नरैनापुरमा वर्षाैपछि पुग्यो बिजुली
बाँके । पहिला सडकमा ट्र्याक्टर मात्र गुड्थे । गाउँमा आगलागी भयो भने अर्काे दिन बिहान दमकल आइपुग्थ्यो । “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भने, “आगलागीको अर्काे दिन बल्ल दमकल आइपुग्यो ।” नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर दुर्गम नभए पनि दुर्गम देखिनका लागि अनगिन्ती विशेषता बोकेको थियो । नरैनापुर गाउँपालिकाको सुइया गाउँमा देखिएको उत्साहले प्रदेशसभा सदस्य कृष्णा केसी नमूना पनि उत्साहित छन् । सबैको सहयोग अनि समन्वयले नरैनापुरमा बिजुली बाल्ने कुरा सम्भव भएको उनले बताए । “यसको सदुपयोग अब यहीँका जनताले गर्ने हो”, उनले भने, “सिक्टाको पूर्वी नहर आउँदैछ अब नरैनापुरलाई कृषि केन्द्र बनाउनुपर्छ ।” दुई दशकअघि नरैनापुरवासीले बिजुलीका पोल मात्र देखेका थिए । हरेक चुनावमा नेताले गाउँमा बिजुली बाल्ने सपना देखाए तर नरैनापुर–५ मुन्सीप्रसाद यादवले गाउँमा बिजुली बलेको कहिले देखेका थिएनन् । अहिले पहिलोपटक पोलमा बत्ती बलेको उनले देखे । “गाउँमा बत्ती बलेको देख्दा निकै खुशी लागेको छ”, उनले भने, “अब हाम्रो गाउँ पनि उज्यालो हुने भयो ।” चार बिघा जमिनमा नालाको पानी बोरिङ गरेर उनी खेती गर्छन् । घरमा सोलारबाट बत्ती बाल्थे । टिभी हेर्न ब्याट्री चार्ज गर्न भारत पुग्नुपथ्र्यो । घरमा बिजुली नभएका कारण सबै कोठामा पङ्खा जडान गरिएको थिएन । “अब खेतीका लागि बोरिङ गर्न सजिलो हुनेभयो”, उनले भने, “खेती किसानी गर्ने सबैलाई फाइदा हुने भयो ।” यादव मात्रै होइन बिजुली बलेको देख्दा गाउँमा नै खुशियाली छाएको छ । नरैनापुर–१ मजुरोटीका अहमद दर्जी बिजुली आउनु गाउँकै लागि खुशीको कुरा भएको बताए । “बत्ती र सडक नहुँदा धेरै दुःख थियो, सोलारले बत्ती बाल्थ्यौँ”, उनले भने, “बत्ती नहुँदा परीक्षामा केटाकेटी राम्रोसँग पढ्न पाउँदैनथे ।” नेपालगञ्जबाट पैँतीस किलोमिटर दूरीमा रहेको नरैनापुर पुग्न पाँच घण्टा लाग्थ्यो । पुल बन्नुअघि राप्तीमा डुङ्गा चल्थ्यो । स्थानीयवासी डुङ्गाकै भरमा किनमेल अनि सरकारी कामका लागि नेपालगञ्ज पुग्थे । “नून तरकारी भारतबाट लिएर खान्थ्यौँ”, नरैनापुर–५ मटेहयाका ७१ वर्षीय नन्कउ नाउले विगत सम्झँदै भने, “बिरामी भयौँ भने यहीँ मथ्र्यौँ ।” केही वर्षअघि आफैँ खुट्टाको क्यान्सरले थला परेपछि उनी उपचारका लागि नेपालगञ्ज पुग्न सकेनन् । छ महिना लखनउमा उपचार गरे । । नरैनापुरबाट भारत पुग्न तीन घण्टा लाग्छ । नेपालगञ्ज पुग्न पाँच घण्टा लाग्थ्यो । “अहिले सडक बनेयता एक घण्टामा नेपालगञ्ज पुगिन्छ”, नाउले भने, “बाटो बनेपछि नेपालगञ्ज पुग्न सजिलो भयो ।” “वडामा र कार्यालयमा मात्र अहिले बत्ती बाल्ने हो भन्ने कुरा सुनेको छु”, उहाँले भन्नुभयो, “गाउँमा खम्बा र तार केही पुगेको छैन ।” क्षेत्रीय विद्युत् प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले गाउँगाउँमा खम्बा गाडिएकाले तार जडान गर्न मात्र बाँकी रहेको बताए । उनले विपन्न समुदायले बिजुलीबाट वञ्चित हुनु नपर्ने बताए । “निःशुल्क तार, मिटर एमसिबी जडान गर्छौं”, ठाकुरले भन्नुभयो, “बत्ती बालेबापत आएको शुल्क मात्र तिर्नुपर्छ ।” तेत्तीस केबीको लाइन विस्तार गर्नुका साथै सवस्टेशन पनि जडान गरिसकेको उनले बताए ।
कोरोना संक्रमण फैलिएको ठाउँमा बीमा कम्पनीका कार्यालय खोल्ने कि बन्द गर्ने ? यसो भन्छ बीमा समिति
काठमाडौं । बीमा कम्पनीहरुले कोरोना महामारीको असर बढिरहेको बेलामा आफ्नो सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । बीमा आफैले जोखिम बहन गर्ने संस्था भएको तथा बिमितको आर्थिक सरोकार हुने भएकाले सेवा थप प्रभावकारी हुनुपर्ने निष्कर्ष कम्पनीहरुको निकालेका हुन् । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार अहिलेको अवस्था विपतको अवस्था भएकाले बीमा कम्पनीहरुले आफैले बुझेर सुरक्षा मापदण्ड अपनाई आवश्यकता अनुसार कार्यालय संचालन गरिरहेका छन् । ‘अहिलेको अवस्था भनेको केही संकटको अवस्था पनि हो, यस्तो बेलामा हामीले अनिवार्य रुपमा कार्यालय खोल वा बन्द गर भनेका छैनौं, बीमा कम्पनीका म्यानेजरहरुले आफै सल्लाह गरेर सुरक्षा मापदण्ड अपनाई काम गर्न हामीले सुझाएका छौं,’ कार्यकारी निर्देशक तथा प्रवक्ता पौडेलले विकासन्यूजसँग भने । समितिले बीमा कम्पनीहरुलाई शाखा खोल्ने वा बन्द गर्ने विषयमा कुनै लिखित निर्देशन नदिएपनि मौखिक रुपमा भने सुझाव दिइरहेको बताएको छ । ‘सिफ्टमार्फत संचालन गरेपनि, वोर्क फ्रम होम गर्दा होस् वा बीमा कम्पनीमै आएका काम गर्दा होस्, जनस्वस्थ्यसँग खेलबाड गर्नु हुदैन भन्ने हाम्रो भनाइ हो, बीमा कम्पनीहरुलाई पनि यही कुरा भनिरहेका छौं, सुरक्षित रहेर सेवा दिनु अहिलेको आवश्यकता हो’, कार्यकारी निर्देशक पौडेलले थपे । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रकीका अनुसार बीमा कम्पनीहरुले बिमितलाई दिने सेवामा कुनै समस्या आएको छैन । ‘हामीले कोरोना महामारीका कारण सिल भएका क्षेत्रमा समेत बीमा सेवा प्रवाह गरिरहेका छौँ, त्यस्ता स्थानमा हामीले वर्क फ्रम होमको अवधारणा अपनाई रहेका छौँ, कोरोनाकोे प्रभाव कम भएको स्थानमा भने ५० प्रतिशत कर्मचारीहरु कार्यालयमा बोलाएर काम गरिरहेका छौँ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने । उनले कोरोनाको जोखिम हरकोहीलाई भएपनि यस्तो अवस्थामा बिमितलाई पैसाको समेत अवश्यकता उत्तिकै हुने भएकोले दाबी भुक्तानीमा कुनै समस्या नआउने गरी द्रुत सेवा दिएको जानकारी दिए । कोरोना महामारीको असर प्रत्यक्ष्य–अप्रत्यक्ष रुपमा कलकारखाना, कम्पनीहरुलाई समेत परेको छ । सामान्य रुपमा काम गर्न समेत सहज छैन । यस्तो अवस्थामा नेपालका बीमा कम्पनीहरुपनि कोरोनाको कहरबाट अछुतो छैनन् । असरबारे अध्ययन हुँदै बीमा समितिले पनि कोरोनाले बीमा क्षेत्रमा पारेको असरको बारेमा अध्ययनपछि मात्र आँकलन गर्न सकिने बताएको छ । अहिले कोरोनाबाट अन्य क्षेत्र प्रभावित भइरहेको अवस्थामा बीमा क्षेत्रले समेत यसको असर प्रत्यक्ष रुपमा भोग्दै आएको छ । केही कम्पनीहरुले २ सिफ्टमा सेवा दिइरहेका छन् भने केही कम्पनीमा अत्यावश्यक कामका लागि थोरै कर्मचारी कार्यालय आइरहेका छन् । जोखिम बढेका ठाउँमा कार्यालय बन्द बीमा कम्पनीहरुले कोरोना संक्रमण देखिएको अवस्थामा कार्यालय बन्द गर्दा पनि हुने आशय व्यक्त गरेको छ । आवश्यक परेको अवस्थामा स्वस्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरेर सेवा दिन समितिले भनेको छ ।
अजोड इन्स्योरेन्सको नाफा ५० प्रतिशतले र बीमा शुल्क १०७ प्रतिशतले वृद्धि
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ मा ६ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ करोड ८ लाख ७९ हजारले बढी हो । तीन वर्षअघि सञ्चालनमा आएको यो कम्पनीको व्यवसाय र नाफाका सूचकाङ्कहरु राम्रा देखिएका छन् । गत आर्थिक वर्षमा यस कम्पनीले ८६ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले जम्मा ४१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको बीमा शुल्क आर्जन १०७ प्रतिशतले वृद्धि भएको छ भने नफा ५० प्रतिशतले वृद्धि भएको छ । ९१ हजार दुई सय २७ वटा बीमालेख जारी गरेको कम्पनीले एक हजार ९ सय ८० वटा दावी मार्फत २२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ छ । केही महिनाअघि निष्काशन गरेको ३० करोड रुपैयाँ बराबरको साधारण सेयरबाफत संकलित रकम असार मसान्तमा कम्पनीले पुँजीकरण गर्न बाँकी रहेको देखिएको छ । कम्पनीको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ छ भने बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ रहेको छ । अजोडको प्रति सेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा छ भने प्रति सेयर नेटवर्थ ११५.९७ रुपैयाँ छ । सोमबार कम्पनीको सेयर प्रति कित्ता ५ सय १३ रुपैयाँमा कारोबार भएको छ । १०० रुपैयाँमा साधारण सेयर भर्नेहरुको लागि अहिले नै प्रतिकित्ता ४०० भन्दा बढी फाइदा भएको छ ।
यी हुन् आजकाे मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण ६ निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठक विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ । यस्तै, बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान पनि भदौ १५ गतेसम्मका लागि नै बन्द गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न शैक्षिक संस्थाहरु पनि भदौ १६ गतेपछि मात्रै खोल्ने निर्णय गरेको छ । यसअघि सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले राेक्कोन सिफारिस गरेपछि साे निर्णयबाट सरकार पछि हटेकाे हाे । यस्तै, बैठकले कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भई मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ भने काठमाडौं उपत्यकामा पनि आवतजावतमा कडाई गरिने भएको छ । अब काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसले अत्यावश्यक काम भए मात्र काठमाडौंमा छिर्न पाउनेछन् ।
अब काठमाडाैं उपत्यकामा थप कडाई गरिने
काठमाडाैं । अब काठमाडाैं उपत्यकामा थप कडाँई गरिने भएकाे छ । आज सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएको निष्कर्ष निकाल्दै प्रवेश नाकामा कडाइ गर्ने निर्णय गरेको हो। अब काम विशेष बाहेक उपत्यका प्रवेश गर्न नदिइने भएकाे छ ।
शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खुल्ने, सीमा नाकामा थप कडाई गरियो
काठमाडाैं । सरकारले शैक्षिक संस्था भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाहरु भदाै १६ गतेपछि मात्रै अवस्था हेरेर खाेल्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए । यस अघि सरकारले भदाै १ गतेदेखि शैक्षिक संस्थाहरुमा भर्ना लिन सक्ने निर्णय गरेकाे थियाे । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खाेल्ने निर्णय गरेको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो । साेही अनुसार नै मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे । यस्तै, सरकारले सीमा नाकामा थप कडाई गर्ने भएकाे छ । मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठककाे निर्णयः लामो दूरीका यातायात र हवाई सेवा भदौ १५ गतेसम्मका लागि बन्द
काठमाडाैं । आज बसेकाे मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, हवाई उडान सेवा र शिक्षण संस्था नखुलाउने निर्णय गरेकाे छ । यसअघि भदाै १ गतेबाट यी सबै सेवाहरु सञ्चालन गर्ने निर्णय गरेपनि अब ती सेवाहरु भदाै १५ गतेसम्मका लागि बन्द नै राख्ने निर्णय गरिएकाे हाे । एक मन्त्रीका अनुसार भदाै १५ गतेसम्मका लागि यी सेवाहरु बन्द अवस्थामा नै रहने छन् । हिजाे बसेकाे कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले पनि यी सेवाहरु स्थगित गर्न प्रस्ताव गरेकाे थियाे । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि गरेकाे ती मन्त्रीले बताए । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।
यस्ता छन् स्टक डिलरले गर्न नहुने १४ काम
काठमाडौं । नेप्सेले स्टक डिलर कार्य सञ्चालन कार्यविधि आगामी भदौदेखि लागू गर्ने भएकाे छ । नेप्से सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो । स्टक डिलरकाे काम सञ्चालनलाई सहज बनाउन नेप्सेले बनाएको उक्त कार्यविधि अनुसार स्टक डिलरले विभिन्न १४ वटा काम गर्न नपाउने भएका छन् । स्टक डिलरले गर्न नहुने कामहरूः १) नेप्से तथा बोर्डको स्वीकृत बेगर कारोबार बन्द गर्न पाउने छैनन् । २) नेप्सेलाई झुठा वा भ्रामक सूचना वा विवरण दिन पाउने छैनन् । ३) नेप्सेको स्वीकृति नलिई आफ्नो कारोबारको सार्वजनिक रुपमा विज्ञापन गर्न नपाउने व्यवस्था रहेको छ । ४) बजार सञ्चालनको निमित्त बाधा पार्ने काम गर्न पाउने छैनन् । ५) स्टक डिलरले बजारलाई असर गर्ने गरी सूचना प्रवाह गर्न पाउने छैनन् । ६) कारोबार गरिने धितोपत्रको कृत्रिम रुपमा मूल्य वृद्धि वा कमी गर्न नपाइने । ७) कुनै पनि सूचीकृत कम्पनीले तोकेको भन्दा बढी सेयर लिन पाउने छैनन् । ८) नेप्सेको प्रणालीभन्दा बाहिर गएर सेयर बिक्री गर्न नपाइने भएको छ । ९) अख्तियार प्राप्त निकायले रोक्का गरेको सेयर पनि किनबेच गर्न पाइने छैन । १०) झुट्ठा कारोबार गर्न पाइने छैन । ११) स्टक डिलरले अनुमति नलिई हाई फ्रिक्वेन्सी ट्रेडिङ् वा अल्गोरिदममा आधारित कारोबार सञ्चालन गर्न पाउने छैनन् । १२) उनीहरुले कुनै पनि कम्पनीको भित्री सूचनामा आधारित रहेका कारोबार गर्न नपाउने भएका छन् । १३) नेप्सेको कारोबार प्रणाली जोडिएको उपकरणहरुका नेप्सेको प्रणाली, उपकरण, तथ्यांक एवं कारोबार प्रकृयालाई असर गर्ने गरी अन्य उपकरण वा सफ्टवेर जडान गर्न पाउने छैनन् । १४) यसका साथै, प्रचलित नेपाल कानून विपरित हुने अन्य कामहरु गर्ने नपाउने नेप्सेले सार्वजनिक गरेको स्टक डिलर कार्यविधिमा भनिएको छ । सम्बन्धित समाचारः स्टक डिलर कार्यविधि भदौदेखि लागू, सेयर किनबेच गर्न कम्तिमा एक हजार कित्ता हुनुपर्ने