विकासन्युज

प्रधानमन्त्री ओलीले भनेः अब युवा र पुरानो पुस्ता मिलेर देश समृद्ध बनाउनु पर्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो पुस्ता र नयाँ पुस्ता मिलेर देश बनाउनु पर्ने धारणा राखेका छन् । बुधबार युवा दिवसको अवसर पारेर भर्च्युल सम्बोधन गर्दे उनले यस्तो कुरा बताएका हुन् । ‘युवासँग योग्यता छ, क्षमता छ, पुरानो पुस्तासँग अभुभव छ, यी विविध विशेषताहरुले देश बनाउन मद्दत पुग्छ, मिलेर देश बनाउनु पर्छ,’ उनले भने । अहिले स्थानीय तहमा पनि ४० प्रतिशत सहभागिता युवाहरुको रहेको बताउँदै  अब देश निर्माणमा युवाको भूमीका महत्वपूर्ण हुने उनको भनाई छ ।

धरासायी बन्दै हवाई उद्योग, भदौ १६ गतेदेखि आन्तरिक हवाई सेवा नखाेले आन्दोलन गर्ने

काठमाडाैं ।  कोरोना भाइरसको कारण विगत ५ महिनादेखि बन्द रहेको हवाई उद्योग धरासायी बन्दै गएकोप्रति वायु सेवा सञ्चालकहरुले चिन्ता प्रकट गरेका छन् । वायु सेवा सञ्रचालकले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारले हवाई सेवा सञ्चालन गर्ने निर्णय नगर्दा दिनप्रतिदिन समस्या बढ्दै गएको बताएका छन् । उनीहरुले भदौ १६ गतेदेखि हवाई उडान सञ्चालन गर्न नदिए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायात र नियमित उडान सुचारु गर्ने निर्णय गर्दा कम्पनीहरूले स्वास्थ्य सुरक्षा निर्देशिकाअनुसार तयारी गरिसकेको भएपनि अहिले पुनः बन्द गरेकोले आफुहरु झ,न बढी समस्यामा पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । पाँच महिनादेखि व्यवसाय ठप्प रहँदा कम्पनी चलाउन गाह्रो भएको हवाई सेवा व्यवसायीहरूले बताएका छन्। ुहामी विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर गरेर सबै तयारी गरिसकेको भएपनि फेरि सरकारले हवाई सेवा स्थागित गर्नु राम्रो नभएको उनीहरुको भनाई छ ।

पशुपंक्षी बीमाको शुल्क घटाइदै, कृषिबालीमा उत्पादन मूल्यमा बीमा गराउने तयारी

काठमाडौ । बीमा समितिले कृषिबाली बीमामा उत्पादन गर्दा आउने बालीको मूल्यकै आधारमा बीमा गराउने प्रक्रिया थालेको छ । अहिलेसम्म लागतका आधारमा बीमा गराउने गरिएकोमा समितिले उत्पादन मूल्यका आधारमा बीमा गराउन पहल थालेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार किसानहरुलाई सरकारले बीमा शुल्कमा अनुदान दिइरहेकाले अब उत्पादन मूल्यमा बीमा गर्न सक्ने व्यवस्था गरेमा त्यसले रक्षावरणको दायरा बढ्छ । ‘अहिले सरकाले कृषि बीमाको बीमा शुल्कमा सरकारले अनुदान दिइरहेको छ, तर, पनि कृषि तथा पशुबाली बीमामा किसानको अपेक्षित सहभागिता भएन, यसको एउटा प्रमुख समस्याको रुपमा उत्पादित बस्तुको मूल्यका आधारमा बीमा नभएकोले हो भन्ने किसानको भनाइ छ, त्यसैले अबका दिनमा उत्पादित वस्तुको मूल्यका आधारमा बीमा गराउने व्यवस्था मिलाउन लागेका छौं,’ कार्यकारी निर्देशक पौडेलले विकासन्यूजसँग भने । चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम मार्फत कृषि तथा पशुपंक्षी बीमालेख परिमार्जन गर्न समिति जुटिरहेको छ । बीमा समितिले आफ्नो वार्षिक कार्यक्रममा बाली तथा पशुपंक्षी बीमालेख तयार पारिने तथा चाडै लागू गरिने जनाउँदै आएको छ । समितिले हाल कायम रहेको बीमा लेखमा केही थपघट गर्न जरुरी भएकाले यस्तो व्यवस्था ल्याएको हो । पशुपंक्षी तथा बालीको बीमा गराउदै आएका बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले भने कृषि उत्पादनको उत्पादन मूल्यमा बीमा गराउन समस्या हुन सक्ने बताएका छन् । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके टमोटले दिएको जानकारी अनुुसार उत्पादनका आधारमा बीमांक दिनु राम्रो कुरा भएपनि त्यसको लागि केही समय लाग्ने जनाएका छन् । ‘पछिल्लो समय पशुपंक्षी तथा बाली बीमाको आकर्षण राम्रो छ, बीमा समितिले आफ्नो कार्यक्रममा उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउने हिसाबले योजना बनाउनु राम्रो कुरा हो, तर तत्कालै भने लागतकै मुल्यमा बीमांक तोक्दा सहज हुने देखिन्छ, अनुदान तथा जनचेतनाले आकर्षण बढाइरहेको अवस्था छ, कृषि बीमामा खासै समस्या नभएको अवस्थामा उत्पादित वस्तुको मूल्यका आधारमा बीमा गराउन व्यवहारिक हुने जस्तो देखिदैन,’ महाप्रबन्धक टमोटले भने । उनले बीमा रक्षावरणका लागि भएकाले बीमा कम्पनीले नाफा–घाटाको लागि भन्दापनि जोखिम बहनलाई महत्व दिनेमा जोड दिएका छन् । बीमा समितिले बाली बीमा सम्बन्धि बीमालेख परिमार्जन गर्ने जनाएको हो । समितिले उत्पादन मूल्यका आधारमा बीमांक रकम तोकिदिने हो भने सबै अन्न बालीको बीमा गराउनेको संख्या ह्वात्तै बढ्ने जनाएको छ । हालसम्म केही सिमित बालीहरुमा आकर्षण रहेको र यो बीमालेख परिमार्जन गर्दा अन्य किसिमका अन्नबालीमा समेत आकर्षण बढ्ने जनाएको हो । पशुपंक्षी बीमाको शुल्क घट्ने अहिले पशुपंक्षीको बीमा गर्दा बीमांकको ५ प्रतिशत रकम बीमा शुल्क स्वरुप बुझाउनुपर्छ । उक्त व्यवस्थालाई परिमार्जन गरी बीमा समितिले बीमांकको ४ प्रतिशत रकम बुझाउनु पर्ने व्यवस्था कायम गर्न खोजेको हो । पशुपंक्षीको बीमा गर्न सुरुवात गरेको ५ वर्ष नाघिसकेको अवस्थामा कृषि बीमा सम्बन्धि चेतनामा समेत धेरै वृद्धि भएको समितिको दावी छ । विगतका दिनमा बीमा के हो भन्ने कृषकहरुले अहिले बीमाका प्रोडक्टहरु छनोट गरेर बीमा गर्ने अवस्था सिजर्ना भएको समिति बताउछ । यस्तै, बीमा शुल्कमा अनुदान दिदा आर्थिकस्तर कमजोर भएका तथा बीमाको अभ्यास नगरेकाहरुलाई समेत बीमामा समावेश गर्न सहज हुने बीमा समिति बताउँछ । यस्तै, कहिलेकाही भने कुनै शिर्षकमा बीमा शुल्क बढाउदा बिमितलाई बीमाप्रतिको अपनत्व बढ्ने समितिको अनुभव छ । समितिले वार्षिक कार्यक्रमलाई एक अभ्यासका रुपमा लिई बिमितको मागलाई प्राथमिकतामा राख्दा राम्रो हुने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउछन् । यसमा कम्पनीहरुले पनि आफ्नो तर्फबाट दायित्व पूरा गर्ने उनीहरुको भनाइ छ ।

बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ४७ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा पनि घटेर ८८ करोड ७ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । ८ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, सेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १७.२६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो आवको भन्दा ६.२७ रुपैयाँले कम हो ।

सानिमा लाइफ इन्स्योरेन्सको बीमा शुल्क ९८ प्रतिशतले वृद्धि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ मा ८२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा ९८.४३ प्रतिशत अर्थात ४१ करोड १३ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले ४१ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो । गत आर्थिक वर्षमा यस कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको देखिन्छ । जुन अघिल्लो वषको भन्दा कम हो । अघिल्लो वर्ष कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा ८३ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले हालसम्म एक अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले २९ वटा दावी मार्फत एक करोड २० लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा रकम घटेर १२ करोड २० लाख रुपैयाँ छ । जीवन बीमा कोषको रकम बढेर ९५ करोड ८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २२ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

एशियन लाइफ इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले बढ्यो, बीमा शुल्कले नाघ्यो साढे ४ अर्ब

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा १८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७८.४२ प्रतिशत अर्थात ७ करोड ९९ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सो अवधिमा इन्स्योरेन्सले १० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले नाफासँगै खुद बीमा शुल्कमा पनि वृद्धि गरेको छ । गत आर्थिक वर्षमा यस कम्पनीले ४ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ छ भने जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । २ लाख ९० हजार वटा बीमालेख जारी गरेको कम्पनीले ७ हजार एक सय ५८ वटा दावी मार्फत एक अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०४ पैसा छ भने प्रति सेयर नेटवर्थ १३०.२५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार २ सय ३० रुपैयाँ रहेको छ ।

सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घट्याे, प्रतितोला कति पुग्याे ?

काठमाडाैं । बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे जनाएकाे हाे । याेसँगै सुन बुधबार प्रतितोला ९५ हजार ४ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।मंगलबार सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोवार भइरहेको छ भने चाँदीको मुल्य प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २ सय १० मा कारोवार भइरहेको छ । मंगलबार चाँदी  प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा काराेवार भएकाे थियो ।

घुस लिएको अभियोगमा सिन्धुलीका ६ प्रहरी निलम्बित

सिन्धुली ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ प्रहरी कर्मचारी निलम्बित छन् । उनीहरुलाई सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटाैंडामा झिकाइएकामा थप छानबिन गर्न हाललाई मङ्गलबार निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए । उनका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन् । निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् । यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए । निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत थिए । निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको उनले जानकारी दिए । आफ्नो ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताइएको छ । सुचना समन्वय अधिकृत थापाले भने, ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट विशेष कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मूल्याङ्कन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्क फोर्स गठन गरिएको छ ।’ उनका अनुसार सेवाग्राहीसँंग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित ११ प्रहरी कर्मचारी निलम्बित तथा काममा इमान्दारी प्रदर्शन गर्ने २५ प्रहरी कर्मचारी पुरस्कृत भइसकेका छन् ।