काठमाडाैं । शनिबार काठमाडाैंकाे माइतीघर मण्डलामा राेच दृश्य देखिएकाे छ । जहिले पनि प्रर्दशनकारीका लागि प्रहरी बाधक बन्ने गरेका छन् । तर, केही दिनदेखि काठमाडौंमा देखिएका प्रदर्शन भने निकै रचनात्मक देखिएका छन्।
जुन दृष्य शनिवार माइतिघर मण्डलामा समेत देखियो। १० बजेदेखि साढे ११ बजेसम्म विरोधको कार्यक्रमम तय थियो ।
त्यहाँ एउटा दृष्यले भने सबैको ध्यान खिच्यो। एक जना युवकले हातमा माइक लिएर सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली गाउन थाले।
प्रर्दशनलाई नियन्त्रण गर्ने पुगेका प्रहरी पनि रोकिए, एउटै पङ्क्तिमा रहेर सेल्युट गरे। प्रर्दशनककारी हातमा फूल लिएर सडकमा उत्रिए। लाइनमा बसेर विरोध गरे। प्रहरीले पनि खासै लाठी चलाउनु परेन।