काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण ६ निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सात ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । बैठकले लकडाउनको स्वरुप फेरबदल नगरी साउन ७ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस्तै, बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरिएको बताइएको छ । बैठकले अब काठमाडौं प्रवेशमा पनि थप कडाई गर्ने निर्णय गरेको छ । उपत्यका बाहिरबाट आउनले अब अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय पनि बैठकले गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको बताइएको हो ।
त्यसैगरी विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्नुका साथै बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ ।