विकासन्युज

रानी माहुरीहरु

आत्मा, मन, दृष्टिकोण सबै तिम्रा गलत रहेछन् । निर्दयी रहेछन् । कठोर रहेछन् । पापी रहेछन् । मुटु नभएको दिल बोकेर, कुरुता साम्राज्यमा शासन गरेको तिमी, मानवीय साम्राज्यमा पाइला सार्दा, तिम्रा खुट्टा कत्ति पनि कामेनन्, तिम्रा भावनाले कुनै पश्न खडा गरेनन्, गरुन पनि कसरी, हिजो रुदै बिहानीको सत्कार गर्ने बालक, आज खोकीले बिहानीको स्वागत सत्कार गरिरहेको छ । सधैँ मायाले चुम्बन गर्ने बुढी आम्मैका ओठ, निधारको तातोपन हिजो भन्दा अली बेसी महसुस गरिरहेका छन् । हजारौँ माइल परसम्म बनचर्ने सोचाइका माहुरीहरु, आजकाल काठेघारको सानो दुलो मै, अनीकाल र भोकमरीका कहानी बाचन गरिरहेका छन् । महामारीकाे मन्त्र उच्चारण गरिरहेका छन् । हाइड्रोजन बम, एट्मबम, मौंन छन् भन्ने थाहा पाएर , तिमी कतै रमाइरहेका त, छैनौ नि ? तिमीलाई के थाहा ? खतराका राता बत्तिले तिम्रो साम्राज्यमा दीपावली मनाउन थालिसकेको । अमेरिका, इटली, रुस, स्पेन तहसनहस गरेको, तिम्रो शत्रको प्रतिउत्तर, स्यानिटाइजर, माक्स र लकडाउनले दिएको । सौर्यमण्डलको बगैंचामा डुलेर मह बटुल्ने गरेको माहुरी तिमीमाथि हाबी हुनलाई कति समय लाग्ला र ? तिमीले ह्वात्तै गिराएको अर्थतन्त्र महले पुरा गर्न सक्दैन, भन्ठानेछौ ? मानिसको छापो हालेर, अस्पतालमा धान उत्पादन गर्ने सार्स-१ को सपना तिमीलाई फलामका चिउरा चपाएजस्तो हुनेछ । तिमी कहिल्यै अरिङगाल,माकुरो या कमिला कुनै पनि बन्न सक्दैनौ । दुलोमा बसेर तिम्रो भबिष्यको जिम्मेवारी बहन गरेका रानी माहुरीहरु (डाक्टर, नर्स, बैज्ञानिक राज्य….), आफ्ना सन्तानलाई सम्झाउछन्, हामी सम्झौतामा बन्धित कैदी हौँ । प्रयासमा प्रेरित आशावादी हौँ । विजयको पर्खाइमा बसेका बिजेता हौँ ।

बनेपामा आगलागीकाे कारण दुईको मृत्यु

बनेपा । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएको थिए । घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा आज वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उहाँहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा क्षति पुगेको थियो ।

उपत्यकामा ‘लकडाउन’ उल्लङ्घन गर्ने १८ सय सवारी नियन्त्रणमा

काठमाडौ । सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर तपाईं विना काम सवारी चलाईरहनु भएको छ भने तपाईंको सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ । लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडी नलाग्न महाशाखाले जनाएको छ । आज मात्रै काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५ सय ८४ वटा २ पाङ्ग्रे र २ सय २२ वटा पाङ्ग्रे गरी जम्मा १,८ सय ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए । उनले भनेस्(‘आज विहान ६ बजे देखि वेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।’ कोरोना भाईरसको रोकथाम तथा संक्रमण रोक्नको लागि नेपाल सरकारले लकडाउन गरेको हो, लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ । काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ । पास भएकालाई पनि विशेष निगरानी पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए । दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गइरहेको अबस्थामा सडक प्रयोगकर्ताहरुसंग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने ट्राफिक प्रहरीलाई हुन सक्ने जोखिम न्युनिकरण गर्नका लागी ट्राफिक प्रहरी महाशाखाले पिपिई र फेस सिल्ड सहित ड्युटी परिचालन गर्नुका साथै सामाजिक दुरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था समेत मिलाएको प्रवक्ता एसपी श्रेष्ठले बताए ।

राष्ट्र बैंकको पुनरकर्जाः नव उद्यमीलाई विशेष प्राथमिकता, धेरै नाफा कमाउनेले नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि तयार पारेसँगै पुनरकर्जा पाउने उद्योगी तथा व्यवसायीलाई पनि प्राथमिकताका आधारमा राखेको छ । हिजोको दिनमा काठमाडौंमा र ठूला उद्योगीलाई मात्र आधारित पुनरकर्जाको कार्यविधिले अब नव उद्यमी र साना उद्यमीहरुपनि यसबाट लाभान्वित हुनेछन् । राष्ट्र बैंकले तयार भएको मस्यौदामा सबैका सुझावहरु समेटेर कार्यविधि संसोधन गर्ने उल्लेख गरिएको छ । सो कार्यविधि संशोधन पछि पुनर्कजाको पहुँच सबैसमक्ष पुग्नेछ । पुर्नकर्जा प्रदान गर्दा नयाँ उद्यमी, युवा महिला,दलित समुदायका उद्यमी, लघु घरेलु तथा साना उद्यमका व्यवसायी, निर्यात जन्यमा टेवा पुर्याउनेलगायतका उद्यमीलाई प्राथमिकता दिइने बताइएको छ । बैंकले पुर्नकर्जा सबैको पहुचमा पुर्याउनको लागि लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनर्कजा र साधारण पुर्नकर्जा गरी ३ किसिमको वर्गीकरण गरेको छ । उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँ सम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा सानाउद्यमपुनरकर्जा मानिने कार्यविधिमा उल्लेख गरिएको छ । घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिँहले यो भन्दा पहिले ठूला उद्योगीहरुका लागि मात्र पुर्नकर्जा सुविधा भएपनि अब साना उद्योगी तथा नव उद्योगीले पनि पाउने भएपछि केहस् राहत हुने बताए । आफुहरुले घरेलु तथा साना उद्योगका लागि सरकारी बैंकबाट दुई प्रतिशत र प्राइभेट बैंकबाट चार प्रतिशतमा पुर्नकर्जा पाउनु पर्ने बताए पनि त्यसमा ५ प्रतिशत भएर आएको उनको भनाई छ । राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदानहुने प्रतिग्राहकपुनरकर्जाको अधिकतम सीमा १० करोड रुपैयाँ हुनेछ । यस्तो पुनरकर्जा रकमकुलपुनरकर्जा प्रदानगर्ने रकमको ७० प्रतिशतभन्दा बढी नहुने तथा बैंकले ग्राहकअनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रतिग्राहकअधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा २ प्रतिशतमा बैंकहरुलाई राष्ट्र बैंकले उपलब्ध गराउने र बैंकले ५ प्रतिशतमादिने मस्यौदातमा प्रस्तावगरिएको छ । विशेष पुनरकर्जा १ प्रतिशमालिएर बैंकले ३ प्रतिशतमा र साधारण पुनरकर्जा ३ प्रीतशतमालिएर बैंकले ५ मालगानीगर्नु पर्ने प्रस्तावगरिएको छ । २० प्रतिशतभन्दा बढी नाफा कमाउनेले नपाउने नेपाल राष्ट्र बैंकले २० प्रतिशत बढी नाफा कमाउनेले पुर्नकर्जा नपाउने बताएको छ । लगातार ३ वर्षदेखि २० प्रतिशतनाफा गरेका उद्योगी तथा व्यवसायीलाई पुर्नकर्जाको सुविधा पाउन अयोग्य ठहरिने कार्यविधिमा उल्लेख गरिएको छ । कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभर डा«फ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, माजिर्न कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू पनि यो सुविधा लागिअयोग्य हुने मस्यौदामा उल्लेख गरिएको छ । यस्तै, चुरोट, बिडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जाहरुले समेत पुर्नकर्जा सुविधा नपाउने पनि सो कार्यविधिमा उल्लेख गरिएको छ । [pdf id=219196]

लकडाउन खुलेको ३ महिनामा कर तिर्ने व्यवस्था मिलाउनुस्- चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लकडाउन समाप्त भएको ३ महिनामा कर तिर्ने व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागले मंगलबार जारी गरेको सूचनाप्रति ध्यानाकर्षण गर्दै चेम्बरले उक्त माग गरेको हो । उक्त राजस्व विभागले गत फागुन, चैत र बैशाखको आयकार, मूल्य अभिवृद्धि कर(भ्याट) र अन्तशुल्क यही जेठ २५ गतेभित्र तिर्नुपर्ने भन्दै मंगलबार सूचना प्रकाशित गरेको थियो । यसमा ध्यानाकर्षण गर्दै चेम्बरले भन्यो- ‘यस परिस्थितिमा लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर विवरण एवम रकम बुझाउने व्यवस्थाका लागि चेम्बरले मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ ।’ साथै, बिद्यमान सूचना खारेज गरी व्यवसायीको माग बमोजिम नयाँ सूचना जारी गर्न समेत चेम्बरले अनुरोध गरेको छ । ‘कोभिड-१९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था छ ।’ ‘आ.ब.२०७७/७८को प्रस्तुत बजेट सम्बाेधनको क्रममा समेत व्यवसायिक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाई स्वीकार गरि सकेको अवस्था पनि छ । यस्तो कठिन अवस्थामा व्यवसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको छ ।’- विज्ञप्तिमा भनिएकाे छ । साथै, चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतिका साथ लकडाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न अनुरोध गरेको छ ।

भारतबाट फर्केका पाल्पाकाे एक पुरुषको मृत्यु

पाल्पा। भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए । उनका अनुसार सोमबार दिउँसो १ बजे श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पतालमा उपचारका लागि ल्याइएको थियो । भारतबाट आई आइतबार राति तानसेनको क्वारेन्टिनमा बसेका उनलाई सोमबार बिहान ७ बजे पूर्वखोलास्थित शम्भु माविको क्वारेन्टिनमा लगिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य प्रमुख मोहन ज्ञवालीले बताए । मृतकको कोरोना संक्रमण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

काेराेना सङ्क्रमणसँगै डेङ्गुको सङ्क्रमण बढ्ने सम्भावना

काठमाडौं । नेपालमा कोभिड–१९) को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को महामारीसँगै बर्खायाम शुरु भएकाले डेङ्गुको महामारीसमेत देखिन थालेको बताउनुभयो । उनका अनुसार विभिन्न ठाउँमा पानी जम्ने र ती ठाउँमा लामखुट्टे बढ्ने भएकाले डेङ्गु रोग देखिन थालेको हो । डेङ्गु रोग वैशाखदेखि मङ्सिरसम्म देखिने गर्दछ । गत वर्ष नेपालमा ६८ जिल्लामा १६ हजारमा डेङ्गु रोग देखिएकामा छ जनाको मृत्यु भएको थियो । महाशाखाकाका अनुसार यो गत पुषदेखि अहिलेसम्म २६ जिल्लाका ८२ जनामा डेङ्गु देखिएको छ । त्यसमध्ये सबभन्दा बढी रुपन्देही जिल्लामा ३५ जनामा देखिएको छ । धेरै जनामा यस रोगको लक्षण मध्यम खालको र केहीमा कडा खालको रहेको हुन्छ । डेङ्गु रोगको समयमा उपचार नगरे मृत्यु पनि हुन सक्ने उनले बताए । यो शहर तथा शहरोन्मुख ठाउँमा बढी पाइने गर्दछ । डेङ्गे ज्वरो छोटो समयमा हुने भाइरल रोग हो । यसका लक्षणमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मासपेशी तथा जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा आन्द्रामा गडबढी र दादहरु आउने हुने गर्दछ । केही बिरामीमा शुरुमा शरीरमा विमिरा र दादहरु पनि देखिने गर्दछ । ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने गर्दछ । यो रोगको राम्रोसँग उपचार भयो भने निको हुने महाशाखाका निर्देशक डा पाण्डेले बताए । नेपालमा पहिलोपटक २००४ मा डेङ्गु देखिएको थिया । हरेक वर्ष डेङ्गु रोग प्रकोपका रुपमा देखिँदै आएको छ । दुई–तीन वर्षको अन्तरालमा यो रोगले महामारीको रुप लिएको उहाँले बताउनुभयो । यारन्टिन वा घरमा बस्दा कामको सिलसिलामा बाहिर जाँदा डेङ्गुसहित मलेरिया, पखाला र सर्पदंश रोग बढ्ने उनले बताए । डेङ्गु रोगका बिरामीको चिकित्सकको सल्लाहबिना कुनै औषधि प्रयोग गर्न दिनु हुँदैन । यो रोग लामखुट्टेबाट रोग सर्ने भएकाले राति वा दिउँसो सुत्दा झुलको प्रयोग गर्नुपर्दछ । यो रोग सार्ने लामखुट्टे मानिसको वरिपरि प्राकृतिक वा कृत्रिम पानी जमेको ठाउँमा बस्ने भएकाले त्यसलाई सफा राख्नुपर्दछ । खाल्डाखुल्डी, जमेको पोखरी, कुवा, लोटा, खुल्ला बोतल जस्ता ठाउँमा लामखुट्टे हुने गर्दछ । डेङ्गु ज्वरो लागेको अवस्थामा तुरुन्तै नजीकैको स्वास्थ्य संस्थामा जानु पर्दछ । यो रोग चिकित्सको प्रत्यक्ष निगरानीमा उपचार गरे सञ्चो हुने उनले बताए । यो रोग पनि कोरोना जस्तै एउटा भाइरसबाट हुने रोग हो । यसको कुनै औषधि (भ्याक्सिन) बनाउन सकिएको छैन । इपिडिमियोलोजी महाशाखाले यस रोगबाट बच्नका लागि प्रदेश र स्थानीय तहमा डाइगोनोष्टिक परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।

रुकुम पश्चिम घटनाका दोषीलाई कारबाही गर्न निर्देशन

काठमाडौं । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिम घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले घटनामा बेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले घटनामा परी मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । यस्तै दलित समुदायमाथि शृङ्खलाबद्ध विभेद तथा हिंसाका घटना भइरहेको भन्दै तत्काल सम्पूर्ण जातीय विभेदका स्वरुप तथा हिंसा अन्त्यका लागि महाअभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी समितिले लकडाउनको समयमा महिला तथा बालबालिकामाथि भइरहेका हिंसा, शोषण, विभेद र दुव्र्यवहार अन्त्य गर्न सबै पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।