विकासन्युज

स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने

काठमाडौं । धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू हुने भएको छ । नेप्सेको सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । उक्त कार्यविधि अनुसार जतिसुकै चुक्ता पुँजी भएको स्टक डिलरले न्युनतम एक हजार कित्ताभन्दा कम परिमाणको सेयर किनबेच गर्न नपाउने भएका छन् । त्यस्तै, उनीहरुले एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरिद बिक्रीको लागि अडर गर्न नपाउने व्यवस्था गरिएको छ । स्टक डिलरले २० करोड भन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न पाउने छैनन् । कार्यविधिमा स्टक डिलरले कम्पनीको चुक्ता पुँजीको आधारमा एक पटकमा गर्ने सेयर किनबेचको लागि सीमा तोकिएको छ । ८ अर्ब रुपैयाँ वा सो भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको एक पटकमा ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छ । त्यस्तै, ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ४० हजार कित्तासम्म, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ३० हजार कित्तासम्म तथा एक अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको २५ हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । त्यसैगरी, स्टक डिलरले ५० करोड रुपैयाँभन्दा बढी र एक अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको २० हजार कित्तासम्म र २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको १० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने छन् । यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम यस्ताे छ कार्यविधिः [pdf id=231746]

उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द

काठमाडौं । काठमाडौ उपत्यका भित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यका भित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताए । बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भए पछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइर मजदुरहरुको दैनिक आवत जावत बढेकाले संक्रमणको जोखिम पनि बढेकोले उद्योग तथा कलकारखाना भित्रै क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । काठमाण्डौ उपत्यकामा अत्यन्त घनावस्ती रहेकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दूहरुमा अत्यन्त कडाई गर्न सरकारलाईअ अनुरोध गर्ने निर्णय समेत फोरमले गरेको छ । यस्तै क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्नेगरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरुले गरेका छन् । संक्रमण फैलन सक्ने अवस्थालाई ध्यान दिएर सरकारको समर्थन वा विरोधमा र्याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । यस्तै मास्क नलगाई आवत जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ । व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्ट आदिमा कोभिड-१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाही गर्ने निर्णय समेत भएको छ । पीसीआर परीक्षण्को आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने भएकाले परीक्षण्को दायरा र दरलाई बढाउने मात्रै भन्दा पनि संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि बैठकले गरेको छ । अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ विहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भदौ १५ गतेसम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद् बैठक शुरु, के हाेला निर्णय ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । केहीबेरअघि मात्रै बैठक सुरु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका हुन् । उनका अनुसार आजको बैठक नियमित बैठक हो । स्रोतका अनुसार यसअघि सीसीएमसीले लामो दुरी तथा हवाई उडानका सम्बन्धमा गरेको सिफारिसलाई निर्णय गर्न सक्ने छ । यस्तै, काेराेना भाइरस राेग राेकथाम सम्बन्धि आजकाे बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएकाे छ ।

प्रधानन्यायाधीश जवरामाथि बारले प्रश्न उठायाे

काठमाडाैं । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ । बार एशोसिएशनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताए । उनले २०७५ सालमा बहाली हुँदा न्यायपालिका भित्रको विसंगति विक्रिती हटाउन नेतृत्व गर्ने भन्ने भएपनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताएका हुन् । झिना मसिना कुराहरुमा सुधार भएको तर जनताले चाहेको खास कुराको समाधान हुन नसकेको उनले बताए । उनले भने ‘न्यायपालिका भित्र न्याय सम्पादन सन्तोषजनक छैन । अहिलेका वर्तमान प्रधान न्यायाधीशले आफ्नो बहाली हुँदाको अवस्थामा २०७५ मंसिर, पुष, माघ तिरको पत्रपत्रिका, अनलाइन हे¥यौं भने हाम्रो न्यायपालिका भित्रको विसंगति विक्रिती हटाउनको लागि न्यायिक नेतृत्व प्रधानन्यायाधीशले यसमा नेतृत्व प्रदान गर्दछ भन्ने कुराहरु हामीले पाएका थियौं । तर अहिले व्यवहारमा हेर्दाखेरी सुधारका झिना मसिना कुराहरु भए तर जनताले चाहेको खास कुरा अझपनि समाधान हुन सकेको छैन् ।’ नेपाल बार एशोसिएशनले न्याय सम्पादनमा भएका विक्रिती विसंगति हटाउनुपर्ने भन्दै प्रधान न्यायाधीश समक्ष विभिन्न १७ बुँदे माग सहितको पत्र बुझाइसकेको अध्यक्ष श्रेष्ठले बताए । बारले एक महिना भित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिए अनुसार एक बराबर तीनको रोष्टर बनाई सार्वजनिक गर्न माग गरेको छ । यस्तै अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरेको छ । न्याय क्षेत्र भित्रका विसंगती, विक्रिती, बिचौलिया र भ्रष्ट्राचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न समेत बारले माग गरेको छ । यस्तै वरिष्ठ अधिवक्ताको उपाधी आफुखुशि वितरण नगर्न समेत माग गरेको छ । यस्तै न्यायाधीश र नेपाल बार एशोसिएशनको पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरि सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न समेत बार एशोसिएशनले माग गरेको छ ।

सेवाग्राीसँग घुस माग्ने नायव सुब्वा विरुद्द मुद्दा

काठमाडौं । सेवाग्राहीबाट घुस माग्ने कैलाली जोशीपुर गाँउपालिकाका नायव सुब्बा सिद्धराज जोशी विरुद्द मुद्दा गरिएको छ । उनी विरुद्द अख्तियार दुरुपयाेग अनुसन्धान आयागले आज विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे । सिलाई कटाई तालिम, सैलुन तालिम र  चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले उनलाई जोशीलाई घुस बापतको ८५ हजा रुपैयाँ सहित सहित नियन्त्रणमा लिई उनी विरुद्द मुद्दा दायर गरे को हो । अनुसन्धानको सिलसिलामा जोशीले जोशीपुर गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अनुसार जोशीपुर गाउँपालिकाको सिलाई कटाई, चुरा बनाउने तालिम सम्पन्न गरी भुक्तानी भएकोमा उल्लेखित तालिम प्राप्त गर्न तथा भुक्तानीको लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग रकम माग गरेकोमा रकम दिन इन्कार गर्दा उनले आगामी दिनहरुमा कामबाट बन्चित गराउनेसमेत पटक-पटक धम्काई रहेका थिए । जोशीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकोले निज सिद्धराज जोशीलाई बिगो ८५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हाे ।

ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेकाे हाम्रो विकास प्रवद्र्धन कोष मार्फत सो रकम दिने गरी सम्झौता भएको हो । बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर सो सम्झौता भएको हो । आविस्कार केन्द्रलाई न्यानाे नानी  बेबी वार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने उद्धेश्यले आज सो सहयोग गर्ने सम्झौता भएको हो । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट केन्द्रका अध्यक्ष डा महावीर पुनले हस्ताक्षर गरेका हुन् । बैंकले १० वटा बेबी वार्मर बनाउनको लागि सो रकम सहयोग गर्ने भएको हो । बैंकले सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३१ अर्व रुपैयाँ लगानी गर्न सफल भएको छ ।

पुतली सडककाे एक कन्सल्टेन्सीमा आगाे लाग्याे

काठमाडौ । काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए । विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।

त्रिविद्धारा व्यवस्थापन संकायकाे सबै परीक्षा स्थगित (सुचनासहित)

काठमाडाैं । त्रिभुवन विश्वाविद्यालयले व्यवस्थापन संकाय तर्फकाे सबै परीक्षा स्थगित गरेकाे छ । साेमबार एक विज्ञप्ती जारी गर्दै त्रिवि अन्तर्गतकाे व्यवस्थापन संकायले स्नातक र स्नातककाेत्तर तहकाे परीक्षा अर्काे सुचना जारी नभएसम्मकाे लागि स्थगित गरेकाे जनाएकाे हाे । विश्वविद्यालयले महामारी बढिरहेकाे र जिल्ला प्रशासन कार्यलयहरुबाट निषेधाज्ञा समेत जारी भएकाेले व्यवस्थापन संकायकाे परीक्षा स्थगित गरेकाे विज्ञप्तीमा उल्लेख छ । यसअघि त्रिविले साउन ९ गते अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो ।