नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसिहत)

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार ६० जना एसपीको सरुवासम्बन्धी निर्णय गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार बारामा कुमार विक्रम थापालाई खटाइएको छ । त्यस्तै, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ ।

त्यसैगरी, पर्सामा यसअघि काजमा खटिएका पवनकुमार भट्टराई र सुनसरीमा पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ । बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण र कैलालीमा यादव ढकाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको छ । दाङमा श्यामु अर्याललाई जिम्मेवारी तोकिएको छ ।

 

Share News