उपत्यकामा झन कडाई: यी हुन् जिल्ला प्रशासन कार्यालयबाट सञ्चालन हुने र स्थगित हुने सेवाहरु
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दर बढी भएसँगै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरुले अब सम्पूर्ण काममा कडाई गर्ने भएका छन् । आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बसेर उपत्यकामा कडाई गर्ने निर्णय गरेका हुन् । दिन प्रतिदिन कोरोनाका संक्रमण फैलिँदै गएकोले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरुमा पनि कटौती गरिएको छ । तीन वटै जिल्ला प्रशासन कार्यालयका सीडीओहरु बसेर साउन २५ गतेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने र नगर्ने सेवाहरु जानकारी गराएका छन् । साे सेवाहरु भदाै ८ गतेसम्मका लागि स्थगित रहने बताइएकाे छ । उनीहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित गर्ने निर्णय गरेका छन् । अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवा ग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने छ । अनावश्यक भिडभाड नगरी दुई मिटरको भौतिक दूरी राखेर सेवा लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य मापदण्ड नअपनाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाइएको छ । ऐनमा एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ नियमित सञ्चालन रहेन सेवाः १. शान्ति सुरक्षा सम्बन्धि सेवा २. ठाडो निवेदन र उजुरी सम्बन्धि ३. मुद्दा सम्बन्धि कार्य ४. अतिआवश्यक कामको लागि सवारी पास सम्बन्धि कार्य ५. विपत व्यवस्थापन सम्बन्धि कार्य स्थगित गरिएका सेवाहरुः १.नयाँ नेपाली नागरिकता वितरण २.नागरिकता प्रतिलिपी वितरण ३. हात हतियार दर्ता नविकरण ४. संस्था दर्ता /पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धि कार्य ५. निजी सुरक्षा कम्पनी नविकरण ६. राहदानी वितरण ७. नावालिग परिचय पत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरुः
नेपाल इन्स्योरेन्सले गर्यो नेपाल बैंकको कर्मचारीको कोरोना बीमा दाबी भुक्तानी
काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल बैंकको कर्मचारीलाई कोरोना बीमाको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले सो दाबी परेको २४ घण्टा भित्रै रकम भुक्तान गरेको हो । बिरेन्द्रनगर सुर्खेतमा रहेको नेपाल बैंक शाखाको कर्मचारीले कोरोना बीमाको दाबी गरेका हुन् । इन्स्योरेन्स कम्पनीले सोही दाबी भुक्तानी तत्कालै फर्छ्यौट गरेको हो । नेपाल इन्स्योरेन्स नेपालको पहिलो इन्स्योरेन्स कम्पनी हो भने नेपाल बैंक नेपालको पहिलो बैंक समेत हो । सो दाबी भुक्तानी फर्छ्यौटको जानकारी नेपाल इन्स्योरेन्स कम्पनीले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको हो ।
काठमाडाैंमा तीव्र फलिँदै काेराेना, आज मात्रै १०६ जनामा देखियाे
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
न्यूरोडका दुई जना व्यापारीमा काेराेना देखियाे, बजार पुरै बन्द गरियाे
काठमाडौं । काठमाडौं न्यूरोडका दुई जना व्यापारीमा कोरोना भायरस देखिएकाे छ । न्युराेडमा कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर जाँच गर्दा पाेजेटिभ बएकाे बताइएकाे हाे । उनीहरुमा पाेजेटिभ रिपाेर्ट आएसँगै अहिले न्यूरोड क्षेत्रदेखि महाबौद्धसम्मका सम्पूर्ण बजार ब्यवसाय बन्द गरिएको बताइएकाे छ । यसअघि महाबौद्धका एक व्यापारीको परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो।
आज थप ४ सय ६४ जनामा काेराेना देखियाे
काठमाडाैं । नेपालमा आज थप आज ४ सय ६४ जना काेराेनाका बिरामी देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा थप ४ सय ६४ जनामा काेराेना देखिएकाे हाे । याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । यस्तै निको हुनेको संख्या १५ हजार ८ सय १४ जना पुगेको छ । आज ४२५ जना निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ७० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।
एनआईसी एशिया बैंकबाट ऋण लिएर टाटाको कार किन्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने
काठमाडौं । टाटा ब्राण्डको कार एनआईसी एशिया बैंकबाट सवारी कर्जा लिएर किन्दा ६ महिनासम्मको किस्ता तिर्नु नपर्ने भएको छ । टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.को फाइनान्सिङ्ग पार्टनर बनेसँगै बैंकले उक्त सुविधा दिने भएको हो । ग्राहकले यस बैंकको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत टाटा ब्राण्डका कार खरिद गर्दा ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत टाटा ब्राण्डका कारहरू ग्राहकले खरिद गर्न सक्नेछन् । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकले लिन सक्नेछन् । यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी यस बैंक र सिप्रदी ट्रेडिङ प्रा. लि. बीच भएको छ । यो सुविधा सिप्रदी ट्रेडिङ प्रा. लि. का देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ । यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ । यस कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । यसका लागि सवारी खरिद गर्न चाहनेले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्नेछन् । यस बाहेक ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । सम्बन्धित समाचारः एनआईसी एशिया बैंक बन्यो सिजी मोटोकर्पको फाइनान्सिङ्ग पार्टनर
सेञ्चुरी बैंकले शुरु गर्यो थ्रीडी सेक्योर सेवा, अनलाइनबाट सुरक्षित रूपमा सामान किन्न सकिने
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले इन्डियाको आईजियलियन्ट टेक्नोलोजिजसंगको सहकार्यमा थ्रीडी सेक्योर सेवा सेवा प्रारम्भ गरेको छ । सो सम्झौता अनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यी कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ । थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड(ओटीपी) आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्रीडी सेक्योर सेवामा कार्ड र ओटीपी दुबै आवश्यक पर्ने हुँदा कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
उपत्यकाका तीन सीडीओको निर्णय: १५ दिनसम्म अत्यावश्यक बाहेकको सेवा नदिने
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । काठमाडौं जिल्लाको तर्फबाट सीडीओ जनकराज दाहाल, भक्तपुरका सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायणप्रसाद भट्टसहित जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीहरुको बैठक बसेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको बताए । बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको उनले बताए । उनका अनुसार बढी संक्रमण देखिएका ठाउँहरु सिल गर्नुका साथै सटडाउनसमेत गर्ने निर्णय भएको छ । अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भयो, यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ, उनले भने । बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ । सिडिओ दाहालले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको बताए । ‘बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय भएको छ,’ उनले भने । बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनुका साथै समाजिक दुरी र सुरक्षाका उपाय नपनाउनेहरुलाई कारवाही गर्ने पनि निर्णय गरेको छ ।