काठमाडाैंकाे गाैशालामा एम्बुलेन्स दुर्घटना

<p>काठमाडौं । काठमाडाैंकाे गाैशालामा एम्बुलेन्स दुर्घटना भएकाे छ । मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको कारलाई विपरित दिशावाट आएको एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको हाे । प्रमुख महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल अनुसार उक्त घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुबै सवारी साधनमा क्षति भएको छ । जसमा कुनै मानवीय क्षति नभएको उनले बताए [&hellip;]</p>

काठमाडौं । काठमाडाैंकाे गाैशालामा एम्बुलेन्स दुर्घटना भएकाे छ । मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको कारलाई विपरित दिशावाट आएको एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको हाे ।

प्रमुख महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल अनुसार उक्त घटनामा निजी कार चालक सामान्य घाईते भएको र दुबै सवारी साधनमा क्षति भएको छ । जसमा कुनै मानवीय क्षति नभएको उनले बताए ।

उक्त एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी चलाएको साथै सवारी चालक अनुमति (लाईसेन्स) पनि नभएको प्रहरीले जनाएका छन् । दुवै सवारी साधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशलाको नियन्त्रणमा रहेको छ ।

वैशाख २५ गते अन्दाजी १५:३० बजेको समयमा का.जि. स्थित गौशालास्थित सडकखण्डमा मित्रपार्कबाट एयरपोर्ट तर्फ आउँदै गरेको बा १० च ८५१३ नं. को निजी कारलाई विपरित दिशावाट आएको बा ८ छ ६९२८ नं.को एम्बुलेन्सले ठक्कर दिई सवारी दुर्घटना भएको हाे ।

निजी कार चालक गोगबु बस्दै आएका २९ वर्षिय सविन श्रेष्ठ हुन् । त्यस्तै, एम्बुलेन्स चालक जिल्ला मोरङ पथरी नगरपालिका बस्ने राम बहादुर चौधरी ३६ वर्षका रहेका छन् ।

 

Share News