राहत प्याकेज महसुस गरेर ल्याउँछौं, ४५ लाख प्रवासी ल्याएर देश भद्रगोल बनाउन चाहन्नौं

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत प्याकेज सरकारले महसुस गरेर ल्याउने बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिंदै उनले सरकारले महसुस गरेर राहत प्याकेज ल्याउने बताएका हुन् । संसदमा केही सासंदहरुले कोरोना प्रभावित क्षेत्रको लागि राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्री ओलीले राहत प्याकेज देखाउने कुरा नभई सरकारले महसुस [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत प्याकेज सरकारले महसुस गरेर ल्याउने बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिंदै उनले सरकारले महसुस गरेर राहत प्याकेज ल्याउने बताएका हुन् ।

संसदमा केही सासंदहरुले कोरोना प्रभावित क्षेत्रको लागि राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्री ओलीले राहत प्याकेज देखाउने कुरा नभई सरकारले महसुस गरेर ल्याउने कुरा भएको उनको भनाइ छ ।

‘प्याकेज देखाउने कुरा होइन, जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ, जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ,’ उनले भने ।

उनले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको बताएका छन् । उनले कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको बताए ।

यस्तै उनले ४०/४५ लाख नेपाली विदेशमा रहेका उनीहरु सबैलाई अहिले स्वदेश ल्याउन नसकिने बताए । ‘४५ लाख नेपाली विदेशमा छन्, अन्य देशले एक सय आफ्ना नागरिकलाई फिर्ता लिए जस्तो यो होइन, ४५ लाख मानिसलाई स्वदेश ल्याउन कति समय लाग्छ ? कति जहाज चाहिन्छन् ?,’ उनले भने ।
उनीहरुलाई हचुवाका भरमा नेपाल ल्याएर पुरै देशलाई भद्रगोल बनाउन आफु नचाहने उनको भनाई छ ।

Share News