विकासन्युज

खुकुलो बन्यो लकडाउन, पुरानै पासले सवारी साधन चलाउन पाइने

काठमाडाैं । काठमाडाैं उपत्यकामा लकडाउन खुकुलाे बनेकाे छ । अब लकडाउनकाे समयमा पुरानै पासले सवारी साधन चलाउन पाइने भएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै जेठ २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो। अब पुराना पास नवीकरण गरिरहनु नपर्ने बताइएकाे छ । यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय भएका पासले आवतजावत गर्न कुनै समस्या नहुने प्रशासनले जनाएको छ। सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। अब सवारी पास आवश्यक पर्नेले जिल्ला प्रशासनको इमेल वा फेसबुकमा प्रमाण खुल्ने कागजात पठाउनु पर्नेछ। जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले आजदेखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको हाे । सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। सरकारले जेठ ३२ गतेसम्म लकडाउन कायम नै गरेकाे छ ।

मोदीलाई श्रेष्ठकाे आग्रह- पशुपतिनाथसँग आशीर्वाद लिएपछि मात्रै भूमि लिने नलिने निर्णय गर्नुस्(भिडियाे सहित)

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्न आग्रह गरेका छन् । राष्ट्रियसभाको मंगलबारको विशेष समयमा उनले नेपालको भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकको भूमि विवादको समस्या कूटनीतिक पहल र वार्ताद्वारा समाधान खोज्न आग्रह गरे । ‘भारतीय कूटनीतिक, राजनीतिक तथा विद्वान्बाट वार्ताद्वारा समस्याको ऐतिहासिक तथ्यका आधारमा समाधान खोज्नुपर्छ भन्ने कुरा आएको छ’, सांसद श्रेष्ठले भने, ‘नेपालको चाहना पनि तथ्यकै आधारमा वार्तामार्फत भूमिका विषयमा समाधान खोज्नुपर्छ भन्ने नै हो ।’ सांसद श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक एवं आध्यात्मिक व्यक्तित्व भएको उल्लेख गर्दै भने, ‘नेपाल तपोभूमि हो, यस बेलामा पशुपतिनाथ, मुक्तिनाथसँग आशीर्वाद लिनुस् र यस्तो तपोभूमि लिनुहुँदैन भनेर निर्णय गर्नुस् ।’ उनले इतिहासको सत्य र तथ्यका आधारमा वार्ता गरी छिमेकीसँगको सुमधुर सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए । ‘नेपालको चीनसँग असल छिमेकीको सम्बन्ध छ, उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा असर पुर्याउने काम गरेको छैन तर नेपालको लिपुलेक भएर व्यापारिक र आध्यात्मिक मार्ग बनाउने सम्झौता चीन र भारतले नेपालको सहमतिविना गरे, चीनले त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ’, सांसद श्रेष्ठले भने, ‘हामी चीनसँगको उदाहरणीय सम्बन्धलाई कुनै पनि कोणबाट कमजोर नहोस् भन्ने चाहन्छाैं ।’ नेपाली जनताले नेपालको सम्पूर्ण भूमि समेटिएको नक्शा प्राप्त गरिसकेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्रीले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा सरकारले गरेको र यस्तो ऐतिहासिक कदमलाई प्रतिपक्षले समर्थन गरेकामा धन्यवाद दिए । नेकपाकै भैरवसुन्दर श्रेष्ठलेले रुकुम (पश्चिम)मा अन्तरजातीय प्रेमका विषयलाई लिएर भएको भनिएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले ध्यानाकर्षण गराए । सोही दलकी डा विमला पौडेलले बन्दाबन्दी अवस्थामा सुत्केरी र गर्भवती ३० जनाको मृत्यु भएको जानकारी गराउँदै कोरोना भाइरस संक्रमणको आशंका देखिएर क्वारेन्टिनमा राखिएकाहरुको पनि तत्काल पिसिआर परीक्षण तत्काल गर्नुपर्ने सुझाव दिए । नेपाल काँग्रेसकी अनिता देवकोटाले नेपालको भूमिको संरक्षण गर्ने विषयमा सबै दल एकताबद्ध भएर आवाज उठाउनुपर्ने बताए । उनले रोल्पामा तत्कालीन नेकपा ९माओवादी०ले द्वन्द्वका अवस्थामा लुकाएर राखेको बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको स्मरण गर्दै त्यतिबेला लुकाइछिपाई राखिएका हातहतियार नपड्किने गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद देवकोटाले आगामी असार १ गतेदेखि पठनपाठन शुरु गर्ने भनी मन्त्रालयको निर्देशन आएको तर निजी विद्यालयले प्रविधियुक्त तरिकाले पढाए पनि सामुदायिक विद्यालयको अवस्था प्रविधिमैत्री नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए । ‘सामुदायिक विद्यालय रहेको गाउँगाउँमा कम्युटर भनेको थाहा छैन, इन्टरनेट नै छैन’, सांसद देवकोटाले भने, ‘प्रविधिमैत्री र दक्ष जनशक्ति बनाउनेतर्फ सरकारको ध्यान जान सकेको छैन ।’ राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले कोरोना भाइरस सङ्क्रमण जोखिम र बन्दाबन्दीले तरकारी र दुग्धजन्य पदार्थ खेर गइरहेको जानकारी दिँदै उचित समयमा आँप र लिचीलाई बजार व्यवस्थापन नगरे करोडौँ क्षति हुनेतर्फ ध्यानाकर्षण गराए । रासस भिडियाे हेर्न यसमा क्लिक गर्नुहाेस्

सिटिजन लाइफ इन्स्योरेन्सका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न मिल्ने, कसरी हेर्ने ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न सक्ने भएका छन् । कम्पनीले इन्स्योरेन्सको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा(युजर पोर्टल)को शुभारम्भ गरेसँगै उनीहरूले साे सुविधा पाउने भएका हुन् । कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै आफ्नो विवरण आफै हेर्न सकुन् भनेर उक्त सेवाकाे शुरू गरेकाे हाे ।  यसकाे लागि बीमितहरूले सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । त्यहाँबाट लग इनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिने कम्पनीले जनाएको छ । बीमा योजना खरिद गरिसकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भसँगै समाप्त भएको छ । साथै, सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ । यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी सदैब आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर इसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ ।

सरकार भन्छः भर्ना नलेऊ, निजी विद्यालय भन्छन्: पैसा असुल्न होइन, विद्यार्थी यकिन गर्न असारदेखि भर्ना लिँदैछौं

काठमाडौं । निजी विद्यालयले असार १ गतेदेखि विद्यार्थी भर्ना सुरु गर्ने भएका छन् । यसअघि जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भनिएपनि सरकारले लकडाउन बढाएका कारण स्थगित भएको विद्यार्थी अभियान अब असार १ गतेदेखि सुरु गर्ने बताइएको छ । एन प्याबसनका अध्यक्ष रितु राज सापकोटाले सरकारले लकडाउनको समयावधि बढाएसँगै आफुहरुले पनि विद्यार्थी भर्नाको निर्णय परिवर्तन गर्नु परेको बताए । आफुले असार १ गतेदेखि सुरु गर्ने भनिएको विद्यार्थी भर्ना अभियानमा शिक्षा मन्त्रलाय पनि सहमत भएको उनको भनाई छ । यसअघि निजी विद्यालयहरुले देशमा लकडाउन भएपनि सामाजिक दुरी कायम गरेर विद्यार्थी भर्ना लिने निर्णय गरेका थिए । तर, त्यसको चौतर्फि आलोचना भएपछि त्यो स्थगित गरिएको थियो । तर, अझै पनि दैनिक सयौंको संख्यामा कोरोना भाइरसका बिरामी देदा परिरहेका छन् । यसले पनि विद्यार्थी भर्ना प्रक्रियामा प्रत्यक्ष असर पर्ने दखिन्छ । करिब साढे छ हजारको संख्यामा रहेका निजि विद्यालयको यो निर्णयप्रति अझै धेरै असहमत भने देखिएका छन् । जेठ १५ गते निजि विद्यालयका छाता संगठन प्याबसान, एन प्याबसन, संस्थागत विद्यालय अभिभावक संघ, अभिभावक संघ नेपाल, नेपाल राष्ट्रिय अभिभावक संघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले संयुक्त रुपमो विज्ञप्ती सार्वजनिक गर्दै भर्ना प्रक्रिया सुरु गर्ने सहमति भएमति भएको सापकोटाले बताए । ‘हामीले संयुक्त रुपमा सबै विषय छलफल गरेर नै भर्ना गर्ने निर्णय गरेका हौं, भर्ना भन्ने बित्तिकै सबैले पैसा मात्र बुझ्नु हुँदैन, हामीले विद्यार्थीको संख्या पत्ता लगाउन पनि भर्ना सुरु गर्न खोजिएको हो,’ उनले भने । हामीले विद्यार्थी भर्ना गर्नुको मुख्य उदेश्य हाम्रा विद्यार्थीहरु कति छन् भन्ने पत्ता लगाउनु भएको बताउँदै उनले अहिले धेरै विद्यार्थीहरु गाउँमा रहेको र धेरैले गाउँमै पढ्ने मनसाय गरिसकेकोले विद्यार्थीहरुको एकिन तथ्याकं पत्ता लगाउन पनि भर्ना सुरु गर्न खोजिएको उनले बताए । विद्यार्थीको संख्या पत्ता लगाएर विद्यालयले पनि सो अुनुरुपको तयारी र योजना गर्न सजिलो हुने उनको भनाई छ । भर्ना अघि बढाएपनि विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउने योजना आफुहरुको नरहेको उनले प्रस्ट पारे । ‘हालको लागि अनलाइन कक्षालाई नै निरन्तर दिने हाम्रो योजना हो, हामीले विद्यार्थीहरुको भर्ना लिनुको मुख्य उदेश्य भनेको अहिलेको स्थिती सामान्य हुने बित्तिकै विद्यालयहरु खोलेर हामी संचालन गरिहाल्नुलाई हो, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने । जेठ १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठनपाठन संचालनको काम अगाडि बढाउन निर्देश्न दिएसँगै आफुहरुले पनि त्यही अनुरुप विद्यार्थी भर्ना सुरु गर्न लागेको उनले बताए । सिमित शिक्षक कर्मचारीको उपस्थितीमा आगामी शैक्षिक सत्रको लागि योजना बनाउनुको साथै शिक्षक कर्मचारीहरुलाई तालिम गराउन आफुहरुले सरकारसँग माग राखेको सापकोटा बताउँछन् । सरकारले नयाँ शैक्षिक सत्रबारे कुनै पनि सुचना प्रकाशित नगरेको अवस्थामा आफुहरु अगाडि सरेर विज्ञप्ती निकालेको उनले बताए । भर्ना तत्काल लिन सकिँदैनः शिक्षा मन्त्रालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल भर्नाको कार्यक्रम सुरु गर्न नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले तत्कालै विद्यालयमा हुने कुनै पनि गतिविधि गर्न नसकिने बताए । ‘प्याब्सन, एन-प्याब्सनले भर्ना लिन्छाैं भनेर हुँदैन, विद्यार्थीको भर्ना अहिले लिन मिल्दैन,’ उनले भने । पार्टीकुलर विद्यालयले गर्न खोजे त्यसलाई सम्बन्धित स्थानीय तहले हेर्ने उनको भनाई छ । कोरोना रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले गरेको निर्णय बमोजिम विद्यालयको पठन पाठन तथा भर्ना सुरु हुने उनले बताए । ‘असार १ गतेदेखि वैकल्पिक सिकाई (भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट) गर्ने भनेर हामीले भनेका छौं, भर्नाको विषयका बारेमा केही भनेको छैनौं, भर्ना गर्न पनि दिँदैनौं,’ उनले भने । यसअघि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको जोखिम कायमै रहेकोले नयाँ शैक्षिकसत्रमा विद्यार्थीको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाइने बताएका थिए । विद्यालय तहमा हरेक वर्ष वैशाख पहिलो सातादेखि नयाँ शैक्षिकसत्र शुरु हुँदै आएकामा यस वर्ष कोरोनाको जोखिम र गत चैत ११ देखि जारी बन्दाबन्दीका कारण शिक्षालय बन्द भई पठनपाठन प्रभावित हुँदै आएको छ । कतिपय विद्यालयले अल्पकालीनरुपमा भर्चुअल शिक्षा शुरु गरे पनि सबै ठाउँमा सूचना प्रविधिको पहुँच र शिक्षकको तत्परता नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा छन् । सरकारले भर्चुअल र अनलाइन शिक्षाका लागि आवश्यक शैक्षिक सामग्री निर्माण गर्ने घोषणा पनि गरेको छ । हाल माध्यमिक शिक्षा परीक्षा (एसइई) सहित सबै तहका परीक्षा अनिश्चितकाल स्थगन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना जोखिमपछि वैकल्पिक माध्यमबाट शिक्षण सिकाइका लागि अल्पकालीन र दीर्घकालीन उपायबारे उच्चस्तरीय कार्यदल गठन गरी कार्य गरिरहेको छ ।

क्वारेन्टिनमा बसेकालाई दैनिक २ सय रूपैयाँ भत्ता

काठमाडाैं । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक २ सय रूपैयाँ भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २ सय रूपैयाँ भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए । डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाइएका क्वारेन्टिनमा सबै नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आआफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक २ सय रूपैयाँका दरले भत्ता दिने गरिएको उनले बताए । अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ क्वारेन्टिनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिए । रासस

स्वदेश फर्कनेलाई सहजीकरण गर्न २६ बुँदे कार्ययोजना, मोबाइलको सिमकार्ड सित्तैमा दिइने

काठमाडाैं । सरकारले कोभिड-१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी सङ्क्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टिनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने/गराउने विषय समेटिएको छ । कार्ययोजनामा स्वदेश फर्कने नागरिकको व्यवस्थापनका लागि कुन निकायले के काम गर्ने र कसरी सहजीकरण गर्ने भन्ने उल्लेख छ । सरकारले अलपत्र अवस्थामा रहेका भारतबाहेक देशबाट पहिलो चरणमा करिब २५ हजार नागरिक ल्याउने गृहकार्य गरिरहेको छ । पहिचान र प्राथमिकीकरण परराष्ट्रले गर्ने तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकीकरण, विवरण सङ्कलन गरी सरोकारवाला निकायलाई उपलब्ध गराउने काम परराष्ट्र मन्त्रालयले गर्ने छ । त्यस कार्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गृह, प्रदेश सरकार र स्थानीय तहले सहयोग पुर्याउनेछन् । भारतबाहेक तेस्रो मुलुकबाट आउन उडाउन अनुमति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिने तथा परराष्ट्र र गृह मन्त्रालयले उक्त कार्यमा सहयोग पुर्याउनेछन् । विदेशबाट फर्कनेको होल्डिङ सेन्टर वा विमानस्थलमा स्वास्थ्य स्वघोषणा फाराम भर्न लगाउने र ज्वरो मापनलगायत स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा नेपाली सेना, प्रदेश सरकार र स्थानीय तहले सहयोग पुर्याउने व्यवस्था गरिएको छ । हवाईजहाजबाट आउने व्यक्तिले साथमा लिइ आएको सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको जाँच विमानस्थलमा खटिएको चिकित्सक टोलीले गर्नेछ । मोबाइलको सिमकार्ड निःशुल्क उपलब्ध विदेशबाट आएर होल्डिङ वा क्वारेन्टिनमा रहने व्यक्तिलाई नेपाल टेलिकम र एनसेलले निःशुल्करूपमा मोबाइलको सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाइने छ । प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टर र क्वारेन्टिनमा पुर्याउन यातायातका साधनको व्यवस्था सेना, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले गर्नेछ । होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनाले गर्नेछ भने क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन नेपाली सेनासहितका सुरक्षा सङ्गठन र स्थानीय तहले गर्नेछन् । क्वारेन्टिनमा लजिष्टिक सपोर्टको व्यवस्था स्थानीय तहले गर्नेछ भने त्यसमा शहरी विकास मन्त्रालय र प्रदेश सरकारले सहयोग पुर्याउनेछन् । चौध दिन १७५ रुपैयाँका दरले स्थानीय तहलाई रकम उपलब्ध स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र त्यहाँ रहँदा खाना खर्चवापत प्रतिदिन प्रतिव्यक्तिवापत १७५ रुपैयाँका दरले १४ दिनको रकम अर्थ मन्त्रालयबाट निकासा हुने व्यवस्था मिलाइएको उक्त कार्ययोजनामा उल्लेख छ । तेस्रो मुलुकबाट आउने यात्रुले हवाईभाडा र होटल क्वारेन्टिन खर्च स्वयंले व्यहोर्नुपर्ने छ । क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सुरक्षासम्बन्धी कार्यको व्यवस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने छ भने समग्र कार्यको सञ्चालन, अनुगमन, नियन्त्रण र निर्देशन कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट जानकारी प्राप्त भएको छ । रासस

लकडाउनकै बीचमा कर तिर्न राजस्वको ताकेता, विभाग भन्छः कर कार्यालय वा बैंकसम्म आउने व्यवस्था मिलाउँछौं

काठमाडौं । अन्तरिक राजस्व विभागले कर तिर्न आउन ताकेता गरेको छ । विभागले सार्वजनिक सुचना प्रकाशित गरी जेठ २५ गतेभित्रमा सबै प्रकारका कर तिर्न ताकेता गरेको हो । विभागले जेठ २५ गतेभित्रमा मूल्य अभिबृद्धि कर (भ्याट), अन्तशुल्क, आयकर तथा शिक्षा सेवा शुल्क तिर्न भनेको हो । सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि चैत मसान्तभित्रमा बुझाउनु पर्ने यस्ता करहरु जेठ २५ सम्म तिर्दा हुने व्यवस्था मिलाइएको जानकारी गराएको थियो । सरकारले जेठ २५ गतेभित्रमा कर तिर्दा हुने व्यवस्था मिलाएको र सोभन्दा पछि कर तिर्दा जरिवाना तथा हर्जाना लाग्ने भएकोले सोही अनुसारको सार्वजनिक सुचना प्रकाशित गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले जानकारी दिए । ‘सरकारले चैत मसान्तभित्रमा बुझाइसक्नुपर्ने र त्यसपछि पनि बुझाउनु पर्ने कर तिर्ने समय थप गरेर जेठ २५ गतेसम्म पुर्याउने निर्णय गरेको छ, त्यसपछिको लागि समय थप गरिएको छैन, त्यसैले सरकारको निर्णय अनुसार नै हामीले कर तथा कर विवरण बुझाउन सुचना प्रकाशित गरेका हौं,’ महानिर्देशक कुँवरले भने । सरकारले लकडाउनको म्याद बढाएर जेठ ३२ गतेसम्म पुर्याएको छ । लकडाउनको बीचमा सरकारले तोकेको ४४ प्रकारका उद्योग प्रतिष्ठान खुल्ने भनिएको छ भने अतिआवश्यक काम बाहेकमा सर्वसाधारणलाई निवासबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको छ । सरकारले कर तिर्नको लागि हिडडुल गर्न पाउने निर्णय पनि गरेको छैन । ‘कर तिर्ने भनेको नाफा भएको अवस्थामा हो, नाफा भएन भने सोही अनुसारको विवरण बुझाए हुन्छ, कर विवरण बुझाएर बस्नु भनेको आफ्नै व्यवसायको लागि पनि राम्रो कुरा भएकोले करदातालाई हामीले सोही अनुसारको सुचना प्रवाह गरेका हौं, लकडाउनको कारण कर तिर्नको लागि कर कार्यालय वा बैंकसम्म आउन समस्या भयो भने स्थानीय प्रशासनसँग हामी आवश्यक समन्वय गरेर सहजीकरण गरिदिन्छौं,’ लकडाउनको समयमा करदाताले कर कार्यालय वा बैंकमा कसरी गएर कर तिर्छन् त भन्ने प्रश्नमा महानिर्देशक कुँवरले भने ।

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ गते

काठमाडाैं । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ३१ गते बस्ने र त्यसको भोलिपल्ट अर्थात जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए । त्यसैगरी आगमी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । रासस