
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले सबै क्षेत्रहरु समस्यामा परेका छन् । यो भाइरसका कारण प्रायः सबै निर्माणाधीन जलविद्युतका आयोजनाहरुलाई पनि प्रभापवत बनाएको छ । आयोजना निर्माणको काम सम्पन्न भएर विद्युत उत्पादनको चरणमा गएका आयोजनाहरु निरन्तर रुपमा काम गरिरहेकै भएपनि निर्माणाधनि आयोजनाहरुलाई निकै असर परेको छ ।
कोरोनाक्रै कारण देशमा भएको लकडाउनका कारण ती आयोजनाहरुलाई असर परेको हो । ती आयोजनाहरुमा विभिन्न कारणले समस्या भइरहेको छ । कपितय आयोजनाका लागि सामान पुर्याउन नसकेर बन्द छन् भने कतिपय सामान भएर पनि कर्मचारीहरु नभएर सुस्त बनेका छन् ।
लकडाउनले सीमा नाका पनि बन्द भएकोले भारत वा अन्य देशबाट आउने सामानहरु पनि आयात गर्न सकिएको छैन । अहिले अधिकतम २० प्रतिशत आयोजनाहरुको मात्र काम भइरहेको छ भने ८० प्रतिशतका आयोजनाहरु बन्द अवस्थामा नै छन् ।
सरकारले पहिलो पटक चैत ११ गते लकडाउनको घोषणा गर्ने बित्तिकै धेरै कर्मचारीहरु घर फर्किसकेका छन् । उनीहरु घरबाट अहिले नै फर्कि आउने वातावरण पनि अहिले छैन । त्यसकारण पनि निर्माणाधीन आयोजनाहरु प्रभावित भएका हुन् ।
दोस्रो, जुन आयोजनामा सुरुङ बनाउनु पर्थ्र्यो । ती आयोजनाहरुमा सुरुङ बनाउनका लागि चाहिने बिष्फोटक सामग्रीहरु नहुँदा पनि काम रोककिएको हो भने त्यो बिष्फोटक पदार्थ विष्फोट गर्ने सेनाहरु पनि अहिले आयोजना निर्माणाधीन स्थलमा जान सक्ने अवस्थाा छैन । भएसम्म स्थानीय स्तरमै राखेको सामान प्रयोग गर्यौं । तर, अहिले त्यो सामान सकिए पछि काम पनि रोकियो ।
अन्य ठाउँबाट सामान लिनको लागि हामी सँग पास पनि भएन । सामान ढुवानी गर्नको लागि समस्या भयो । अर्को समस्या भनेको काम गर्दा गर्दै धेरै सामान बिग्रिसकेको छ । ती बिग्रिसकेका सामानहरु पुनर्निर्माण गर्ने अवस्था रहेन । लकडाउनको कारण धेरै पसल बन्दा हुँदा ती सामानहरुलाई पनि सुधार्न सकिएन । त्यसले पनि काम रोकियो ।
धेरै आयोजनाहरु निर्माण कार्य सकेर विद्युत उतपादनको चरणमा थिए । ती आयोजनाका लागि पनि अनुगमन गर्न जाने मानिस नहुँदा र प्राधिकरणका मानिस गएर प्रमाणिकरण नगरिदिदा पनि रोकिएका छन् । यी विभिन्न कारणले जलविद्युतका आयोजनाहरु आयोजना ठप्प बनेका छन् ।
आर्थिक नोक्सान
यो बन्दले जलविद्युत क्षेत्रलाई पनि धेरै असर पर्ने देखिन्छ । अहिलेको एक दुई महिनाले जलविद्युत क्षेत्रका आयोजनाले एक अब बर्खायाम पनि सुरु हुन थालेको छ । वर्खायामको मुखमा बन्द हुनु भनेको मंसिरसम्म बन्द हुनु जस्तै हो । यो बन्दले जलविद्युत क्षेत्रमा आठ नौ महिना नै असर पर्छ । आउँदो मंसिरमा पनि सबै फिल्डमा गएर काम गर्नु पर्ने अवस्था रहँदैन । त्यतिखेर पनि धेरै व्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यो व्यवस्थापन गर्न पनि एक दुई महिना समय लाग्छ ।
दुई महिना बन्द गरेर मंसिरमा चालु गरेपनि ८/९ महिना काम ढिलो हुन्छ । धेरै चिजको बन्दोवस्त गर्नु पर्ने हुन्छ । विभिन्न सामान र जनशक्तिको आवश्यकता पर्छ । त्यसैले अहिलेको बन्दले एक वर्ष ढिलो हुने निश्चित छ । आोजना एक वर्ष ढिलो हुँदा झण्डै साढे २ अर्ब व्याजमा फरक पर्छ । हामी एक मेगावाटले वार्षिक ३ करोड रुपैयाँ जतिको विद्युत बेच्छ भन्छौं । तीन हजार मेगावाटको ३ करोड भनेपछि ९ हजार करोड हुन्छ । यदि यी परियोजनाहरु एक वर्ष ढिलो भयो भने ९ हजार कारोडको आम्दानी यी आयोजनाहरुले गुमाउने छन् ।
सरकारी राहत
सञ्चालन भएका आयोजनाहरु पनि पहिले देखि नै समस्याग्रस्त छन् । तिनीहरुलाई कोरोना भाइरसको असर नभएपनि केही राहत दिनुपर्छ भनेर हामीले पहिले देखि नै आवाज उठाउँदै आएका छौं । पीपीए दरमा पुनरावलोकन गर्ने पर्ने, व्याजदरमा सहुलियत दिनु पर्छ भनेर हामीले सरकारलाई भन्दै आएका छौं । कोरोना भाइरसको सन्दर्भमा हामी केही भनिरहेका छैनौं । तर, जो असरमा परेका छन् तिनीहरुले त राहत पाउनु नै पर्छ । तर, अहिले मुख्य राहत दिनु पर्ने भनेको सञ्चालनमा रहेका आयोजनालाई हो ।
सञ्चालनमा आएका आयोजनालाई सहुलियत दिनु पर्छ । व्याज सहुलियत दिन सकिएन भने पनि केही वर्षका लागि पीपीए दर पुनरावलोकन गर्नुपर्छ । त्यसमा राहत ल्याइदिनु पर्छ । अर्को राहत भनेको सबै आयोजनाहरुलाई नीतिगत रुपमा नै आयोजनाको समयावधि थपिदिनु पर्छ । यिनीहरुले समयमै आयोजना निर्माण गर्न सक्दैनन् । उनीहरुले फेरि जरिवाना हुनु पर्ने अवस्था आउँछ । ती आयोजनाहरुको समयावधि थपि दिनु पर्छ ।
यो नर्मल भएपछि हामी एउटा कार्यदल बनाएर यो समस्याको लागि कार्यदल बनाएर समस्याको समाधान गर्न तर्फ लाग्छौं । लकडाउन खुल्ने बित्तीकै आयोजना सहज रुपमा अगाडि बढाउने स्थिती पनि छैन । त्यसकारण सरकारले यसतर्फ ध्यान दिन पनि जरुरी छ । धेरै आयोजनाहरु निर्माणको आयोजनामा प्रवेश हुँदै गरेका छन् । जो पीपीए गर्दैछन् फाइनान्स क्लोज गर्दै छन् ती पनि ३ हजार मेगावाटका छन् । ती आयोजनाहरु आउने वातावरण सरकारले सिर्जना गर्नु पर्छ ।
बजेटमा विद्यत
अहिले सरकारले अर्कै तर्फ बढी प्राथमिकता दिइरहेको अवस्था छ । हामी चाहन्छौं, त्यस्तो नहोस् । एकथरिले जलविद्युतमा अब पुग्यो भन्ने पनि गरेका छन् । हामीले तीन हजार मेगावाटका आयोजनाहरु आउन दिने वातावरण सरकारले गर्नु पर्छ । यदि सरकारले यसतर्फ ध्यान दिएन भने दुई तीन वर्ष पछाडि आउने आयोजना एउटा पनि हुँदैनन् । हामी केही वर्ष पछि फेरि भिषण लोडसेडिङमा पर्छौं । हाम्रा आयोजना हुँदैनन् । भारतबाट कहिल्यै आउँछ कहिले आउँदैन ।
ती तीन हजार मेगावाटका आयोजनालाई चाहिने ऋण सहयोग पनि सरकारले उपलब्ध गराइदिनु पर्छ । त्यो रकम पनि सहुलियत व्याजदरमा हुनु पर्छ । राष्ट् बैंकले पहिले गरेजस्तै त्यो नीति ल्याउनु पर्छ । बैंकर्सले जलविद्युतमा १५ प्रतिशत लगानी गर्नै पर्ने बाध्यकारी नीति ल्याउनु पर्छ । हामीले पहिलेदेखि नै धेरै कुराहरुको माग गरिरहेका छौं । अब त्यसको सम्बोधन आउने बजेटबाट हुनुपर्छ । त्यो आशा हामीले राखेका छौं ।
त्यसमा जलविद्युत पनि समेट्नु पर्छ । व्याजदर सहुलियत, केही आयोजना सस्तो बनाउनको लागि पनि सरकारले सहयोग गर्नु पर्छ ।
विद्युत ऐन
अहिले विद्युत ऐन नै विवादित र एकतर्फि छ । सर्वप्रथम विद्युत ऐन कसका लागि र किन ल्याएको हो भन्ने कुरा सरकारले राम्रो सँग बुझ्नु पर्छ । अहिलेको यो ऐनबाट निजी क्षेत्र त्रसित छ । यो आयोजना महँगो ऐन आएर लक्षितवर्गलाई नै फाइदा नहुने एनेको के काम ? यसले निजी क्षेत्रका कुनै पनि समस्याहरु समेटेको छैन । अहिले कार्यान्वन भएको ऐनमा जुन कुरा हामीलाई समस्या थिए ती समस्याको समाधान र कार्यान्वयन यो ऐनले बोलेको छैन ।
विदेशी लगानी ल्याउन यसले पहल गरेको देखिदैन । यो ऐन जलविद्युतमा मात्र केन्द्रित छ । अन्य उर्जाका आयोजनाहरुलाई पनि यसले समेट्दैन । अहिले ४० वर्ष सम्मको मात्र लाइसेन्स भनेको छ । भएको व्यवस्था पनि कटौती गरेको छ । विद्यमान समस्या समाधान गर्न पनि कुनै पहल भएन । विदेशी लगानी र सरकारी आयोजनामा प्रतिस्पर्धा देखिँदैन । यसले स्वदेशी साना आयोजनालाई हतोत्साहित बनाउने खालको मात्र छ । यसको पनि पुनरावलोकन गर्नु पर्छ भन्ने मलाई लाग्छ ।
(स्वतन्त्र उर्जा उत्पादन संघका उपाध्यक्ष पाण्डेसँग सन्तोष रोकायाले गरेको कुराकानीमा आधारित)