राष्ट्रिय वाणिज्य बैंकको कर्जा जोखिम न्यून, पायो ए प्लस रेटिङ्गस
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्गस नेपालद्वारा केयर ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । जसले बैंकको कर्जा जोखिम न्यून रहेको जनाउँछ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी ५ अर्ब चार करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको र आर्थिक वर्ष २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
अनलाइन व्यापार नियमन गर्ने नयाँ कानून बन्दै
काठमाडौं । पछिल्लो समय अनलाइन व्यापार फस्टाउँदै गएको छ । तर त्यो अनलाइन मार्फत हुने कारोबारलाई नियमा गर्ने कानून नै छैन् । तर सरकारले अब अनलाइन व्यापारलाई नियमन गर्न कानून निर्माणका लागि मस्यौदा निमार्ण गरेको छ । नेपालमा दर्ता भएर सञ्चालन भएका करिब १ सय ५० वटा अनलाइन व्यापार कम्पनी छन्। तर कति वटा कम्पनीले अनलाइन व्यापार गरेका छन् भनेर बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई नै थाहा छैन् । लकडाउन सुरु भए पछि अनलाइन व्यापार बढेको छ । अनलाइन व्यापार बढेसँगै उपभोक्ताले पनि ठगिएको भने उजुरु दिनेहरु संख्या वृद्धि हुदै गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । बिनादर्ता अनलाईनमार्फत वस्तुको मार्केटिङ गर्न थालेपछि यसलाई नियमन गर्न कानून बनाउन लागिएको हो । विभागले कानूनको मस्याैदा तयारी गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल ‘ई बिजनेश ल’ को मस्याैदादा कानून निर्माणका लागि पठाएको सुवेदीले बताए । कनून निर्माण भएर आउने ३/४ महिना लागने छ । मन्त्रालय मार्फत उक्त मस्र्यौदा संसदमा पठाउने छ र त्यस पछि कानून बनेर आउने छ । हाल अनलाईन व्यापारीका लागि भनेर निश्चित कानून छैन । अनलाइन व्यापार गर्ने कम्पनी उद्योग विभाग र वाणिज्य विभागमा दर्ता हुदै आहिरहेका थिए । तर कानूनले यसलाई प्रष्ट बनाउने छ । कानून निर्माण भए पछि अनलाइन व्यापारीलाइ पनि सहज हुने छ । विना दर्ता अनलाइन व्यापार गर्न पाइने छैन् । अहिले प्रभावकारी कानून नभएको कारणले विना दर्ता अनलाइन व्यापार गर्ने ट्रेन्ड नै चलेको छ । अनलाईनबाट होम डेलिभरी गर्न सकिदो रहेछ भनेर सबै किसिमको अनलाईन व्यवासाय सुरु गर्ने भएको छ । तर कानून निर्माण भए पछि सबै नियमन हुने सुवेदीले बताए । कानून निर्माण भए पछि उपभोक्ता र उत्पादकसँग सम्वन्धित अनलाईनमार्फत हुने बजारका धेरै कुराहरु कानूनले निर्देशन गर्नेछ । सूचना प्रविधिको प्रयोगसँगै मानिसले बस्तु किन्ने प्रक्रिया नि परिवर्तन हुदै गएको छ । उपभोक्ताले आफुलाई आवश्यक पर्ने बस्तु अनलाईनमार्फत नै अर्डर गर्ने ट्रेन्ड बढेको छ । विस्तरै अनलाइन मार्फत व्यापार गर्ने कारोबारी बढिरहेका छन् । अहिले १५० वटा अनलाइन व्यापार कम्पनीहरुले सेवा दिइरहेका छन् । ती अनलाइनले दिएको वस्तुको गुणस्तर, मुल्य र दर्ता भए नभएको लगायतका प्रश्न उठ्दै आएका छन् । केही अनलाइनहरुले आफुखुसी मूल्य राखेर बस्तुको विक्री गर्ने गरेका छन् । अनलाइन विक्रेता कम्पनीहरुले बिक्री गरेको बस्तुमा मूल्यमा ठगेको र गुणस्तर कम भएको भनेर उजुरी पर्ने गरेको छ ।
सलहले अन्नबाली खाएपनि किसानको लगानी नडुब्ने
काठमाडौ । अफ्रिकादेखि आएको सलहको समुह भारत हुँदै नेपाल प्रवेश गरेको छ । एकै दिनमा ठूलो परिमाणमा बालीनाली खाने किरा सलहले नेपाली किसानले लगाएको अन्नबाली पनि खाएर सखाप पारिदेला कि भन्ने चिन्ता छ । तर, किसानले बाली बीमा गरेको अवस्थामा सलहले खाएपनि किसानले क्षतिपूर्ति पाउने बीमा कम्पनीहरुले बताएका छन् । किसानले गरेको बाली बीमामा जुनसुकै प्रकारबाट पनि क्षति पुगेमा क्षतिपूर्ति पाइने भएकोले किसानलाई आर्थिक नोक्सानी नपर्ने भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार अन्न बाली किरा फट्याङ्ग्राले खाएर क्षति पुगेको अवस्थामा पनि दाबी भुक्तानी पाइने व्यवस्था छ । ‘सलहलगायत कुनै पनि प्रकारका किरा फट्यांग्राले बीमा गरिएको बालीनाली तथा फलफूल खाए पनि आर्थिक क्षति नै हुन्छ कि भनेर चिन्ता गर्नु पर्दैन, बीमा गरिएको बालीनाली तथा फलफूलमा जुनसुकै प्रकारबाट क्षति भएपनि बीमा कम्पनीबाट दाबी भुक्तानी हुन्छ,’ क्षेत्रीले भने । सलह किराले निकै ठूलो परिमाणमा बालीनाली नष्ट गर्ने विभिन्न अनुसन्धानहरुले देखाएको छ । अन्र्तराष्ट्रिय संचार माध्यमहरुले बताएअनुसार पनि सलह किराले एकै दिनमा धेरै किलोमिटरको यात्रा तय गर्न सक्छ । विगतका दिनमा पनि नेपाली किसानहरुले अन्नबालीमा विभिन्न किराहरुले दिने दुःख हैरानी व्यहोर्दै आएका थिए । डिएपी, यूरियादेखि विभिन्न कम्पोस्ट मलखाद बालीनालीमा प्रयोग हुन्छ । यस्ता मलखादले अन्य प्रकारका किरा फट्यांग्रा नष्ट गर्ने भएपनि सलहलाई भने कुनै असर नपार्ने बताइएको छ । समूहमा देखिने, धेरै देखिने तथा एक ठाउँबाट अर्को ठाउँमा तिव्र गतिमा पुग्ने भएकाले सलह कृषि क्षेत्रमा जोखिम पूर्ण मानिन्छ । कृषि बीमाको प्रिमियममा सरकारले ७५ प्रतिशत अनुदान समेत दिदै आएको छ । बीमा प्रिमियममा उक्त अनुदान प्रदान हुने भएकाले बीमितले २५ प्रतिशत मात्र बीमा प्रिमियम बुझाउँदा हुन्छ । बीमा कम्पनीहरुले कृषि बीमाका लागि बाली अनुसार विभिन्न किसिमका बीमालेखहरु संचालन गर्दै आएका छन् । उक्त बीमालेख अनुसार कृषि बीमामा कतिपय कुराहरु समेटिन्छ भने कतिपय बीमालेखले नसमेटने हुन्छन् । बीमा कम्पनीहरुले सलह किराले गर्ने हानी नोक्सानीमा कृषकहरुलाई आत्तिनु भन्दापनि रक्षावण गर्दा राम्रो हुने सल्लाह दिएका छन् । विभिन्न किसिमका जोखिममा बीमाले बिमितलाई सघाउदै आएको र सम्झौता अनुसार बीमाको दाबी भुक्तानी हुनेमा ढुक्क रहन बीमा कम्पनीहरुले आग्रह पनि गरेका छन् ।
उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित
काठमाडाैं । साेमबार काठमाडौं उपत्यकामा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ४ जना पुरुष र २ महिला, ललितपुरकाे १ पुरुष र भक्तपुरकाे १ पुरुष रहेकाे गाैतमले बताए ।
बरुण हाइड्रोपावरको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । हाइड्रोपावरकाे सेयर रजिष्ट्रारको सम्पूर्ण कार्य गर्नको लागि दुई संस्थाबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको हाे । उक्त सम्झौता-पत्रमा बरुण हाइड्रोपावरको तर्फबाट व्यवस्थापक विकास गिरी र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । आरबीबी मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय बाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहि धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग हो ।
नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार २ सय नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १३ हजार २ सय ४८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ३१ सय ३४ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख २३ हजार ६ सय ३० काे पिसिआर विधि र २ लाख ९७ हजारकाे ८ सय ७१ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ८५ जना आईसाेलेसनमा रहेका छन् ।
सडक विभागले निर्माण व्यवसायीलाई ७ अर्ब रकम भुक्तानी गर्नुपर्ने
काठमाडौं । सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रु सात अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले दिन सकेको थिएन । आर्थिक वर्षको अन्तिम भएकाले विभागले चालू आवको भुक्तानी यही महिनाभर गरिसक्नुपर्ने बाध्यता छ । निर्माणको काम भइसकेको ठेक्कामा भुक्तानी गर्नुपर्ने विभागको जिम्मेवारी भएको उनले बताए । उनले भने, “काम गरेपछि पैसा माग्नु स्वभाविक हो, चाँडो भुक्तानीका लागि पहल गरिरहेका छौँ ।” विभागमा यही २५ गतेसम्ममा भुक्तानीका लागि विल आइसक्ने उपमहानिर्देशक सापकोटाले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग यस विषयमा कुराकानी भइरहेको छ । उनले भने, “अर्थ मन्त्रालय पनि यसमा गम्भीर छ, छिट्टै विनियोजन हुने हाम्रो विश्वास छ ।”
मन्त्रिपरिषद्काे बैठक सोमबार बस्दै, यी विषयमा हुँदैछ छलफल
काठमाडौं । आज मन्त्रिपरिषद्काे बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजेपछि बैठक बस्ने बताइएकाे छ । बैठकमा हवाई उडान सेवा र सीमा नाकाका बारेमाके निर्णय हुने बताइएकाे छ । यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बताइएकाे छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।