उपराष्ट्रपतिको स्वाबको नमूना सङ्कलन
काठमाडौं । सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ । सङ्घीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उहाँको स्वाबको नमूना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । रासस
नयाँ उद्योग शुरु गर्ने व्यक्ति वा संस्थालाई सरकारले ५० लाख अनुदान दिने, लिनको लागि के गर्ने ?
काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५० लाख रूपैयाँसम्म अनुदान दिने भएको छ । सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको हो । राष्ट्रिय योजना आयोगले अनुदानका लागि आवेदन पेश गर्न बैशाख २९ सूचना प्रकाशन गरेको छ । सूचना प्रकाशन भएको ३० दिनभित्रमा आवेदन दिनु भनिएकाे छ । आवेदन व्यक्ति वा संस्थाले दिन सक्ने छन् । गत वर्षको फागुनमा अर्थ मन्त्रालयले स्टार्टअपलाई सुरूआती पुँजीको रूपमा अनुदान उपलब्ध गराउन अनुदान कार्यविधि सार्वजनिक गरेको थियो । त्यही कार्यविधि अनुसार राष्ट्रिय योजना आयोगको सदस्य संयोजक रहने गरी पाँच सदस्यीय निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको थियो । सो समितिले अनुदान आह्वानको सूचना प्रकाशन गर्ने व्यवस्था गरेको थियो । अर्थ मन्त्रालयको कार्यविधिको अनुसार आयोगले हिजो सूचना प्रकाशन गरेको हो । योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले नवीन आविष्कार र उद्यम गर्नेलाई सरकारले ५० लाख अनुदान दिने बताए । नयाँ व्यवसायमा सरकारले दिए जति नै रकम व्यक्ति वा संस्थाले पनि लगानी गर्नु पर्ने छ । ‘आवेदन परेका र त्यसबाछ छानिएका स्टार्टअपहरूलाई न्यूनतम १० लाखदेखि १ करोड रूपैयाँसम्म लागत भएको परियोजनाको कुल लागतको बढीमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था कार्यविधिमा उल्लेख छ, त्यसै अनुसार स्टार्टअप कम्पनीहरूले ५ देखि ५० लाख रूपैयाँसम्म अनुदान पाउँने छन्, आयोगले सूचना प्रकाशन भएको मितिदेखि ३० दिनभित्र नयाँ खुल्ने स्टार्टअपलाई आवेदन गरिसक्न पर्ने छ,’ पौडेलले भने । प्रस्ताव छनोट भएमा आविष्कारक, उद्यमी वा व्यवसायी व्यक्ति वा संस्थासँग प्रस्ताव कार्यान्वयन गर्ने अवधिका विषयमा समितिसँग सम्झौता गर्नुपर्छ । अनुदान लिएर नवप्रवर्तनको काम गर्नेले प्रत्येक चार महिनामा आफूले गरेको काम कारबाहीको प्रतिवेदन समिति समक्ष पेश गर्नुपर्ने छ । छनोट भएका प्रस्ताव कार्यान्वयन शुरू भएपछि पहिलो किस्ता, कार्य प्रगतिको आधारमा दोस्रो किस्ता र काम सम्पन्न भएपछि तेस्रो किस्ताको रकम पाउने व्यवस्था कार्यविधिमा गरिएको छ । स्टार्टअप कम्पनीहरूको प्रस्तावलाई निर्देशक समितिले मूल्याङ्कनका लागि प्रस्ताव मूल्याङ्कन उपसमितिमा पठाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । उपसमितिले ३० दिन भित्रमा प्रस्ताव मूल्याङ्कन गरी निर्देशक समितिमा सिफारिस गर्ने छ । नयाँ क्षेत्रमा व्यवसाय गर्न चाहने व्यक्ति वा व्यवसायी आफूले गर्न खोजेको काम, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक पर्ने रकम, सरकारबाट अपेक्षा गरिएको अनुदान रकम र त्यसबाट अर्थतन्त्रमा पर्न सक्ने सकारात्मक प्रभाव लगायतका विषय उल्लेख गरी प्रस्ताव पेश गर्न सकिने व्यवस्था कार्यविधिले गरेको छ ।
एनआईसी एशिया बैंकको नाफा २ अर्ब ५० कराेड, ५ शिर्षकमा उत्कृष्टता हासिल
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ५ शिर्षकमा उत्कृष्टता हासिल गरेको दावी गरेको छ । बैंकले कर्जा, निक्षेप, शाखा संख्या, कर्जा जोखिम न्युनिकरण, निक्षेप जोखिम न्यूनिकरणमा उत्कृष्ट नतिजा हासिल गरेको नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । चैत मसान्तसम्मको वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कारण सिर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशतले (रू. ३८ करोड) ले वृद्धि गरी रू. ३ अर्ब ६० करोड सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत (रू. २६ करोड) को वृद्धि सहित रू. २ अर्ब ५० करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. २ अर्ब २८ करोड रहेको थियो । तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. २५ अर्बले वृद्धि गरी रू. १७५ अर्ब र निक्षेप संकलनतर्फ रू. १५ अर्बले वृद्धि गरी रू. १९६ अर्ब पु¥याउन बैंक सफल भएको छ । कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ । बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधि करण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्ण रूपले पालना गरेको बैंकले जनाएको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहक महानुभावहरूको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट रहेको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए । निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ प्रतिशत रहेको छ । यो अंक बैंकिङ्ग क्षेत्रको उत्कृष्ट रहेको बैंकका प्रमुख सूचना अधिकारी पाण्डेले जनकारी दिए । बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधिमा १५ अर्बले बढेको छ । निक्षेपतर्फ १० ग्राहक महानुभावहरूको अंश ११ प्रतिशत यहाँ रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेपको हिसाबले यस बैंक देशकै अग्रणी बैंकमा पर्ने उनले जनकारी दिए । बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिएको बैंकले जनाएको छ । बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको ग्राहक संख्या २१ लाख भन्दा बढी रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
पिपिइभित्रको स्वास्थ्यकर्मीको पीडा: गर्मीले आधाघण्टा पनि बस्न नसकिने अवस्था
घोराही । विश्वभर फैलिएको कोभिडऔ१९ को त्रासमा रहेको विश्व समुदाय यतिखेर महामारीबाट बच्ने उपायको खोजीमा छ । यो सङ्क्रमणबाट बच्न मानिसले रोकथामका विभिन्न उपाय अपनाइरहेको छ । सङ्क्रमितहरुसँगै प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मी भने अझ बढी सतर्क हुनुपर्ने अवस्था छ । त्यसैले सबैजसो स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई पिपिइ (व्यक्तिगत सुरक्षा कवच) उपलब्ध गराइएको छ । तर यो वैशाख/जेठको उखरमाउलो गर्मीमा पिपिइ लगाउँदा निकै गाह्रो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । पहिले कपडाबाट बनेको एप्रोन लगाउने स्वास्थ्यकर्मीहरु अहिले प्लास्टिक वा त्यस्तै हावा नछिर्ने खालको वस्तुबाट बनेको पिपिइ (पैतालादेखि टाउकोसम्मै) लगाउँछन् । स्वास्थ्य संस्थामा कार्यरत डाक्टर र अन्य स्वास्थ्यकर्मीले आँखा, मुख, नाक र शरीरको सुरक्षाका लागि हावा नछिर्ने एप्रोन, पञ्जा, चस्मा, टोपी, मास्क लगाउँछन् । तर पनि कोरोनाबाट जोगिन लगाइने पिपिइभित्र आधाघण्टा पनि बस्न नसकिने अवस्था रहेको स्वास्थ्यकर्मीको दुखेसो छ । दाङस्थित नेपाल परिवार नियोजन शाखामा कार्यरत स्टाफ नर्स सरिता तामाङ पिपिइ लगाएर काम गर्न साह्रै समस्या हुने गरेको बताउँछिन् । “पिपिइबाट हावा छिर्दैन, उकुसमुकुस हुन्छ । आधाघण्टा पनि खटेर काम गर्न सकिँदैन । कोरोनाको त्रासले पर्सनल प्रोटेक्सन इक्विपमेन्ट त लगाउनै प¥यो तर बिहान १० देखि साँझ ५ बजेसम्म रहन गाह्रो छ । हजोआजको यो गर्मीमा टिक्नै सकिँदैन । कतिबेला पिपिइ फुकालौँजस्तो हुन्छ । तर स्वास्थ्य संस्थामा प्रवेश गरेदेखि काम नसकिँदासम्म फुकाल्न मिल्दैन”, उनले भनिन् । नेपाल परिवार नियोजन दाङ शाखाले दुई साताअघिदेखि नियमित सेवा शुरु गरेको छ । यहाँ गर्भवती जाँच, सुरक्षित गर्भपतन, परिवार नियोजनको अस्थायी साधन वितरण, खोप सेवा शुरु गरिएको छ । त्यहाँका स्वास्थ्यकर्मीले अहिले बिहान १० देखि साँझ ५ बजेसम्म पिपिइ लगाएर काम गरिरहेका छन् । अझ दिनभर सेवा दिएर साँझ घर फर्किंदाको पीडा त झन छँदैछ । कोरोनाकै कारण परिवार आफन्तहरु डराउने गरेको उनको अनुभव छ । परिवारका सदस्य र आफन्तले घरमा नआई उनी स्वास्थ्य संस्थामै बसेर सेवा दिए पनि हुने भनेर पटक पटक सुनाउने गरेको उनले बताइन् । घोराही उपमहानगरपालिकाले स्थापना गरेको परिवार नियोजन स्वास्थ्य क्लिनिकमा कार्यरत वरिष्ठ स्टाफ नर्स राधा पौडेल पनि पिपिइभित्र रहेर बिरामीलाई सेवा दिन निकै गाह्रो हुने बताउँछिन् । “खुट्टाबाट छिराएर माथि टाउकोसम्म लगाउनुपर्छ । पिपिइ लगाएपछि शौचालय जान पनि मिल्दैन, अरु खानेकुरा त के पानी पिउन पनि मिल्दैन”, उनी भन्छिन् । क्लिनिकले साताभर फरक फरक स्वास्थ्य सेवा दिने गरेको छ । गर्भजाँच र बालबालिकालाई खोप लगाउने दिन थाम्नै नसक्नेगरी सेवा लिनेको भीड हुन्छ र त्यस्तो अवस्थामा झन यो कवच लगाउनै पर्नेहुन्छ । तर यस्तो अवस्थामा झनै सकस हुन्छ भन्छन् स्वास्थ्यकर्मीहरु । अस्पतालमा डाक्टर र नर्सले नदेखिने जीवाणुसँग काम गरिरहेका हुन्छन् । ती जीवाणुसँग उनीहरु लड्नुपर्ने हुन्छ । त्यही जीवाणुसँग जोगिनका लागि डाक्टर, नर्स र उपचारमा संलग्न हुने सबै स्वास्थ्यकर्मीले पिपिइ लगाउनुपर्ने हुन्छ । गुणस्तरीय पिपिइ नै प्लास्टिकबाट बनाइन्छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत ल्याब प्रमुख विनित रेग्मीको घर घोराही बजार नजिकै छ । तर उनी घर नगएकोे धेरै भयो । कोराना जाँचको सेवामा खटिनुपर्ने हुँदा आफूसँगै परिवारलाई पनि समस्या होला भनेर घर नगएको उनी बताउँछन् । परिवारका सदस्यले पनि डरैडरले होला घर नआउनु उतै सुरक्षित भएर काम गर्नु भन्ने गरेको उनले सुनाए । “कोरोना भाइरसको स्वास्थ्य जाँच शुरु भएदेखि प्रतिष्ठानमै बसेको छु । घरपरिवार पनि त्रासमा हुनुहुन्छ तर हाम्रो पेसा नै यस्तै छ । आफ्नो पेसागत जिम्मेवारी पूरा गर्नुपर्छ भन्दै परिवारलाई सम्झाउने गरेको छु”, उनले बताए। बिरामी परीक्षण गर्दा पिपिइ लगाउने, शरीरमा औषधि छर्किनेजस्ता धेरै सावधानी अपनाएर काम गर्नुपरेको उनी सुनाउँछन् । “यस्तो महामारीको समय छ, केही कमजोरी भइहाल्ला भनेर निकै सावधानी अपनाउँदै काम गरेका छौँ । शरीरमा औषधि छर्किंदा स्वास्थ्यलाई असर त गर्छ तर कोरोनाको अर्को सङ्क्रमणबाट जोगिन पनि गर्नैपर्ने हुन्छ”, उनी सुनाउँछन् । प्रतिष्ठानमा गत वैशाख १६ गतेदेखि कोरोना परीक्षण शुरु भएको हो । हालसम्म २०२ जनाको कोरोना परीक्षण गरिसकेको र एउटा किटबाट रिपोर्ट तयार हुन कम्तीमा ६ घण्टा समय लाग्ने ल्याब प्रमुख रेग्मी बताउँछन् । प्रतिष्ठानले दैनिक आउने कोरोना भाइरस स्वाबको दैनिक परीक्षण गरिरहेको छ । अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७८ जनाको स्वाब परीक्षण भइरहेको छ । अहिले जिल्लाको घोराही, तुलसीपुर र लमहीमा कोरोना उपचारका लागि आइसोलेशन हस्पिटल स्थापना गरिएको छ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले पनि पिपिइभित्र काम गर्ने गर्छन् । तुलसीपर १८ बेलझुण्डीमा स्थापना गरिएको कोरोना अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्मा विश्वभर फैलिएको त्रासका कारणले उपचारत शङ्कास्पद बिरामी र स्वास्थ्यकर्मी सबैमा एकप्रकारको त्रास रहेको बताउँछन् । विजौरीमा प्रत्येक दिन आइसोलेशनमा भर्ना हुने क्रम चलिरहेको छ । “नयाँ नयाँ तर शङ्कास्पद बिरामी आउँछन् । बिरामी त त्रसित हुने नै भए । स्वास्थ्यकर्मीको हाल पनि उस्तै छ । बिरामीको लक्षणअनुसार उपचार गर्छौं र उनीहरुलाई नडराउन् भन्दै बारम्बार परामर्श पनि गर्ने गर्छौं”, उनले भने । बिरामी मात्र होइन त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई पनि सम्झाउनु परेको (काउन्सिलिङ) गर्नुपरेको उनी सुनाउँछन् । शुरुमा डाक्टरसहित अन्य सबै स्वास्थ्यकर्मी निकै डराउने गरेकामा दाङमा कोरोनाको पोजेटिभका घट्ना नदेखिएका कारण स्वास्थ्यकर्मीमा त्रास कम हुँदै गएको छ उनी बताउँछन् । कोरोना अस्पतालमा पटक पटक पिपिइ लगाएर बिरामी जाँचका लागि जान नपरोस् भनेर अहिले बेलझुण्डीको कोरोना अस्पतालमा बिरामी बस्ने प्रत्येक कोठामा सिसी क्यामरा जडान गरिएको छ । कोठामा क्यामरा भएको हुँदा चौबीसै घण्टा डाक्टरले बिरामीको अवस्था हेरिरहन्छन् । यस्तै बिरामीलाई डाक्टरको नम्बर उपलब्ध गराइएको छ । केही समस्या हुनेबित्तिकै बिरामीले पनि डाक्टरलाई फोन गर्ने र जाँचका लागि बोलाउने गरेका छन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले लगाउने, पिपिइका सामग्रीलाई पटक पटक धोएर पनि काम चलाइरहेको डा शर्माले बताए । उनले अहिले पोजेटिभ नदेखिएको र देखियो भने पटक पटक फेरेर लगाउनुपर्ने अवस्था आउने बताउँछन् । त्यही भएर पिपिइ पनि थोरैमात्र खर्च गरेर पछिलाई जोगाएर राखेको बताए । उनले भने, “अन्य साधन स्रोत पनि थोरैभन्दा थोरै खर्च गरेर उपचार गरिरहेका छौँ, भविष्यमा जोखिम हुनसक्ने त्रास त सबैमा कायमै छ ।” स्वास्थ्यकर्मीको परिवारमा कोरोना सर्नसक्ने भन्दै प्रदेश सरकारले त्यहाँ कार्यरत डाक्टरदेखि सरसफाइमा खटिने सबै कर्मचारीलाई खाना र बासको व्यवस्था गरेको छ । हाल अस्पतालमा तीनजना विशेषज्ञ डाक्टर, दुईजना ल्याब असिस्टेन्ट, १२ जना स्टाफ नर्स र अन्य सरसफाइका कर्मचारी भर्ना गरिएको छ । दाङका १० वटै पालिकाले स्थापना गरेको क्वारेन्टाइनमा समेत अहिले स्वास्थ्यकर्मी खटिएर काम गरिरहेका छन् । लमहीमा कोरोना अस्पताल, यसैसम्बन्धी प्रयोगशाला र आइसोलेशन स्थापना गरिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई खाने बस्नेको व्यवस्था गरिएको छ । तर त्यसबाहेकका अन्य स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी दिनभर उपचारमा खटिएर साँझ घर जाने गरेका छन् । घोराही उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले साधन स्रोत र आर्थिक समस्याका कारणले छुट्टै खाने बस्ने व्यवस्था गर्न नसकिएको बताए । अहिले घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित अन्य सातवटै गाउँपालिकाले शङ्कास्पद कोरोनाका बिरामी भर्ना गर्न क्वारेन्टाइन स्थापना गरेका छन् । तर स्वास्थ्यकर्मीलाई पर्याप्त सेवा सुुविधा उपलब्ध गराउन सकेका छैनन् । तुलसीपुरको बेलझुण्डीमा प्रदेश नं ५ सरकारले १०० श्ययाको कोरोना अस्पताल स्थापना गरेको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीमा कोरोना अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । यस्तै घोराही उपमहानगरपालिले वडा नं ३ को कुुइरेपानीमा १०० श्ययाको क्वारेन्टाइन स्थापना गरेको छ । त्यहाँ एकजना विशेषज्ञ डाक्टरसहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ । यस्तै तुलसीपुर उपमहानगरले १०० श्यया, बबइले ५०, लमहीमा ३५, गढवामा १०, राजापुरमा २५, राप्तीमा २५, शान्तिनगरमा १०, दङ्गीशरणमा ३० श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ । त्यहाँ तीनदेखि ६ जनासम्म स्वास्थ्यकर्मी खटाइएको छ । दाङमा स्थापना गरिएको क्वारेन्टाइनमा अहिले पनि १४४ जना छन् । उनीहरुलाई खान, बस्न र स्वास्थ्य परीक्षणको पनि व्यवस्था गरिएको छ । रासस
५७ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेकाे पुष्टि
काठमाडौं । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये पत्रकारकाे संख्या दुई रहेकाे पुष्टि भएको छ । उनीहरु चारैजना पर्साकाे रहेकाे नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले पुष्टि गरेका छन् । पर्सामा आज मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।
आज भेटएिका ५७ कोरोना संक्रमितमा पत्रकार पनि !
काठमाडौं । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको पुष्टि भएको छ । पर्सामा देखिएका ३७ कोरोना संक्रमित मध्ये केही पत्रकार रहेकाे नारयणी अस्पतलाका निर्देशक डा मदनकुमार उपाध्यायलेले बताएका हुन् । उनीहरुकाे संख्या केहीबेरीमा पुष्टि हुने उनले बताए । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।
नेपालमा पत्रकारलाई पनि देखियो कोरोना
काठमाडाैं । नेपालमा पनि पत्रकारमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ । आज एकैदिन ५७ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । तिनीहरुमा पत्रकार पनि रहेकाे बताइएकाे छ । आज थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
नेकपाले स्थायी कमिटी वैठक बोलायो , कसरी सामना गर्लान् प्रधानमन्त्रीले?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । नेकपामा विवाद चर्किदै जादा स्थायी कमिटीको बैठक बस्न सकेको थिएन । भोलि पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक नेकपाले बोलाएको छ । नेकपा भित्र एक व्यक्ति एक पद भन्ने विषय पहिले देखि नै उठ्दै अएको छ । प्रधामन्त्री केपी शर्मा ओलीले पाटीको निर्णय नमानि एकलौटी सरकार चलाएको भन्ने आरोप पाटी भित्रैबाट उठ्दै आएको छ ।