दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारीद्धारा ऊर्जा बचत अभियान शुरु
ललितपुर । दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन गरेको हो । यसले ऊर्जाको अधिकतम उपयोगद्वारा प्रविधियुक्त उद्यम व्यवसायको प्रवद्र्धन गर्दै उपभोक्ताको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग गर्ने संस्थाका अध्यक्ष गोविन्द बजगाईँले बताए । उनले भने, “यस संस्थाले मुलुकमै पहिलो पटक सहकारीको नमूना बनी सामुदायिक विद्युतीकरण अभियान चलाएर ललितपुरका विकट बस्तीहरुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच पु¥याएको छ ।” विसं २०५४ देखि संस्था विद्युतीय अभियान शुरु गरी २०५७ सालमा विधिवत् रुपमा दर्ता भएर २०६१ साल भदौ २ गते साविकको देवीचौर गाविसमा केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको बजगाईँले जानकारी गराए । सो संस्थाले समाजमा उद्यमशीलताको विकास गर्दै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, विद्युत् महसुल भुक्तानीका लागि अग्रिम बचत गराउन सहयोग, न्यून आयस्तर भएका र ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहने उपभोक्तालाई ऋण सहयोगका साथै विद्युतीय प्रविधि खरीदका लागि बचत रकमको उपयोग गराउन मद्दत गर्छ । उक्त संस्थाले दक्षिण ललितपुरका करीब छ हजार ५०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पु¥याएकामा अब लगभग एक हजार घरधुरीमा मिटर जडान गर्न बाँकी छ । संस्थाले हालसम्म ललितपुरका तीन गाउँपालिका र गोदावरी नगरपालिकाको देवीचौरमा एक सयभन्दा बढी ट्रान्सफर्मर, १७८ किलोमिटर एचटी र करीब ४६० किलोमिटरमा एलटी लाइन जडानसमेत गरेको छ । लगनखेलस्थित सबस्टेशनदेखि चापागाउँ फिडर हुँदै दक्षिण ललितपुरका सबै क्षेत्रमा लाइन गएकाले चापागाउँ फिडर जीर्ण र लोड बढी भएर लाइन ट्रपिङको समस्या बढी हुने गरेको छ । यसैगरी कान्ति राजमार्गमा समयसमयमा पहिरो जाँदा सडकका साथै विद्युत् आपूर्तिमा पटकपटक बाधा पुगेको बजगाईँले जानकारी दिए । संस्थाले समय समयमा विद्युतीय समस्या अन्त्य गरेर दीर्घकालीन समाधानका लागि उन्यूचौरमा सबस्टेशन निर्माणको काम अघि बढाउने भएको छ । उक्त स्टेशनले काम गर्न थालेपछि दक्षिण भेगको विद्युत् आपूर्तिमा थप सहजता र गुणस्तरीयता कायम हुनाका साथै उद्योगधन्दा सञ्चालनमा समेत उपयोगी हुने बताइएको छ । उक्त संस्थाले सञ्चालनमा ल्याएको प्रविधिमा आधारित अनलाईन पेमेन्ट र मोबाइल एप्सको प्रयोग पनि सफल भइरहेको संस्थाका सचिव लोकबहादुर पुलामीले जानकारी दिए । उनले भने, “हामीले विभिन्न संस्थाको सहकार्यमा महिला उद्यमशीलता विकासका लागि सीपमूलक तालीमका साथै व्यवसाय सञ्चालनमा सहजीकरण र व्यवस्थापनको कामसमेत गर्दै आएका छाँै ।” गत वर्ष ६४ भन्दा बढी महिलालाई उद्यमशीलता विकासको तालिम दिएर आत्मनिर्भर हुन सिकाएको पुलामीले बताए । संस्थाले न्यून आय भएका कमजोर उपभोक्ता तथा शेयर सदस्यका घरमा सरल कर्जामार्फत विद्युत् सेवाको पहुँच विस्तारसमेत गरेको कोषाध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।
बैंक नखुलेपछि सेयर कारोबार अफ्ठ्यारोमा
काठमाडौं । बिहीबार उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु बन्द भएका छन् । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि उपत्यकका सबै बैंकका शाखाहरु बन्द भएका हुन् । यससँगै अतिआवश्यक सेवा अन्तर्गत पर्ने बैंकिंङ्ग सेवा बन्द भएपछि सेयर कारोबार पनि अफ्ठ्यारोमा परेको छ । बैंक नै बन्द भएपछि सेयर कारोबार राफसाफ गर्न ग्राहो हुने ब्रोकर्सहरु बताउँछन् । स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बैंक बन्द हुँदा सेयर काराेबार रोकिँदैन तर सेयर राफसाफकाे काम रोकिने बताएका छन् । ‘आज जस्तै बैंक नै खुलेन भने राफसाफको लागि रोकिन्छ । बैंक पनि आज एकदिनको लागि बन्द भएको होला । भोलिदेखि खुल्लान् ।’, उनले विकासन्युजसँग भने । ‘हामी त कहिल्यै पनि काराेबार बन्द नगर्ने भन्नेमा छौं । क्लियरिङ्ग बैंकले पनि कारोबार नरोकिने, कारोबार हुन्छ नै भनेको छ । त्यसैले खुल्छ पनि होला ।’, अध्यक्ष रानाभाटले भने । यद्यपि अन्य ब्रोकरहरुले भने यस्तो अवस्थामा कार्यालय खोल्न गाह्रो भएको बताएका छन् । बैंक बन्द भयो भने सेयर कारोबार नहुने ब्रोकर्स एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी बताउँछन् । सेयर किन्नेबाट पैसा नपाएपछि बेच्नेलाई पैसा हाल्न नसकिने भएपछि सेयर काराेबार गर्न गाह्राे हुने उनले बताए । भोलिदेखि नआउनु भन्ने चेतावनीका साथ बिहीबार कार्यालय पुगेको बताउँदै उनले विकासन्युजसँग भने- ‘आज एकदमै अफ्ठ्यारोसँग आईयो । अफिसमा २/३ जना कर्मचारी आएका छन् । कम्तिमा ४/५ जना कर्मचारी नआई काम हुन सक्दैन । बैंक नै बन्द भयो भने सेयर कारोबार हुँदैन ।’ बिहीबार भने अनलाइनबाटै सेयर कारोबार भइरहेकाे छ ।
कोरियामा पुन: देखियाे कोरोना, संक्रमण नियन्त्रण बाहिर जानसक्ने
सउल । कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ । विशेष गरी सभा ¥यालि, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस सङ्क्रमण फैलिएको हो । हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ । कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ । रासस
आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, पहिलो वर्ष नै ३४० करोडको लक्ष्य
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले फुयाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । फुयाललाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने बोर्डको निर्णयमा बीमा समितिले पनि सहमति दिएकाे छ । बीमा समिति सम्वद्ध स्राेतकाे अनुसार आज बीमा समितिले स्वीकृत दिएकाे हाे । फुयाल यसअघि सिटिजन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत थिए । जीवन बीमामा राम्रो अनुभव, दृढ इच्छाशक्ति र प्रभावशाली व्यक्तिको रुपमा उनलाई कम्पनीले लिएको छ । चालु आर्थिक वर्षमा नै १५० प्रतिशतले व्यवसाय विस्तार गर्ने संकल्पसहित फुयालले आईएमई लाइफको कार्यकारी प्रमुखको जिम्मेवारी लिएको स्रोतले बतायो । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकाे छ । आगामी चालु आर्थिक वर्षमा ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य लिइएको छ । एकै वर्ष १० वटा जीवन बीमा कम्पनी खुल्दा पहिलो आर्थिक वर्षमा आईएमई लाइफ १० मा दोस्रो स्थानमा थियो । तर हाल याे कम्पनी पाँचौ स्थानमा झरेको छ । आईएमई ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु मध्ये आइएमई लाइफको पर्फमेन्स कमजोर भएको प्रवर्द्धकको बुझाई छ । यहि बीचमा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले राजीनामा दिएपछि जीवन बीमाको मार्केटिङमा तगडा व्यक्तिलाई सीईओको जिम्मेवारी दिएको हो ।
बीमा समितिको ५ बुँदे निर्देशन: नविकरण म्याद थपियाे
काठमाडौं । बीमा कम्पनीहरुले आवश्यक सेवा प्रवाह गर्दा एकतिहाइ कर्मचारीहरुबाट मात्रै सेवा संचालन गर्नुपर्ने निर्देशन बीमा समितिले दिएको छ । समितिले निषेधाज्ञाको समयमा कार्यालय आउँदा कर्मचारीहरुले अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा ल्याउनुपर्ने निर्देशन दिएको हो । साथसाथै समितिले निषेधाज्ञाको समयमा बीमा अवधि समाप्त भएका बीमालेखको विद्युतिय माध्यमबाट प्राप्त अनुरोधका आधारमा भदौ १५ गतेसम्म नवीकरण गर्ने व्यवस्था पनि मिलाउने भएको छ। समितिकाे अनुसार बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्यादपनि भदौ १५ गतेसम्म कायम गरिने छ । सो अवधिको ब्याज समेत नलाग्ने बीमा समितिको जनाएकाे छ । [pdf id=233352]
सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बिहिबार सुनकाे मूल्य १६ सयले घटेर प्रतिताेला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।
उद्योगीलाई राहत मिल्यो, विवादित विद्युत महसुल मिटरका आधारमा लिन अख्तियारको निर्देशन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीओडी मिटर (जडान गरिएको मिटर) का आधारमा महसुल लिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । अख्तियारले मिटरअनुसार महसुल लिन विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । उद्योगहरुले आफूलाई प्राधिकरणले बढी महसुल तिराउन खोजेको भन्दै उजुरी दिएपछि अख्तियारले सो निर्देशन दिएको हो । निर्देशनमा भनिएको छ,‘विद्युत लोडसेडिङ अन्त्य भएको आधिकारिक घोषणा हुनुअघिको समयसम्म डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत आपूर्ति लिएका उद्योगहरुको विद्युत उपयोगको परिमाण यकिन गरी सोको आधारमा निर्धारित महशुल असुलउपर गर्न उपयुक्त हुने । यसका लागि अन्य विषयबाहेक टीओडी मिटरको डाटा डाउनलोडका अध्ययन प्रतिवेदनहरु तथा सोको विश्लेषणलाई मुख्य आधार बनाउन सकिने छ।’ संसदको सार्वजनिक लेखा समितिले गरेको अध्ययनअनुसार डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत लिएको महसुल ९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
बैंकका कर्मचारीलाई पुलिसले कार्यालय जान दिएन, आज उपत्यकाका सबै शाखा बन्द हुने
काठमाडौं । प्रहरीले बैंकका कर्मचारीलाई कार्यालय जान अवरोध गरेपछि आज (भदौ ४ गते) उपत्यकाका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द हुने भएका छन् । सरकारले अत्यावश्यक सेवा अन्तरगत राखेको बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी जोखिम मोलेर कार्यालय गए पनि प्रहरीले रोकेका कारण बैंकका शाखा खोल्न नसकिएको नेपाल बैंकर्स एसोसिएनका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवा अन्तरगत राखेको छ, यसै कारण नेपाल राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय जस्ता सरोकारवाला निकायसँग समन्वय गरेर हाम्रा कर्मचारी जोखिम मोलेर कार्यालय आउँदै थिए, बाटोमा प्रहरीले ह्युमिलेट गर्यो, यस्तो अवस्थामा बैंकका शाखा कार्यालय संचालन गर्न सक्ने अवस्था रहेन, आज उपत्यकाका सबै शाखा बन्द हुनेछन्,’ अध्यक्ष दाहालले भने ।