विकासन्युज

एनएमबिको भाइवर र फेसबुकबाट खाता खोल्दा नगद फिर्ता योजना

काठमाडाैं ।  एनएमबि बैंकले भाइवर र मेसेन्जर मार्फत खोल्न सकिने खातामा पहिलो पटकको मोबाइल बैंकिङ्ग कारोवारमा १० प्रतिशत छुट  दिने भएकाे छ । खाता खाेल्दा ५ सय रूपैयाँसम्मको नगद फिर्ता योजना प्रस्तुत गरेको छ । दैनिक उपभोग्य बस्तुको भुक्तानी, टप–अप र स्क्यान टु पे भुक्तानीमा पनि छुट र नगद फिर्ताको व्यवस्था उपलब्ध छ । यस योजना अन्तर्गत वर्तमान कोभिडको परिवेशमा आफ्ना ग्राहक वर्गको लागी सावधानी पूर्वक मोबाइल बैंकिङ्ग सेवाहरु प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।  डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरमै बसी ढुक्कसंग बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ्ग अनुभवहरु परिष्कृत भएको महसुस गर्न भाइबर र म्यासेन्जरकैे प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माथिल्लो तामाकोशीको विद्युत भदौमा नै राष्ट्रिय लाइनमा जोडिने उर्जामन्त्रीको विश्वास (भिडियाेसहित)

काठमाडाैं । उर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामोकोशी जलविद्युत आयोजना भदौमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने विश्वास लिएका छन् ।  प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले साे कुरा बताएका हुन् । उनले साे आयाेजनाकाे काम चालु आवमा सकिने भनिए पनि भदौ महिनामा नै त्यसकाे विद्युत राष्ट्रिय प्रशारण लाइनमा जाेडिने बताएका हुन्। विद्युत उत्पादन जडित क्षमता हाल १ हजारु ३ सय ८६ मेगावाट पुगेको र आगामी आवमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना, निर्माणधिन रसुवागढी रसुवागढी, माथिल्लो सान्जेन, माथिल्लो भोटेकोशी सहित १३ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने उनकाे भनाई छ । प्रतिनिधि सभा बैठकका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री प्रतिनिधि सभा बैठकका क्रममा सोधिएका प्रश्नहरुको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले जवाफ दिनुहुँदै Gepostet von Bikashnews.com am Dienstag, 9. Juni 2020

‘लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारवाही हुँदैन’

काठमाडाैं । नेकपाकाे सांसद नन्दा चपाईँले लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारवाही नभएकाे भन्ने तर्क राखेकी छन् । प्रतिनिधि सभाकाे बैंठकमा बाेल्दै उनले भनिन्, ‘नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ, यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारवाही किन हुँदैन, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारवाही हुनुपर्छ ।’ कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन् । उनले भनिन्, ‘सुत्केरीलाई भएमा बढीमा एक वर्ष र घटीमा ६ महिनासम्म राम्रो खाना, बस्न र आरामको आवश्यकता पर्छ तर बन्दाबन्दीले गरीबलाई ग्रसित बनाएको छ, त्यसमाथि सुत्केरीलाई अझै ग्रसित बनाएको छ, उनीहरुलाई कम्तीमा समयमै उपचारको व्यवस्था गरियोस् ।’ सोही पार्टीकी नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । रासस

पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी

श्रीनगर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ । साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ । यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो ।  भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारबाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिए । साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जनाएकाे छ । भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारबाही जारी रहेको छ । त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् ।  रासस/एएनआई

संसदमा अर्थमन्त्रीको राजीनामा माग, विद्युतीय सवारीमा अर्बौ रुपैयाँ घोटालाकाे आरोप

काठामाडौं । संसदमा अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग भएको छ । बजेट र अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा छलफलको क्रममा प्रतिनिधिसभामा अर्थमन्त्रीको राजीनामा माग भएको हो । बजेट पूर्व भन्सारबाट ठूलो संख्यामा विद्युतीय गाडी सवारी छुटाएको र बजेटमा विद्युतीय सवारीमा कर वृद्धि गर्दा अर्बौ रुपैयाँ घोटाला भएको आरोप सांसदहरु अर्थमन्त्रीमाथि लगाएका छन् । भारतमा रेल दुर्घटना हुँदा रेल मन्त्री लालबाबु शास्त्रीले राजीनामा दिएको, विदेशी बैंकमा डलर लुकाएको खुलासापछि तत्कालिन अर्थमन्त्री डा रामशरण महतले राजीनामा दिएको उदाहरण दिदै सांसद् प्रेम सुवाल विद्युती सुवारी खरिद र भन्सार वृद्धि प्रकरणमा अर्बौ रुपैयाँ घोटाला भएकोले अर्थमन्त्ती युवराज खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका हुन् । संसाद मिनेन्द्र रिजाले अर्थमन्त्रीको इमान्दारिताप्रतिको विश्वास टुटेको बताए । तीन वर्षअगाडि स्वेतपत्र जारी गर्दा आक्रामक बनेका अर्थमन्त्री अहिले निरिह प्राणी बनेकाे उनकाे भनाइ छ । जवाफामा अर्थमन्त्री युवराज खतिवडाले भने ‘बजेट सरकारको हो । बजेट पाए नभई अर्थमन्त्रीले राजीनामा दिन मिल्दैन । अर्थमन्त्रीले राजीनामा दिए भए बजेट पारित हुनसक्दैन ।’ उनले राजीनामा माग्ने सांसदकाे नियत र उदेश्यमाथि उल्टै प्रश्न गरेका छन् ।

उत्तर कोरियाले दक्षिणसँग सञ्चार सम्पर्क बन्द गरेको घोषणा

सियोल । उत्तर कोरियाले मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण संचार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुवै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाले आरोप लगाएको छ । दक्षिण कोरिया सरकारले कोरियाली प्रायःद्वीपमा शान्ति कायम गर्न थप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आणविक निःशस्त्रीकरणको विषयलाई लिएर उत्तर कोरिया र अमेरिकाबीच जारी गतिरोधले पनि दुबै कोरियाबीचको सम्बन्धमा सुधार आउन सकेको छैन । केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् । उत्तर कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले सम्पर्क संजालले खासै फाइदा नभएकाले सबै दुई देशीय सम्पर्क संजाल बन्द गर्नु परेको जनाएको छ । उत्तर कोरियाबाट भागेका र दक्षिण कोरियाली रुढीबादी प्रदर्शनकारीहरुले उत्तर कोरियातर्फ सीमा क्षेत्रबाट ठुल्ठूला बेलुन उडाएका थिए । यी बेलुनमा उत्तर कोरियाली नेता किम जोङ उनको आणविक महत्वाकाँक्षा र मानव अधिकार उल्लंघन गरेको भन्दै आलोचना गरिएका पर्चा पनि राखिएका थिए । सीमा क्षेत्रबाट भएका अवाञ्छित गतिविधिले उत्तर कोरियाली नेताको नेतृत्वलाई अपमान गरेको उत्तरको बुझाई छ । पटक पटक बेलुन उडाइए पछि उत्तर कोरियाले दक्षिणसँग गरिएका अरु सम्झौताहरु पनि रद्द गर्ने चेतावनी दिइआएको छ । रासस–एपी

भारतीय सहयोगमा ५६ विद्यालय भवन बन्ने

काठमाडाैं । भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र काठमाडौँस्थित भारतीय दूतावासबीच सो सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । सम्झौतानुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ माध्यमिक विद्यालयको पुनःनिर्माण हुनेछ । नेपालमा भूकम्पपश्चातको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको २.९५ अर्ब  रूपैयाँ आर्थिक सहयोगमा यी विद्यालयको पुनःनिर्माण गरिनेछ । भूकम्प प्रतिरोधी क्षमताका लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयको पुनःनिर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । भूकम्पपश्चातको पुनःनिर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको भारतीय दूतावासले जनाएको छ ।    रासस

एमसीसी खारेज गरेर हामीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्नु हुँदैन: डा. खतिवडा

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी खारेज गरेर नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न नहुने बताएका छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । ‘एमसीसी पास गर्ने कुरा संसदमा रहेकाेले त्यसकाे बारेमा अहिले थप बाेल्न उचित छैन, तर हामीले दातृ संस्थाबाट आउने सहयाेगलाई अस्वीकार गर्नु हुँदैन, यसले हाम्राे अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्छ,’ उनले भने । सरकारले एमसिसी संसदबाट पारित नहुञ्जेल त्यस अन्तर्गतका आयोजनामा सरकारले नै खर्च गर्ने समेत उनले बताए । विद्युत पूर्वाधार र सडक पूर्वाधारका लागि अमेरिकी सहयोग एमसिसीका परियोजनाहरु छन् । संसदबाट अनुमोदन नहुञ्जेल सहायता परिचालन गर्ने अवस्था छैन। एमसिसी पारित नहुन्जेल सरकारले नै त्यस्ता आयोजनारुको निर्माणलाई अघि बढाउने छ। त्यो कुरा बजेटमा समेत उल्लेख गरिएको मन्त्री खतिवडाले बताए । एमसिसी पारित भएपछि मात्र उक्त परियोजनाको रकम परिचालन हुनेछ । प्रतिनिधि सभा बैठकका क्रममा सोधिएका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री युवराज खतिवडा प्रतिनिधि सभा बैठकका क्रममा सोधिएका प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री युवराज खतिवडा Gepostet von Bikashnews.com am Dienstag, 9. Juni 2020