सरकारलाई एफएनसीसीआईले भन्योः अहिले कर तिर्न सकिँदैन, असार मसान्तसम्म थप्नु पर्यो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले कर तिर्ने समय थप गरिदिन माग गरेको छ । महासंघले मंगलबार अर्थमन्त्रालयमा एक पत्र जारी गर्दै कर विवरण एवं कर रकम बुझाउने म्याद अगामी असार मसान्तसम्म थप गर्न माग गरेको हो । सरकारले मंगलबार सूचना जारी गर्दै कर जेठ २५ गतेभित्र तिर्न उर्दी जारी गरेको र समयमै कर नतिरे जरिवाना लगाउने चेतावनी दिएपछि महासंघले सो अवधिमा कर तिर्न नसकिने पत्र मार्फत जानकारी गराएको छ । ‘कोभिड-१९ को कारणले २०७६ चैत्र ११ गतेदेखि मुलुक लगातार लकडाउनमा भएकोले अति आवश्यक केही उद्योग, व्यापार तथा व्यवसाय बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय र निर्माण कार्य लगायत आर्थिक गतिविधि ठप्प प्रायः रहेको छ,’ महासंघले उक्त पत्रमा भनेको छ । महासंघले आर्थिक वर्षको बजेटले पनि मुलुकको समग्र अर्थतन्त्रले भोगिरहेको कठिन चुनौतिलाई स्वीकार गरिसकेको अवस्था रहेको स्मरण गराउँदै यस्तो अवस्थामा आर्थिक कारोबार मात्र बन्द नभई उत्पादन, वितरण लगायत आपूर्ति प्रणाली समेत अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको पत्र मार्फत जानकारी गराएको छ । त्यसैले कर विवरण र कर रकम हाल बुझाउन कठिन भएको कारण लिखित एवं मौखिक रुपमा बारम्बार असमर्थता व्यक्त गर्नु परेको महासंघले बताएको छ । महासंघले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद २०७७ असार मसान्तसम्म थप गरी सबै उद्यमी व्यवसायीको मनोबल उच्च राख्न उपयुक्त औद्योगिक एवं व्यवसायिक वातावरण निर्माणमा सहयोग गरिदिन आग्रह गरेको छ ।
युएईमा समस्यामा परेका नेपालीलाई सेञ्चुरी बैंकले दियाे राहत
युएई । सेञ्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेञ्चुरी बैंकले खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्री सहयोग गरेको हो । सेञ्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो । आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए । यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए । परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल, सहज, छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए । विभिन्न दाताहरुबाट प्राप्त सहयोगले समस्यामा परेकाहरुलाई सहायता गरिने बैंकले जनाएकाे छ ।
खाद्य व्यवस्था कम्पनीकाे चामल खरीद अन्योलमा
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गर्दा निवेदन नपरेपछि चामल खरीद नै अन्योलमा परेको छ । कम्पनीसँग मौज्दात चामल सकिनै लाग्दा नयाँ खरीदका लागि बोलपत्र आह्वा भएको करीब दुई महिना बितिसक्दा समेत खरीद प्रक्रिया शुरु हुन सकेको छैन । पहिलो र दोस्रो पटकको बोलपत्र आह्वानमा कुनै निवेदन नपरेपछि बजारको अवस्थानुसार दरमा केही परिमार्जन गरी पुनः तेस्रो पटक आह्वान गरिएको थियो । व्यवसायीको आग्रहानुसार बोलपत्रमा परिमार्जन गरी तेस्रो पटक प्रकाशन गर्दा १५ निवेदन परे पनि छनोट हुन नसकेको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार १५ जनाको आवेदन दर्ता भए तापनि दर धेरै भएपछि छनोट हुन नसकेको हो । उनका अनुसार तेस्रो पटकको आह्वान समेत छनोट हुन नसकेपछि नयाँ विकल्पका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलको तयारी गरिएको छ । चामल खरीदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो । त्यसैगरी दोस्रो र तेस्रो पटक १५/१५ दिनको समय राखेर पुनः गत वैशाख १० र यही जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो । तेस्रो बोलपत्रको समयसीमा जेठ १५ गते सकिएको छ । रोकियो गहुँ खरीद खाद्य कम्पनीले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद प्रक्रिया शुरु गरेकामा कोरोना संक्रमणको जोखिमले खरीद प्रक्रिया रोकिएको छ । गत वैशाख अन्तिम सातादेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद शुरु भएकामा उक्त क्षेत्रमा कोरोना संक्रमित बढेसँगै खरीद प्रक्रिया रोकिएको न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा संक्रमित वृद्धि भएपछि प्रशासनको समन्वयमा खरीद प्रक्रिया रोकिएको हो । कम्पनीले धनगढी र राजापुरमा दशदश हजार तथा बाँके(नेपालगञ्ज) र रुपन्देही(भैरहवा)मा पाँचपाँच हजार गरी ३० हजार क्विन्टल (तीन हजार टन) गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको थियो । बन्दाबन्दीका कारण नेपालगञ्ज र भैरहवामा खरीद प्रक्रिया शुुरु हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले ल्यायो पुनःकर्जा कार्यविधि मस्याैदा
काठमाडौं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ मस्याैदा ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो । बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनःकर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ । लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् । यस्तै विशेष पुनःकर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा रकम दिनेछ । सो रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन् । साधारण पुनःकर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा रकम दिनेछ । त्यस्तो रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन् । पुनःकर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुनेछ । केन्द्रीय बैंकका अनुसार प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, रु १० करोडसम्मका विशेष पुनःकर्जा र साधारण पुनःकर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्टरूपमा प्रदान गरिनेछ । राष्ट्र बैंकको निर्देशनानुसार बैंक तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नेछ । तोकिएको कागजातसहित ग्राहकले बैंकका सम्बन्धित शाखामा निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएको एक महिनाभित्र उक्त पुनःकर्र्जासम्बन्धी निर्णय गरिनेछ । बैंकका प्रतिशाखा पाँच ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यस्तै उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा हेर्दा औषतमा प्रतिवर्ष पूँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले भने त्यस्तो कर्जा पाउने छैनन् । चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सूर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जासमेत अयोग्य हुनेछ ।
नेशनल माइक्रोफाइनान्सले सबै कर्मचारीको गरायो कोरोना बीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थामा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले जनरल इन्सुरेन्सबाट सबै कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा गराएको हो । कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको विरुद्ध सुरक्षाको लागि संस्थामा कार्यरत सम्पुर्ण स्थाई, करार र प्रशिक्षार्थी कर्मचारीहरुको कोभिड १९ बीमा गरेको जानकारी दिएको छ । उक्त बीमाबाट संस्थाको कुनै पनि कर्मचारी कोरोना भाइरसको पीसीआर प्रविधिबाट परिक्षण गर्दा संक्रमण प्रमाणित भएको खण्डमा तोकिएको बीमाङ्क रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
माग पुरा नभए आन्दोलनमा जाने ईप्पानकाे चेतावनी
काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले माग पुरा नभए आन्दोलनमा जाने घाेषणा गरेकाे छ । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सरकारले जलविद्युत क्षेत्रकाे अभिभावकको जिम्मेवारी बहन गर्न नचाहेको स्पष्ट देखिएकाले ईप्पानले आफ्ना माग पुरा नभए आन्दोलनमा जाने घाेषणा गरेकाे हाे। मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी आर्थिक वर्ष २०७७/७८ काे बजेटमा राखेका कुनै पनि मागहरु बजेटमा नआएकाे बताएकाे छ । ईप्पानले आफ्नाे मागहरुको तत्काल निराकरण नभए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेकाे छ । ईप्पानले प्रधानमन्त्री, विभागीय मन्त्री, अर्थमन्त्री र विद्युत विकास विभागमा ज्ञापनपत्र बुझाउने भएकाे छ । देशभरि निजी क्षेत्रले संचालनमा ल्याएको विद्युत उत्पादन संकेतिक रुपमा बन्द गर्ने चेतावनी दिएकाे छ । माग पूरा नभए क्रमिकरुपमा विद्युत उत्पादन बन्द गर्ने समय बढाउदै जाने साथै विभिन्न चरणमा रहेका नेपाल सरकार आवद्ध र ठूला विदेशी लगानीका आयोजनाहरु बाहेक ५८० कम्पनीहरुसंग अनुमतिपत्र रहेका आयोजनाहरु लगभग २१ हजार ६ सय १२ मेगावाटमा हालसम्म गरिएको लगानी नेपाल सरकारसंग फिर्ता मागी आयोजनाहरु नेपाल सरकारलाई फिर्ता गर्ने जानकारी गराएकाे छ । स्वदेशी निजी लगानीको विधिवत रूपमा अन्त्य गर्ने उल्लेख गरेकाे छ ।
थापाथलीकाे प्रसुती अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले अस्पतालमा उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको बताएका छन् ।
लाखौं नागरिकको शेयर लगानी रहेको उर्जा क्षेत्रलाई सरकारले लात हान्यो
आजभन्दा करिब १ सय १० वर्ष अगाडि काठमाडौंको फर्पिङमा फर्पिङ जलविद्युत आयोजना दक्षिण एशियाकै दोश्रोजलविद्युत आयोजनाको निर्माण भएको थियो । त्यसको करिब ८५ बर्षपछि प्रजातन्त्रको प्राप्तीसंगै नेपालसरकारले विद्युत ऐन, २०४९ र विद्युत नियमालवली, २०५० अनुसार निजी लगानीकर्ताका लागि खोलिएकोजलविद्युतमा स्वदेशी निजी लगानीकर्ताहरुको ढोका, वर्तमान सरकारले मन्त्रीपरिषद्बाट पारित गरेको विद्युतऐन, २०७६ र आर्थिक वर्ष २०७७/७८ को वजेटमार्फत बन्द गर्न लागिएको भान भएको छ । लाखौं जनताको शेयर लगानी रहेको स्वदेशी निजी जलविद्युत क्षेत्रले प्रवेश पाएको करिब २५ बर्षको अवधिमानेपालको जलविद्युत बजारको लगभग आधा हिस्सा लिन सफल भएको सर्व्विधितै छ । जलविद्युतकालगानीकर्ताहरुले देशका विकट भूगोलहरुमा बाटो, बिजुली, खानेपानी, अस्पताल, विद्यालय, पुल, पाटीपौवा,घाट आदि निर्माण गरेर सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीयलाई थोरै भएपनि रोजगारीको सृजनागरेको छ । देशलाई लोडसेडिङमूक्त गरि उद्योग, धन्दा, कलकारखाना निर्वाद संचालन गर्ने वातावरणबनाएको छ । लगानी र सहभागिताको हिसावले यो क्षेत्रबाट “समृद्ध नेपाल, सुखी नेपाली” बनाउने नेपालसरकारको चाहाना पुरा गर्न सकिन्छ तर जलविद्युत क्षेत्रमा रहेका समस्याहरुलाई उपयुक्त समाधान गर्ननसकिए देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने पक्का छ । हाल यस आर्थिक बर्षको लगभग आधा बजेटलगानी रहेको यो क्षेत्रमा प्रबर्धकहरुको २ सय ५, बैंकहरुको सरदर ७ सय ५ र सर्वसाधारणको सरदर १ सय५ शेयरलगानी रहेको छ । यसको अर्थ बैंकहरु र सर्वसाधारणको लगानी भनेको आम सर्वसाधारणको शेयर लगानीहो । सरकारले जलविद्युत क्षेत्रलाई हेर्ने धारणा सरकारले मन्त्रीपरिषद्बाट पारित गरेको विद्युत ऐन, २०७६ रआर्थिक वर्ष २०७७÷७८ को वजेटबाट सरकारलेअभिभावकको जिम्मेवारी बहन गर्न नचाहेको स्पष्ट देखिन्छ। धितोपत्र बोर्डमा दर्ता भएका ३२ कम्पनीहरु मध्ये झण्डै दुई तिहाई कम्पनीहरुको शेयर लागत मूल्यभन्दाकम रहेको छ । संसारभर फैलिरहेको कोभिड–१९ ले झन् धरासायी भएको यस क्षेत्रलाई लगानीमैत्री बनाईलगानीकर्ताहरुको मनोबल उच्च पार्न सरकारले आर्थिक वर्ष २०७७/७८ को वजेटमार्फत विभिन्न समयमा घोषणा गरिएका राहत प्याकेजहरुसहित आवश्यक थप राहतको लागि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था,नेपाल (ईप्पान)ले विभिन्न मितिमा प्रधानमन्त्री, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री,अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरलाई यस क्षेत्रमा रहेका समस्याहरु अवगत गराई निराकरणकोआशा गरिएकोमा देशलाई लोडसेडिङमुक्त बनाउन आधा योगदान रहेका जलविद्युत क्षेत्रका स्वदेशी निजीलगानीकर्ताहरुलाई पूर्णरुपले नजरअन्दाज गरिएकोमा गम्भिर आपत्ति प्रकट गर्दछौं । निजी क्षेत्रको लगानी अहिले विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरणको प्रणालीमा प्रसारित ९० वटा आयोजनाहरु रहेका छन् भने त्यसबाट ६ सय १८मेगावाट विदुत उत्पादन भइरहेको छ । उत्पादन अनुमतिपत्र लिएर निर्माणको चरणमा रहेका २ सय ४५ वटा आयोजनाहरु छन् । जसबाट ५ हजार १ सय ३४ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यस्तै, सर्वेक्षण अनुमतिपत्र लिएर अध्ययनको चरणमा रहेका २ सय ४५ वटा आयोजनाहरु छन् जुन १ मेगावाटभन्दा ठूला आयोजनाहरु रहेका छन् । तिनीहरु १५ हजार ८ सय ६० मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता छ। विभिन्न चरणमा रहेका नेपाल सरकार आवद्ध र ठूला विदेशी लगानी रहेका आयोजनाहरु बाहेक ५ सय ८० कम्पनीहरुसंग अनुमतिपत्र रहेका आयोजनाहरु २१ हजार ६ सय १२ मेगावाटका छन् । विभिन्न चरणमा रहेका नेपाल सरकार आवद्ध र ठूला विदेशी लगानी रहेका आयोजनाहरु बाहेक ५ सय ८० कम्पनीहरुसंग अनुमतिपत्र रहेका आयोजनाहरुमा हालसम्मको लगानी लगभग ६ खर्ब रहेको छ । नेपाल विद्युत प्राधिकरण, एचआईडिसिएल, विद्युत उत्पादन कम्पनी लगायतले हालसम्म निर्माण गरेकाआयोजनाहरुको लागत र निर्माण समयलाई सुक्ष्म अध्ययन गर्ने हो भने निजी क्षेत्रको सहभागिता बाहेकआगामी १० वर्षमा १५ हजार मेगावाट कुनै हालतमा निर्माण हुने देखिदैन । नेपाल सरकारको आगामी १० वर्षमा १५ हजार मेगावाट पु¥याउने लक्ष्य रहेकोले माथि उल्लेखित तथ्यकाआधारमा निजी क्षेत्रलाई प्राथमिकता नदिई सम्भव हुदैन । ईप्पानले सरकार समक्ष राखेका बजेट केन्द्रित माग १. जलविद्युत क्षेत्रमा अत्याधिक मात्रामा वढ्दै गएको आयोजना लागत कम गर्न, जलविद्युत विकासलाईद्रुतगतिमा अघि वढाउन तथा निजी प्रवद्र्धकहरुलाई यस क्षेत्रमा थप कटिवद्ध भएर लगानी गर्नको लागि मिति २०६७ चैत्र ८ गते मन्त्रिपरिषदबाट निर्णय भई २०६७ चैत्र ९ गते व्यवस्थापिका संसदबाट पारितभएको ५० लाख रुपैयाँ प्रति मेगावाट भ्याट फिर्ता र २०७५÷७६ साल सम्म संचालनमा आएको हकमा ५५लाख प्रति मेगावाट भ्याट फिर्ता पाउने व्यवस्था गरिएको भएतापनि सो भ्याट फिर्ता हालसम्म नगरिएकोले प्रथम घोषणा भएको मिति २०६७ चैत्र ८ गतेदेखि निर्माण सम्पन्न भई प्रसारण लाइनमा जोडिनेआयोजनाहरुका लागि उक्त भ्याट फिर्ता रकम दिने व्यवस्था गर्नुपर्ने । नेपाल सरकारले “लोडसेडिङ्ग न्यूनीकरण कार्ययोजना २०६८” एवं मन्त्रीपरिषद्बाट २०६८/१०/१७ मास्विकृत “१० बुँदे लोडसेडिङ्ग न्यूनीकरण कार्ययोजना २०६८” अनुसार सुविधा सम्वन्धि कार्य्विधि २०६८ लेव्यवस्था गरे अनुसार सुविधा प्रदान गर्ने प्रयोजनको लागि उर्जा मन्त्रालयबाट २०६८/११/१५ मा स्विकृतभएको निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई प्रदान गरिने कार्य्विधि २०६८ ले व्यवस्थागरे अनुसार २०७१ चैत्र मसान्त सम्म व्यापारिक उत्पादन शुरु गर्ने आयोजनालाई दिइने भनेको विद्यमानसुचिकृत दर (वर्षायाममा रु. ४.८० र सुख्खयाममा रु. ८.४० प्रति युनिट तथा ५ वर्ष सम्मको लागिवार्षिक ३ प्रतिशतका दरले साधारण मुल्यवृद्धि) अनुसार सम्बन्धित जलविद्युत प्रर्वधकहरुले आंशीक रुपमामात्र भुक्तानी पाएको हुँदा सो लाई निरन्तरता दिने । २. जलविद्युत आयोजनाहरुलाई कोभिड–१९ ले गर्दा वित्तिय व्यवस्थापन गर्न समस्या हुने देखिएकोले नेपाल सरकारले बैंकहरुलाई कुल ऋणको कम्तिमा १५ प्रतिशत जलविद्युत क्षेत्रमा लगानी अनिवार्य गर्नुपर्नेब्यवस्थालाई लागू गर्ने । ३. मिति २०७७/०२/१५ गते प्रधान न्यायाधीशसहित सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुकोऐतिहासिक वृहत पूर्ण इजलासले फैसला गरे अनुसार लकडाउन र लकडाउनले असर गरेको अवधिलाईशुन्य समय मानेकोले सोही बमोजिम निर्माणको चरण र उत्पादनमा रहेका (मेशिनहरु बिग्रेकाले पार्ट/पूर्जा खरिद गर्न नपाई बन्द गर्नु परेका) आयोजनाहरुलाई उक्त अवधिको बैंकबाट हालसम्म भएको लगानीकोब्याज मिनाहा गर्नुपर्ने । ४. कोभिड १९ का कारणले वित्तिय व्यवस्थापन गर्न नसकेका, समयमा व्यापारिक उत्पादन गर्न नसकेका,अध्ययनको क्रममा रहेका वा वातावरण अध्ययनमा रोकिएका आयोजनाहरुको कम्तीमा दुई वर्ष निःशुल्कम्याद थप गरिदिनु पर्ने । ५. विगतका आर्थिक विधेयकमा जलविद्युत निर्माणमा प्रयोग हुने सामाग्रीहरु पेनस्टक पाइप र स्टीलपातामा भएको भंसार छुटको व्यवस्थालाई आर्थिक विधेयक २०७७ मा भंसार महशुल ५५ र भ्याट १३५लाग्ने व्यवस्थाले उक्त बस्तुमा लागत १८५ बढ्ने भएकोले दुवैमा साविक १५ मात्र भंसार महशुल लगाउनुपर्ने । ६. आर्थिक वर्ष २०७१/७२ को वजेट मार्फत आयोजनाहरु समयमा सम्पन्न गर्नका लागि आर्थिक वर्ष २०७९/८० सम्म विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जोड्ने र निर्यात गर्ने जलविद्युतउत्पादकहरुलाई १० वर्षसम्म पुरै र त्यसपछि ५ वर्ष ५० प्रतिशत आयकर छुटको व्यवस्था रहेको छ,नेपाल सरकारले १० वर्ष भित्रमा १५ हजार मेगावाटको उत्पादन लक्ष्य कायम गरेको छ । यो लक्ष्य प्राप्तनहुञ्जेलसम्म आयकर छुटको व्यवस्था यथावत कायम राख्नुपर्ने । ७. नेपाल सरकारले राखेको १० बर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य प्राप्त नहुन्जेल आयश्रोतसम्बन्धमा आयकर ऐन २०५८ को दफा ११ ख मा भएको उक्त ब्यवस्था अनुसार कतिपय आयोजनालेलगानी परिचालन गरिसकेकोमा गत वर्ष उक्त दफा खारेज गरिएकोले जल विद्युतको लागि उपलब्ध पूँजीमाठूलो ह्रास आएकाले नेपाल सरकारले राखेको १० बर्षमा १५ हजार मेगावाट उत्पादनको लक्ष्य प्राप्त नहुन्जेलआयश्रोत सम्बन्धमा आयकर ऐन २०५८ को दफा ११ ख बमोजिमनैव्यवस्था गरिदिनुहुनको लागि अनुरोधगर्दछौं । ८. हजारौ सर्वसाधारण स्वदेशी लगानीकर्ताहरुले लगानी गरि उत्पादनमा रहेका जलविद्युत आयोजनाहरुबढ्दो ब्याज दर, मूल्य अभिवृद्धि, कमजोर प्रसारण प्रणाली, प्रसारण प्रणालीको अभाव, सरकारबाट घोषणाभएका सहुलियत उपलब्ध नभएको, बढ्दो खानेपानी र सिंचाई योजनाले ल्याएको जल बहावमा कमी तथाजलबिद्युतमा आवश्यक पर्ने बिभिन्न मन्त्रालय अन्तरर्गतको समन्वयको जटिलताले संचालनमा रहेकाअधिकांश आयोजनाहरु रुग्ण हुदै गएका छन्। यहि सन्दर्भमा आयोजनाहरुले बैंक तथा वित्तिय संस्थाहरुकोव्याज तथा साँवा रकम तिर्न नसकि धरासायी हुँदै गएको यस विषम् परिस्थितिलाई मध्यनजर गर्दैइप्पानबाट मिति २०७६/०५/०४ गते ऊर्जा मन्त्रालय लगायत यस क्षेत्रसँग सम्बन्धित विभाग, विद्युतनियमन आयोग, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण लगायतका निकायहरुमा यस क्षेत्रका समस्याबारे ज्ञापन पत्र बुझाएको जानकारीका लागि अनुरोध छ । तत्पश्चात्ऊर्जा मन्त्रालयले सहसचिव स्तरियकमिटी बनाई आयोजनाको समस्या पहिचान गरि समाधानका लागि सिफारिस गर्न कमिटि गठन गरे पनि सो कमिटिबाट हाल सम्म केहि निष्कर्ष आउन सकेन । रुग्ण भएका यस्ता आयोजनाको समस्या समाधानकालागि समिति मार्फत पेश भएका सुझाव अनुरुप शिघ्र आवश्यक व्यवस्था गरि लगानीकर्ताहरुको लगानीसुरक्षित गरि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने । ९. नेपाल सरकारले ऊर्जा खपत बढाई नेपालमा उत्पादित ऊर्जाबाट आत्मानिर्भर हुने नीति लिएकोमाहालको बजेटमा ऊर्जा खपतका मुख्य दुई स्रोत विद्युतिय चुलोर सवारी साधनमा भंसार दर बढाएकोलेआन्तरिक खपतमा ह्रास आउने र बाह्य निर्यातको निजी क्षेत्र सहितको विद्युत व्यापार नीति स्पष्टनभएकोले समग्र ऊर्जा क्षेत्रमा बजारको अभाव पर्ने भएकाले निजी क्षेत्र समावेशी विद्युत व्यापार नीतिनिर्माण गर्ने । अबको बाटो के ? अब स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पाने प्रधानमन्त्री, विभागीय मन्त्री, अर्थमन्त्री र विद्युत विकास विभागमा ज्ञापनपत्र बुझाउने निर्णय गरेका छौं । देशभरि निजी क्षेत्रले संचालनमा ल्याएको विद्युत उत्पादन सांकेतिक रुपमा बन्द गर्ने कार्यक्रम पनि हामी गर्ने छौं । हाम्रा माग पूरा नभए क्रमिक रुपमा विद्युत उत्पादन बन्द गर्ने समय बढाउँदै जाने साथै विभिन्न चरणमा रहेकानेपाल सरकार आवद्ध र ठूला विदेशी लगानीका आयोजनाहरु बाहेक ५ सय ८० कम्पनीहरुसंग अनुमतिपत्र रहेकाआयोजनाहरु लगभग २१ हजार ६ सय १२ मेगावाटमा हालसम्म गरिएको लगानी नेपाल सरकारसंग फिर्ता मागीआयोजनाहरु नेपाल सरकारलाई फिर्ता गर्नेछौं । सरकारले हाम्रा मागहरु नसुने स्वदेशी निजी लगानीको विधिवत अन्त्य गर्नेछौं ।