विकासन्युज

अब केन्द्र सरकारले लकडाउन नगर्ने

काठमाडौं । अब केन्द्र सरकारले देशव्यापी लकडाउन नगर्ने भएको छ । देशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने तर अब केन्द्र सरकारले लकडाउन नगर्ने बताएका हुन् । ‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन, कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन्, अब लकडाउन जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ, खतिवडाले भने ।

अब होटल र रेष्टुराँमा बसेर खानेलाई सरकारले कारवाही गर्ने

काठमाडौं । सरकारले अबदेखि होटल तथा रेष्टुराँमा बसेर खानलाई रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । उनले अब होटल तथा रेष्टुराँमा बसेर खान नपाइने र टेक अवे सेवा मात्र संचालन हुने बताएका हुन् । सरकारको नियमलाई पालना नगर्नेलाई नियम अनुसार कारवाही गर्ने उनले बताए ।

मानुषी लघुवित्तको बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त, ३ करोडको आईपीओ जारी गर्ने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ । सो सम्बन्धि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मानुषी लघुवित्तले तीन करोड रुपैयाँको साधारण सेयर(आईपीओ) निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्टलाई बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । लघुविक्तले प्रति सेयर अंकित मूल्य एकसय रुपैयाँ दरका ३ लाख कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

अब बैंकमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नुपर्ने, शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुमा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नु पर्ने भएको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । उनले कोरोनाको संक्रमणदर झन बढ्दै गएकोले ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था गर्नु पर्ने बताए । उनले यसका लागि सम्बन्धित कार्यालय प्रमुखले व्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । उनले बढी भिडभाड हुने बैंक तथा वित्तीय संस्थाहरुले विद्युतिय माध्यमलाई बढी प्राथमिकता दिई काम गर्नु पर्ने बताए । यस्तै, सरकारले कोरोना भाइरसको संक्रमण दर बढ्दै गएकोले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने खतिवडाले बताए । ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ,’ उनले भने । अब १० नाकाबाट मात्र नेपाल आउन पाइने  नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । अब काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने खतिवडाले बताए । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए । २ सयभन्दा बढी संक्रमित जिल्लाबाट आवतजाोतमा राेक  सरकारले २ सयभन्दा बढी संक्रमित भएको जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ । खतिवडाले २ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट अत्यावश्यक काम बाहेकले आवतजावत गर्न नपाउने बताएका हुन् । उनले कोरोनाको संक्रमण बढ्दै गएकाेले त्यसकाे राेकथामका लागि यस्ताे कदम चालेकाे बताए ।  अत्यावश्यक काम भएपनि त्यहाँको स्थानीय तह अर्थात जिल्लाबाट स्वीकृती लिएर मात्र काठमाडौंमा प्रवेश गर्न पाउने उनकाे भनाई छ  । हाेटल पनि बन्द   सरकारले अबदेखि होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने निर्णय गरेकाे छ । सरकारको नियमलाई पालना नगर्नेलाई नियम अनुसार कारबाही गर्ने पनि खतिवडाले बताए । अन्तर्राष्ट्रिय नाका भदाै ३१ सम्म बन्द  सरकारले अन्तर्राष्ट्रि सीमा नाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरेकाे छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो । केन्द्र सरकारले लकडाउन नगर्ने अब केन्द्र सरकारले देशव्यापी लकडाउन नगर्ने भएको छ । देशमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने बताए । खतिवडाले दुई सयभन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहले ‘लकडाउन’ गर्न सक्ने तर अब केन्द्र सरकारले लकडाउन नगर्ने बताएका हुन् । ‘हामीले मुलुकव्यापी लकडाउन गरेका छैनौं। मन्त्रिपरिषदका निर्णयमा कहिँ पनि लकडाउन शब्द लेखिएको छैन, कुनै जिल्ला कोरोनामुक्त भइसकेका छन्, अब लकडाउन जरूरी पनि छैन। कोरोना बढेका ठाउँमा जोखिम हेरेर सिडिओ र स्थानीय तहलाई अधिकार दिइएको छ, खतिवडाले भने ।

२ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन नपाइने

काठमाडौं । सरकारले २ सयभन्दा बढी संक्रमित भएको जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले मंगलबार सरकारले  गरेका निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । उनले २ सयभन्दा बढी संक्रमित भएका जिल्लाबाट अत्यावश्यक काम बाहेकले आवतजावत गर्न नपाउने बताएका हुन् । उनले कोरोनाको संक्रमण बढ्दै गएकाेले त्यसकाे राेकथामका लागि यस्ताे कदम चालेकाे बताए ।  अत्यावश्यक काम भएपनि त्यहाँको स्थानीय तह अर्थात जिल्लाबाट स्वीकृती लिएर मात्र काठमाडौंमा प्रवेश गर्न पाउने उनकाे भनाई छ  ।

अब यी १० नाकाबाट मात्रै नेपाल आउन पाइने

काठमाडौं । नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले देशका विभिन्न १० नाकाबाट मात्रै नेपाल आउन पाइने भएको बताए । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने बताए । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।

काठमाडाैं उपत्यकामा एकैदिन १३४ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ११०, ललितपुरकाे ८ र भक्तपुरकाे १६ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०५८ ललितपुरमा १५१ र भक्तपुरमा १०५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १३०६ पुगेको छ । आज देशभर ६३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

अदालतले भन्याे: सुशिल भट्टलाई तत्काल काम गर्न नदिनु

काठमाडाैं । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई तत्काल काम गर्न रोक लगाउने आदेश गरेको छ। अदालतले भट्टलाई हालका लागि सिइओका रूपमा कुनै पनि काम नगर्न आदेश गरेको हो। मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो। ‘भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराएकाले अर्को छलफल नभएसम्मका लागि लगानी बोर्ड प्रमुखको हैसियतमा कुनै पनि कार्य नर्गनू/नगराउनू,’ उच्चको आदेशमा भनिएको छ।