राष्ट्रवाद देखाउनकै लागि नक्सा पास गरिएको होइन, भूमि फिर्ता गरेरै देखाउँछु: प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद  देखाउनकै लागि नक्सा पास नभएको बताएका छन् । मं‌गलबार प्रतिनिधि सभा बैठकमा संसदमा उठेका प्रश्नहरुकाे जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । ‘लिपुलेक, लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्राभूभाग हो, हामी फिर्ता लिएरै छोड्छौं, नक्सा पास भइसकेको छ, आजभोली प्रकाशित हुन्छ,’ उनले भने । यसका लागि सिंगो राष्ट्र [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद  देखाउनकै लागि नक्सा पास नभएको बताएका छन् । मं‌गलबार प्रतिनिधि सभा बैठकमा संसदमा उठेका प्रश्नहरुकाे जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

‘लिपुलेक, लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्राभूभाग हो, हामी फिर्ता लिएरै छोड्छौं, नक्सा पास भइसकेको छ, आजभोली प्रकाशित हुन्छ,’ उनले भने ।

यसका लागि सिंगो राष्ट्र खुसी हुने आफुले विश्वास लिएको उनले बताए । यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

 

Share News