जा उत्पादन संघका उपाध्यक्ष पाण्डेसँग सन्तोष रोकायाले गरेको कुराकानीमा आधारित)
जसले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मुहार फेरे
चितवन। चार वर्ष अघि यहाँको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वेथिति बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवा सुधारका लागि पहल गरेको थियो । अस्पतालका उपकरणहरु थन्किएका थिए । उपकरण बिग्रिएर र आवश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यालय समयमा बाहिर सेवा गर्न थालेपछि प्रशासनले प्रत्यक्ष चेकजाँच समेत गरेको थियो । यसबीचमा अस्पतालका कार्यकारी निर्देशकमा प्राडा विजयचन्द्र आचार्य नियुक्त भएपछि अस्पतालको भौतिक, उपकरण , सेवा तथा प्रशासनिक लगायतका क्षेत्रमा आमूल सुधार आएको जनाइएको छ । उनको तीनवर्षे कार्यकालको नियुिक्त विस २०७४ वैशाख २४ गते भएको थियो । उनले भने,“ मैले कार्यभार संहाल अस्पतालमा १ सय ९४ श्यया रहेको थियो । अहिले ४ सय ५० पुगेको छ । आठ वटा अत्याधुनिक मोडुलर शल्यक्रिया थ्रेटर जडान गरिएको छ । यस अघि चारवटा पुरानो ढाँचाका थे्रटर रहेका थिए । यस्तै १८ श्ययाको सघन उपचार कक्ष निर्माण गरिएको छ ।” वि.सं. २०५७ मा एक सय श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा अतिरिक्त विस्तारित सेवा सुरु गरिएको छ । यसले गर्दा कार्यालय समय बाहेकको समयमा थप शुल्क तिरेर बिरामीले उपचार सेवा पाएका छन् । यस संगै निजीको महंगो शुल्कबाट बिरामी जोगिएका छन् । कार्यकारी निर्देशक डा आचार्यका अनुसार पोखरा विश्वविद्यालयसंग सहकार्य गरेर स्नातक नर्सिङ् अंकोलोजिमा पढाई सुरु भएको छ । दोस्रो सत्रका विद्यार्थी अहिले अध्ययनरत छन् । अहिले ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । अस्पतालमा तीन वटा नयाँ रेडियोथेरापि उपकरण थप गरिएको छ भने एउटा पुरानोलाई मर्मत गरि संञ्चालनमा ल्याइएको छ । उनले दैनिक ६० जना हाराहारीले सो सेवा पाउने गरेकोमा अहिले २०० जनाले सुबिधा पाएका छन् ।यसका कारण पालोमा बस्नु नपर्ने भएको छ । अस्पतालले अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापनको काम सुरु गरेको छ । अस्पतालका काउण्टर कृषि बिकास बैङक मार्फत् सञ्चालन गरिएका छन् । अस्पतालको प्याथोलोजिमा नयाँ उपकरण जडान गरिएको छ भने दुई–दुई घण्टामा नतिजा दिनका लागि आकस्मिक प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । लोक सेवा मार्फत भर्ना र कर्मचारीको वृत्तिबिकासको काम थालिएको छ । अस्पतलामा थन्किएका सिटि, एमआरआई, प्लेटलेट फेरेसिस जस्ता उपकरणहरु सञ्चालनमा आएका छन् भने शल्यक्रिया र वहिरंग सेवा दैनिक संञ्चालनमा आएका छन् । उनले भने,“यस अघि शल्यक्रिया र वहिरंग सेवा पालो गरेर दिने गरिन्थ्यो । अव पालो कुनु पर्दैन । अस्पतालको मर्मत सम्भार, रङ्ग रोगन, कालोपत्रेको ओभरले जस्ता भौतिक निर्माणका काम सम्पन्न गरिएका छन् । ”अस्पतालमा बन्दै गरेको भवन सम्पन्न गरि सेवा बिस्तार गरिएको हो । अस्पतालले आफ्नै फार्मेसी सेवा शुरुआत गरेको छ । उनका अनुसार दैनिक ३ सय हाराहारीका बिरामीको संख्या ७ सय पु¥याईएको छ भने दैनिक रु ४ लाख हाराहारीको राजस्व रु १५ लाख पु¥याइएको छ । अस्पतलाले बार्षिक रुपमा क्यान्सरका मात्र आठ हजार बिरामीलाई सेवा दिदै आएको छ । गतवर्ष सबै बिरामी गरि १ लाख ४० हजारले सेवा लिएको अस्पताललले जनाएको छ । नेपालका ७७ जिल्ला र भारतीय सिमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । चिनिया सरकारको सहयोगमा सो अस्पताल बनेको हो । अस्पतालमा हाल चिनिया १५ जना विशेषज्ञ चिकित्सक सहित ७ सय हाराहारी चिकित्सक,स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् । अस्पतालमा उप–कार्यकारी निर्देशक हुँदा हुँदै हालै मात्र अध्यक्ष हुनु भएका डा. निर्मल लामिछाने अस्पतालको आन्तरिक विकास र व्यवस्थापनमा आमूल परिवर्तन आएको बताउँछन् । जसका कारण बिरामीले नीजिमा धाउनु नपर्ने भएको र छोटो समयमा नतिजा प्राप्त गर्न सफल भएको उनको भनाई छ । न्यून शुल्कमा उपचार हुने भएकाले धेरैको आकर्षण क्यान्सर अस्पतालमा छ । क्यान्सर सेवा समाजका सल्लाहाकार संयोजक श्यामप्रसाद लामिछाने अस्तव्यस्थ वनेको क्यान्सर अस्पतालले गति लिएको जानकारी दिन्छन् । आर्थिक रुपमा सम्पन्न नभएका बिरामीको पनि उपचार गर्ने अस्पताल भएकाले यसको छुट्टै महत्व भएको उनी बताउँछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियारले अस्पताल अहिले सुधारात्मक ढङ्गबाट अघि वढेको बताउँछन् । अस्पताल सेवाका बारेमा जिल्लाका सबैले चिन्ता व्यक्त गरेका थिए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ धारासायी बनिसकेको अस्पतालको प्रशासनिक, भौतिकसंगै उपचारका सेवाहरु सबैमा आमूल परिवर्तन आएको बताउँछन् । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल बनाउने संकल्पका साथ स्थापना गरिएको हो । धारासायी हुनबाट बचेर सुधारको बाटोमा अघि बढे पनि अझै थप व्यवस्थित गरि सुबिधा दिनुपर्ने सर्वसाधारण बताउँछन् । रासस