१६ देखि २० लाख नेपालीले रोजगारी गुमाउँदै छन् : पूर्व श्रममन्त्री विष्ट
काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएसँगै नेपालमा १६देखि २० लाखले रोजगारी गुमाउने पूर्व श्रममन्त्री एवं सांसद गोकर्ण विष्टले बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विष्टले विश्व श्रमबजारमा चुनौती थपिएको बताए । १६ देखि २० लाख नेपाली रोजगारीबाट बाहिरिने संकटको अवस्थामा ब्यवस्थापनका लागि सरकारलाई जोड दिन अनुरोध गरे । देशमा नै कसरी रोजगारीलाई कायम गर्ने विषयमा सोच्न आवश्यक रहेको बताउँदै कृषिमा रोजगारीको तिव्र सम्भावना रहेको बताए । विपन्न परिवारलाई काम गरेर खान पाउने गरी १ बर्ष अगाडि शुरुवात गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले सोही अवधिमा २ लाखका लागि राजगारी दिने व्यवस्था गरेको जानकारी दिँदै आगामी दिनमा सीपमूलक कार्यक्रम प्रभावकारी नबाउने हो भने उनीहरु रोजगारीबाट बाहिरिने चिन्ता रहेको बताए । तीनै तहले श्रमिकलाई दक्ष र पुनःदक्ष बनाउन नसके काम नपाउने अवस्था रहेको र काम र जनशक्तिको बिचमा समन्वय हुन नसक्दा बेरोजगार हुने अवस्था रहेको पूर्वमन्त्री विष्टले भने । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा उद्धार गर्न आवश्यक रहेको बताउँदै नेपालमा उनीहरुका लागि रोजगारी सिर्जनामा ध्यान दिन आग्रह गरे । ३८ प्रतिशत श्रमिक सबैभन्दा धेरै खट्ने बताउदै उनीहरु नै गरिब रहेकोले आवश्यक सीपको व्यवस्था गर्न माग गरेका छन् ।
बागमती प्रदेशले रोजगारी सिर्जना, विनाव्याज ऋण र सुरुङमार्गलाई प्राथमिकता दिन्छः कैलाश ढुंगेल
प्रदेश सरकारहरू अहिले बजेट निर्माण गर्न व्यस्त रहेक छन् । प्रदेशहरुले कोरोना नियन्त्रण, नयाँ रोजगारी सिर्जना र आधुनिक कृषि लगायतको विषयलाई प्राथामिकतामा राखेर बजेट निर्माणमा लागिरेका छन् । नयाँ बजेट निर्माणको कार्यमा बागमती प्रदेश सरकार पनि जुटिरहेको छ । चालु आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ८८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कतिको बजेट ल्याउँदैछ ? बजेटका के नयाँ योजना थपिले छन् ? बजेटको कस्तो आउँछ ? कुन क्षेत्रलाई नयाँ बजेटले प्राथामिकता दिन्छ ? कोरोना महामारीलाई लक्षित गरेर नयाँ कार्यक्रमहरु के कस्ता छन् भन्ने लगायत विषयमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलसँग विकासन्युजका लागि राजाराम न्यौपानले गरेको कुराकानी ः बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा के–के कुरालाई प्राथमिकता दिन्छ ? अहिले विश्वभरि नै कोरोनाको महामारी छ । त्यसमा नेपाल पनि एक हो । बागमती प्रदेश सरकारले कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर नयाँ बजेट ल्याउछ । प्रदेशका जनताको भावाना अनुसार नै नयाँ बजेट निर्माण भैरहेको छ । आर्थिक पुनरुत्थान र यसको जोखिम कम गर्नतर्फ हाम्रो बजेट केन्द्रित हुनेछ । हाम्रो प्राथामिकता भनेको कोरोना नियन्त्रण, खाद्यान्नमा आत्मनिभर, कृषि, रोजगारी, खेती योग्य जमिनमा खेतिका लागि अनुदान, ऋणको व्यवस्था र हेटौंडा काठमाडौं सुरुगमार्ग नै बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेटका मुख्य प्राथमिकता छन् । कोरोना महामारी नियन्त्रण, भोकमरीबाट जनताको जीवन रक्षा गर्ने, रोजगारीका नयाँ अवसरहरु सिर्जना गर्ने नै हो । आम नागरिकलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने नै हो । कृषिमा आकर्षण बढाउन कृषकलाई सहुलियत व्याजदरमा ऋण कति र कसरी दिने ? समूहिक कृषि गर्न चाहनेहरुलाई प्रदेश सरकारले १ लाखदेखि ५० लाखसम्म ३ प्रतिशत व्याजमा ऋण बागमती प्रदेश सरकारले बजेट मार्फत व्यवस्था गर्नेछ । १ लाख मात्रै ऋण लिने कृषिकलाई विनाव्याज नै ऋण दिने व्यवस्था प्रदेश सरकारले नयाँ बजेटले समेट्ने छ । बाँझो जमिनलाई खेती गर्ने किसिमको बजेट आउछ । कृषिमा आकर्षण बृद्धी हुँदा बागमती प्रदेश खाद्यान्न आत्मनिभर हुन्छ । यसले प्रदेश र देशलाई नै फाइदा पुर्याउँछ । बिनाव्याजको ऋणले बाँझो रहेको जमिनहरु प्रयोगमा पनि आउछन् । नयाँ रोजगारी सिर्जनालाई बजेटले कसरी समेट्छ ? कोराना भाइरसको कारणले वैदेशक रोजगारीमा गएका नेपालीहरु पनि नेपाल नै फर्किने अवस्था आएको छ । घरेलु तथा साना उद्योग सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्नेछ । सामूदायिक बनमा पनि कृषि उत्पादन गर्न सयोग गर्नेछ । समूहिक कृषि, साना र घरेलु उद्योगमा आकर्षण हुदा पनि ७/८ लाख नयाँ रोजगारी सिर्जना हुन्छ । बजेटले कृषिलाई प्रथामिकतामा राख्ने भनिरहदा अहिले कृषकले उत्पादन गरेका बस्तुहरु बिक्री भएका छैनन्, यसलाई कसरी बजेटले व्यवास्थापन गर्छ ? कृषकले उत्पादन गरेको बस्तु बिक्री भएन भने प्रदेश सरकारले किन्छ । प्रदेश सरकारले त्यो बस्तुलाई प्रयोग गरेर दोस्रो बस्तु बनाउँछ । अब आउने बजेटले कृषकले उत्पादन गरेको बस्तुको बजार पनि व्यवस्थापन गर्छ । कृषकले पशुपालन गरेर बिक्री गरेको दुधमा अहिले प्रतिलिटर १ रुपैंया अनुदान दिएको छ । अब त्यसलाई वृद्धि गरेर २ रुपैया वा त्यो भन्दा पनि बढि बनाउनेछ । कोरोना भाइरसले अहिले अर्थतन्त्र र मानिसलाई असर पारेको छ । आर्थिक पुनरुत्थान र यसको जोखिम कम गर्नतर्फ हाम्रो बजेट केन्द्रित हुनेछ । अहिले स्वास्थ्यका भौतिक पूर्वाधारहरु निर्माण गर्न सकिन्छ । प्रविधिक शिक्षालाई प्राथामिकता दिन्छ । बागमती प्रदेशले कोरोना नियन्त्रका लागि ठूलो मात्रामा बजेट व्यवास्था गर्नेछ । हाम्रो नीति तथा कार्यक्रम मार्फत पनि बागमती प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणसँगै स्वास्थ्य, शिक्षा र कृषि, सुरुगमार्ग र रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थियो । त्यसै अनुसार नयाँ बजेट आउने छ । बागमती प्रदेश सरकारको अहिलेको आवश्यकता के हो ? अहिलेको आवश्यकता भनेको कोरोना भाइरसको महामारीलाई कसरी नियन्त्रणमा ल्याउने र रोकथाम गर्ने भन्ने हो । कोरानाको उपचार, नियन्त्रण तथा रोकथाममा नै हाम्रो ध्यान गैरहेको छ । हामी स्वास्थ्यका लागि अवाश्यक पूर्वाधार निर्माण पनि केन्द्रीत छौं । अब आउने नयाँ बजेटले पनि त्यसैलाई ध्यान दिन्छ । स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउने कुरा पनि बजेटले समेट्ने छ । नयाँ बजेट कति अर्बको आउछ ? केन्द्रले पनि बजेटको आकार घटाएको छ । हाम्रो पनि आगामी आर्थिक वर्षको बजेटको आकार केही मात्रामा घटेर आउछ । चालु आर्थिक वर्षमा ४७ अर्ब ६० करोडको बजेट आएको थियो । आयस्रोतहरु घटेकोले नयाँ बजेट केही घटेर आउँछ । चालु आर्थिक वर्षमा सञ्चालिन योजना र परियोजनाहरुलाई नयाँ बजेटले समेटने छ । चालु आर्थिक वर्षको बजेट कति प्रतिशत कार्यान्यवन भयो ? विकास निर्माणको अवस्था कस्तो छ ? चालु आर्थिक वर्षको बजेटमा कोरोनाले प्रभाव पार्यो । विनियाेजन भएको बजेटमध्ये ६० प्रतिशत मात्रै खर्च हुन्छ होला । अझै विकास निर्माण गर्ने केही समस्या बाँकी छ । त्यो बाँकी समयमा काम गर्दा ६० प्रतिशत बजेट खर्च हुने देखिन्छ । सरकारले बजेट कार्यान्वयनमा एकदमै राम्रोसगँ काम गरिरहेको छ । कोरोनाको कारणले सोचे जसरी काम गर्न सकिएन । कोरोनाले मुख्य काम गर्ने ३ महिनाको समयमा काम नै गर्ने अवस्था भएन । कोरोना भाइरसको कारणले सिर्जना गरेको लकडाउनले गर्दा केही समय विकास निर्माणका कामहरु ठप्प भयो । अहिले विकास निर्माणको काम तिब्र गतिमा भहिरहेको छ । लकडाउन कै समयमा पनि सुरक्षा सर्तकता अपनाएर कामहरु निरन्तर भहिरहेको छ । कोरोनाले विकास निर्माणको काम बिथोले पनि समग्रमा हेर्दा हाम्रो बजेट कार्यान्वयन राम्रो नै छ । संघीय सरकारले ल्याएको बजेटमा बागमती प्रदेशको धारणा के छ ? समय अनुसार राम्रो बजेट आएको छ । आयस्रोत घटेको बेलामा केन्द्र सरकारले पनि बजेट घटाएको छ । स्वास्थ्य, साना ताथ घरेलु उद्योगको उत्थान, नयाँ रोजगारी सिर्जना, कृषिमा धेरै बजेट हालेको छ । यो राम्रो कुरा हो । बजेटले कोरोनाको महामारी, भोकमरी र रोजगारी लगायतका कुरामा केन्द्रित भएको छ । सुरुगमार्गलाई केन्द्रले पनि बजेट हालेको छ । राष्ट्रिय गौरवका सबै आयोजनाहरुलाई केन्द्रले प्राथामिकता दिएको छ ।
गजलः यसो गर्नुपर्छ अब
चौतर्फी सिमानामा, बार लाउनु पर्छ अब सके पर्खाल नत्र काँडे, तार लाउनु पर्छ अब उठाउनु पर्छ मुद्दा, अन्तर्राष्ट्रिय अदालत मै विवादलाई बार्ताबाटै, पार लाउनु पर्छ अब शान्तिपूर्ण बार्ता गर्न, छिमेकीले नमाने मा सिरुपाते खुकुरीमा, धार लाउनु पर्छ अब स्वरोजगार बन्नु पर्छ, कृषि क्रान्ती ल्याउनु पर्छ पाखा पखेरोमा अदुवा, बेसार लाउनु पर्छ अब तराई हाम्रो भण्डार हो, अन्न फलफूल तरकारी को पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब पहाडमा स्याउ सुन्तला, जुनार लाउनु पर्छ अब ।। बिराटनगर–३
बाजुराको क्वारेन्टिनमा एक पुरुषको मृत्यु
काठमाडाैं । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । १५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको हाे । दमको बिरामी रहेको उनलाई हिजो साँझ दम बढेको विहान उनकाे मृत्यु भयाे । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारीमा रहेका छन् ।
सैद्धान्तिक कुराले मात्र श्रमिकको हित कसरी गछौं श्रममन्त्रीज्यु : डिला संगौला
काठमाडौं । नेपालमा भएका स्रोत साधनहरु सुक्दै गएसँगै वेरोजगार दिन प्रतिदिन बढ्दै गएको छ । विश्वमा नै कोरोनाले भयाहक स्थिति पैँदा गरेसँगै गरिब, असाहय व्यक्तिहरु रोगले भन्दापनि भोकले मर्न पर्ने अवस्था रहेकाे सांसद डिला संगाैलाले बताइन । प्रतिनिधि सभाकाे बैंठकमा बाेल्दै सांसद संगाैलाले नेपालमा श्रम सम्बन्धि कानुन तथा कार्यविधि श्रमिकमैत्री भएकाे र निति नियमहरु कार्यन्वयन हुन नसक्दा श्रमिकले न्युनतम पारिश्रमिक पाएका छैनन्, श्रमिकप्रति उद्योग प्रतिष्ठानहरुले मैत्रीपुर्ण व्यवहार नभएकाे बताइन् । उनले भनिन्, ‘सामाजिक अवस्था अति कमजोर छ त्यस्तो अवस्थामा विनियोजन विधेकमा उल्लेखित सैद्धान्तिक कुराले मात्र श्रमिकको हित कसरी गछौं श्रममन्त्री ज्यु !’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च कटौती २११४१ पदाधिकारी बैंठक पताको खर्च १ सय घटाउन आग्रह गरेकी छन् । त्यस्तै प्रधानमन्त्री रोजगार कार्याक्रम अहिलेको आफ्नो गाँउ आफै बनाउँ कार्यक्रमले वास्तविक श्रमिकको हितका गर्न सक्दैन् केवल बाहना मात्र हुन् यो त केवल आफ्नो कार्यकर्ता पोस्ने एउटा माध्यम रहेकाे भन्दै याे यसले न त उत्पादन बढ्छ न त वास्तविक श्रमिकले यो सेवा पाउन भन्ने आशंका व्यक्त गरिन् । यस वर्ष पनि सरकारले श्रमिकलाई ५ प्रतिशत व्याजमा सहुलित ऋणको व्यवस्था ल्याएको छ । १० लाखसम्म पाउन सक्ने उक्त ऋण राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट लिने व्यवस्था अति झन्झटिलो हुँदा श्रमिकले नपाएको सहुलियत कर्जा नपाएको गुनासो अब पनि दोहोरी पक्का रहेको उनले बताइन । अर्थमन्त्रीकाे नियतमा नै शंका रासायनिक मल र विद्युतिय बहानमा बढेको करले अर्थमन्त्रीको नियतमा नै शंका उठेको देखिन्छ अर्थमन्त्रीज्यु । एकातिर किसानलाई राहत दिने कुरा अर्काे तिर रसायन मलमा कर वृद्धि गर्दा दोहोरो मापदण्ड भएन र । त्यस्तै चक्लेटमा कर घटाएको अर्थ के हो ? नेपालमा उत्पादिन दुध खेर गइरहेको बेलामा आयातित चक्लेटमा कर वृद्धि गरि नेपाली चक्लेटलाई प्रोत्साहन गर्नुको साट्टो यो उल्टो बाटो किन हिड्नु हुन्छ ।
कथा: अयोग्य लडाकु
आज म निक्कै खुसी छु, रोमाञ्चक पनि, अनि मनमा अलि अलि डर पनि छ । वर्षौं देखिको सपना भोलि बिहान वसन्त बनेर आउँदैछ । भोलि मेरो जीवनकै खुसीको प्रहर हुनेछ । कुल्चिएँ धेरै काँडाहरु जीवनमा… अब काँडा टेकेर फूलका कुरा हुनेछन् । ओहो… कस्तो गाह्रो आजको रात काट्न । आँखामा पटक्कै निन्द्रा छैन… उफ्… । मलाई केही पुराना कुराहरुको राम्रो सम्झना छ । आजभन्दा करिब बाइस वर्ष अगाडी म तेह्र बर्षको हुँदो हुँ, सुदुर पश्चिम पहाडको अति बिकट ठाउँमा बाबाले भरिया बनेर ढाकर बोक्दै जिन्दगीको उकाली र ओरालीमा तमाम सपनाहरुका बिच तीन जना (बाबा, आमा र म) को परिवार हम्मे हम्मे गर्दै चलाइरहँदा एकदिन अचानक म बिरामी परेको र सम्पत्तिको नाममा रहेको जम्मा खोला बगर नजिकैको एक रोपनी जग्गा धरौटि राखेर धनविर साहुसँग सयकडा तीनको ब्याजमा मेरै आँखा सामू बाबाले औंठा छाप लगाएको, स्कुलमा पढ्न भनेर नाम लेखाउन जाँदा लामो टुप्पी भएको मास्टरले दलित भन्दै भर्ना लिन नमानेको, धनविर साहुका छोराले जवरजस्ति पल्लो घरकी रिना दिदिलाई बलात्कार गरेर भिरबाट फालेका वेला कोहिपनि साहुको डरले साक्षी नबसेको, समाजले दलित भन्दै आफू र आफ्नो परिवारलाई मन्दिर छिर्न नदिएको, अनि त्यसैगरी तिर्खा लागेर पानी माग्दा जोसुकैले पनि छोइएला झैं गरेर परैबाट पानि दिएको । उफ्… सम्झिँदा पनि कहाली लागेर आउँछ । सबैले ब्यर्थैमा पुज्ने त्यो दोबाटोको मन्दिर भित्रको मुर्तिलाई मैले ढुंगा भन्दै त्यहाँबाट हटाएको त्यसै होइन । दलित भन्दै भर्ना सम्म नलिने त्यो मास्टरले विद्यार्थीहरुलाई के शिक्षा दिन्छ हँ ?… बुर्झुवा त होला नी, मैले पहिलो पल्ट मास्टरलाई कुटेर आफ्नो नाम आफैंले राखेको थिएँ ‘लडाकु प्रदिप’ । र, पहिलो पल्ट नाङ्गो खुकुरी लिँदै खेदाएको थिएँ धनबिर साहुको छोरालाई । शोषक र सामन्तीका बिरुद्व ‘लाल सलाम’ भन्दै नयाँ नेपालको सपनामा लालायित म रात बिरात जंगल जंगल हिँड्दैै कोमल छातीलाई चट्टानी बारुद बनाएर कमाण्डरको एक निर्देशनमा दुश्मन माथि प्रहार गर्दा प्रत्येक प्रहारमा नयाँ नेपाल देख्ने गर्थें । न खाने टुङ्गो, न बस्ने टुङ्गो । बन्दुकको गोलीका बिच प्रत्येक गोलीले म दुश्मन साध्थेँ । मलाई शोषक र सामन्ती दुश्मनको किल्ला भत्काउनु थियो । दोहोरो फइरिङ्मा कैयौँपल्ट आफ्नै आँखा अगाडि साथीहरु शहिद हुँदा मेरो मन विचलित भएन । पार्टि अध्यक्षको जिउ नै सिरिङ–सिरिङ पार्ने उर्जाशिल भाषण सुन्दा त लाग्थ्यो अब नयाँ नेपाल टाढा छैन… मात्र एक कदम अघि बढ्नु छ । “प्रदिप कहाँ छ ?… प्रदिप चाहिन्छ… ऊ विना लड्न सकिँदैन… उसको रणकौशल राम्रो छ… उ वान म्यान आर्मी हो…” यस्तै यस्तै भन्दै प्लाटुन कमाण्डरले मलाई खोज्दा अनि खुसीले धाप मार्दा यो छाती गर्वले फूल्ने गथ्र्यो । शान्तिपूर्ण राजनैतिक सम्झौता पछि अब म मात्र होइन समस्त देशवासीहरु पनि द्वन्द्व ब्यवस्थापन तथा नयाँ नेपाल बन्ने कुरामा आशावादि नै थिए । “अब हाम्रो सुप्रिम कमाण्डरहरुको जत्था सिंहदरबार भित्र हतियार छोडेर बुलन्द आवाजका साथ मुद्दा पेश गर्नेछन् । अब सुनौलो वशन्त आउनेछ । शोषक र सामन्तीहरुको अन्त्य हुनेछ । र हामी पनि अनमिनद्वारा प्रमाणिकरण भई सेनामा समायोजन हुनेछौं र सेना भई देशको सेवा गर्नेछौं ।” यस्तै यस्तै पुराना कुराहरु मनमा खेलाइरहँदा छर्लङ्ग बिहान हुन्छ । केही घण्टा भित्रैमा अनमिनको प्रतिनिधिद्वारा मेरो हातमा एउटा खाम थमाइन्छ । म फुरुङ्ग हुँदै सेनाको नियुक्ति–पत्र सम्झँदै कौतुहलताका साथ खाम खोल्छु जसमा लेखिएको हुन्छ, “आदरणिय प्रदिप, तपाईंहरु जस्ताले गर्दा नै क्रान्ती र जनआन्दोलन सफल भएको हो । देश र जनताको लागि अनि सामन्त विरुद्व नयाँ नेपाल वनाउनका लागि तपाईंले आफ्नो ज्यान जोखिममा राखेर गर्नुभएको योगदानको उच्च मुल्यांकन गरिन्छ । विगतमा तपाईंले गर्नुभएको राजनैतिक क्रान्तीका लागि तपाईंका हरेक योजना तथा कार्यहरु योग्य मानिनेछन् ।… तर तपाईंलाई भने…” र अन्त्यमा लेखिएको हुन्छ “…अयोग्य लडाकु ठहर्याउँदै नेपाली सेनामा नियुक्ती दिन नसकिने जानकारी गराइन्छ ।” बिराटनगर–५ हाल तेह्रथुम इमेल: [email protected]
आइतबारदेखि सबै मालपाेत कार्यालय खुल्ला
काठमाडाैं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएका छन् । विश्वव्यापी रूपमा फैलिए पछि सरकारले गरेकाे लकडाउनका कारण विगत चैत ११ गतेदेखि बन्द मालपाेत कार्यालय प्रमुखकाे उपस्थितिमा काेराेनाले २ महिनाभन्दा बढी राेकिएका काम सूचारू हुने भएकाे छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आइतबार सबै मालपाेत कार्यालय खोल्न जानकारी दिएकाे हाे । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।
फुर्सदिला बनेका फेरिब्यापारका हातहरु
डडेल्धुरा । केही दिनसम्म एकोहोरो टिनटिन गरेको आवाज सुनिरहन्थ्यो । छाना बाहिर हरेक दिन राता तामाका गाग्री, मुर्ती, बाटालगायतका सामग्री घाममा टिलिक्क टल्केका देखिन्थ्ये । तर, हिजोआज भने आवाज सुनिन र सामाग्री देखिन छोडेकोे छ । कारण सरकारले गरेको लकडाउन । कोरोना भाइरसको संक्रमण देखिन थालेसँगै सरकारले गरेको लकडाउनका कारण अहिले डडेल्धुराका आरन व्यावसायी चपेटामा परेका छन् । हरेक दिन विहान घाममा सुकाउन राखेका हेर्दै रहर लाग्दा भाडाँकुडाँहरु पनि देखिनै छोडेका छन् । लकडाउन भन्दा अगाडि दनदनी बल्दै गरेको आगोमा तामा पोल्दै र गाग्रीमा बुट्टा कुँट्दै तामाका भाँडाकुँडा बनाउने काममा बेस्त देखिने अमरगढी नगरपालिका–६ छचौडाका यज्ञराज ताम्राकारका हातहरु अहिले भने फुर्सदिला बनेका छन्। आरन पेशाबाटै जीवन निर्वाह गर्दै आएका ताम्राकारका ५ भाइ छन् । ५ वटै भाईका सबै परिवार एउटै घरमा बस्छन । घरका सम्पूर्ण सदस्य लागेर उनको २८ जनाको परिवार छ । उनको घरमा आरन (फेरिब्यापार) बाहेक अरु आयस्रोतको माध्यम केहि छैन । यज्ञराज ताम्राकारको परिवार नछुटिए पनि ५ भाईहरुमा कामको भने बाँडफाँड रहेको छ । कसैले कच्चापदार्थ ल्याउने, कसैले तामाका भाडाँकुँडाहरु बनाउने। कसैले एक गाउँबाट अर्को गाउँमा गएर बेच्ने। घरका सबै परिवारमा कामको चाप उत्तिकै छ । तामाका सामाग्रीहरु माना, पाथी, ताउली, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरू बनाउने गर्दछन। यसैबाट ताम्राकारका सबै परिवारको घर खर्च चल्ने गर्दछ । आफ्नो पुख्यौलि पेशालाई लोप हुन नदिन यसको संरक्षण गर्नका निमित्त आफूहरु यो ब्यवसायलाई अपनाई रहेको बताउने ताम्राकारका हिजोआजका दिन फुर्सदिला बनेका छन । उनी मात्र नभई उनका ५ जना दाजुभाई नै फूसर्दमा छन । एकातिर कामको चापबाट उनीहरु मुक्त छन् भने अर्कोतिर घर भित्रै बस्नु पर्दा साँझ विहानको छाक टार्न समस्या भएको छ। लकडाउनको दुई महिना भन्दा बढि भइसक्दा घरभित्रै बस्नु पर्दा उनीहरुलाई चिन्ताले पिरोलि रहेको छ । लकडाउनका कारण हातमा सिप हुँदाहुँदै पनि कच्चापदार्थको अभाव भएर तामाका भाँडाकुँडा बनाउन नपाएर फुर्सदिला दिनहरु बिताउनु पर्दा परिवारका सदस्यहरुको पेट पाल्न समस्या भएको यज्ञराज ताम्राकारले दुखेसो छ । ‘कच्चा पदार्थबाट भाँडाकुँडा बनाएर गाँउतिर गएर फेरि ब्यापार गथौँ । अहिले बन्दको कारण आवतजावत गर्न मिल्दैन्।’ उनले भने, ‘लकडाउन भन्दा अगाढि बनाएका सामाग्रीहरु बेच्न नपाएर सबै थन्काएर बसेका छौँ। अरु बिकल्पको स्रोत केहि छैन ।’२८ जनाको परिवार पनि यहि व्यवसायबाट पाल्दै आएका थियौँ। अहिले परिवार पाल्नै समस्या भएको उनको भनाइ छ । यज्ञराजको जस्तै समस्या छ सोही ठाउँका दिनेश ताम्राकारको पनि। उनको पनि आजभोलि परिवार पाल्न धौँधौँ परेको छ। पुर्खाको पेशा तामाका भाँडा बनाउने हो। उनले पनि त्यही पुर्खाको बिँडो थाम्दै जीविका चलाउँदै आएका थिए । उनीसँग पनि बाजेबाट सिकेको सीपबाहेक कमाइ खाने अर्को विकल्प छैन । ‘पहिले सामग्री बेचेर ३५ हजार देखि ४० हजारसम्म आम्दानी हुन्थ्यो आजभोलि रित्तै बस्नु परेको छ’ दिनेशले भने । यज्ञराज र दिनेशको समस्या जस्तै छचौडाका लगभग २ सय ४० परिवारको छ । बर्षौदेखि पुख्यौलि पेशालाई अपनाउदै आएका छचौडाका स्थानीयहरुको विकल्पको स्रोत केहि छैन । यस्तै, डडेल्धुराको अजयमेरु गाउँपालिका २ हाटका श्याम तम्राकारको सानो टिनको छाप्रो छ । यही छाप्रोभित्र छ सानो आरन । आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको सयौं दिन बितिसके । प्राय सधै ब्यस्त भईरहने उनी आजभोलि खालिनै बसेका छन । लकडाउनको समयमा बनाएका सामाग्रीहरु पनि बिक्री नभएको र बिवाह पनि कम हुने हुदा सामानको लागि माग समेत आउन छोडेको उनी बताउछ । आरनमा बसेपछि दिन बितेको पत्तै हुँदैनथ्यो, आजभोलि कामनै नहुदा आफूलाई दिन काट्ननै गाह्रो हुने उनी बताउँछन ।