विकासन्युज

माछापुच्छ्रे बैंकले चार्टड एकाउन्टेन्टहरुलाई सहज रूपमा कर्जा दिने

काठमाडौं । माछापुच्छ्रेबैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । यस सम्बन्धमा बैंक र एक्यानबीच आईतबार सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गरिनेछ । सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तबिकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी दिए । सम्झौता पछि संघका लगभग २४०० सदस्यहरु लाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । सम्झौता पछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

एनआईसी एशियाद्वारा अनलाईन भुक्तानी गेटवे सुचारु, एकै वर्षमा ५ लाख ग्राहक थपिए

काठमाडौं । एनआईसी एशिया बंैकले कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सेवा सुचारु गरेको छ । डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी ‘साईवरसोर्स इन्क’को गेटवे प्रणाली नेपालमा भित्र्याएको हो । यो सेवासँगै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु भएको बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डले बताए । अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिषाको प्रमुख लगानी रहेको ‘साईवरसोर्स इन्क’ को गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलो पटक ल्याएको उनले बताए । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्व जगतमा प्रतिष्ठित रहेको बैंकको भनाई छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यस सुविधाले विशेषगरी अनलाइन प्लेटफर्ममा आधारित इकमर्श, ट्राभल एण्ड टूर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ । सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पुर्याउदै बैंक आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंक्तमा रहिआएको बैंकको भनाई छ ।  बैंकले निकट भविष्यमै मास्टर कार्ड र यूनियनपे लगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको जनाएको छ । डिजिटल फस्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहक महानुभावहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ । यस बैंकले आ. व. २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशत सहित कुल ८ लाख ६६ हजार पु¥याउन सफल भएको छ । साथै मोबाइल बैंकिङ्गमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पु¥याउन सफल भएको छ । त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशत सहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पु¥याउन बैंक सफल भएको छ । साथै बैंकले १५ हजार भन्दा बढी क्विआर मर्चेन्ट्स र करिब ४ हजार पोओएस मर्चेन्ट्स मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तीन दिनभित्र सबै कर्मचारीको कोरोना बीमा गराउनु, बिरामी बिदाको तलब नकाट्नु- धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्ना संचालक तथा सबै कर्मचारीको कोरोना बीमा गराउन पुँजीबजारसँग सम्बन्धित संस्थालाई निर्देशन दिएको छ । बोर्डले आज (साउन ३२ गते) एक पत्र जारी गर्दै अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ्ग तथा सबै धितोपत्र व्यवसायीहरुलाई तीन दिन भित्र सबै कर्मचारीको कोरोना बीमा गराउन निर्देशन दिएको हो । यससँगै उक्त संस्थाले अनिवार्य रुपमा संस्थाकै खर्चमा तीन दिनभित्र कोरोना बीमा गराई उक्त जानकारी बोर्डमा पेश गराउनु पर्ने छ । कोभिड १९ भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षा प्रदान गर्न बोर्डले उक्त निर्देशन दिएको हो । त्यस्तै, नेपाल सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने व्यवस्था मिलाउन बोर्डले जनाएको छ । साथै, कोभिडको लक्षण देखिएका बिरामी कर्मचारी बिदामा बस्नु परेमा निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन बोर्डले उक्त संस्थाहरुलाई निर्देशन दिएको छ ।

एक वाणिज्य बैंक र सबै विकास बैंकलाई पछि पार्दै सहकारी बैंकले कमायाे ६८ करोड १८ लाख नाफा

काठमाडौँ । कोरोना कहरबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन रकम केही वाणिज्य बैंक र धेरै विकास बैंकहरूकाे भन्दा बढी हाे । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ।  बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ । बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी गरेकाे छ । अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।  बाणिज्य बैंक र विकास बैंक भन्दा अगाडी सहकारी बैंक हाल सम्म गत आ.व. को चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा एक बाणिज्य बैंककाे भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन | ७७ जिल्लाका सबैखाले सहकारी संघ/संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ/संस्था सदस्य रहेका छन भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ,  बैंकमा चार्टड अकाउन्टेड बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहेका छन भने बैंकका अध्यक्ष वरिष्ठ सहकरीकर्मी के.वी. उप्रेती हुन |

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । निगमका अनुसार यी सबै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । निगमले भारतबाटै नेपाल आउने तेलको मूल्य बढेर आएकाले उक्त पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य समायोजन भएको छैन ।

नबिल बैंकले सरकारको कोरोना कोषमा दियो ६ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री युवराज खतिवडालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो । “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।”- सीईओ शाहले भने ।

जताततै ‘जस्टिस फर निर्मला’

काठमाडौं । र्दुइ वर्ष अगाडि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै फेरि एक पटक ‘डिजिटल आन्दोलन’ चर्केको छ । अहलिे जतातै अर्थात ठूला नेताहरुको तस्वीरमा जष्टिस फर निर्मला कमेन्ट गर्दै आन्दोलन चर्केको हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा बादल, अन्य मन्त्रीहरु लगायत नेता तथा सेलिब्रेटीहरुको फेसबुक प्रोफाइल पिक्चरमा जस्टिस फर निर्मलाु भन्दै कमेन्ट गर्न थालिएको हो । दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई न्याय दिनुपर्ने माग त्यतिबेलैदेखि उठिरहेको छ। कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाका दोषी हालसम्म पत्ता लाग्न सकेका छैन । 

ज्योति लाईफ इन्स्याेरेन्सले युआरएसबाट पायाे आईएसओ गुणस्तर चिन्ह

काठमाडौं । ज्याेती लाईफ इन्स्याेरेन्स कम्पनीले यूनाईटेड रजिष्टार अफ सिष्टमस् (यूआरएस) बाट आइएसओ ९००१:२०१५  गुणस्तार चिन्ह  पाएकाे छ । यूआरएसले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएका निरिक्षण सम्पन्न गरी इन्स्याेरेन्सलाई आईएसओ ९००१:२०१५ मान्यता प्रदान गरेको हाे । उक्त मापन कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र कम्पनीले ग्राहकहरुमा पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो । ज्योति लाईफले ई.सं. २०२० अगष्ट ५ मा आधिकारीक गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त गरेको थियो । ज्योति लाईफले आफ्नो स्थापना कालदेखि नै प्रविधि मैत्री सेवा प्रवाह गर्दै आएको र यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधि संरचना थप सुध्रिद गर्दै ग्राहक सेवा सुविधा थप सवल पार्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।