कोरोनाबाट संसारभर ५ लाख ७ हजारभन्दा बढिको मृत्यु, साढे ५६ लाख निको भए
काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ४ लाख २ हजार २ सय ८७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ७ हजार ५ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५६ लाख ४८ हजार २ सय ८० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २६ लाख ८१ हजार ४ सय २५ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ६७ हजार ५ सय ३६ पुगेको छ भने अहिलेसम्म १६ हजार ९ सय ४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १३ हजार २ सय ४८ जना संक्रमित भएका छन् भने २९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ हजार १ सय ३४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)
सम्झनामा असार पन्ध्र
गजल १ तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो । मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।। त्यो क्षण सम्झना भो आज दुबै कता कता ? मेला छुट्ने बेला आँखा आँसु भल थियो ।। पाए माग्थेँ म त्यही बालापन जिन्दगीको नपाइने समयको निर्मम छल थियो ।। लेखक गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछ रसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।। हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कति पोको पार्न मखमली तिम्रै सल थियो ।। सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छ समस्याको हलमा रमाइलो छलफल थियो ।। गजल २ असार पन्ध्र सँगै हिलो खेलेको सम्झन्छु खाजा खान सँगै रोटी बेलेको सम्झन्छु ।। सुख दुःख जीवन यस्तै भनी मन बुझाउँदै घाम, पानी हुरीसँगै झेलेको सम्झन्छ ।। मेला जाने बेला बाइक स्टार्ट नभएर दुबै मिलि वर्कसपसम्म ठेलेको सम्झन्छु ।। मनका धनी परिश्रमी, लगनशील हामी तर साहुले गरिब भन्दै पेलेको सम्झन्छु ।। घाम–पानीले लुकामारी गथ्र्यो घरिघरि घाममा आँगनभरी मकै रेलेको सम्झन्छु ।। दाङसिङ,नुवाकोट हाल पोखरा–११ [email protected]
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण ६ निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण ६ निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । बैठकले लकडाउनको स्वरुप फेरबदल नगरी साउन ७ सम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै, बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको बताइएको छ । बैठकले अब काठमाडौं प्रवेशमा पनि थप कडाई गर्ने निर्णय गरेको छ । उपत्यका बाहिरबाट आउनले अब अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय पनि बैठकले गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको बताइएको हो । त्यसैगरी विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्नुका साथै बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ ।
लकडाउन साउन ७ गतेसम्म, काठमाडाैं प्रवेशमा कडाई
काठमाडाैं । सरकारले अहिलेकै जस्तो लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको बताइएकाे हाे । यस्तै, सरकारले काठमाडाैं प्रवेशमा पनि कडाई गर्ने भएकाे छ । उपत्यका बाहिरबाट आउनले अब अनिवार्य होम क्वारेन्टिनमा बस्नु पर्नेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको बताइएकाे हाे । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । याे हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ । त्यसैगरी विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्नुका साथै बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ ।
‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफर अन्तर्गत अधिकारीले जिते हुन्डाई स्ट्यान्ट्रो
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । त्यसैगरी ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको पहिला बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई स्ट्यान्ट्रो जितेका छन् । साथै, ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यु जितेका छन् । ‘हुन्डाई फेसटिभ डिलाइट २०७६’ अफरको विजेताको घोषणा लक्की ड्र मार्फत असार १५ गते सोमबार गरिएको थियो । उक्त अफर अनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट मुख्य अतिथि बिमला खनालद्धारा लक्की ड्र गरिएको थियो । भाग्यशाली बिजेताहरुको नाम र कुपन नं यस प्रकार छन्ः १) भरत सिंह पौडेल (कुपन नंः ३९७) २) चन्द्र मणि पौडेल (कुपन नंः २७५) ३) श्रीजेश घिमिरे (कुपन नंः ९९६) ४) महेश्वर लाल सिंह (कुपन नंः ९९९) ५) कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नंः ९४४) ६) राजु शाह (कुपन नंः ७६) ७) दल बहादुर बि.क. (कुपन नंः ७४४) ८) विजय अग्रवाल/गणेश हार्डवेयर (कुपन नंः ७१६) ९) एनआईसी एशिया बैंक लि./निर्भिक सापकोटा (कुपन नं: ११५८) १०) खातु ईन्टरनेशनल प्रा. लि. (कुपन नं: ३५) यस लक्ष्मी इन्टरकन्टिनेन्टलले याे योजना २ भदौदेखि १७ कात्तिक २०७६ सम्म लागु गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्र मार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई स्यान्ट्रो र हुन्डाई भेन्यू जित्ने मौका थियो ।
नेपाल बङ्गलादेश बैंकको ९६औं शाखा काठमाडौंको काँडाघारीमा
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौं जिल्लाको काँडाघारीमा संचालनमा ल्याएको छ । यस बैंकले असार १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गरेका हुन् । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । काँडाघारी शाखा सहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
मोरङ्गको सलकपुरमा सिटिजन्स बैंकको नयाँ शाखा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा मोरङ्गको सलकपुरमा ९५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले असार १५ गतेबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो । यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउँने बैंकको लक्ष्य रहेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम कूल ६१ लाख रुपैयाँको सहयोग गरेको छ ।
समय तोकेपनि एफएनसीसीआईको निर्वाचन अनिश्चित
काठमाडौं । साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अझै अनिश्चित नै छ । कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढेसँगै महासंघको निर्वाचन पनि अनिश्चित बन्दै गएको हो । सुरुमा गत चैत २७ र २८ गते हुने भनिएको महासंघको निर्वाचन कोराेनाकै कारणले रोकिएको थियो । गत हप्ता मात्रै महासंघको कार्यसमितिले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो । तर, निर्वाचन अझै पनि अनिश्चित नै रहेको बताइएको छ । कोरोना भाइरसको कारण भन्दै आज हुने भनिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) को निर्वाचन पनि स्थगित नै भएको छ । कोरोनाको कारण देखाउँदै ललितपुर जिल्ला प्रशासन कार्यालयले निर्वाचन रोक्न परिपत्र जारी गरेसँगै ईपानको निर्वाचन अनिश्चितकालका लागि रोकिएको हो । कोभिड- १९ महामारीको असरका बीच २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेपछि निर्वाचन स्थगित भएको इपानले आइतबार नै सूचनामार्फत जानकारी गराएकाे थियो । यो सँगै अब महासंघको निर्वाचन पनि के हुन्छ भन्ने बारे प्रश्न उठेको छ । महासंघका एक पूर्व अध्यक्षले महासंघले निर्वाचनको मिति तय गरेपनि निर्वाचन हुन सक्ने सम्भावना भने कमरहेकाे बताए । ‘दिनप्रतिदिन कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ, काठमाडौंमा नै दैनिक कोरोनाका बिरामी बढ्दै गएका छन्, यसले महासंको निर्वाचन हुन सक्ने सम्भावना कम देखाउँछ, उनले भने । सरकारले नै २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भनिरहेको समयमा महासंको निर्वाचन भएमा हजारौं मानिसको सहभागिता हुन्छ । यसले पनि प्रशासनले रोक्न सक्ने सम्भावना बढी छ । महासंघका प्रमुख कार्यकारी अधिकृत धरणीधर कोइरालाले निर्वाचनको समय तोकेपनि अहिले नै निर्वाचन हुन्छ वा हुँदैन भन्न सकिने अवस्था नरहेको बताए । ‘सरकारले २५ जनाभन्दा बढी भेला नगर भन्छ, महासंघका सयौं जना मानिस निर्वाचनमा भेला हुन्छन्, कोरोनाको संक्रमणदर तीव्र रुपमा फैलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन,’ उनले भने । उनले यसको बारेमा साउन पहिलो हप्ता थाहा हुने बताए । अझै पनि डेढ महिना बाँकी रहेकाेले अहिले नै निर्वाचन रोकिन्छ वा निर्वाचन हुन्छ भन्न सकिने अवस्था नभएको उनको भनाई छ । यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले आफु कहाँ महासंघको निर्वाचन हुने कुनै जानकारी नआएकोले निर्वाचन हुने समयलाई अध्ययन गरेर यसको बारेमा निर्णय गर्न सकिने बताए । ‘हामी कहाँ कुनै जानकारी आएको छैन, उहाँहरुले जानकारी गराइसकेपछि हामीले त्यसको बारेमा निर्णय गर्छौं, कोराेनाको यही स्थिती त्यो समयमसम्म हुन्छ भने निर्वाचन हुन सक्ने सम्भावना कम हुन्छ,’ उनले भने ।