विकासन्युज

त्रासोन्मुख कोरोना र अर्थतन्त्र

स्राेतः र्वल्ड इकोनोमिक्स फोरम र विश्व स्वास्थय संगठन बीबीसीका अनुसार जुन अल्मिडाले आफ्नो सेन्ट थोमस हस्पिटलको प्रयोगशालामा १९६४ मा पत्ता लगाएको कोरोना भाइरस ५५ वर्ष पछि कोभिड १९ ले संसारलाई आक्रन्त पार्न चीनमा देखा पर्यो । वैश्विक महामारीसँग जुध्न विश्वका सबै देशहरुलाई पहिले पनि ठूलै चुनौती थियो वर्तमान अवस्थामा पनि उस्तै छ । स्पानिस फ्लुबाट मृत्युवरण गर्ने आधिकारिक तथ्याङ्क ५ करोड भएपनि यो भन्दा धेरैको मृत्यु भएको विश्वास गर्नेको संख्या पनि ठूलै छ । अहिलेको वैश्विक महामारी कोरोना (कोभिड –१९) ले विश्वको आर्थिक स्थितिलाई धेरै पछाडि धकेलेको अर्थशास्त्रीहरु बताउछन् । के विकसित र के विकाससील, सबै देशको अर्थतन्त्र र सामाजिक जीवन स्थिर भएको छ । हरेक देशका सरकार दुई धारे तरवारमा हिड्नु परेको महसुस गरिराखेका छन् ।अर्थतन्त्र चल्न दिँदा महामारी विकराल रुप लिने र रोक्दा सरकार नै असफल हुने त्रास । ह्रासन्मुख अर्थतन्त्रलाई थाम्न सरकारी प्रयास अपर्याप्त हुने स्पष्ट छ । देशहरुको केन्द्रिय बैंकहरुले आर्थिक कारोवार संचालन गर्न कर्जामा व्याजदर घटाउने जस्ता अनेकौ सुविधाको घोषणा गरेपनि महामारी कायम रहेसम्म यस्ता प्रावधानले केही नतिजा देला भनि आस गर्ने आधार देखिदैन । सहुलियत व्याजदरमा ऋण पाउदैमा उद्योगीले ऋण लिएर धन्दामा लगाउलान र आर्थिक चक्र चलायमान होला, व्यक्ति खर्च गर्न सक्लान, अर्थतन्त्र उभोलाग्ला भन्ने धारणा महामारीको प्रकोप रहेसम्म गति लेला भन्न सकिन्न । भइदिएहुन्थ्यो भन्ने मात्र रहन्छ । उद्योग कलकारखाना बन्द भएबाट उत्पादनमा कटौति भएर वा भोलि नपाइएला भनि त्रसित खरिददारले गर्दा होस विकसित देशका बजारमा खरिददार सामान पर्खेर बसेका छन् । पहिले सामानले ग्राहक पर्खन्थे, खाने पिउने चिज हुन वा दबाई सबैमा आपुर्तिको कमी देखिन्छ । लकडाउनले गर्दा उत्पादन मुलक उद्योगहरु पूर्णरुपमा बन्द भएका छन् । माग र आपूर्तिको तराजु असन्तुलित छ । दक्ष, अर्धदक्ष वा अदक्ष सबै किसिमका जनशक्ति/श्रमिक पहिलेको मौज्दात केही भए त्यसबाट नभए राहतको भरमा जीवनयापन गरिरहेका छन् । उद्योग धन्दा कल कारखाना बन्द भएबाट त्यसमा काम गर्ने श्रमिकले अवकास पाएर जीवनयापनका लागि सरकारी राहतको लागि पर्खेर बसेका छन् । हाल यस्ता बेरोजगार अमेरिकी श्रमिकको संख्या २ करोड  नाघेकाे खवर सार्वजनिक भएका छन् । शैक्षिक क्षेत्र पनि उत्तिकै अस्तव्यवस्त छ । पठनपाठन संस्था बन्द छन् । युनेस्कोको अनुसार १५६ देशका विद्यालय र क्याम्पसमा भर्ना भएका विद्यार्थीको संख्या जोड्दा १ं अर्व ५० करोड भन्दा देखिन्छन । विश्व अर्थतन्त्रको बृहतरुपमा अध्ययन गर्ने विद्धानहरुको अनुसार आर्थिक संकूचन अपरिहार्य छ । झण्डै शताब्दी अघिको मन्दी दोहोरिने अवस्थाको सृजना भइसकेको छ । विश्व आर्थिक बजारमा महामारीको प्रभाव केलाउदै जाँदा स्टक मार्केट, बन्ड, बस्तुबजार, सबै अधाेगतिमा लागिसकेका छन् । रुस र साउदी अरबिया बीचको मूल्य युद्धले कच्चा तेलको मूल्यमा आएको कमीले चौतर्फी प्रभाव पारिरहेको छ । युनडिपिको प्रक्षेपन अनुसार विकाससील देशको राजश्व २२० अर्व डलर कम हुन सक्ने छ, कोभिड–१९ को असर वर्षौसम्म रहनेछ । सम्पर्कबाट महामारी फैलन नदिनको लागि धेरै देशले यातायातमा प्रतिबन्ध लगाएका छन् फलस्वरुप पर्यटन व्यवसाय चौपट भएको छ । वायुसेवा, होटल, ट्रेकिङ र त्यसमा निर्भर जनशक्ति र उत्पादनमा परेको असर चाडै सुधार हुने देखिदैन । विकाससील देशका पर्यटक वर्षौ पहिले भ्रमणको योजना बनाउने हुनाले विकाससील देशले पर्यटनबाट पाउने लाभका लागि महामारी साम्य भएको छिटोमा पनि २ देखि ३ वर्ष कुर्नु पर्नेछ । विदेशी मुद्रा आर्जनको स्रोत पर्यटन भएका देशहरुको मुद्रा संचिती सुन्य तिर झर्न समय लाग्ने छैन । कोभिड–१९ पहिले देखापरेको देश चिन जो संसारको उत्पादक देशमा तेस्रो स्थानमा छ र जसले धेरै बस्तु निर्यात गर्छ उसको औधोगिक उत्पादन विगत वर्षको तुलनामा २ वर्षमा १३.५ प्रतिशतले घटेको छ । ठुलाठुला कम्पनीहरुको आपुर्ति श्रृखंला यसरी छिन्नभिन्न भयो कि चिनको कारको बिक्री दर ८६ प्रतिशतले कम भएको छ । माग घट्यो, उत्पादन घटाउन बाध्यता – अर्थतन्त्र रासोन्मुख गोलचक्करमा फस्छ । महामारीको एउटा सुखद पक्ष यातायातका साधन चलाउन प्रतिबन्धले कार्बन उत्र्सगको कमी फलस्वरुप वातावरण स्वच्छतामा वृद्धि महसुस हुन्छ । कोभिड–१९ को नेपालमा असर नेपालको सिमाना जोडिएका उत्तर चिन कोभिड–१९ को उदगम स्थल दक्षिण भारत धेरै आवगमन हुने र पारिवारिक सम्बन्ध भएको देश जनसंख्यामा झण्डै विश्को ४० प्रतिशत यी देशमा भएका कुनै पनि घटनाले असर परिहाल्छ । भण्डै एक तिहाइ नागरिक अरुदेशमा काम गरेर पठाएको विप्रेषण (रेमिटेन्स) ले  आर्जेको  अर्थतन्त्रमा ती सबै देश महामारीको चपेटामा परेपछि आर्थिक कारोवार घटेर बेरोजगार भई विप्रेषणमा हुने कमीले चौतर्फी असर पर्न सक्छ । नेपाल भ्रमण वर्ष २०२० भनेर घोाषणा गरेको सरुमै कोभिड–१९ ले तुषारापत गरिदियो । अतिरिक्त उडान हुने नयाँ वायुसेवा आउने नयाँ हवाई अड्डा संचालनमा आउने भौतिक पुर्वाधारको विकास गर्ने आदि काम प्रारम्भ मै पुर्णविराम लाग्यो । वसन्त ऋतुमा हुने पवर्तारोहण कुना काप्चामा हुने पदयात्री लकडाउनले हुन सकेन । कमाउने भन्दा महामारीबाट बचाउने प्राथमिकताले आर्थिक कारोवार पर्ख र हेरमा सीमित भयो । सबै सिनेमा हल, व्यायामशाला, संग्रहालय र सांस्कृतिक केन्द्रहरू बन्द भएपछि, र कुनै सार्वजनिक स्थानहरूमा पूजा स्थलहरूमा मानिसहरूलाई जम्मा गर्न प्रतिबन्ध लगाएपछि व्यवसायीहरू र व्यापारिक इकाईहरू र राजस्व पुर्णरुपमा घाटामा छन । विकाससील देशमा निर्यातले अर्थतन्त्रमा योगदान गर्छ, हाम्रो देश नेपालमा सरकारी बजेटको स्रोत पैठारी शुल्क हुनु बिडम्बना त्यही पनि लकडाउनले केही हुनै पाएन । देशमा भएका उत्पादनमुलक कलकारखाना कच्चा पदार्थको अभावले बन्द छन । एसियन विकास बैंकको विश्लेषणमा कोभिड–१९ को असरले गर्दा ग्राहस्थ उत्पादनमा कमी आउनेछ । कृषि क्षेत्रमा ६० को दशकामा आत्मनिर्भर देश स्वउत्पादनले वर्षका तीन महिनामा सीमित हुनुपरेको परिपेक्षमा यकिनका साथ भन्न नसकेपनि पलायन भएको युवा श्रम शक्ति फर्केर आएपछि कृषि उत्पादनमा ल्याउन सके स्वाबलम्बनको एक पाइला अगाडि बढ्नेछ । कोभिड–१९ को बारेमा धेरै अनिश्चितताहरु छन, यसको आर्थिक प्रभाव सहित यसका लागि सम्भावित घाटाको स्पष्ट चित्र प्रदान गर्न धेरै परिदृश्यहरूको प्रयोग गर्नु आवश्यक छ, ”एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सवाडाले भने । अस्पष्टता बढ्दै जाँदा, नेपाललाई अझ नराम्रो आर्थिक अवरोधको सामना गर्नुपर्नेछ, हालको स्थितिलाई ध्यानमा राख्दै, कोरोनाभायरस हराउने बित्तिकै चाँडै सुधार आउने सम्भावना छैन। यस अवस्थामा आर्थिक घाटाको मात्रा अनुमान गर्न गाह्रो छ, किनकि देश कोरोनाभाइरसको दोस्रो चरणको फैलावटबाट गुजरिरहेको छ । थोक र खुद्रा क्षेत्र कृषि पछि अर्थव्यवस्था मा दोस्रो ठूलो योगदानकर्ता हो । केन्द्रीय तथ्यांक विभागका अनुसार यस क्षेत्रले अर्थतन्त्रमा १४.३७ प्रतिशत योगदान पुर्याएको छ । निर्माण क्षेत्र जो चीनबाट यसको अधिकांश निर्माण सामग्री आयात गर्दछ अहिले सुस्त छ । चिनियाँ ठेकेदार र कामदारहरू जो चिनियाँ नयाँ वर्षको लागि घर फर्केका थिए फर्कन नसकेकाले सार्वजनिक निर्माण परियोजनाहरू पनि प्रभावित भएका छन्। नेपालको आयातमा निर्भर अर्थतन्त्र पनि भारतीय मुद्राको अवमूल्यनको जोखिममा छ जसको लागि यसको मुद्रा स्थायी रूपमा सम्बन्धित छ, किनकि भारतीय अर्थतन्त्रले महामारीको प्रभाव भोग्दछ । एडीबीको विश्लेषणका अनुसार कोरोनाभाइरसको प्रकोपले कूल घरेलु उत्पादनमा ठूलो गिरावट आएको छ । एडीबीले कोभिड महामारीको कारण आर्थिक प्रभावमा विभिन्न परिदृश्यहरूको अन्वेषण गरेको छ किनकि यसको प्रकोप अझै विकसित हुँदै गएको छ र तर्कसंगत भविष्यवाणी गर्न गाह्रो छ । यदि प्रकोपको प्रभाव नेपाली अर्थतन्त्रमा न्यूनतम छ भने, देशको कुल ग्राहस्थ उत्पादन ०.०४ प्रतिशत वा १२.१२ करोड डलरले संकुचित हुनेछ, २०१८ सम्म नेपालको अर्थतन्त्रको आकार २९ अर्ब डलर हो । यसै गरी, नेपालको कुल ग्राहस्थ उत्पादन ०.०६ प्रतिशत वा १८.३५ करोड डलरले संकुचित हुनेछ यदि एडीबीका अनुसार प्रकोपको प्रभाव मध्यम छ भने । यद्यपि एडीबीको अनुसार सबैभन्दा खराब अवस्थामा ०.१३ प्रतिशत वा देशको अर्थतन्त्रबाट ३६.७८ करोड डलर सम्म कमी हुन सक्छ । यसैबीच एडीबीले खोजी गरेको परिदृश्यको दायराले विश्वव्यापी जीडीपीको ७७ अर्ब डलर देखि ३४७ अर्ब डलर वा ०.१ प्रतिशतदेखि ०.४ प्रतिशतको विश्वव्यापी प्रभावको सुझाव दिन्छ, मध्यम अवस्थामा १५६ अर्ब डलर वा विश्वव्यापी अर्थतन्त्रको ०.२ प्रतिशतको अनुमान छ । यद्यपि अहिलेसम्मको स्थितिमा नेपाल भाग्यमानी नै मान्नुपर्छ युरोप अमेरिका जस्ता धेरै विकसित देशहरुले लाखौंको संख्यामा आफ्नो नागरिक गुमाएका छन् र आर्थिक क्षति पनि । स्वास्थ्य क्षेत्रमा कोभिड–१९ को असर यो महामारीले चारैतिर बाट असर गरेको पाइन्छ, शारीरिक स्वास्थ्य–पहिलो असर–फोक्सोमा आक्रमण गरेपछि त्यस बाट थलिने, निको हुन नसके त्यसैमा समर्पण हुने मानसिक असर–हिन भावनाको वृद्धि, हरेस खाई आत्महत्यासम्म का खबर सुनिन्छन् । दीर्घरोगीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारि आयु घटाउने, अनिद्रा, चिन्ता हरेस खाने तनाव, हिन भावनाको वृद्धि, झेल्दा झेल्दै व्यक्ति उत्साहहीन हुन्छन् । स्वास्थ्यमा–महामारीको असर कम गर्ने केही उपाए १. महामारीको असर कम गर्ने केही उपाए अस्पतालमा विशेष हेरचाहको व्यवस्था २. भौतिक दुरी कायम राख्नु हात निर्मलीकरण गरिरहनु, बाहिरी सम्पर्क बाट बच्नु ३. व्यक्तिले आफु र आफ्नालाई लकडाउनको कडाइ साथ पालना गरी गराउने । ४. मनोवैज्ञानिक त्रास कम गर्न गर्नका विशेषज्ञहरुले विभिन्न कार्यक्रम हरु प्रस्तुत गर्ने । शिक्षाक्षेत्रमा–महामारीको असर कम गर्ने केही उपाए १. विद्यार्थीलाई डिजिटल माध्यमबाट पठन पाठन गराउने । २. लकडाउनको एकाकिपन हटाउन, सामाग्री प्रस्तुत गर्ने । ३. खाली दिमाग सैतानको घर भन्ने मानसिकता पैदा हुन नदिने । सरकारको तर्फबाट गर्न पर्ने कार्यहरु १. उद्योगलाई चाहिने कच्चापदार्थ आदिमा सहुलियत दिने २. बैंकको ऋण साँवा ब्याज तिर्न समय दिने ३. सहुलियत दरमा कर्जा प्रवाह गर्ने ४. विपन्न वर्गलाई भौतिक सहयोग गर्ने ५ उत्पादनमुलक संस्थाको संचालनमा अनुदान÷सहयोग÷प्रोत्साहन गर्ने ६. महामारी मृत्यु प्रायः भएको पर्यटनका पुर्वाधारलाई चाडै महामारीको प्रकोप शान्त भएपछि पर्यटन आवगमन शुल्कमा राहत दिने । ७. गुणस्तर हिन अनावश्यक वस्तुको आयात रोक्ने ८. देश र देश वासी प्रति उत्तरदायी भएर ईमान्दारीकासाथ जिम्मेदारी पुरा गर्ने । ९. आफ्ना नभई विषयका योग्य व्यक्ति (जसले निति निमार्ण उपयोगी सुझाव दिन सक्छन्) लाई आमन्त्रित गरी समुह बनाएर सल्लाह लिने । ती विज्ञहरुको कार्य क्षेत्र १. घट््दो राजश्व, नाफा र चालु खर्च को सन्तुलन मिलाई अर्थतन्त्रमा सुधार ल्याउने २.आर्थिक गतिविधिलाई पुर्न ताजिकी दिई पुर्ववत स्थितीमा पु¥याउने । ३. आकस्मिक कार्ययोजना तर्जुमा गर्ने ४. सुरक्षाकोषको अभिवृद्धि गर्ने ५. विमा विस्तार गरी भरोसा दिने ६.शेयर भाउलाई तल झर्न नदिने ७. आपुर्ति श्रृखंला कायम गर्ने ८. श्रमिक को क्षमता वृद्धि गरि काम प्रति बढी उत्ततरदायी बनाउने ९. उत्पदानमा वृद्धि गर्ने १०. पुर्वाधारमा लगानी बढाउने र व्यवस्थापनलाई भर दिने महामारी, प्राकृतिक विपत्तिले त्रास फैलाउने नोक्सान गर्ने विचल्ली बनाउने सँगसँगै केही राम्रा पक्षपनि हुन्छन कि भनी केलाउदा केही सकरात्मक किरण पनि देख्न पाइन्छ, जस्तै १. व्यवापार व्यवसायको नयाँ बाटो खुल्ने २. अनुसन्धान र अन्वेषणको आवश्यक्ताले खोप आदि दबाई को विकास ३. औषधीको विकासले लामो आरोग्य जिवन प्राप्त हुने ४. घरमै बसेर काम गर्न सक्ने वातावरणको बिकासले मानसिक तनावमा कमी ५. डिजिटल कार्य प्रणालीको विकास, कोभिड–१९ को प्रभाव बारे उपसंहारमा पुग्दा बहुसंख्यक पश्चिमि देशले चीनसँगको व्यवापारिक कारोवारमा परिवर्तन ल्याउने संकेत दिइसकेका छन् । जापानले सबै कारोवार रोक्ने घोषणा गरिसकेको छ । विकसिल देशले बाध्य श्रोतबाट लिने सेवा र बस्तुहरु चीनको सट्टा अरु देश बाट लिने लक्षण देखिन्छ । बुझेअनुसार दक्षिण कोरिया, भारत, जापान, अष्ट्रलिया, न्युजिल्याण्ड मुख्य आपुर्तिकर्ता हुनेछ र केहि लाभ नेपालले पनि लिन सक्नेछ । कोभिड–१९ को असर र मृतकको तथ्याङ्क कम्युनिष्ट देशमा तुलनात्मक रुपमा कम देखिन्छ । चीनको अग्रिम भुमिका एसिया, अफ्रिका मा कटौति हुने र व्यापारिक युद्ध त्चबमभ ध्बच ले चीनको अर्थतन्त्रमा दुरगामी असर पर्न सक्ने अडकल गर्न सकिन्छ । समयमा यो भाइरसको बारेमा जानकारी नदिएर चीनले कपटपुर्ण व्यवहार गरेको आक्षेप लगाउने देश पनि छन् । प्रतिरोध स्वरुप आर्थिक र राजनैतिक हिसावले एक्लाउने लक्षण बुझ्न सकिन्छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशलाई पुनरुत्थानमा धेरै समय नलाग्ला तर यसको लागि दृढ ईच्छाशक्ति भएको सरकारले इमान्दारीताका साथ सहि कार्ययोजना र व्यवहारमा उतारि नागरिकलाई प्रेरणा गर्न पर्ने हुन्छ । (लेखक चार्टड इन्स्योरर हुन)

विद्युतीय गाडी सस्तो नहुँदासम्म कर घटाइँदैनः अर्थमन्त्री (भिडियाे सहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडी सस्तो नहुँदासम्म कर नघटाइने  आशय व्यक्त गरेका हुन् । आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ दिँदै उनले विद्युतीय गाडीहरूकाे मूल्य  सस्ताे नहुँदासम्म त्यसमा पुनरावलाेकन आवश्यक नभएको बताएका हुन् । ‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो कुरा भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव मात्र त्यसलाई प्रोत्साहन गरिन्छ, उनले भने । सार्क मुलुकमा भन्सार महसुल ४० देखि ५० प्रतिशत रहेको बताउँदै उनले नेपालमा पनि सस्तो हुनु पर्ने बताए । विद्युतीय सवारी साधन सरल र सस्ताे किसिमले चलाउन पाउनु पर्ने उनको भनाई छ । नेपालको उर्जा विदुतीय गाडीमा मात्र खपत नगरेर औद्योगिक क्षेत्रमा पनि खपत अगाडि नबढुन्जेल गाडी मात्र कुदाएर नहुने उनकाे भनाई छ । उनले विद्युत बढी खपत गर्नको लागि उद्योगिक क्षेत्र बढाउनु पर्ने बताए । ‘हामी सार्वजनिक यातायातलाई प्रबर्द्धन गर्ने नीतिमा छौं, त्यसैले त्यसका लागि आउने गाडीको भन्सार दर कायमै छ, त्यसमा हेरफेर गरिएको छैन, तर निजी प्रायोजनका लागि प्रयोग हुने सवारीको भन्सार दर त्यही १० प्रतिशत हुनुपर्छ भन्ने छैन, तर कति बनाउने भन्ने विषयमा छलफल गर्न सकिन्छ’ खतिवडाले भने। यस्तै, उनले विभिन्न सहुलियत ऋणको लागि सरकारले बजेट मार्फत ३ खर्ब खर्च गर्ने बताए । विभिन्न सांसदहरुले आर्थिक पुनरुत्थानका लागि कम विनियोजन भएको प्रश्नमा उनले ३ खर्ब आर्थिक पुनरुत्थान र सहुलित ऋणमा छुट्याएको प्रष्ट पारे । प्रतिनिधि सभा बैठकका क्रममा अर्थमन्त्री युवराज खतिवडा प्रतिनिधि सभा बैठकका क्रममा विद्युतीय सवारीका सम्बन्धमा बोल्नुहुँदै अर्थमन्त्री युवराज खतिवडा Gepostet von Bikashnews.com am Dienstag, 9. Juni 2020

नयाँ निर्देशिका: काेराेना संक्रमण बढाउन उल्टै मद्दत गर्दै सरकार

काठमाडौं । अस्पतालहरुले धमाधम कोरोना संक्रमित र आइसोलेसनमा बसेकाहरुलाई बिना टेष्ट घर फर्कन थालेका छन् । आइतबार दाङस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए, जसमध्ये ५ जना संक्रमितलाई बिनापरीक्षण घर पठाइएको थियो । यस्तै दैलेखमा आरिडिटीको परीक्षण गरेर घर पठाइएको ९५ जनामा नै कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआरको नतिजा लामो समयसम्म नआएपछि सरकारको निर्देशिका अनुसार ९५ जनालाई आरडिटी गरेर घर फर्काउँदा सबैजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । क्वारेन्टिनमा बस्दा कुनै लक्षण नदेखिएका, कोरोना संक्रमण पुष्टि भएको दिनदेखि १४ दिनसम्म कुनै पनि लक्षण नदेखाउने र आइसोलेसनमा बसेको १४ दिन पुरा गरेर ३ दिनसम्म लक्षण नदेखाएकाहरुलाई अस्पतालहरुले धमाधम बिनाटेष्ट अस्पतालबाट बिदा गर्ने थालेका हुन् । र, यो सबै सरकारको पिसिआर किटको नयाँ परीक्षण निर्देशिकाको नतिजा हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते कस्तो व्यक्तिलाई कुन अवस्थामा पिसिआर विधिबाट परीक्षण गर्ने भन्ने एउटा परीक्षण निर्देशिका सार्वजनिक गर्यो । उक्त परीक्षण निर्देशिकाको ५ र ६ नम्बरमा क्वारेन्टिन– आइसोलेसनमा रहेका व्यक्तिलाई कस्तो अवस्थामा पिसिआर विधिबाट परीक्षण गर्ने भन्ने व्यवस्था गरिएको छ । यसमा उल्लेखित परीक्षण निर्देशिका पढ्दा यस्तो लाग्छ कि सरकारलाई कोरोना भाइरस संक्रमण मजाक लागिरहेको छ । निर्देशिकाको ५ नम्बरमा भनिएको छ– ‘ क्वारेन्टिनमा लक्षण देखाउनेलाई आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिने र नतिजा नेगेटिभ आएको खण्डमा रोगको कारण पत्ता लगाई उपचार गरिने ।’ ‘ क्वारेन्टिनमा कुनै पनि लक्षण नदेखाएकाहरुलाई बिना कुनै टेष्ट घर पठाउने । तर हाल क्वोन्टिनमा रहेकाहरुलाई भने आरडिटी गराइने’ सो निर्देशिकामा उल्लेख छ । यस्तै, ६ नम्बरमा यस्तो भनिएको छ ‘कुनै पनि लक्षण नदेखाएका र १४ दिन आईसोलेसनमा बसेकालाई कुनै पनि टेष्ट आवश्यक पर्दैन ।’ ‘आईसोलेसनमा १४ दिन पुरा गरेका कोरोना संक्रमितले ३ दिनसम्म लक्षण नदेखाई टेष्ट आवश्यक नपर्ने’ निर्देशिकामा उल्लेख गरिएको छ । सकेसम्म सबै व्यक्तिहरुको कोभिड–१९ को परीक्षण पिसिआर विधिबाट हुनु पर्ने माग चौतर्फी रुपमा आइरहँदा सरकार भने कोभिड–१९ संक्रमति पुष्टि भएको व्यक्तिलाई समेत परीक्षण नर्गेने नयाँ अवधारणमा गएको छ । नेपालमा धेरै कोरोना संक्रमित लक्षण विहिन सरकाराले लक्षण विहिनहरुको पिसिआर विधिबाट परीक्षण नर्गेने भन्दै गर्दा नेपालमा अधिकांश संक्रमितहरु लक्षण विहिन रहेका छन् । संक्रमण रोग विशेषज्ञ तथा स्वास्थ्यविद्हरुका अनुसार नेपालमा अधिकांश कोरोना संक्रमितहरु लक्षण विहिन रहेका छन् । ‘नेपालमा देखिएको कोरोना भाईरस अन्य देशकोभन्दा फरक नै भनेर म विश्लेषण् गर्दछु, हालसम्मको अनुसन्धान नतिजालाई आधार मान्ने हो भने ८१ प्रतिशतमा सामान्य लक्षणहरु देखिने, १४ प्रतिशतमा कडा लक्षण देखिने र ५ प्रतिशत संक्रमित क्रिटिकल अवस्थामा पुग्ने भन्ने हो, धेरै देशमा लक्षण नदेखाउने संक्रमितहरुको संख्या कम भइरहँदा नेपालमा भने अधिकांश संक्रमितमा लक्षण छैन, नेपालमा साईलेन्ट कोरोना छ,’ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् । यस्तै जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे पनि नेपालमा धेरै मानिसहरु लक्षण विहिन भएको र सरकारले यस्ता मानिसहरुलाई कुनै पनि परीक्षणबिना घर पठाउँदा संक्रमण झनै बढाउने बताउँछन् । क्वारेन्टिनको न्युनतम मापदण्ड पनि पुरा नर्गेने नेपालमा विकसित देशको अवधारणा जनस्वास्थ्य विज्ञ डा. पाण्डे नेपालले लागू गरेको टेष्टिङ गाईडलाईन्स विकसित राष्ट्रहरुको अवधारणा भएको बताए । ‘सरकारले लागु गरेको यो नयाँ परीक्षण निर्देशिका विकसित देशहरुको अवधाराण हो, जसले क्वारेन्टिन र आईसोलेसनका मापदण्ड पुरा गरेका छन् । हाम्रो यहाँ क्वारेन्टिनले कति मापदण्ड पुरा गरेका छन्, तपाई हामीले देख्दैं आएका छौं । एक मिटरको दुरी पनि राम्रोसँग कायम गरिएको छैन, यस्तो अबस्थामा कसरी टेष्ट नगरी घर पठाउने अवधाराणलाई लागू गर्न मिल्छ ?’ डा. पाण्डेले भने । क्वारेन्टिन उल्टै मानिहरुमा संक्रमण फैलाउने स्थान भइरहेको र सबै जनस्वास्थ्य विज्ञहरु यसमा सहमत नभएको पाण्डे बताउँछन् । पिसिआर टेष्टको क्षमता बढाउन नसक्दा सरकारले यस्तो गरेको पनि उनले आरोप लगाए । ‘यदि सबै मापदण्ड पुरा भएको अवस्थामा सिंगापुरमा भएको एउटा ठुलो अध्ययनले मानिसहरु कोरोना संक्रमण भएको ११ औं दिनपछि भाईरस घातक नहुने देखाएको छ, यसलाई हेर्दा सरकाराले तयार पारेको निर्देशिका सही छ, तर नेपालको वास्ताविकता निकै फरका छ,’ डा. पुन भन्छन् । तराई क्षेत्रमा सिमाबाट लाखौं मानिसहरु आएको र उनीहरुलाई कुनै पनि मापदण्ड पुरा नगरिएको क्वारेन्टिनमा राखिएको र यसरी उनीहरुलाई बिना टेष्ट घरर पठाउँदा समाजमा रोग सर्ने सम्भावन उच्च भएर जाने डा. पुन बताउँछन् । सरकारले उनीहरु २ साता होम क्वारेन्टिनमा बस्छन् भन्ने आश्वसन दिएपनि व्यवहारमा लागू नहुने डा. पुनको अनुमान छ ।

क्वारेन्टिनका सरसामानसहित ४० फरार, खोज्न कुनै पहल नभएको इञ्चार्जकाे गुनासाे

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४-१५ दिनदेखि सम्सी-७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टिनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टिन इञ्चार्ज सुनिलकुमार यादवले बताए । उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् । उनीहरु क्वारेन्टिनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए ।

विरामीमा कोरोना देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

कोहलपुर । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ ।  रासस

आध्यात्मिक पुस्तकको माग बढ्दो, गीता प्रेस चार घण्टा खुला

काठमाडौं । बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा घरमै बस्न बाध्य मानिसमा आध्यात्मिक पुस्तक खोजीखोजी पढ्ने बानीको विकास भएपछि केन्द्र खोल्न अनुरोध भएको थियो । पाठकको मागका कारण एक हप्ताअघिदेखि दैनिक बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म चार घण्टा सुरक्षित तवरले खोलिएको केन्द्रका संस्थापक एवं सञ्चालक जयकिसन सारडाले बताए । नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रूपमा २०७३ जेठमा पशुपतिमा गीता प्रेस खुलेको हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पको त्रास बढेका बेला नेपाली पाठकमा आध्यात्मिक पुस्तक पढ्ने बानीमा वृद्धि भएपछि केन्द्र खोलिएको उहाँले बताउनुभयो । विपत्ति एवं महामारीका बेला मानिसमा आध्यात्मिक पुस्तकका साथै टेलिचलचित्र हेर्ने क्रमसमेत बढ्न थालेको छ । प्रेसले नेपालीलगायत १४ भाषामा मानव कल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ । पशुपति वनकालीस्थित माधवराज सुमार्गी स्मृति भवनको पसल नं ६, ७ र ८ मा केन्द्र सञ्चालन भइरहेको छ । “केन्द्रमा ९७ हजार ३०० नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक छन्, प्रेसका ५० पुस्तक नेपालीमा अनुवाद भएका छन्, प्रेसले प्रकाशन गरेका सबै पुस्तक नेपालीमा अनुवाद गराई नेपालीको कल्याण गर्ने केन्द्रको उद्देश्य हुनेछ, प्रत्येक नेपालीको घरमा गीता पुस्तक पुर्याउने उद्देश्यले हामीले नेपालीमा अनुवाद गरी अभियान नै चलाएका छौं”, सञ्चालक सारडाले भने। प्रेसले विसं २०६२ मा ‘रामचरितमानस’ र ‘मानव मात्रको कल्याणका लागि’ गरी दुई पुस्तक नेपालीमा अनुवाद गरेको थियो भने भूकम्पपछि पाठकको मागअनुसार आठ महिनामै अन्य आठ पुस्तक अनुवाद गरेको थियो । ‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’, ‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’, ‘अमोघ शिवकवच’, ‘श्रीमद्भगवत्गीता’ लगायत नेपालीमा अनुवाद गरिएका हुन् । नेपालीमा अनुवाद गरिएका पुस्तकमध्ये ‘शरणागति’ वाल्मीकि विद्यापीठका प्राध्यापक पदमप्रसाद भट्टराईले अनुवाद गर्नुभएको हो भने अन्य पुस्तक केदारनाथ दासलगायत लेखकले अनुवाद गर्नुभएको हो । बाँकी पुस्तक पशुपति क्षेत्रमै बसेर विभिन्न लेखक एवं अनुवादकले अनुवाद गरिरहेका छन् । गीताप्रेसको मुख्यालय गोरखपुरले नेपालको पहिलो बिक्री केन्द्र पशुपति क्षेत्रमै खोल्ने र अनुवाद पनि पशुपति क्षेत्रमै बसेर गर्नुपर्ने शर्त राखेको थियो । केन्द्र प्रमुख सारडा यो शर्त मानेरै केन्द्र स्थापना गरिएको बताउनुहुन्छ । केन्द्रको स्थापनापछि नेपालमा भारतीय धार्मिक पर्यटकको भ्रमण पशुपति क्षेत्रमा अझ बढेको जनाइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि मानव कल्याणका लागि केही गरौं भन्ने भावना जागेकाले एक वर्ष प्रयास गरेर प्रेसको आधिकारिक बिक्री केन्द्र खोलिएको संस्थापक सारडा बताए । केन्द्रले नाफा लिने उद्देश्य नलिएको र कर पनि नलाग्ने भएकाले प्रेसले तोकेकै मूल्यमा पुस्तक बिक्री गरिन्छ । प्रेसले पुस्तक निःशुल्क पनि नदिने र तोकिएको भन्दा बढी मूल्य पनि नलिने नीति लिँदै आएको छ । भूकम्पपछि जस्तै बन्दाबन्दीका समयमा पनि आध्यात्मिक पुस्तक किन्नेको सङ्ख्या बढ्न थालेको कमलपोखरीमा गीता प्रेसका पुस्तक बिक्री गर्दै आएकाे रोशन अधिकारी बताए । “भूकम्पपछि दश जोड दुईमा अध्ययनरत किशोर–किशोरी पनि आध्यात्मिक पुस्तक किन्न आउन थालेका थिए, अहिले पनि रोगको त्रासका कारण पनि हुनसक्छ युवायुवतीसमेत गीता प्रेसका आध्यात्मिक पुस्तक खोज्दै आउने गरेका छन्”, उनले भने । केन्द्र खोलेपछि चार वर्षको समय आफ्नो जीवन सबैभन्दा खुसी बनेको प्रमुख सारडाको अनुभव छ । बन्दाबन्दीका कारण घरमै बस्न बाध्य हुनुपर्दा मानिसमा चिन्ता, थकान, दबाबलगायत नकारात्मक तत्वको वृद्धि हुन्छ । यस्तो बेलामा गीतालगायत आध्यात्मिक पुस्तक अध्ययन गर्दा भित्रैदेखि शान्ति मिल्ने गोठाटारदेखि हिँडेर आध्यात्मिक पुस्तक किनेर फर्किएकाे पाठक रामेश्वर पुडासैनी बताए । विसं १९८० मा भारतको गोरखपुरमा श्रीजयदयालजी गोयन्दकाले वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रचार गर्ने उद्देश्यले प्रेसको स्थापना गरेका हुन् । प्रेसले हालसम्म रु ६० करोड ४६ लाख आध्यात्मिक पुस्तक १४ भाषामा प्रकाशन गरेको जनाइएको छ । हाल नेपाललगायत भारतमा समेत प्रेसका २३ बिक्री केन्द्र छन् । गीता प्रेसका सबै बिक्री केन्द्रले प्रकाशनको लगानी मात्र लिने गरी पुस्तक बेच्ने गरेका छन् ।  रासस

चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । याेसँगै नेपालमा काेराेनाबाट १५ जनाकाे मृत्यु भइसकेकाे छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने/नसार्ने भन्दाभन्दै साँझ बिरामी सारिएको उनले जानकारी दिए । शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताए । परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उनले जानकारी दिए । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३ सय १० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए ।  रासस

भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना

लुम्बिनी । भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कटग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताए। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा सूक्ष्म मूल्याङ्कन गर्न आवश्यक रहेकाे जानकारी दिए । सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले कार्यालयले सङ्घ र प्रदेशसँग समन्वय गरी मर्कामा परेका व्यवसायीलाई प्याकेजमा सहयोग दिने कार्यमा भूमिका खेल्ने बताए । डिभिजन प्रमुख मुक्तिप्रसाद पाण्डेले पर्यटनसम्बन्धी होटल र ट्राभल एजेन्सी दर्ता एवं नवीकरण, पूर्वाधार निर्माणका कामलगायत उक्त डिभिजनमार्फत हुने जानकारी दिए ।   रासस