आर्थिक परिसूचकमा ठूलो चाप: आर्थिक बृद्धिदर २.३%मै सीमित, वस्तुको मूल्य पनि महँगीयो
काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण आर्थिक परिसुचकमा ठूलो चाप परेको बताएका छन् । चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले आर्थिक परिसुचकमा परेको चापले वस्तुको मूल्य पनि महँग्गो भएको बताएका छन् । संघीय संसदमा उनले चालु बर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराउँदै कोभिड १९ का कारण देशको सम्पूर्ण आर्थिक गतिविधि र त्यसले देशको आर्थिक वृद्धिदर पनि खु्म्चिएको बताए । उनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने बताए । यसअघि केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५% को लक्ष्य राखेको थियो । ‘नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर रहेको छ, बिमामा २२% पहुँच पुगेको छ, सरकारले तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब रुपैयाँ रहेकाे छ,’ उनले भने । सरकारी खर्च १२ प्रतिशतले बढेको उनकाे भनाई छ । यस्तै, कुल लगानी ३.४ प्रतिशतले घटेको उनले बताए । देशमा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिवी यसपाली १६.६७ प्रतिशत अनुमान गरिएकाे उनले बताए । सरकारले विभिन्न क्षेत्रमा तीव्रताका साथ काम गरेकाे बताउँदै देशभर २३ हजार ३ सय ३४ किलोमिटर लामो सडक निर्माण गरेको सुनाए । यस्तै, ९० प्रतिशत खानेपानी र सतप्रतिशत मानिस स्वास्थ्य सेवाको पहुँचमा पुगेको उनको भनाई छ ।
विदेशी लगानीमा वृद्धि भयाे: अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा विदेशी लगानी वृद्धि भएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विदेशी लगानी वृद्धि भएको बताएका हुन । उनले लगानीमा वृद्धि भई उद्योग विभागबाट २६ अर्ब ६७ करोड र लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको बताए । नेपालले लगानी सम्मेलन गरी नेपालमा लगानी गर्ने वातावरण रहेको बताउँदै आएको छ ।
धितोपत्र बजार पुँजीकरण २४.७ प्रतिशतले वृद्धि
काठमाडौं । पछिल्लाे एक वर्षमा धितोपत्र बजार पुँजीकरण २४.७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ फागुन मसान्तको तुलनामा २०७६ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरणमा सो मात्राले वृद्धि भएको जनाएका हुन् । उनका अनुसार गत फागुन मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण १७ खर्ब ६० अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सो अवधिसम्ममा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा २ सय १२ वटा कम्पनीहरु सूचीकृत भएका छन् ।
संसदमा प्रश्नः बाहुनवाद कहिलेसम्म हावी हुन्छ सरकार ?
काठमाडौं । मंगलबारको प्रतिनिधी सभा बैठकमा सासंद बिमला विश्वकर्माले देशमा कहिलेसम्म बाहुनवाद हावी हुन्छ भन्ने प्रश्न गरेकी छन् । रुकुममा तीनजना दलित युवकको हत्या भएको घटनामा सांसद विश्वकर्माले सरकारले उच्चतस्तरीय छानविन समिति बनाएर त्यहाँ पठाइ सक्नु पर्नेमा अहिले सम्म कुनै काम नगरेकोप्रति आपत्ति पनि जनाइन् । ‘देशमा अमानवियताको पराकाष्ट नाघेको छ, छुवाछुतमुक्त राष्ट्र घोषणा भइसेक पनि जति नियम कानुन बनेपनि सानो जात भएकै कारण किन मारिन्छन,’ उनले प्रश्न गपरिन् । उनले भनिन, ‘अन्र्तजातिय विवाह गरेकै कारण कति दलितले ज्यान गुमाउनु पर्ने हो,यो देश अन्धकानुन भएको देश हो, यो देशमा बाहुनवाद कहिले सम्म हावी हुन्छ ? एउटा ब्राहमणको छोरो मर्दा पुरै देश आन्दोलित हुन्छ । तर दलितका छोराछोरी कुटेर मारिन्छन् । छुण्ड्याएर मारिन्छन् बलात्कार गरेर मारिन्छन् त्यसगो समाजमा तैचुपमैचप हुन्छ ।’
बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ । संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पुर्याउने काम गर्दै आएका थिए । नगरपालिकामा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । रासस
रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । रौतहटमा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेका छन् । संक्रमित सबै जना भारतबाट आएको र हाल सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए । सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका थिए । योसँगै रौतहटमा संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।
संसदमा हंगामा: सांसद जनार्दन शर्माले बोल्दा अन्य सांसदलाई तनाव (भिडियाेसहित)
काठमाडौं । रुकुममा तीनजना दलित युवकको हत्या भएको घटनामा त्यहाँका सांसद जनार्दन शर्मा प्रभाकरले बोल्ने क्रममा प्रतिनिधिसभामा हंगामा भएको छ। जाजरकोटाका दलित युवकको रुकुमस्थित चौजारहरी नगरपालिकामा भएको हत्याका बिषयमा सांसदहरुले कुरा उठाइरहँदा संसदमा तनाव भएको हो। पूर्व गृहमन्त्रीसमेत रहेका शर्मा र जाजरकोटका एक पूर्वमन्त्रीसहितले घटनाको ढाकछोपमा लागेको आरोप नेपाली कांग्रेसका सांसदहरुले लगाएका छन्। शर्माले बोलिरहँदा काँग्रेससहित सांसदहरुले उठेर आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले पटक पटक सम्मालिन आग्रह गरेका थिए। सभामुख सापकोटाले गृहमन्त्री रामबहादुर थापा बादललाई बोल्न दिँदा पनि तनाव भएको थियो। संसदमा हंगामा: सांसद जनार्दन शर्माले बोल्दा अन्य सांसदलाई तनाव संसदमा हंगामा : सांसद जनार्दन शर्माले बोल्दा अन्य सांसदलाई तनाव lसम्बन्धित समाचार :https://www.bikashnews.com/2020/05/26/217263.html Gepostet von Bikashnews.com am Dienstag, 26. Mai 2020
सङ्घीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा
काठमाडाैं । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको नक्सासहितको लोगो परिवर्तन गरिएको हो । सङ्घीय संसद्का दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको केही दिनअघिको बैठकले सङ्घीय संसद्को लोगो र सांसदले प्रयोग गर्ने लोगोमा नेपालको अद्यावधिक नक्सा राख्ने निर्णय गरेको थियो । सरकारले यही जेठ ७ गते भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सा सार्वजनिक भएसँगै सरकारले संविधानको अनूसूची-३ मा रहेको नेपालको निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिसकेको छ । रासस