विकासन्युज

काठमाडाैंकाे गाैशालामा एम्बुलेन्स दुर्घटना

काठमाडौं । काठमाडाैंकाे गाैशालामा एम्बुलेन्स दुर्घटना भएकाे छ । मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको कारलाई विपरित दिशावाट आएको एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको हाे । प्रमुख महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल अनुसार उक्त घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुबै सवारी साधनमा क्षति भएको छ । जसमा कुनै मानवीय क्षति नभएको उनले बताए । उक्त एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको प्रहरीले जनाएका छन् । दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा रहेको छ । वैशाख २५ गते अन्दाजी १५:३० बजेको समयमा का.जि. स्थित गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको बा १० च ८५१३ नं. को निजी कारलाई विपरित दिशावाट आएको बा ८ छ ६९२८ नं.को एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको हाे । निजी कार चालक गोगबु बस्दै आएका २९ वर्षिय सविन श्रेष्ठ हुन् । त्यस्तै, एम्बुलेन्स चालक जिल्ला मोरङ पथरी नगरपालिका बस्ने राम बहादुर चौधरी ३६ वर्षका रहेका छन् ।  

लकडाउनले अनलाइन कक्षाको बानी बसायो, अब अन्य समयमा पनि निरन्तरता दिनुपर्छ

विश्व कोरोना भाइरसको महामारीमा छ । कोरोना भाइरसको कारण भएको लकडाउनले मानिसका दैनिक गतिविधी पनि ठप्प छन् । मानिसहरु घरभित्रै छन् । नेपालमा पनि जेठ ११ गतेदेखि लकडाउन जारी नै छ । लकडाउनको कारण सम्पूर्ण शैक्षिक संघ संस्थाहरुको पठनपाठनमा पनि प्रभाव परेको छ । त्यो असर आइआइएमएस कलेजमा पनि परेको छ । लकडाउनको कारण अहिले  शैक्षिक संस्थाहरु बन्द हुँदा धेरै जसो विद्यालयहरुले अहिले अनलाइन कक्षालाई प्राथमिकता दिइरहेका छन् । आइआइएमएस कलेजमा अनलाइनमार्फत बीसीए, बीएससी सीआईटी, एमबीए, बीआईटी, बीएचएम, बीबीए गरी जम्मा ६ वटा कोर्स पढाई हुने गर्दछ । १२ सय विद्यार्थी रहेको कलेजमा ५० को हाराहारीमा पूर्णकालीन कर्मचारी कार्यरत छन् । आंशिक कर्मचारीको संख्यामा पनि ५० कै हाराहारीमा छन् । आइएमएमएसको लर्निङ म्यानेजमेन्ट सिस्टमले पहिलादेखि नै भर्चुअल कक्षाहरु प्रयोगमा थियो । त्यसले गर्दा हामीलाई विद्यार्थीहरुलाई अनलाइनमार्फत पढाउन केही हदसम्म सजिलो भयो । पछिल्लो दुई हप्तादेखि हामी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं । अहिलेको स्थिती हेरेर विद्यार्थीहरुलाई पढाइमा केही हदसम्म सामेल गराउन र उनीहरुलाई लकडाउनको समयमा उनीहरुको शिक्षामा बाधा नपारोस् भन्ने उद्देश्यले हामीले कक्षा सञ्ंचालन गरेका हौं । यो समयमा पनि हामीले कोर्षनै पुरा गर्ने किसिमले कक्षा संचालन गरेका होईनौं । यो संकटको समयमा पुरै अनलाइनमा जान पनि गाह्रो नै छ । अहिले हामीले सुरुवाती चरणमा विद्यार्थीहरुको लागि संचालन गरिएको अनलाइन कक्षाको रेकर्ड राख्ने गरिरहेका छौं । यसरी विभिन्न समस्याका कारण लाईभ कक्षामा समेल हुन नपाएका विद्यार्थीहरुले पनि हेर्न सक्नेछन् । हामीले विद्यार्थीहरु कक्षा हुने समयको तालिका पठाउँछौं । भालीको दिनमा पनि अनलाईन कक्षाहरु सञ्चालन गर्न सजिलाे हुन्छ । अनलाइन कक्षाको समस्या नेपालको अवस्थामा अनलाइन कक्षा राम्रोसँग सञ्चालन गर्न हदसम्म गाह्रो नै छ । हाम्रो समस्या भनेको उपत्यका बाहिर गएका विद्यार्थीहरु कमजोर इन्टरनेटको कारण अनलाइन कक्षामा सामेल हुन सकिरहेका छैनन् । यद्यपी हाम्रो ८० प्रतिशत विद्यार्थीहरु भने सामेल भएका छन् । अनलाइन कक्षालाई लकडाउनपछि पनि यसलाई निरन्तरता दिन सकिन्छ । यसको लागि हामीले यो लकडाउनको समयमा यसको पुरा अध्यन गर्नुपर्दछ । लकडाउनको समय हाम्रो केही नयाँ सिक्ने समय हो । अझै नयाँ पनि टेक्नोलोजीसँग नजिक भएर काम गर्न सिक्ने समय हो ।  सबै स्टाफ, फ्याकल्टी मेम्बरर्सलाई तलबको व्यवस्था गर्नु पनि यो समयमा धेरै गाह्रो छ । शैक्षिक संस्थाहरु चल्ने भनेको विद्यार्थीहरुले दिने शैक्षिक शुल्कबाट नै हो । अनलाइन कक्षाका फाइदा अनलाइन कक्षाको धेरै फाइदाहरु छन् । हामी कलेज जानको लागि बिहानै उठेर कपडा लगाएर जानलाई  एक दुई घण्टा बढि त्यसमै खेर गइरहेको हुन्छ । अनलाइन कक्षाले समयलाई बचाउँदछ । यस्तै, नेपालको अवस्थामा यो लकडाउनले अब प्रविधीको प्रयोग र त्यसको फाइदा लिन मानिहरुलाई उत्सुक गराउँछ । अनलाइन कक्षामा अब शिक्षकहरुले झनै मेहेनत गर्नुपर्ने देखिन्छ । यदि सबैले आफ्नो पक्षबाट मेहेनत गर्ने हो भने भोलिको दिनमा यसलाई निरन्तरता दिन सकिन्छ । (आइआइएमएस कलेजका सीईओ सविन्द्र महर्जनसँग डोमी शर्पाले गरेको कुराकानीमा आधारित)

श्रम मन्त्रालयले काेराेना काेषमा दियाे साढे १४ लाख रूपैयाँ

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५१ हजार ९ सय ६७ रूपैयाँ दाखिला गरेको छ । मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ । रासस

चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा गौतम नियुक्त

काठमाडाैं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । काठमाडौंमा बिहीबार (आज) बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उनलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य डा अधिकारीले बताए । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य डा अधिकारीका अनुसार उनले आजै शपथ ग्रहण गरेका छन् ।

संसदसँग शेखर गाेल्छाकाे मागः उद्याेग क्षेत्र उकास्ने हाे भने ५ प्रतिशत व्याजमा कर्जा दिने व्यवस्था मिलाउनु पर्याे

काठमाडौं । कोरोना भाइरस नियान्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेकाे लकडाउनका कारणा उत्पन्न असहज अवस्थाबाट पार पाउन निजी क्षेत्रले सहुलियतदरकाे व्याजदर कर्जा पाउनुपर्ने माग दाेहाेर्याएकाे छ । प्रतिनिधिसभा अन्तरगतकाे अर्थ समितिले गरेकाे छलफलमा नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले सस्ताे दरमा कर्जा पाउनु पर्ने बताएका हुन् । उद्योगीहरुले ४५ दिनसम्म बन्द भएका उद्योगहरुलाई सरकारले सहजीकरण गरेर ५ प्रतिशत व्याजमा ऋण पाइने व्यवस्था कार्यान्वयन गराउन भनेका हुन् । यस्ताे कर्जामा सरकारले २ प्रतिशत व्याजमा रकम उपलब्ध गराउने र बैंक तथा वित्तीय संस्थाले त्यसमा ३ प्रतिशत सेवा शुल्क थप गरेर ५ प्रतिशत व्याजमा ऋण पाइने व्यवस्था गर्नुपर्ने उनकाे भनाइ छ । ‘उद्योग क्षेत्रमा पहिलेको जस्तो बन्द हड्ताल हैन, विद्युतमा पनि समस्या छैन, भूकम्पका कारणबाट पनि छोटो समयमा नै रिकभर पाएको थियो, तर अहिले अवस्था सजिलो छैन्, यो समयमा सरकारले सहयोग गर्नु पर्छ,’ गोल्छाले भने । राष्ट्र बैंकले २ प्रतिशतमा बैंकहरुलाई ऋण दिएर बैंकहरुले ५ प्रतिशतमा उद्योगीहरुलाई ऋण दिन पनि सकिने गोल्छाले बताए । दक्षिण एसियामा नेपालका बैंक सबैभन्दा बलियो अवस्था रहेकाे पनि उनले बताए । काेराेनाकाे कारण थला परेकाे अर्थतन्त्र विगतमा जस्तो त्यत्ति सजिलै र छिट्टै रिकोभर नहुने भन्दै उनले पर्यटन क्षेत्र १ वर्षदेखि २ वर्षसम्म रिकोभर नहुने भएकाेले विशेष व्यवस्था गर्नुपर्ने उनकाे भनाइ छ । यस्तै, कृषि क्षेत्रमा दीर्घकालीन असर पर्ने उनकाे भनाइ छ । रेमिट्यान्सको ७० प्रतिशत रकम नेपालमा मध्यपूर्वबाट आइरहेकोले साे क्षेत्रकाे राेजगारी गुम्ने खतरा अत्याधिक रहेकाे गाेल्छाकाे भनाइ छ । ती देशमा कोरोनाको असर र तेलको मूल्यमा कमी आएकाले ५ लाख रोजगारी कटौती हुने र त्यसकाे असर नेपालमा पर्ने गाेल्छाकाे भनाइ छ । रेमिट्यान्स कम हुदा शोधनान्तर र उपभाेगमा चुनाैति आउँने भन्दै गाेल्छाले महासंघले अहिले बजेट निर्माणका लागि दिएको सुझाव अनुसार अर्थतन्त्रको पुनरउत्थान, परनिर्भरता घटाइ रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष राजेन्द मल्लले सरकारले नयाँ आउने बजेटमा देश आत्मनिभरका लागि उत्पादन वृद्धिगर्ने योजना ल्याउनु पर्ने बताए । ‘लकडाउनले नै नेपालमा कोरोना रोकीएकोले लकडाउन पालन गर्नुपर्छ, जडिबुटीबाट नेपालमा नै औषधि बनाउने योजना पनि यो बजेटले समेटनु पर्छ,’ मल्लले भने । निर्जीवन बीमा गर्दा धेरै पैंसा विदेश गएकाे भन्दै उनले यसलाई रोक्न पनि सरकारले ध्यान दिनुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कृषिमा लागेकाहरु पनि निर्माण क्षेत्रमा काम गर्न आउन थालेको बताए । यस्तै उनले प्रधानमन्त्री राेजगार कार्यक्रमकाे रकम पनि निर्माण क्षेत्रमा ल्याउनु उपयुक्त हुने धारणा राखे । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा निर्माण क्षेत्रमा लगानी गरौ, नेपाली कम्पनीहरुले नै गर्न सक्ने काम बिदेशिलाई दिनु भएन, नेपाली निर्माण कम्पनीले काम पाउनु पर्छ,’  अध्यक्ष सिंहले भने । नेपाल उद्योग परिसघंका उपाध्यक्ष निर्वाण चौधरीले चीनले विभिन्न देशमा लगानी गर्न खोजिरहेका समयमा नेपालले लगानी भित्राउनु पर्ने बताए । ‘एसेम्बल गर्ने उद्योगहरु चीनले विभिन्न देशमा स्थापना गर्न लागिरहेका बेला सरकारले त्यसलाई पनि ध्यान दिनु पर्छ,’ चौधरीले भने । नेपाल साना तथा घरेलु महासंघका वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंहले साना उद्योग भनेर सरकारले पनि सानो तरिकाले सोचेकाे बताए । ‘हामीले सरकारसगँ बिशेष राहात प्याकेज माग गरेका छौं, २६ लाखलाई हामीले रोजगारी दिएका थियाैं, सरकारले उद्योग चलाउने भनेको छ, गाँउ गएका मजदुरहरुलाई कसरी ल्याउने भनेर पनि सरकारले सोचनु पर्यो,’ सिंहले भने । विदेशबाट आएकाहरुलाई न्युनतम तलब दिएर महासंघले ६ महिना तालिम दिने र यसका लागि सरकारले पनि सहयोग गरिदिनु पर्ने उनकाे भनाइ छ । उपाध्यक्ष सिंहले साना उद्योगमा चुक्ता पुँजीको ७० प्रतिशत पुनर्कजा चाहिने बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सञ्चालन गर्न ६८ लाख सहयोग

  काठमाडौं । अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले प्रतिष्ठानलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले  ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए । उक्त रकमले अस्पतालको आइसियु सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री खरिद गरिने देवकाेटाले बताए ।  

‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ नभएकाले सेयर कारोबार गर्न नपाउने

काठमाडौं । अब दोश्रो बजारमा सेयर कारोबार गर्न ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ अनिवार्य रूपमा हुनु पर्ने भएकाे छ । लकडाउनको समयमा बजारमा सेयर किनबेच गर्न चाहनेले कनेक्ट आईपीएसमा आवद्ध र ‘मेरो सेयर’को खाता हुनुपर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । बाेर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले सेयर बजार खुलेपछि पनि लगानीकर्तालाई कनेक्ट आईपीएसमा आवद्ध गराएर मेरो सेयर लगइन गराई कारोबार गराउने बोर्डको आन्तरिक गृहकार्य भईरहको जानकारी दिएका छन् । यससँगै, उक्त प्रणाली आवद्ध भएका लगानीकर्ताले घरबाटै सेयर किनबेच गर्न पाउने छन् । सरकारले पुँजी बजार खुल्ला गर्ने निर्णय गरेकाे सुने पनि आधिकारिक निर्णय नआएको उनले बताएका छन् । यससँगै, ब्रोकर तथा लगानीकर्तालाई कारोबार गर्न सजिलो हुने र काेरानाे भाइरस संक्रमण फैलन नपाउने गरी कोरोबार खुलाउन सकिने उनले प्रष्टाएका छन् । ‘बजारमा दैनिक कारोबार गर्ने लगानीकर्ता औषत १० देखि १५ हजार रहेका छन्, यी सबैलाई पास दिन सम्भव नहुने भएकाले ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’मा आवद्ध गराएर बजार खाेल्ने बोर्डको तयारी छ, यसका लागि पूर्वाधार तयारीका साथै, थप आन्तरिक गृहकार्य गरिरहेको छाैं,’ अध्यक्ष ढुंगानाले भने । बजारमा हालसम्म ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ लिने लगानीकर्ता २ देखि ३ हजार जना मात्र रहेका छन् ।

बढी मूल्यमा सर्जिकल सामग्री बेच्ने टेलिमार्ट नेपाललाई २ लाख जरिवाना

काठमाडाैं । सर्जिकल र मेडिकल सामग्री बढी मूल्यमा बेच्ने टेलिमार्ट नेपाललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। अनलाइन विक्रेता टेलिमार्ट नेपाललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्यमा सर्जिकल र मेडिकल सामग्री २ लाख रुपैयाँ जरिवाना गरेकाे हाे । टेलिमार्ट नेपालले अनलाईन मार्फत एन ९५ माक्स, थर्मल गन, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सेटलगायत सर्जिकल र मेडिकल सामग्री बढी मूल्यमा बेचेकाे पाइएकाे थियाे ।