बैंक अफ काठमाण्डूको नाफा १ अर्ब ४७ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रकाशित गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले कम हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा पनि घटेर ८८ करोड ७ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

८ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, सेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा बैंकले ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर १७.२६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो आवको भन्दा ६.२७ रुपैयाँले कम हो ।

Share News