विकासन्युज

नेपालमा एकैदिन २७ जनामा कोरोना संक्रमण देखियाे

काठमाडौं । नेपालमा  एकैदिन २७ जनामा कोरोना संक्रमण देखिएको छ । कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा एकैदिन २७ जनामा काेराेना देखिएकाे बताएका हुन् । उनीहरुमा २४ जना पुरुष र ३ जना महिला भएकाे उनले बताए । याेसँगै नेपालमा ४ सय २ जनामा काेराेना देखिएकाे छ । देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको उनकाे भनाई छ। उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्। नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ३७ जना उपचारपछि निको भएका छन्। आज मात्रै  झापाका एक जना काेराेना स‌क्रमित निकाे भएर घर फर्किएका छन् ।

एकजना कोरोना संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिका अनिश्चितकालीन बन्द

खोटाङ । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख १२ गते उद्धार गरेर ल्याइएका वडा नं ७ महादेवस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएसँगै आजदेखि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको हो । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण फेला परेसँगै नगरपालिका प्रवेश गर्न र नगरपालिकाबाट बाहिरिन पूर्णरुपमा रोक लगाइएको नगरप्रमुख इवन राईले बताए । “युवकमा देखिएको कोरोना भाइरसको सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन उनको गाउँसँगै जोडिएको हलेसी बजारलाई समेत पूर्णरुपमा सिल गरिएको छ”, उनले भने, “यसअघिसम्म अत्यावश्यक सामग्री किनमेलका लागि बिहान र बेलुका खुला गर्ने गरिएको हलेसी बजारसमेत आजदेखि पूर्णरुपमा ठप्प पारिएको छ ।” हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन तथा एक वडाबाट अर्को वडा आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको जनाइएको छ । सङ्क्रमित युवकको घरलाई सोमबार साँझदेखि नै पूर्णरूपमा सिल गरिएको नगरप्रमुख राईले बताए । कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न नगरपालिकाबाट धरान पठाइएका ३३ जनाको स्वाबमध्ये सोमबार साँझ उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । काठमाडौँमा बसिरहेको अवस्थामा बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बा४ख २२११ नंको बसमार्फत गाउँ आएका थिए । कोरोनाको सङ्क्रमित युवकलाई सोमबार साँझदेखि नै आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दि्ए । प्रजिअ पौडेलका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको सङ्क्रमित युवकलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ । यस्तै सङ्क्रमित युवकका आठ जनाको परिवार, उनीसँगै बसमा यात्रा गरेका ५१ व्यक्ति, उनको सम्पर्कमा रहेका व्यक्तिलगायत गरी ५० जनाको पिसीआर टेष्टका लागि अहिले स्वाब सङ्कलन गरेर पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक प्रकाश घिमिरेले बताए । हाल सङ्क्रमित युवकसँगै यात्रा गरेका व्यक्तिको खोजी भइरहेको जनाइएको छ । सङ्क्रमित युवक चढेको बसमा उनीसँगै जिल्लाकै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेर आएको हुनसक्ने अनुमान गरिएको छ । सङ्क्रमित युवक होम क्वारेन्टाइनमा बसेको भनिए पनि उनी गाउँमा सञ्चालन भइरहेको खानेपानी योजनाको काममा समेत संलग्न भएका थिए । सो आयोजनाको काममा संलग्न व्यक्तिमा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने भएकाले उनीहरु सबैको पिसीआर टेष्ट गर्ने तयारी गरिएको वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । पिसीआर टेष्टका लागि स्वाब सङ्कलन गर्न जिल्ला अस्पताल खोटाङबाट दक्ष जनशक्तिसहितको टोली हलेसी पुगेका छन् । सङ्क्रमित युवक काठमाडौँको पेप्सीकोलास्थित भाडाको घरमा बस्दै आएको र उनी काठमाडौँकै एक सहकारी संस्थामा सङ्कलकको काम गर्दै आएको स्रोतले जनाएको छ । गाउँमा हुने सामाजिक काममा समेत सक्रिय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । रासस

राहत प्याकेज महसुस गरेर ल्याउँछौं, ४५ लाख प्रवासी ल्याएर देश भद्रगोल बनाउन चाहन्नौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत प्याकेज सरकारले महसुस गरेर ल्याउने बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिंदै उनले सरकारले महसुस गरेर राहत प्याकेज ल्याउने बताएका हुन् । संसदमा केही सासंदहरुले कोरोना प्रभावित क्षेत्रको लागि राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्री ओलीले राहत प्याकेज देखाउने कुरा नभई सरकारले महसुस गरेर ल्याउने कुरा भएको उनको भनाइ छ । ‘प्याकेज देखाउने कुरा होइन, जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ, जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ,’ उनले भने । उनले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको बताएका छन् । उनले कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको बताए । यस्तै उनले ४०/४५ लाख नेपाली विदेशमा रहेका उनीहरु सबैलाई अहिले स्वदेश ल्याउन नसकिने बताए । ‘४५ लाख नेपाली विदेशमा छन्, अन्य देशले एक सय आफ्ना नागरिकलाई फिर्ता लिए जस्तो यो होइन, ४५ लाख मानिसलाई स्वदेश ल्याउन कति समय लाग्छ ? कति जहाज चाहिन्छन् ?,’ उनले भने । उनीहरुलाई हचुवाका भरमा नेपाल ल्याएर पुरै देशलाई भद्रगोल बनाउन आफु नचाहने उनको भनाई छ ।

चीनसँग व्यापार युद्ध गर्ने चाहना नभएको अस्ट्रेलियाको भनाई

क्यानबेरा । अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गरे । उनले बेइजिङले कोरोना भाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाए । विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग ठप्प भएको छ । चीनले अस्ट्रेलिया सरकारले जौको उत्पादनमा किसानलाई ठूलो मात्रामा अनुदान दिएको आरोप लगाएको छ । उत्पादन लागतभन्दा न्यून मूल्यमा अस्ट्रेलियाली जौ चिनियाँ बजारमा बिक्री हुने गरेको चीनले बताएको छ । चीनले गतसाता मात्र अस्ट्रेलियाका चार ठूला उद्योगबाट गाईको मासुको आयात रोकेको थियो । व्यापार मन्त्री बर्मिङघमले भने, “हामी चीनसँग व्यापार युद्ध गर्न चाहन्नौं । हामी प्रतिशोधको नीति अबलम्बन गर्ने पक्षमा छैनौं । हामी व्यापार नियमलाई अनुशरण गर्न प्रतिबद्ध छौं ।” मन्त्री बर्मिङघमले चीनले विश्व व्यापार संगठनका नियमहरुको प्रयोग गर्दा तथ्य र कानुन दुबैमा गल्ती गरिरहेको बताए । उनले अस्ट्रेलियाले स्वीकृत नियम विपरीत सामान भण्डार नगरेको पनि स्पष्ट गरे। कोरोना भाइरसको महामारीको उत्पत्तिका बारेमा अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने भनाई सार्वजनिक गरेसँगै दुबै देशबीच व्यापार सम्बन्धमा तनाबको स्थिति उत्पन्न भएको छ । चीनले भने दुबैबीच सम्बन्ध नरहेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोविड–१९ नियन्त्रणमा भइरहेको विश्वव्यापी पहलमाथि विस्तृत मूल्याँकन गर्न चीन तयार रहेको बताए । उनले यस्तो मूल्याँकनका लागि विश्व स्वास्थ्य संगठनको अग्रसरतामा वैज्ञानिक र व्यावसायिक दृष्टिकोण अपनाउन आह्वान गरे । अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी विश्व स्वास्थ्य संगठनको प्रस्तावमा अन्तर्राष्ट्रिय छानबिनको कुरा नआएको सन्दर्भमा अस्ट्रेलिया सरकारले माग गर्नुको कुनै अर्थ नरहने स्पष्ट गरेको छ । (रासस/एपी)

पाकिस्तानमा कोरोना संक्रमित ४४ हजार, ९ सय ३९ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १हजार ८ सय ४१ जना नयाँ संक्रमित भेटिएको भेटिएका छन् । मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । पछिल्लो तथ्यांकनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९ सय ७६ जना, सिन्धमा १७ हजार २ सय ४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २ सय ३० जना, बलोचिस्तानमा २ हजार ८ सय २० जना, गिल्गिट बाल्टिस्टानमा ५ सय ५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा १ सय १५ जना संक्रमित भएका छन् । कूल संक्रमितमध्ये १२ हजार ४ सय ८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ । त्यस्तै सार्क राष्ट्रमा सबैभन्दा बढी १ लाख १ हजारभन्दा बढी कोरोना संक्रमित भारतमा रहेका छन्, भने ३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बंगलादेशमा २३ हजार ८ सयभन्दा बढी मान्छेमा काेराेना संक्रमित पुष्टि भएकाे छ । त्यस्तै अफगानस्तानमा ७ हजारभन्दा बढी मानिसमा काेराेना पाेजेटिभ देखिएका छ । त्यस्तै माल्दिभ्समा १ हजार १ सयभन्दा बढी, श्रीलंकामा ९ सय ९० जनामा, नेपालमा ३ सय ९० जनामा र भुटानमा २३ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।

वैदेशिक राेजगारीमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन सरकारकाे गृहकार्य शुरू

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने विषयमा सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले वैदेशिक राेजगारीमा खाडी, मध्यपूर्वी देश तथा अन्य देशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो । मंगलबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेलकाे संयाेजकत्वमा बसेकाे उच्चस्तरीय समितिको सिंहदरबारले विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजनातय गर्ने तयारी भइरहेकाे जनाएका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए । समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए । क्वारेन्टाइनमा रहेकाहरू सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।

एमसीसी अब स‌ंसदमा

काठमाडाै‌ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग एमसीसी अब संसदमा पेस भएको बताएका छन् । मंगलबार नीति तथा कार्यक्रमका बारेमा संसदमा उठेका प्रश्नहरुको जवलफ दिँदै उनले अब संसदले नै एमसीसी वा पास गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्ने बताएका हुन् । उनले सभामुख अग्नीप्रसाद सापकोटा समक्ष एमसीसीको दस्तावेज पेश गरिसकेको बताएका हुन् । ‘एमसीसी अघिल्लो सरकारले वार्ता गर्‍यो,  सम्झौता गर्‍यो । यो एमसीसी अहिले सरकारले सम्झौता गरेको होइन । अलपत्र छोड्न मिल्दैन । कार्यान्वयन नगर्दा विश्वसनीयतामा प्रश्न उठ्छ,’ उनले भने, ‘अहिले पनि छलफल गर्न सकिन्छ एमसीसी पास गर्ने कि नगर्ने । संसदले निर्णय गर्न सक्छ । यो संसदको सम्पत्तिका रूपमा आइसकेको छ । संसदले निर्णय गर्नुपर्छ । ट्रान्समिसन लाइन सरकारले बनाउँछ ।’  

राष्ट्रवाद देखाउनकै लागि नक्सा पास गरिएको होइन, भूमि फिर्ता गरेरै देखाउँछु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद  देखाउनकै लागि नक्सा पास नभएको बताएका छन् । मं‌गलबार प्रतिनिधि सभा बैठकमा संसदमा उठेका प्रश्नहरुकाे जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । ‘लिपुलेक, लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्राभूभाग हो, हामी फिर्ता लिएरै छोड्छौं, नक्सा पास भइसकेको छ, आजभोली प्रकाशित हुन्छ,’ उनले भने । यसका लागि सिंगो राष्ट्र खुसी हुने आफुले विश्वास लिएको उनले बताए । यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’