कोरोना रोकथामका लागि नियमहरु पालना गर्न गृहमन्त्री थापाको आग्रह
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दिको सबै नियमहरु पालना गर्न अपील गरेका हुन। सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवस्यक रहेको बताए। गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए। उनले भने ‘कोरोनाको सन्दर्भमा नागरिकहरुले पनि बन्दाबन्दिका नियमहरुलाई पालन गर्दिनहुन म अनुरोध गर्न चाहन्छु । किनभने सरकारले मात्रै गरेर कोरोनाको रोकथाम गर्न सकिन्न नागरिकहरुको सहभागिता र उनीहरुको सचेतताले मात्रै कोरोनाको संक्रमणलाई हामीले रोक्न सक्छौं । म सबै आदरणीय दाजुभाई दिदी बहिनिहरुलाई कोरोनाको संक्रमणको अवस्थामा सुरक्षाका नियमहरुलाई पालन गरिदिनुहुन अनुरोध गर्दछु।’ कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भएपनि फेरी संक्रमण बढिरहेको छ। सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए। पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पारे। लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताए। उनले भने, ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर हामीले गरिराखेका छौ र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ। अरु सुरक्षाका मापदण्ड अपनाएर बन्दाबन्दीलाई पनि निरन्तरता दिनुपर्ने छ । यी दुईवटै कुराहरुलाई हामीले अगाडि बढाइराखेका छौं।’ सरकारले देशभित्र प्रवेश गर्ने१० वटा नाका तोकेपनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताए। अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट ९बिओपी० स्थापना गरिएको गृहमन्त्री थापाले बताए। उनले भने, ‘अव हामीले यो खुल्ला नाकाहरुलाई नियन्त्रण गर्नको निमित्त अहिले १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरु स्थापना गरिएको छ । त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ । त्यहि पनि लुकिछिपि आउने केही मात्रामा भइपनि राखेको छ । यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ । हिजोको जुन अवस्था थियो त्यो चाहिं अहिले छैन् ।’ अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताएं । कोरोनाको लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताए। उनले भने, ‘अहिले दुईवटै संकट आएको हुनाले जटिलता त पैदा भएको छ । हामीले दुवै समस्यालाई समाधान गर्न प्रयत्न गरिराखेका छौं। कोरोनाको निम्ति विशेष सीसीएमसीको माध्यमबाट रोकथामको निम्ति हामी क्रियाशिल छौं । विपदको निम्ति विपद जोखिम न्यूनीकरण व्यवस्थापन समिति छ तीन तहमा नै त्यो माध्यमबाट यसको नियन्त्रण र उद्धारको काम गरिराखेका छौं ।’ यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले बताए। विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताए। बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उनले बताए। हरेक वर्ष पूर्व तयारी गरिएपनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको बताए । ‘पूर्व तयारी हामीले हरेक वर्ष गरिराखेका छौं त्यहिपनि त्यो प्रयाप्त छैन् केही समस्याहरु छन् । विशेष गरेर पूर्व तयारीमा आवश्यक साधन र सामग्रीहरुको समस्या छ । विशेष गरेर ठूला हेभि इक्युपमेन्टहरु जो उद्धारको निम्ति आवस्यक हुन्छ त्यसको हामीलाई समस्याहरु छन्।कतिपय समस्याहरु तालमेलका समस्याहरु पनि छन् । विपदको सामना गृह मन्त्रालयले मात्रै नगर्ने भएर यसका सरोकारवाला निकायहरुपनि छन् । ती सबै मिलेर गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा तालमेलहरु नमिल्दापनि समस्या उत्पन्न हुने गरेको छ । हामीले समयमा नै यसको उद्धार कार्यमा केही जटिलताहरु पैदा हुने गरेको छ । त्यहिपनि यसलाई सकेसम्म न्यून गर्न हाम्रो प्रयत्न जारी छ।’ गृहमन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनस्थापनाका लागि निकासी गरी काम भइरोखेको बताए।
अधिकांश बैंकहरुको नाफा घट्यो, कसकाे कति ?
काठमाडाैं । कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ । बैंकहरुले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको नाफा घटेको छ । जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर पर्ने देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७७ को चौथो त्रैमास (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको खुद नाफा घटेको छ । सेञ्चुरी कमर्सियल बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एशिया बैंकको बाहेक सबै बैंकको खुद नाफा घटेको देखिएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पूर्ण रुपमा बन्द रहेको थियो । त्यसले गर्दापनि बैंकहरुको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आउँदा समग्रमा बैंकहरुको नाफा घटेको देखिन्छ । नेपाल बैंक नेपाल बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १.५५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५९ करोड ६७ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको बेला गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड ६४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख ९३ हजार रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकको नाफा ११.७७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४ करोड ६५ लाख २० हजार रुपैयाँ कमाएको बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड २५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड ५८ लाख ९५ हजार रुपैयाँ रहेको छ । नबिल बैंक नबिल बैंकको खुद नाफा १५.८६ प्रतिशतले घटेको छ । बैंकको खुद नाफा ३ अर्ब ५६ करोड ६६ लाख ७३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २ अर्ब ५७ करोड १६ लाख ५२ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २२.६३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा ६५ करोड २३ लाख ६६ हजार रुपैयाँ रहेको छ । स्टाण्डर्ड चार्टर्ड बैंक स्टाण्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २१.७२ प्रतिशतले कम रहेको छ । बैंकले १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ । हिमायलन बैंक हिमायलन बैंकको खुद नाफा पनि अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा ८ प्रतिशतले नाफा घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक व र्षमा बैंकको यस्तो नाफा २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँ रहेको छ । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकको नाफा ३३.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २९ करोड २५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा १ अर्ब ५३ करोड ७ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको वितरण योग्य मुनाफा ९८ करोड ६१ लाख १८ हजार रुपैयाँ रहेको छ । नेपाल बंगलादेश बैंक नेपाल बंगलादेश बैंकको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ । असार मसान्त सम्ममा बैंकले १ अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा देखिन्छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा १ अर्ब ५८ करोड ७९ लाख ६० हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ४४ करोड ९१ लख १४ हजार रुपैयाँ रहेको थियो । एभरेष्ट बैंक एभरेष्ट बैंकको खुद नाफा पनि १८.१४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५ करोड ४१ लख २२ हजार रुपैयाँ खुद नाफा कर्माको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६७ करोड ३१ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंक अफ काठमाडौं बैंक अफ काठमाडौंको खुद नाफा पनि २२.२१ प्रतिशतले घटेको छ । गत असार मसान्त सम्म बैंकले १ अर्ब ४७ करोड ५५ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा भने ८८ करोड ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७४ करोड २३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ११.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा १ अर्ब ९६ करोड २७ लाख ३९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ६९ करोड ९९ लाख १७ हजार रुपैयाँ रहेको छ । एनआइसी एशिया बैंक एनआइसी एशिया बैंकको खुद नाफा भने बढेको छ । बैंकले ३ अर्ब १२ करोड १४ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरणमा देखिन्छ । यो नाफा ३.२५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३ अर्ब २ करोड ३२ लाख ८३ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । मछापुच्छ्रे बैंक मछापुच्छ्रे बैंकको खुद नाफा भने २६.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्तमा १ अर्ब २५ करोड २० लाख ४२ हजार रुपैयाँ आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको वितरण योग्य मुनाफा ९० करोड ८२ लाख ७८ हजार रुपैयाँ रहेको छ । कुमारी बैंक कुमारी बैंकको नाफामा भने धेरै गिरावट देखिएको छैन् । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७७ करोड ६० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंले गत असार मसान्तमा १ अर्ब ७७ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको छ । जुन शुन्य दशमलव ०४ प्रतिशतले कम रहेको छ । यो बैंकको वितरण योग्य मुनाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ रहेको छ । लक्ष्मी बैंक लक्ष्मी बैंकको खुद नाफामा पनि गिरावट आएको छ । असार मसान्तमा बैंकको खुद नाफा १ अर्ब ४८ करोड ४७ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा भन्दा ६.६२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५९ करोड ७४ हजार रुपैयाँ कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब १२ करोड ७२ लाख ५२ हजार रुपैयाँ रहेको छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंकको नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७.३० प्रतिशतले घटेर २ अर्ब ९ करोड २७ लाख ७० हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रुपैयाँ रहेको छ । बैंको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ । कृषि विकास बैंक कृषि विकास बैंकको खुद नाफा १७.२५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १९ करोड १३ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत असार मसान्तमा ३ अर्ब ४६ करोड ८० लाख ३२ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६६ करोड ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकको नाफा भने ११.८१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ७६ करोड १९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा ३ अर्ब ८ करोड ८० लाख ४२ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँ रहेको छ । सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा २३.७३ प्रतिशतको गिरावट आएको छ । बैंकको खुद नाफा १ अर्ब ११ करोड ६० लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ४६ करोड ३२ लाख १९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइम कमर्सियल बैंक प्राइम कमर्सियल बैंकको नाफा भने ४.२८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब १९ करोड ८७ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले गत असार मसान्त सम्ममा २ अर्ब २९ करोड २८ लाख २ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको छ । सनराइज बैंक सनराइज बैंकको खुद नाफा गत आसार मसान्तमा १ अर्ब २९ करोड २८ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा १८.३६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा ५२ करोड ९१ लख २१ हजार रुपैयाँ रहेको छ । एनएमबि बैंक एनएमबि बैंकको खुद नाफामा अघिल्लो आर्थिक वर्षमा भन्दा समान्य वृद्धि भएको छ । बैंकले असार मसान्त सम्ममा २ अर्ब २७ करोड ६ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा ०.५९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड ७२ लाख ७६ हजार रुपैया खुद मुनाफा कमाएको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ६८ लाख २९ हजार रुपैयाँ रहेको छ । प्रभु बैंक प्रभु बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २३.३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७८ करोड ३५ लाख ९३ हजार खुद नाफा कमाएकोमा गत असार मसान्तमा १ अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँ कमाएको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ८ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ । मेगा बैंक गत असार मसान्त सम्ममा मेगा बैंकले १ अर्ब ५२ करोड ५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा भनदा ६.६९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड ९६ लाख ८९ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ । सिभिल बैंक सिभिल बैंकले गत असार मसान्त सम्ममा ४५ करोड ७० लाख १ हजार रुपैयाा खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ३५.४० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ७० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा २५ करोड २१ लख ९६ हजार रुपैयाँ रहेको छ । सेञ्चुरी कमर्सियल बैंक सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा ३४ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैंकको खुद नाफा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरण योग्य मुनाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ । सानिमा बैंक सानिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षमा भन्दा २४.५७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २५ करोड ८० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको गत असार मसान्त सम्मको नाफा १ अर्ब ७० करोड ३३ लाख ७३ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य मुनाफा १ अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ रहेको छ ।
काठमाडौंका होष्टेल धमाधम बन्द हुँदै, कराेडाैंकाे नाेक्सान, अर्बौंको लगानी डुब्ने चिन्तामा व्यवसायी
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव होष्टेल व्यवसायमा पनि परेको छ । नेपाल सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनमा होष्टलमा बस्ने विद्यार्थीहरु घर फर्केपछि अहिले होष्टेल ब्यवसाय चल्न समस्या भएको हो । एकातिर व्यवसाय नचलेपछि र अर्कोतर्फ मासिक लाखौं रुपैयाँ घर भाडाले होष्टेल व्यवसायीहरुलाई समस्या परिरहेको छ । विभिन्न समयमा व्यवसाय ठप्प भएको भनेर घरवेटीहरुलाई घरभाडा छुट र सरकारलाई सहुलियत कर्जाको माग गर्दा पनि उनीहरुका मागहरु हालसम्म समाधान नभएको गुनासो गरेका छन् । अहिले व्यवसाय नचलेपछि र महिनाैं लाखौं रुपैयाँ घरभाडा तिर्नु परेपछि धेरै होष्टेल ब्यवसायीहरु होष्टेल बन्द नै गर्न बाध्य भएक छन् भने धेरै बन्द गर्ने मनस्थितीमा पुगेका छन् । अझै पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले यसले कतिसम्म असर पार्ने हो भन्ने डरले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुन थालेका हुन् । उनीहरुले मासिक तिर्नु पर्ने घरभाडा, बैंककको ऋण र कर तिर्न अब मुस्लिक पर्ने भएकोले व्यवसाय नै बन्द गनेए सोचमा पुगेको बताएका छन् । होष्टल संघका पूर्व महासचिव गोविन्द गिरीले होष्टेल सञ्चालन खर्च जुटाउनै नसकेर धेरै होटल बन्द भइसकेको बताए । उनले सरकारले होष्टेल व्यवसाय पनि एक व्यवसाय हाे भन्ने सोचले होष्टेल व्यवसायीलाई सहुलियत कर्जा दिनु पर्ने बताए । करोडौंको नोक्सान, अर्बाैं गुम्ने चिन्ता विगत पाँच महनिादेखि बन्द अवस्थामा रहेका होष्टेलहरु सञ्चालन नहुँदा करोडौं रुपैयाको नोक्सान भएको होष्टेल व्यवसायीहरुको भनाई छ । होष्टेलहरु सञ्चालन नहुँदा मासिक लाखौं रुपैयाँ घर भाडा तिरिरहेका व्यवसायीहरु आर्थिक रुपमा पनि समस्यामा पर्दै गएको होष्टल व्यवसायी काठमाडौं जिल्ला अनामनगर क्षेत्रका सह संयोजक असराज खनालले बताए । ‘अहिले आम्दानी एक रुपैयाँ पनि छैन, मासिक एक लाख भन्दा बढी घर भाडा तिर्नु परेको छ, विस्तार आर्थिक रुपमा पनि झन समस्या बढ्दै गएको छ,’ उनले भने । होष्टेल ब्यवसायीले यो क्षेत्रमा धेरै लगानी गरेको हुँदा विस्तारै त्यो लगानी पनि डुब्ने होकी भन्ने चिन्ता बढ्दै गएको उनले बताए । होष्टेल व्यवसायीले मासिक रुपमा न्युनतम एक लाख रुपैयाँ भाडा तिर्दै आएका छौं, अहिले होष्टेल सञ्चालन नभएको ५ महिना बितिसकेको छ, अहिले १२ सय होष्टेल छन्, यसको हिसाव गर्दा पनि ६० करोड रुपैयाँ भाडा तिर्नु पर्ने हुन्छ, यो सबै नोक्सान नै हो, उनले भने । यो भाडको मात्रै भएपनि अन्य खर्च अझ धेरै भएको उनको भनाई छ । होष्टेल व्यवसायमा व्यवसायीले धेरै लगानी गरेको र अहिले त्यो लगानी डुब्छ कि भन्ने चिन्ता बढ्दै गएको उनले बताए । उनका अनुसार कति घरधनीहरुले घरभाडा छुट गरेको र धेरैले छुट गरेका छैनन् । करिब ३ सय होष्टेल बन्द कोरोनाको समयमा सञ्चालन खर्च पनि धान्न नसकेर करिब ३ सय होष्टल बन्द भइसकेका छन् । होष्टेल व्यवसायी गिरीका अनुसार सरकारले चैतदेखि लकडाउन गरेपछि होष्टल पनि त्यो समयदेखि नै प्रभावित हुन थालेका हुन् । यो ५ महनिाको समावधिमा होष्टेल व्यवसायीहरुलाई धेरै समस्या भएको उनको भनाई छ । ‘२ सयदेखि ३ सयसम्म होष्टलहरु बन्द भइसकेका छन्, अझै धेरै होष्टेलहरु बन्द हुने अवस्थामा छन्, हामीले घरधनीलाई भाडा छुटको लागि पनि आग्रह गर्यौं, सरकारलाई पनि सहुलियत कर्जाका लागि माग राख्यौं, तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन,’ उनले भने । होष्टेलहरु पनि यो सयममा धेरै प्रभावित भएकोले सरकारले प्रभावितको सूचीमा होष्टेलहरुलाई नराखेकोप्रति उनले गुनासो गरे । ‘हामी पनि व्यवसायी हौं, होटलको जस्तै भाडा तिरेर हामीले पनि व्यवसाय गरिरहेका छौं, त्यो सूचीमा होष्टेलको नामै राखेको छैन,’ उनले भने । अहिले कतिले सदाको लागि होष्टेल बन्द गरिसकेका छन् भने कतिपयले फेरि अवस्था सामान्य भइसेकपछि फेरि व्यवसाय सुरु गर्ने मनसायका साथ अन्य ठाउँमा सामान भण्डारण गरेको उनले बताए । ६ हजारभन्दा बढी बेरोजगार होष्टेल ब्यवसाय थला परेर नै ६ हजारभन्दा बढी मानिसहरुले रोजगार गुमाएको होष्टल व्यवसायीहरुको भनाई छ । गिरीका अनुसार एउटा होष्टेलले न्युनतम ५ जना कर्मचारी राखेको हुन्छ, काठमाडौंमा मात्रै १ हजारभन्दा बढी र नेपाल भर १२ होष्ट छन्, त्यसमा काम गर्ने ती सबै कर्मचारीले अहिले रोजगारी गुमाएका छन् । पाँच महिनादेखि सबै होष्टेलहरुमा विद्यार्थीहरु नहुँदा ठप्पै बनेको उनले बताए । होष्टेलहरु सञ्चलन नहुनाले कर्मचारीहरु पनि काम गर्न नआउने र उनीहरुको रोजगारी पनि गुमेको उनको भनाई छ । विद्यार्थीबाट ५० प्रतिशत मात्र शुल्क लिने निर्णय कोरोना महामारी रोकथामका लागि होस्टेल व्यवसायीहरुले घर फर्केका विद्यार्थीहरुबाट ५० प्रतिशत मात्र शुल्क लिने निर्णय गरेका छन् । कोरोनाको महामारीले सबैलाई असर गरेकोले अहिले घरमै बसेका तर सामान होष्टेलमै रहेका विद्यार्थीहरुबाट ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको खनालले बताए । ‘एशोसियसनले आफ्नो तर्फबाट सक्दो पहल र सहयोग होस् भन्ने मनसायले ५० प्रतिशत छुट दिने निर्णय गरेका छौं, हामीले घरधनीलाई पनि ५० प्रतिशत छुटको माग गरेका छौं,’ उनले भने । एशोसियसनको अनुसार सरकार एवं एशोसियसनको सूचना बमोजिम विद्यार्र्थी र कर्मचारीलाई व्यवस्थित गरेर होस्टेल बन्द गरिएको छ । सरकार सँग पनि माग होष्टेल व्यवसायीहरुले व्यवसायीहरुलाई पुनः होस्टेल संचालनमा ल्याउन सहुलियत कर्जाको व्यवस्था गरिनु पर्ने, होस्टललाई आवश्यक पर्ने खाद्यान्नको आपूर्तिमा सहजता र महंगीलाई समाधान गर्नु पर्ने, घरभाडा तथा सरकारलाई तिर्नु पर्ने करमा केहि छुटको व्यवस्था गर्न सरकारसमक्ष माग राखेका छन् । यसका साथै होष्टेलहरुर्लाइ बैधानिकता दिन पनि उनीहरुले जोडदार माग गरेका छन् । अहिले सम्म होष्टेल व्यवसाय कुन क्षेत्र तर्फ पर्छ, शिक्षा क्षेत्र तर्फ पर्छ वा सेवा क्षेत्र तर्फ त्यो स्वयम् व्यवसायीलाई पनि थाहा छैन । व्यवसायलाई तत्काल बैधानिकता दिनुपर्ने उनीहरुको माग छ ।
आईतबार उपत्यकामा एकैदिन थपिए १७२ जना कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १२९, ललितपुरको ३८ र भक्तपुरको ८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १५७०, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १९६७ पुगेको छ। आज देशभर ६ सय ४१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
हिमालयन बैंकले मर्जरकाे बाटाे समात्याे, शक्तिशाली समिति गठन
काठमाडौं । हिमालयन बैंक मर्जर प्रक्रियामा अगाडि बढेको छ । बैंकले चार सदस्यीय शक्तिशाली मर्जर कमिटि गठन गरेकाे छ । आइतबार बसेको बैंक सञ्चालक समितिले चार सदस्यीय मर्जर कमिटि गठन गरेको हाे । समितिमा चारै जना बैंकका सञ्चालक रहेका छन् । समितिको संयोजक सुनिल बहादुर थापा रहेका छन् भने सदस्यहरुमा प्रचण्ड बहादुर श्रेष्ठ, विजय बहादुर श्रेष्ठ र आशिष शर्मा रहेका बैंकका अध्यक्ष तुलसी गाैतमले बताए । कमिटिमा प्रवर्द्धक र साधारण लगानीकर्ता दुबै समूहकाे प्रतिनिधित्व रहेकाे छ । मर्जर कमिटिको जिम्मेवारी तोक्न बाँकी रहेको स्रोतले बतायो । ‘हिमालयन बैंकले अहिलेसम्म कुनै पनि संस्थासँग एक्वाएर वा मर्ज गरेको थिएन । अब मर्जरमा जानै नै योजनाका साथ बैंकले उच्च स्तरीय कमिटि बनाएको हो’ स्रोतले भन्यो । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज हुने सम्भावना रहेको जानकारहरु बताउँछन् । पछिल्लाे समय हिमालयन बैंककाे सञ्चालक समितिमा मर्जरकाे विषयले धेरै महत्व पाइरहेकाे स्राेतले बतायाे । सम्बन्धित समाचार मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक
अब बानेश्वर, शंखमूल र बिजुलीबजार क्षेत्रमा यी ७ व्यवसाय गर्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै विभिन्न ७ प्रकारका गतिवधि संचालन गर्न रोक लगाएको छ। महानगरका धेरै जनामा कोभिड संक्रमण देखिएको भन्दै वडाले अर्को सूचना जारी नभएसम्मका लागि यी गतिविधि बन्द गराएको जानकारी दिएको हो। १० नम्बर वडामा नयाँ बानेश्वर, मध्यबानेश्वर, थापागाउँ, शंखमूल, बिजुलीबजार र बुद्धनगरलगायतका क्षेत्र पर्छन्। यी हुन् बन्द रहने व्यवसाय: १. फुटपाथ पसल २. मठ मन्दिर नित्य पूजा बाहेक अन्य पूजापाठ ३. कवाडी संकलन कार्य ४. चिया,पान र मदिरा पसल ५. जिम हल ६. सैलुन र ब्युटी पार्लर ७. अन्य भिडभाड हुने सबै प्रकारका व्यवसाय बन्द
आईतबार नेपालमा एकैदिन ६ सय ४१ जनामा काेराेना पुष्टि, २ जनाकाे मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ४१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २६ हजार ६ सय ६० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १५ हजार २ सय ४३ जना रहेका छन् भने आजसम्म ५ लाख १७ हजार ९ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ भने आज थप २ जनाकाे मृत्यु भएसँगैँ नेपालमा मृत्यु हुनेकाे संख्या १०४ पुगेकाे छ ।
कोभिड-१९ खाेप: संसारभर १ सय ६५ अनुसन्धानको क्रममा, ८ वटा परीक्षणकाे अन्तिम चरणमा
काठमाडौं । रसियन राष्ट्रपति भ्लाडिमिर पुटिनले गत मंगलबार (अगस्ट ११ मा) रसियामा बनाइएको कोभिड १९ को खोपले मान्यता पाएको बताए । यस खोपलाई ग्यामेलया रिर्सच ईन्स्टिच्युटले बनाएको हो । जुन १ गते यसले फेज १ परीक्षणको लागि प्रवेश गरेको थियो । यो दुईवटा एडिनोभाईरस (एडि ५ र एडि २६) मिश्रण हो, जसलाई कोरोना भाईरसको जिनसँग मिलाइएको बताइएको छ । तर यस खोप पुटिनले भनेको जस्तो विश्वसनीय नभएको अन्तराष्ट्रिय संचारमाध्यमको भनाइ छ । यस खोपले फेज ३ को परीक्षण पनि सुरु नगरी राष्ट्रपति पुटिनले यसलाई मान्यत दिएको पाइएको हो । कुनै पनि खोपले फेज ३ को परीक्षण पुरा गरिसकेपछि मात्र खोपको प्रयोग सार्वजनिक रुपमा गर्न पाउने नियम छ । खोप परीक्षण प्रक्रिया कुनै पनि खोप प्रयोगमा आउनुभन्दा पहिला यसले धेरै परीक्षण तह पार गर्नुेपर्ने हुन्छ । यस परीक्षण मापदण्डलाई पुरा गरेको अवस्थामा मात्र उक्त खोप आममानिसहरुमा प्रयोगको लागि लैजान पाउने सकिन्छ । १. प्रिकिल्निकल टेष्टिङ वैज्ञानिकहरुले सुरुमा जनावर जस्तै मुसा, बाँदरहरुमा यस्तो खोपको प्रयोग गरेर यसले शरीरमा प्रतिरोधात्मक प्रतिकृया देखाउँछ कि देखाउँदैन भनेर हेर्दछन् । २. फेज १ सेफ्टी ट्रायल (पहिलो चरणको सुरक्षा परीक्षण) पहिलो चरणमा सफल नतिजा प्राप्तभएपछि यस फेजमा वैज्ञानिकहरुले खोपलाई थोरै व्यक्तिहरुमा जाँच गरेर यो कतिको सुरक्षित छ र यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउँछ कि बढाउँदैन भनेर हेर्दछन् । ३. फेज २ ऐक्सपाण्डेड ट्रायल (दोस्रो चरणको विस्तारित परीक्षणहरु) यस फेजमा वैज्ञानिकहरुले विभिन्न उमेर समुह जस्तै बच्चा, युवा र व्यस्कहरुलाई विभाजित गरी सयौंको संख्यामा खोपको प्रयोग गर्दछन् । र, यसले उनीहरुमा केही फरक खालको प्रतिकृया दिन्छ कि भनेर जाँच गर्दछन् । यस परीक्षणले खोपको क्षमताको साथसाथै यो कति सुरक्षित छ भन्ने पुष्टि गर्दछ । ४. फेज ३ ईफिसेसी ट्रयाल (तेस्रो चरणको प्रभावकारित परीक्षण) यस फेजमा वैज्ञानिकहरुले हजारौं मानिसहरुमा यस खोपको परीक्षण गर्दछन् । यसमा उनीहरुले उक्त खोप लगाएका मानिस र त्यस खोपले नकारात्मक असर नगर्ने औषधी दिएका स्वंयसेवकहरुलाई दाँज्दछन् । यस परीक्षणले उक्त खोपले कोरोनाभाईरसबाट बचाउँछ कि बचाउँदैन भन्ने पुष्टि गर्दछ । यस्तै विश्व खाद्य तथा औषधी संघ (एफडिए) का अनुसार उक्त खोपले कम्तिमा पनि ५० प्रतिशत व्यक्तिमा काम गरे मात्र त्यसले मान्यत पाउँदछ । ५. स्वीकृति प्रत्येक देशका नियामकहरुले खोप परीक्षण नतिजा समीक्षा गरी मान्यत दिने कि नदिने भनेर निर्णय गर्दछन् । महामारीको समयमा खोपहरुले औपचारिक स्वीकृति प्राप्त गर्नुभन्दा अगाडि आपतकालिन प्रयोगको लागि मान्यता पनि गर्न प्राप्त सक्दछन् । यद्यपि, एकपटक खोपले मान्यत पाएपछि पनि वैज्ञानिकहरुले उक्त खोप परीक्षणमा संलग्न व्यक्तिहरुलाई केही हुन्छ कि भनेर निगरानीमा राखिरहेका हुन्छन् । ६. कम्बाईन्ड फेज यो कुनै पनि खोपको परीक्षणलाई चाँडोभन्दा चाँडो प्रयोगमा ल्याउनको लागि गरिन्छ । यस अन्तर्गत खोप फेज १ र फेज २ को परीक्षण एकैपटक गरिन्छ । कोरोनाको लागि संसारभर कति खोप तयार हुँदैछन् ? हाल कोरोनाको लागि संसारभर कोरोनाविरुद्ध १ सय ६५ भन्दा बढि खोपहरुको अनुसन्धान भइरहेको छ । त्यसमा ३१ खोपहरु मानिसमा परीक्षणको क्रममा रहेका छन् । सामान्यतः एउटा खोप निर्माण हुन वर्षौं लाग्दछ । तर हाल वैज्ञानिकहरु अर्को वर्षसम्म कोरोना विरुद्धको खोप बनाउने दौडमा लागेका छन् । हाल फेज ३ अर्थात अन्तिम चरणको परीक्षणमा संसारका ८ खोपहरु रहेका छन् । यी खोपहरुको नतिजा यस वर्षको अन्त्यसम्म आउने अपेक्षा गरिएको छ । फेज ३ परीक्षणमा रहेका खोपहरु र त्यसलाई उत्पादन गर्ने कम्पनीहरु १. मोडर्नो मोडर्नोले शरीरमा भाईरल प्रोटिन उत्पादन गर्ने उदेश्यको साथ आरएनएमा आधारित खोप बनाएको हो । नेसनल ईन्स्टिच्युट अफ हेल्थसँगको सहकार्यमा उनीहरुले उक्त खोपले बाँदरहरुलाई कोरोनाभाईरसबाट बचाएको पत्ता लगाएका हुन् । गत मार्चमा फेज १ अन्तर्गत उनीहरुले उक्त खोप मानिसमा परीक्षण गरेका थिए, जसले आशालाग्दो नतिजा दिएको थियो । त्यसपछि गएर उनीहरुले खोप परीक्षणको फेज २ पनि पार गरे र जुलाई २७ मा तेस्रो फेज ३ परीक्षणको लागि काम सुरु गरे । उक्त अन्तिम परीक्षणमा अमेरिकाको विभिन्न ८९ ठाउँबाट उनीहरुले ३० हजार स्वस्थ मानिसहरु सहभागी हुनेछन् । यस अन्तिम परीक्षणको नतिजा नोभेम्बर अन्त्यसम्मा आउने अपेक्षा गरिएको छ । २. बायोन्टेक (एमआरएनए) जर्मन कम्पनी बायोन्टेकले न्युवर्केमा आधारित प्रख्यात बायोफार्मास्युटिकल कम्पनी फाईजर तथा चिनियाँ औषधी कम्पनी फोसानसँगको सहकार्यमा एमआरएनए खोप बनाउन जुटेको छ । उनीहरुले गत जुलाईमा आफ्नो फेज १ र फेज २ को परीक्षण गराएका थिए । उनीहरुको परीक्षण सहभागीहरुको शरीरे सार्स–कोभिड २ विरुद्ध एन्टिबडी उत्पादनका साथै टी सेलहरु पनि पाएका थिए । परीक्षणमा सहभागी केही व्यक्तिहरुले भनेअनुसार सुत्न समस्य हुनुको साथै हातहरु सुन्निएको जस्तो सामान्य असर भएको पाइएको थियो । यस्तै गएको २७ जुलाईमा उनीहरुले अमेरिकालगायत ब्राजिल, अर्जेन्टिजना र जर्मनीका ३० हजार व्यक्तिमा आफ्नो फेज २ र फेज ३ को परीक्षण गर्ने घोषण गरेका थिए । यदि यो फेजहरु पार गरी यस खोपले मान्यता पाए यो यस वर्षको अन्त्यसम्मा बनिसक्ने बताइएको छ । ३. क्यान्सिनाबायो (एडिफाईभ) चिनियाँ कम्पनी क्यान्सिनोबायोले एडिफाईभ नामक एडिना ेभाईरसमा आधरित खोप बनाएको छ । ऐकेडेमी अफ मिलिटेरी मेडिकल साईन्ससँगको सहकार्यमा क्यान्सिनाबायोले यो खोप बनाएको हो । गत मेमा उनीहरुले आफ्नो फेज १ ट्रायलको नतिजा प्रकाशित गरेको थिए, जुज सकारात्मक थियो । यस्तै कम्पनीले जुलाईमा फेज २ को नतिजा सार्वजनिक गरेका थिए, जसमा उक्त खोपले शरीरमा बलियो प्रतिरक्षा क्षमता उत्पादन गरेको थियो । जुन २५ मा चिनियाँ सेनाले यस खोपलाई एक वर्षको लागि विशेष खोपको रुपमा घोषण गरिसकेको छ । यद्यपि, क्यान्सिनोले भने यस खोप सैनिकहरुको लागि अनिवार्य छ कि छैन भनेर भनेको छैन । त्यस्तै, अगस्ट ९ गते साउदीका स्वास्थ्यमन्त्रीले यस खोपलाई साउदी अरबियामा फेज ३ को परीक्षण गर्ने बताए र त्यससँगै हाल यस खोप विभिन्न देशहरुसँग परीक्षणको लागि काम अगािड बढाइरहेको छ । ४. एस्ट्राजेनिका (च्याडक्सवान) ब्रिटिस–स्विडिस कम्पनी एस्ट्राजेनिका र अक्स्फोर्ड विश्वविद्यालयद्धारा बनाइएको खोप चिम्पान्जीको एड्रिनोभाईरसमा आधारित छ । यसलाई उनीहरुले च्याडक्सवान नाम दिएका छन् । बाँदरहरुलाई यस खोपले सुरक्षा दिएको उनीहरुको अध्ययनले देखाएको थियो । उनीहरुको फेज १ र फेज २ को परीक्षणले यस भ्याक्सिन सुरक्षित रहेको देखाएको थियो । यस खोपले शरीरमा एन्टिबडीको मात्र बढाउनुको साथै शरीरको प्रतिरोधात्मक क्षमता पनि बढाएको देखाएको थियो । यस खोपले बेलायत र भारतमा दोस्रो र तेस्रो चरणको परीक्षणको लागि प्रवेश गरिसकेको छ । यसका साथै ब्राजिल र उत्तर अफ्रिकामा पनि तेस्रो चरणको परीक्षण सुरु गरिसकिएको छ । एस्ट्राजेनिकाको अनुसार यदि यस भ्याक्सिनले मान्यत पाए उनीहरुसँग २ बिलियन डोज बनाउन सक्ने क्षमता रहेको छ । भारतको सिरम ईन्टिच्युटले भने परीक्षणको लागि यस खोपको लाखौं डोज बनाइसकेको छ । ५. वुहान ईन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस् वुहान ईन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्ले एक निस्कृय भाईरसको खोप विकसित गरेको छ, जसलाई चिनियाँ कम्पनी सिनाफार्माले किल्निकल ट्रायलमा राखेको थियो । गत जुलाईमा यस खोपले युएईमा फेज ३ को परीक्षण सुरु गरेको थियो र सिनाफार्माले अध्यक्षले यस वर्षको अन्त्यसम्ममा यो खोप सार्वजनिक प्रयोगको लागि तयार हुने बताएका छन् । ६. सिनोफार्मा सिनोफार्माले बेईजिङ ईन्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्सँग उत्पादन गरेको निस्कृय भाईरसको परीक्षण गरिरहेको छ । यस खोपको फेज ३ परीक्षणमा युएईका ५ हजार र बेईजिङका ५ हजार व्यक्ति सहभागी हुँदैछन् । ७. सिनोभ्याक चिनियाँ निजी कम्पनी सिनोभ्याक बायोटेक पनि कोरोनाभ्याक नामक एक निस्कृय खोपको परीक्षण गरिरहेको छ । गत जुनमा कम्पनीले ७ सय ४३ व्यक्तिमा फेज १ र २ को परीक्षण गरेको थियो । सो परीक्षणमा मानिसहरुको शरीरमा यसले प्रतिरोधात्मक क्षमता विकास भएको देखाएको थियो र यसले मानिसको स्वास्थ्यमा खासै नकरात्मक असर पनि गरेको थिएन । त्यसपश्चात सिनोभ्याकले गत जुलाईमा ब्राजिलमा फेज ३ को परीक्षण सुरु गरी त्यसकै अर्को महिना इन्डोनेसियामा पनि सुरु गरिसकेको छ । ८. मुरडोच चिल्ड्रेन रिर्सच ईन्स्टिच्युट १९ औं शताब्दीमा क्षयरोगसँग लड्नको लागि ब्यासिलस क्यालमेट ग्युरिन खोप बनाइएको थियो । यसैमा आधारित खोप बनाएर अष्ट्रेलियाको मुरडोच चिल्ड्रेन रिर्सच ईन्स्टिच्युटले फेज ३ को परीक्षण गर्ने भएको छ । प्रयोगमा आएका खोप केही खोपहरु तयार भएर मानिसमा प्रयोगमा समेत आइसकेका छन् । यसरी प्रयोगमा आएका खोपहरुमा क्यन्सिनोको एडिफाईभ र रसियाको ‘स्पटनिक ५’ हुन् । गत वर्षको डिसेम्बर महिनादेखि मानिसमा संक्रमण पुष्टी भएको कोभिड १९ का कारण संसारभरका २ करोड १४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने कोभिड १९ कै कारण संसारभरका ७ लाख ७१ हजारभन्दा बढी ज्यान गुमाइसकेका छन् । (अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)