विकासन्युज

एउटा ऐतिहासिक क्षणः देउवा बोल्दा ओलीले टेवल ठोके (भिडियाेसहित)

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा संसदकाे राेष्टममा बाेल्दा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले टेवल ठाेकेकाे सायद विरलै हाेला । तर, आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओेलीले दिल खाेलेर देउवाकाे कुरा सुन्दै टेवल ठाेके । संसदमा सभापति देउवाले नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने गर्नका लागि कसैले पनि याे पार्टी त्याे पार्टी नभई सबैले एकताकाे भाव दखाउनु पर्ने कुरा राखेपछि ओलीले टेवल ठाेकेका हुन् । देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा आफ्नो दलको समर्थन हुने बताए। नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको उनकाे भनाई छ । ‘सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको भूभाग नेपालको भनेको प्रस्ट छ, अंग्रेजले छापेको नक्सामा पनि यो प्रस्ट छ, चीनको नक्सामा पनि कुटियांदी भनिएको छ जसको अर्थ कालीनदी नै भन्ने हुन्छ, त्यसकारण यो नेपालको भूभाग हो भन्ने स्पष्ट छ,’ उनले भने । आजै भोट गर्नुभन्दा अगाडि बसेको संसदीय दलको बैठकले संशोधनका पक्षमा मतदान गर्ने निर्णय भएको छ।  संशोधनका पक्षमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितकाे पक्षमा छ भन्ने देखिएको छ। त्यसकाे समर्थन गर्दै ओलीले टेवल ठाेकेका थिए । कालापानी, लिपुलेक समेटेर बनाएको नयाँ नक्सा निशान छापमा समेट्नका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिवार संसदबाट पारित हुँदैछ । Ser Bahadur Deuba Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020

खुसी हुँदै प्रचण्डले भनेः राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्यायो (भिडियाेसहित)

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् । नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले गणतन्त्रमा हामीले राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुगेकाे बताए । उनले सबैकाे विवेकले यो ऐतिहासिक जित भएको बताए । उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे । उनले सबै खाले वैदेशिक हस्तक्षेपबाट उन्मुक्त नेपाल निर्माण पनि गणतन्त्रको एउटा ऐतिहासिक मुद्दा भूमि फिर्ता पनि भएको प्रचण्डको भनाई छ । कुनै पनि दलले जस वा अपजसभन्दा लामो समयदेखिको प्रयत्नको केन्द्रीकृत अभिव्यक्तिका रुपमा घटनाक्रमलाई लिनुपर्ने प्रचण्डको भनाई छ। केन्द्रीकृत प्रयासबाट गुमेको भूभाग फिर्ता लिने नयाँ चरण प्रवेश भएको उनको भनाई छ । खुसी हुँदै प्रचण्डले भनेः राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्यायो Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020

एकैदिन भारतमा ११ हजार व्यक्तिमा काेराेना पुष्टि, कुल संक्रमित ३ लाख नाघ्याे

काठमाडाैं । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ । विश्वमा नै सबैभन्दा बढी काेराेना संक्रमितकाे राष्ट्रहरूमध्य अमेरिका, ब्राजिल, रसिया पछि चाैथाे स्थानमा भारत रहेकाे छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार बिहानसम्ममा एकैदिनमा ११ हजार ४ सय ५८ जना संक्रमित भएका छन् । एकैदिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३ सय ८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ । कुल सङ्क्रमित मध्ये १ लाख ४५ हजार ७ सय ७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ लाख ५४ हजार ३ सय ३० जना क्रमण मुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८ सय ८४ पुगेको छ । भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १ हजार १ सय ४१ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६ सय ९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८ सय २८ जना सङ्क्रमित रहेका छन् ।

परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै

काठमाडाैं । दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो । चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौं आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिनुभयो । उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ । झण्डै ३० करोड रूपैयाँ बराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पिसिआर किट र तीन लाख थान भिटिएमसमेत आयात गर्न लागिएको बताए । भिटिएमको अभावमा स्वाब सङ्कलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत सामान आयात गर्न लागिएको हो । यस्तै सो कम्पनीले नौ थान अटोमेटिक आरएनए मेसिन तथा दुई लाख थान आरटिडी किटसमेत ल्याउने तयारी गरेको छ । पिसिआर किटको अभावमा केही स्थानमा स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा सङ्कलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ । पिसिआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ । ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजारजनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले समेत पिसिआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ । सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजारजनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ । लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरासमेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो । ती सामानको आयातपछि देशभर क्वारेन्टिनमा रहेकाको परीक्षणमा समेत थप सहज हुने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म १ लाख २१ हजार ८६२ जनाको पिसिआर परीक्षण भएको छ भने आरटिडी परीक्षण १ लाख ८८ हजारको भएको छ । देशभर १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरटिडी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो ।  रासस

सरिता गिरीले प्रस्ताव गरेकाे संविधान संशोधन विधेयक अस्वीकृत (भिडियाेसहित)

काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । सांसद गिरीले संसदमा केही बाेल्न खाेज्दा सभामुखले गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत गरेकाे भन्दै बाेल्न राेकेका थिए । सरिता गिरीलाई सभामुखले बोल्न दिएनन् सरिता गिरीले प्रस्ताव गरेकाे संविधान संशोधन विधेयक अस्वीकृत Gepostet von Bikashnews.com am Samstag, 13. Juni 2020

कतारबाट नेपाल फर्कनेकाे सूची सार्वजनिक, पहिलाे चरण ५ हजार बढी आउँदै

काठमाडौं । कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीको सूची दोहास्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण कतारमा रोजगारीको अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनका लागि पहिलो चरणको सूचीतय गरेको जनाएको छ । श्रम अवधि सकिएको, रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, आफन्तको मृत्यु पछिको संस्कारमा लागि आउनु पर्ने, वेतलबी विदामा बसेका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ । फर्किने सबै व्यक्तिहरुको उडान अनुमति प्रक्रिया पुरा गरेर मात्र नेपाल ल्याउने व्यवस्था छ । जसमा कोरोना संक्रमण नभएको हुनु पर्नेछ । संक्रमित विरामी कुनै देशबाट पनि नेपाल आउन नपाउने व्यवस्था सरकारले लागु गरेको छ । त्यस्तै आममाफी पाएका डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको दूतावासले जानकारी दिएको छ । नेपाल एयरलाइन्सका २ उडानहरु १६ र २० जुन त्यस्तै हिमालय एयरलाइन्सका १७ र २२ जुन मा हुने २ उडानमार्फत नेपालीहरु नेपाल फर्किने छन् । हवाई भाडा व्यक्ति आफूले नै तिर्नु पर्ने व्यवस्था छ । प्रति टिकट ४ सय ९० अमेरिमी डलर भाडादर सरकारले तोकेको हो । यस अगाडी सरकारले उडान भाडा ५ सय अमेरिकी डलर तोकेको थियो । शुक्रबार सरकारले सबै देशकाे भाडादर थाेरै घटाएकाे छ । नेपाल आउँन सबैभन्दा बढी भाडा लण्डनमा रहेका नेपालीले तिर्नुपर्ने, कुन देशमा रहेकालाई कति ?

एउटा राेचक दृश्य: जव प्रदर्शनकारीले सडकमै राष्ट्रिय गान घन्काए

काठमाडाैं । शनिबार काठमाडाैंकाे माइतीघर मण्डलामा राेच दृश्य देखिएकाे छ । जहिले पनि  प्रर्दशनकारीका लागि प्रहरी बाधक बन्ने गरेका छन् । तर,  केही दिनदेखि काठमाडौंमा देखिएका प्रदर्शन भने निकै रचनात्मक देखिएका छन्। जुन दृष्य शनिवार माइतिघर मण्डलामा समेत देखियो। १० बजेदेखि साढे ११ बजेसम्म विरोधको कार्यक्रमम तय थियो । त्यहाँ एउटा दृष्यले भने सबैको ध्यान खिच्यो। एक जना युवकले हातमा माइक लिएर  सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली गाउन थाले। प्रर्दशनलाई नियन्त्रण गर्ने पुगेका प्रहरी पनि रोकिए, एउटै पङ्क्तिमा रहेर सेल्युट गरे।  प्रर्दशनककारी हातमा फूल लिएर सडकमा उत्रिए। लाइनमा बसेर विरोध गरे। प्रहरीले पनि खासै लाठी चलाउनु परेन।

कर्णालीमा स्वास्थ्य जनशक्ति न्यून

सुर्खेत । काेरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो । प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र छन् । प्रदेश मातहतका २५ लाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमै करारमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँ ५९ विशेषज्ञ चिकित्सकमध्ये ५१ जनाको दरबन्दी रिक्त छ । प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारी जोशीले चिकित्सकसहितका स्वास्थ्यकर्मीको अभावले कोरोना सङ्क्रमितको उपचारमा चुनौती थपिएको बताइन् । “सङ्क्रमित दिन प्रतिदिन बढिरहेकाले स्थानीयस्तरमै आइसोलेशन कक्ष स्थापना गरी उपचार गर्नुपर्ने अवस्था छ”, उनले भनिन्, “स्थानीय तहमा पाँचाैं र छैटाैं तहका स्वास्थ्यकर्मी मात्रै हुनुहुन्छ, अधिकांश स्थानीय तहमा अनमी, अहेब र एचए खटिनुपरेको छ ।” कर्णालीमा सङ्क्रमितको सङ्ख्या ८ सय ४६ पुगिसकेको छ भने कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ । कर्णालीमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र ३ सय ३३ स्वास्थ्यचौकी छन् । जिल्ला अस्पतालमा तीन विशेषज्ञ चिकित्सकको दरबन्दी छ । अधिकांश करारमा नियुक्त गरिएका एक–एक विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन गरिएको छ भने मेडिकल अधिकृत, नर्सिङ स्टाफको सङ्ख्या पनि न्यून छ ।  रासस